Saturday, June 1, 2013

गणतन्त्र पनि शिशु अवस्थामा छ, यसलाई जवान हुन दिउँ विकसित हुन दिउँ – ललन चौधरी ।







गणतन्त्र अहिले शिशु गणतन्त्रको रुपमा मात्रै छ । गणतन्त्रको भूमी जव अपरिपक्क अवस्थामा हुन्छ, अन्यौलताको अवस्थामा हुन्छ, सामन्ती जन्जालमा हुन्छ त्यहाँ नेर नेतृत्व विकास गर्न धेरै गा¥हो हुन्छ । यसकारण यो शिशु गणतन्त्रलाई हामीले के चाहिरहेको छौ भने अलिकता वढोस, फुलोस, फलोस किन भने जुनवेलामा रुख सानो हुन्छ त्यो बेलामा एउटा बाख्राले पनि चर्न सक्छ तर त्यही रुख ठुलो भएपछि त्यसमा हात्ती बाँध्दा पनि फरक पर्दैन । त्यस्तै गणतन्त्र पनि शिशु अवस्थामा छ, यसलाई जवान हुन दिउँ विकसित हुन दिउँ – ललन चौधरी । क्रान्तिका नायक, आन्दोलनकारी योद्धा तथा जिउँदा सहिदको परिचय बोकेका ललन चौधरीसँग द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले गरेको वार्तालापको सम्पादित अंश प्रस्तुत छ ।


छैठौं गणतन्त्र दिवस कसरी मनाउनुभयो ?

छैठौं गणतन्त्र दिवस भावनात्मक रुपले हामीले मनायांै । गणतन्त्र अहिले शिशु गणतन्त्रको रुपमा मात्रै छ । गणतन्त्रको भूमी जव अपरिपक्क अवस्थामा हुन्छ, अन्यौलताको अवस्थामा हुन्छ, सामन्ती जन्जालमा हुन्छ त्यहाँ नेर नेतृत्व विकास गर्न धेरै गा¥हो हुन्छ । यसकारण यो शिशु गणतन्त्रलाई हामीले के चाहिरहेको छौ भने अलिकता वढोस, फुलोस, फलोस किन भने जुनवेलामा रुख सानो हुन्छ त्यो बेलामा एउटा बाख्राले पनि चर्न सक्छ तर त्यही रुख ठुलो भएपछि त्यसमा हात्ती बाँध्दा पनि फरक पर्दैन । त्यस्तै गणतन्त्र पनि शिशु अवस्थामा छ, यसलाई जवान हुन दिउँ विकसित हुन दिउँ ।
तपाईलाई आन्दोलनकारी, फाइटरम्यान, क्रान्तिकारी यूवा नेता भनेर भन्ने गर्छन । अहिले सम्म कुन कुन आन्दोलनमा तपाई सहभागी हुनु भएको छ ?

सन् १९७८ मा शेख मुजिर रहमान अली भुट्टोलाई फाँसी पर्दा त्यतिबेला म काठमाडौमा पढ्थें । त्यहाँ हामीले पाकिस्तान एम्वेसीमा गएर सिसा फुटायौं, आन्दोलन गर्यौं । त्यसपछि २०३६ सालको आन्दोलन सुरु भयो । त्यो आन्दोलनको  सुरु देखि अन्तरसम्म मैले काम गरे । रामसरोजको नेतृत्वमा म आफ्नो गाउँको भन्सार जलाएँ । ११ राउण्ड मेरो गाउँमा फायरिङ भयो, जसमा बल्ल मेरो ज्यान जोगियो । २०३६ सालकै आन्दोलनमा थुनामा बसे । त्यसपछि विपी कोइराला आउँदा खेरी पम्पलेट टाँस्ने, प्रचार प्रसार गर्ने, गाउँ गाउँ गई प्रचार गर्थे । जनमत संग्रह भयो र वहुदलको पक्षमा लागे र २०३६ को मुभमेन्ट पुरा गरे । त्यसपछि २०४२ को सत्याग्रहमा काम गरें, जेल गएँ । फेरी २०४६ को जनआन्दोलनको मुभमेन्ट पुरा गरे । जेल गएँ मार खाएँ, हजारौ पञ्च रैलीमा कालो झण्डा देखाएँ । २०६२÷०६३ को आन्दोलनमा सुरु देखि अन्त सम्म काम गरे । यसरी चार वटा ठुल(ठुलो आन्दोलनमा पुर्ण सक्रिय रुपले काम गरे । जेल गएँ, नेल गए, मरा खाएँ, डन्डा खाएँ, गोली प्रहारबाट जसो तसो बचे  । पटक(पटक गरी ५ वर्ष जेल बसेको छु ।
आजकाल तपाई के गर्नु हुन्छ ? पार्टीले तपाईलाई कुनै पनि भूमिका दिएको छैन जस्तो लाग्छ ?

