Saturday, June 1, 2013

सम्पादकीय


फ्रिज होइन विकास गर !

परिवर्तन भनेको कुनै वस्तु, व्यवस्था, संरचनामा आउने फेरवदल वा फरकपन हो । संसार परिवर्तनशिल छ । समाज निरन्तर परिवर्तन भैरहन्छ । समाज एवं सामाजिक संरचना, व्यवस्था, प्रक्रियामा आउने फेरवदल नै सामाजिक परिवर्तन हो । सामाजिक परिवर्तन जीवनको स्वीकृत जीवन पद्धतिमा आउने फेरवदल हो, जुन भौगोलिक अवस्थिती, सांस्कृतिक साधन जनसंख्याको बनौट, दर्शन, समुहभित्रको प्रसार वा आविष्कारको परिवर्तनले ल्याउने गर्दछ । त्यसैले सामाजिक परिवर्तन भनेको सामाजिक प्रक्रिया, सामाजिक प्रतिमान, सामाजिक अन्तरक्रिया, सामाजिक संगठनको कुनै स्वरुपमा आउने परिवर्तन हो ।
विकास एक यस्तो वहुआयामिक प्रक्रिया हो जुन सामाजिक संरचना, धारणा तथा राष्टिूय संस्थाहरुको परिवर्तन सँग सम्बन्धित छ  । साथै यो आर्थिक वृद्धिमा हुने सुधार, असमानताको अन्त्य तथा गरिवी निवारणसँग सम्बन्धित छ ।
“सगरमाथाको अग्लो देश ! विकास भने पींधमा ! स्रोत साधन र शक्ति भएर मात्र हुँदो रहेन्छ तीनलाई ठीकसँग परिचालन गर्न सक्ने नेतृत्व पनि चाहिँदो रहेछ !” माथिका उक्त वाक्यांश राजनीति विश्लेषक निलाम्बर आचार्यले आफ्नो फेसवुक वालमा ट्याग गरेका रहेछन । साँच्चै उनको भनाईलाई धनुषा जिल्ला विकास समितिको अवस्थाले पुष्टि गर्दछ । जिल्लाको विकासको निम्ति करोडौ रकमको बजेट बर्षेणी आउने गर्दछ, करोडौ रकमको आन्तरिक आय स्रोत पनि छ तर ती रकम विकासका निम्ति खर्च भएको पाइदैन । खर्च भएपनि काम हुँदैन र भ्रष्टाचार गरी रकमको भाग वण्डा हुन्छ । गत वर्षको काममा व्यापक आर्थिक अनियमितता भएको आरोपमा जिविस धनुषाका डेढ दर्जन कर्मचारी निलम्बित छन । तिनीहरुको मुद्दा अहिले विषेश अदालतमा छन । आचार्यकै भनाईलाई मान्ने हो भने विकासको लागि स्रोत साधनको परिचालनको लागि सक्षम नेतृत्व चाहिँदो रहेछ । जिविसमा उक्त नेतृत्वको जिम्मेवारी पाएका हुन्छन स्थानीय सरकारको रुपमा रहेका स्थानीय विकास अधिकारीले । हुन त अहिले एलडीओको एकल बोर्ड छ । उसले आफ्नै स्वविवेकमा पनि निर्णय गर्न सक्दछ । योजनाको वाँड फाँड तथा छनौटका लागि जिल्ला स्तरिय राजनीतिक दलका नेतृत्वसँग समन्वय गरेर विकासको मार्ग खुल्ला गर्न सक्नु पर्छ एलडीओले । तर विडम्बना धनुषामा स्थानीय सरकार कि त भ्रष्टाचार गर्छन नत्र भने कामै नगरी करोडौको रकम फ्रिज गराउनुमा नै गौरवान्वित हुन्छन ।
लामो समयदेखि जनप्रतिनिधि विहीन भएपछि स्थानीय निकाय अस्तव्यस्त बनेको छ । गाविस सचिव र जिविसका कर्मचारीले समयमै कार्य सम्पादन गर्न नसकेकै कारण धनुषामा यसवर्ष पनि विकास निर्माणका लागि छुट्याएको  ३८ करोड भन्दा ं बढी रकम फ्रिज हुने सम्भावना वढ्दै गएको छ ।  कामै नगरी रकम फ्रिज हुने भएपछि विकास निर्माणमा धनुषा जिल्ला फेरि पछाडि पर्ने निश्चित छ ।  त्यसैले बजेट फ्रिज होइन जनतालाई विकास चाहिएको छ । त्यसका लागि सबै पक्ष जिम्मेवार हुनै पर्छ ।

No comments:

Post a Comment