Saturday, June 1, 2013

बालक मार्ने पाँच झाँक्री पक्राउ




द एक्सक्लुसिभ सम्वाददाता


 महोत्तरीको हात्तिलेटबाट पाँच जना झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । टाउको दुख्ने, वान्ता हुने बालकलाई उपचार गराउन नदिएर पूजा कोठामा मन्त्रबाट उपचार गर्ने क्रममा बालकको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय बदिर्बासले पाँच जना धामीलाई पक्राउ गरेको प्रहरी निरीक्षक भिष्म हुकमगाइले बताए ।
महोत्तरी रामनगर(९ का बमबहादुर मस्राङगी मगरको १२ वर्षीय छोरा मदन मस्राङगीको आज बिहान धामीको पूजा कोठामै मृत्यु भएको प्रहरीले जनाएको छ । फागुनदेखि नै टाउको दुख्ने, बान्ता गर्नेजस्ता समस्याले पीडित बालकलाई विगत डेढ महिनादेखि धामीले कोठामै राखेर झारफूक गर्दै आएका मृतककी आमा हुरिमायाँ मस्राङगीले बताए । हातिलेट खजुरी टोलकी पशुपतिबाबा बताउने मुख्य धामी पूजा लामाको घरमा स्थापना गरेको पूजा कोठामा छोराको मृत्यु भएको उनले बताए ।
बालकलाई झारफुक गरेर नै ठीक पार्छौं भन्दै पाँचै जना धामीले उपचारको लागि डाक्टरकोमा लैजान समेत उनले बताए । काठमाडौं र जनकपुरमा उपचार सम्भव नभएपछि धामीकोमा लगेको हुरी मायाँको भनाइ छ । इलाका प्रहरी कार्यालय बदिर्वासले पूजासँगै उनका सहयोगी धमिनीहरु स्थानीय अन्जु श्रेष्ठ, कल्पना लामा, उषा किङरिङ र बिशु भूजेललाई पक्राउ गरेको छ । अन्जु श्रेष्ठ एसएलसी दिएर बसेकी विद्यार्थी हुन । झारफूक गर्दा बालकको गालामा तातो चिजले डामेको चोट देखिएको प्रहरीले जनाएको छ । पूजा कोठामै बालकको मृत्यु भएपछि धमिनी महिलाले बालकका आफन्तलाई शव घर लगेर दाह संस्कार गर्न भनेका थिए । तर गाउँलेले प्रहरीलाई खबरपछि बालकको शव अन्त्यष्टि गर्न टायरगाढामा चडाएर घाट तर्फ लैजान ठिक्क पारेको बेला प्रहरी घटना स्थल पुगेका थिए ।
बदिर्वासबाट प्रहरी निरीक्षक भिष्म हुमागाईको नेतृत्वमा गएको प्रहरी टोलीले बालकको शव पोष्ट मार्टमको लागि जिल्ला अस्पताल जलेश्वर पठाएको छ । पाँच जना धामीनिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको उनले बताए । धामीनिको विश्वासमा पर्दा मृत्यु भएका बालक बालक स्थानीय प्राथमिक विद्यालयको कक्षा ५ मा पढ्दै आएका थिए । बालकलाई ठीक नभएपछि गत बुधबार उपचार गर्न काठमाडौं लैजान खोज्दा मुख्य धामी पूजाले बालकलाई लैजान रोक लगाएका थिए । आफूले नै ठीक पार्ने दाबी गर्दै डाक्टरकोमा लगे मर्ने भनेर लैजान नदिएकी बालककी आमा हुरिमायाले बताइन् ।
धामीले बालकलाई उपचार गर्न लैजान नदिएपछि काठमाडौं जान पाँच जनाको लागि काटेको टिकट पनि रद्ध गर्नु परेको मृतक बालकका भिनाजु केदार सुसलिंगले बताए । डेढ महिनाको बीचमा बालकलाई पहिलो पटक तीन दिन र दोस्रो पटक ८ दिनसम्म केही खान नदिइ धामीहरुले पूजा कोठामै उपबासमा राखेका थिए । एक पटक कमला नदीमा नुहाउन भनेर लगेका थिए । बालकको मृत्य’ पछि सयौंको संख्यामा भेला भएका स्थानियबासीले धामीहरुमाथि कडा कार्वाही गर्न माग गरेका थिए । पक्राउ परेका पाँच जनामध्ये दुइ जना विवाहित र तीन जना अविवाहित छन । उनीहरुमध्ये मुख्य योजनाकार पूजा रहेको प्रहरी नायव उपरीक्षक तुल्सी अधिकारीले बताए । जाहेरी र अनुसन्धानको अधारमा कारवाहि उनले इलाका प्रहरी बदिर्बास प्रमुख अधिकारीले जानकारी दिए ।

No comments:

Post a Comment