पार्टीले मलाई केन्द्रिय विभागको खेलकुदको सदस्य बनाएको छ । अव मलाई खेलकुदमा रिसर्च गर्नुछ । म सिंगापुरबाट ब्ल्याकवेल्ट फस्र्ट जोन पाएको छु । धेरै टुर्नामेन्ट खेलेको छु । सरोजप्रसाद कोइराला मेमोरियल क्रिकेट टुर्नामेन्ट मैले चलाएको छु । म तरुण दलमा खेलकुद विभागमा वसेको छु । कराँतेको टुर्नामेन्ट गराएर झाँसीमा टीम लगेको छु । मैले खेलकुदमा पनि धेरै भुमिका निर्वाह गरेको छु । अब यूवा जमातलाई खेलकुद प्रति आकर्षण गराउनु छ मलाई । खेलकुदको म सँग डिग्री पनि राम्रो छ । र थ्योरी पनि राम्रो भएका कारण रिसर्च गरी नयाँ दिशा तर्फ लग्ने काममा लाग्छु । जव म जुडो च्याम्पियन भएँ, कराँते च्याम्पियन भएँ, टुर्नामेन्ट खेल्न गएको बेला गोल्ड लिन लागे तव स्टेडियममा नै नेविसंघ र मण्डलेको फाइट बनाइदियो । सारा दर्शकले हेर्न थाल्यो कि नेविसंघ र मण्डलेको फाइट भएछ भनेर । मैले जिरो प्वाइन्टमा त्यसपछि नक आउट गरें । जव म गोल्ड लिन लागे, पुलिस प्रशासन, मण्डले, मन्त्री सबैले मलाई स्टेडियममा नै पिट्न थाल्यो । विश्वकै कुनै पनि स्टेडियममा यस्तो घटना भएको थिएन । २०४९ सालमा मैले एसपी औफिसमा नेश्नल गेम ल्याउँदा जनकपुरका केही खुन्खार गुण्डाहरु जो कि मेयर पनि भएका थिए तिनीहरुले गेमलाई विथोल्यो तर पनि मैले गेम गराएँ । सबैलाई सवर्ण, काँस्य पदक, प्रमाणपत्र बाँडे र खेलकुद प्रति समर्पित खेलाडीलाई मैले भने जनकपुर प्रति माया नमार्नु होला ।
कुनै पनि आन्दोलन सुरु हुनै लाग्दा प्रहरी तपाईलाई खोज्दै तपाईको घर सम्म किन पुग्छन ?

प्रहरीलाई थाहा छ, सबै भन्दा अनुशासनशील आन्दोलनकारी ललन चौधरी नै हो भन्ने कुरा । ललन चौधरीलाई समात्न सकिएन भने एक मिनेटमा नै आन्दोलनलाई कहाँ सम्म हाइट पु¥याई दिन्छ भन्ने डरले आन्दोलनमा प्रहरीले सबै भन्दा पहिले मलाई नै समात्छ । आन्दोलनमा शहादत दिन पनि पछि पर्दैन ललन चौधरी भन्ने कुरा प्रहरीलाई थाहा हुन्छ त्यसै डरले पनि मलाई समात्छन । तर शहादत दिने, अमरतत्व प्राप्त गर्ने सबैको भाग्यमा हुँदैन । गणतन्त्र दिवसकै अवसरमा म सम्पुर्ण शहीदहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । र, के भन्न चाहन्छु भने हाम्रो समय आयो भने शहिदहरुको परिवारलाई उच्च स्तरमा राख्छौं भन्ने हाम्रो संकल्प छ ।
२०४६ सालको आन्दोलनको हीरो भनेकै तपाई हुनु हुन्थ्यो । त्यो २०४६ साल र २०६२÷०६३  सालको आन्दोलनलाई तुलना गर्दा के भिन्नता पाउनु हुन्छ ?

२०४६ को आन्दोलन अन्तरराष्टिूय रुपमै म्यानेज गरिएको आन्दोलन थियो । अन्तराष्टिूय पहिचान प्राप्त भएको आन्दोलन थियो । २०६२÷०६३ को  आन्दोलन पनि विस्तारै विस्तारै अन्तरराष्टिूयकरण हुँदै गयो । तर २०४६ को आन्दोलन जनआन्दोलन थियो र २०६२÷०६३ को आन्दोलन पार्टी मुखी आन्दोलन थियो ।
विभिन्न कालखण्डमा देशमा जनताले आन्दोलन गरेका छन । धेरै आन्दोलनको अग्रमोर्चामा तपाई पनि सहभागि हुनु भएको छ । आन्दोलन भए पछि राजनीतिक परिवर्तन पनि हुन्छ तर त्यो परिवर्तन संस्थागत किन हुन सकिरहेको छैन ?

इरानमा जव शाह पैहल्वी थियो तव त्यहाँ तिन जना उभिदाँ खेरी त्यसमा एक जना सरकारको सिआइडी पक्कै हुन्छ होला भन्ने गरिन्थ्यो तर नेपालमा तिन जना एक ठाउँमा उभ्दा खेरी तिन टै इन्टेलिजेन्स हुन्छ । यहाँ नेर जनता र नेता पनि वढी दिगभ्रमित भएका छन । आजको यूगमा विश्व नै नेतृत्वविहिनको अवस्थामा छ । नेतृत्व संकटमा छ । राजनीति संकटमा छ । संकटको बेलामा धमिलो पानीमा माछा मार्ने गलत तत्वहरुको लागि स्वर्णीम अवसर हुन्छ । आतङ्कवादी माफियाहरुको लागि यस्तो समय स्वर्णीम अवसर हुन्छ । हामी सतर्क हुनुपर्छ र न्यायोचित वाटोमा लाग्नु पर्छ ।
डेमोक्रेटिक भ्यालु जव सम्म इस्ट्यावलिस हुँदैन तवसम्म डेमेक्रेसी इस्ट्यावलिसै हुन सक्दैन । त्यसकारण परिवर्तन संस्थागत हुन सकेको छैन ।
तपाई जस्तो आन्दोलनकारी योद्धाका लागि आन्दोलन भएको राम्रो कि नराम्रो ?

हेर्नुस, कसैले पनि आन्दोलन होस भनेर चिताएका हुँदैन । आन्दोलन भनेको वाध्यता हो । मैले यो चिताएको छैन कि आन्दोलन भै राखोस । आन्दोलन भनेको पर्व होइन । लाठी खाने कसैको सौख होइन । जेल जाने सौख होइन । तर जव लोकतन्त्र माथि खतरा हुन्छ, राष्टिूयता माथि, जनअधिकार माथि खतरा हुन्छ त्यो बेलामा सचेत नागरिकले वाध्य भएर आन्दोलन गर्छ ।
आन्दोलन पछि प्राप्त उपलब्धिहरु संस्थागत नभए पनि कतिपय नेताहरुले ठुलै अवसर पाए । नेताहरुको स्वार्थ पुर्ती हुँदै गए, मन्त्री, प्रधानमन्त्री सबै बने तर जनताले त केही पाएन । तपाई जस्तो आन्दोलनकारीले के पाउनु भयो ?

केही नेताहरुले देशको राजश्वलाई लुटे, आफ्नोे चरित्रलाई बेचे । तर हामीले यो सव कुरा गरेनौं । हामीले देश, लोकतन्त्र, जनता, राष्टिूयताका लागि सोच्यांै, त्यसकारण अलि पछाडि प¥र्यांै । म निराश छैन । निराश हुने कुनै आवश्यकता पनि छैन । मैले आफ्नो इमेज बनाएर हिंडेको छु ।  तर कतिपय नेताहरुमा के देख्दैछु भने कुनै पार्टीमा बसेर इमेज बनाउने र अर्को पार्टीमा चोइटिएर त्यसको क्यास गर्ने प्रवृति वढेको छ । क्यास गर्ने यस्ता यस्ता नेताहरुलाई जनताले सवक सिकाउनु पर्छ । तिमी नेपाली कांग्रेसमा इमेज बनाउने र मधेसवादीमा गएर क्यास गर्ने, एमालेमा वसेर इमेज वनाउने र माओवादीमा गएर क्यास गर्ने ? यस्ता प्रवृतिमाथि जनताले प्रश्न गर्नुपर्छ । मेरो इमेज बनाउन मलाई कुनै नेताले पिठयुँ ठोकेको छैन । मैले जुन आङगनबाट इमेज बनाएको छु त्यो घरलाई पवित्र बनाइराख्नु कोशिस गर्छु ।
तपाई लगायत युवाराज खाँतीहरुको छुट्टै जुन समुह छ, त्यो समुहलाई कुनै पार्टीमा आउनका लागि प्रलोभन दिइएको छ कि छैन ?

प्रलोभन दिनेको लिनेको पनि एउटा चरित्र हुन्छ । र, म दुवै मध्ये कुनैमा पनि परेन । मैले जुन पार्टीमा इमेज बनाएको छु त्यो हो नेपाली कांग्रेस र म त्यो छोडने बाला छैन । नेपाली कांग्रेसमा शहिद दुर्गानन्द झाको इतिहास छ, सरोज प्रसाद कोइराला शहिद रामलक्ष, क्याप्टन शहिद यज्ञवहादुर थापा, नेपाली कांग्रेसको समग्र सारथी विपी कोइरालाको इतिहास छ ।
तपाईको पार्टी नेपाली कांग्रेसलाई मधेस र संघीयता विरोधी पार्टी भन्ने गरिन्छ, के टिप्पणी गर्नु हुन्छ ?

अहिले यो हेर्नुस जेपी गुप्ता आनन्द, महन्थ ठाकुर, विजय गच्छदार लगायत थुप्रै नेताहरु नेपाली कांग्रेसमा वसेर इमेज बनायो, सांसद, मन्त्री लगायत थुप्रै पद पाएर इमेज बनाइसकेपछि तिनीहरु मधेसी पहाडी गर्न थाले । आफ्नो प्रभुत्वका लागि आकाङ्क्षी हुन थाले । महन्थ ठाकुरलाई नेपाली कांग्रेसले कुन मन्त्री खुवाएन ? विजय गच्छदार जुन वेला पनि मन्त्री खानु भयो । राम राजा प्रसाद सिंहलाई पनि ग्रेजुएट काउन्सिलमा नेपाली कांग्रेसका विद्यार्थी नेताहरुले जिताएका थिए । त्यस कारण मेरो भनाई के छ भने हरेक पार्टीको जननी नै नेपाली कांग्रेस हो । जननी जन्मोभुमिश्च स्वर्गादपि गरियसी भन्ने उखानलाई म मान्छु र सम्मान पनि गर्छु ।
तपाईले के पाउनु भयो ?

हेर्नुस राजनीतिमा म एउटा सानो वालक हुँ । म अहिले राजनीति सिक्दै गइरहेको छु । मेरो परिवारले पनि मलाई माया गरेर दुई गाँस खाना खान दिइरहेको छ । अन्य परिवारमा भएको भए मलाई कमाउनका लागि घरवाट भगाइदिन्थ्यो होला, वर्वाद हुन्थें होला । त्यसकारण म आफ्नो परिवारलाई सव भन्दा पहिले धन्यवाद दिन्छु । जहाँ सम्म राजनीतिको कुरा आयो, म अहिले ठुलो पोलिटिसियन भै सकेको छैन ।
नेपाली कांग्रेसको राजनीतिमा अहिले तपाईको पहिचान के हो ?

नेपाली कांग्रेसको राजनीतिमा मेरो पहिचान एउटा राम्रो कैडर छु म । एक्टिभिस्ट कैडरको रुपमा मेरो पहिचान छ ।
तपाई भन्दा जुनियर मान्छेहरु नेता भइसके ?
विपी कोइरालाले भन्नु भएको थियो, ‘ठुलो बन्नु भन्दा राम्रो असल बन्नु नै वेस हुन्छ ।’ म विपी कोइरालाको अनुयायी । असल बन्ने वाटो तिर म गइरहेको छु । त्यसकारण मलाई घवराहट छैन । म आफु प्रति इमान्दार छु, मलाई त्यै सन्तुष्टि छ ।
तपाई वाटोमा हिंडदा मान्छेले तपाईलाई के भन्छ ?

मान्छेले विभिन्न कमेण्ट गर्छन । कसैले राम्रो भन्छ, कसैले नराम्रो पनि भन्छ । कसैले भन्छ यसलाई बुद्धि नै छैन सारा जीवन आन्दोलनमा लगाइदियो । कसैले भन्छ यो पागलै हो । कसैले भन्छ यो क्रान्तिकारी हो । कसैले भन्छ यो फिजिकल फोर्स हो । कसैले नायक भन्छ । विभिन्न किसिमका आँकडा लगाएको छ मान्छेले  । तर मान्छेले जे आँकडा लगाए पनि म को हुँ भनेर मैले आफुलाई चिनीराखेको छु ।  त्यसकारण वाटोमा लामो यात्रामा  म हिडिरहेको छु, तपाईहरुको माया स्नेहले पक्कै सफल होउँला । नेपोलियनले भनेको छ(‘ जिसे असफलताकी भय है वो अवश्य असफल होगा । त्यसकारण मलाई असफलताको भय छैन । म निश्चित नै सफल हुन्छु ।
जनता तपाईहरु सँगै आन्दोलनमा आए, प्राप्त उपलब्धीको अनुभूति जनताले गर्न सकेका छैनन । जनताको जीवनशैलीमा कुनै पनि परिवर्तन भएको छैन । के भन्नु हुन्छ ती जनतालाई ?

 सेन्टीमेन्टल मुभमेन्ट जुन छ त्यो चाहिं राम्रो होइन । हामीलाई विपी कोइरालाले भन्नु भएको थियो कि असली क्रान्तिकारी त्यै हुन्छ जो वास्ताविकताको धरातलमा अडिग हुन्छ । हामी वास्तविकताको धरातमा अडिग छौ । जहाँसम्म संगठनको कुरा गर्ने हो । भने पार्टीमा संगठनकर्ताहरुको अभाव छ । जनतामा पुर्ण चेतना भएको छैन । शिक्षाको अभाव छ । पार्टीलाई प्रशिक्षण शिविरहरु चलाउनु पर्छ, सत्ताहमा, महिनामा र, विद्यार्थी राजनीतिलाई जोगाउनु पर्ने थियो तर हाम्रो पार्टीका नेताहरु विद्यार्थी नेता जोगाएनन । यो दुःखको कुरा हो । चेतनामूलक राजनीति हुन सकेन, यो दुःखको कुरा हो । र, अहिले चाहिं सियासती संगठन हुँदैछ ।  त्यसकारण विस्तारै विस्तारै जनताले यो कुरा बुझिरहेको छ । अहिले नेपालको गणतन्त्र स्थापित हुनमा ३०÷४० वर्ष अझै लाग्छ । घवराउनु पर्ने कुरा छैन । गणतन्त्रलाई जिवित राख्न, मलजल दिन अहिले प्रशस्त समय छ ।


हेर्नुस एउटा भनाई छ । वर्वाद गुलिस्ता कसेको सिर्फ एक ही उल्लु काफी है, हर डालपे उल्लु वैठा है अन्जाम गुलिस्ता क्या होगा । गणतन्त्र धरापमा पर्न सक्ने धेरै सम्भावनाहरु छन । तर के छ भने एउटा विश्वास छ । गणतन्त्र धरापमा पर्यो भने,गणतन्त्र धरापमा पार्नेहरुको पनि इन्टे«स्ट सफल हुने वाला छैन । राजतन्त्रलाई कसैले फ्यालेको होइन । राजतन्त्र आफ्नै करणीबाट यो देशबाट गएको हो । हामी विगतमा राजतन्त्र माथि सकारात्मक थिर्यों तर राजतन्त्र आफ्नै व्यवहारले जव अलविदा ग¥यो, यहाँको जनता सँग तव कलाई के लाग्यो र ? त्यसपछि हामीले आफ्नै कित्ता अलग भैसकेको छ । हामी जुन पनि शर्तमा गणतन्त्रलाई सफल पार्छौं भन्ने हाम्रो आस्था, विश्वास छ । र, प्रयास पनि छ ।

No comments:

Post a Comment