Saturday, June 1, 2013

महोत्तरीमा समितीकै मिलेमतोमा वन फडानी



विक्रम रौनियार
महोत्तरी............


महोत्तरीको भगाहा स्थित सामुदायिक वनमा समितीको पदाधिकारीको मिलेमतोमा रुख कटानी गरी बिक्री गरीएको प्रकरणका सबैजनालाई जिल्ला बनले उन्मुक्ती दिन खोजेको स्थानीयले आरोप लगाएका छन् । ईलाका वन कार्यालय माईस्थानका बन अधिकृत चन्देश्वर यादबले रकम लिएर समितीका अध्यक्ष सहितका पदाधिकारीलाई छाड्न खाजेको आरोप स्थानीय बासीको छ । भगाहा ३ स्थित भगाहा सामुदायिक वन र बन्देश्वर सामुदायिक वनको काठ समितीले अबैध कटान गरी बिक्री गरीएको भन्दै स्थानीयले दिएको उजुरीको आधारमा ईलाका वन माईस्थानले गरेको अनुगमनमा कारबाही प्रकृया अघि बढाउने वन अधिकृत यादबले जनाएका थिए । समितीको मिलेमतोमा रुख कटानी गरी अबैध रुपमा बिक्री गरीएको बिषयमा महिना दिन बितिसक्दा समेत वनले कारबाही प्रती कुनै चासो नदिएको भन्दै रकमको चलखेलबाट समितीका सदस्यहरुलाई छाड्न खोजिएको बताएका छन् । कारबाही प्रकृया बारे माईस्थानका वन अधिकृत यादबसंग राखेको जिज्ञासामा आफुले समितीसंग रकमको लेनदेन नभएको र काठ कटानी बिक्री लगाएतको बिषयमा छानबिन भईरहेको बताए । रकम लेनदेन हुनु स्वभाविक हो भयो पनी होला तर कसले कसलाई दियो ,आफुलाई थाहा नभएको यादबले तर्क गरे । स्थानीयले दिएको उजुरीको आधारमा महिना दिन अघि ईलाका वन माईस्थानले अनुगमनको क्रममा वनमा आठ वटा नयाँ रुख काटनी भएको र त्यसको ठुटा समेत उखेलिएको पाईएको थियो । स्रोतका अनुसार सामुदायिक वनका अध्यक्ष राम औतार सिंह र सचिव कैलाश चौधरीको नेतृत्वमा रुख काटनी गरी बिक्री गरीएको बुझिएको छ । समितीका अध्यक्ष र सचिव लगायतले वनमा रहेको सिसौ जातको रुख कटानी गरी बिक्री गरेको स्थानीयको आरोप छ । रुख कटानीको लागी वन संग स्विकृती लिनुपर्ने प्राबधान भएपनी समितीका पदधिकारीहरुले स्विकृती नलिई अबैध रुपमा रुख कटानी गरी बिक्री बितरण गरेका हुन् ।
स्थानीयका अनुसार समितीले दुई सय भन्दा बढी सिसौका रुख अबैध रुपमा कटानी गरी बिक्री गरेको जनाएका छन् । समितीका अध्यक्ष र सचिवको मिलेमतोमा सिसौका रुख काटिएको, जरा समेत उखलेको र त्यो क्रम नरोकिएको स्थानीयले बताए । समितीको मिलेमतोमा दुई सय सिसौका रुख कटान गरी बिक्री भईसक्दा समेत जिल्ला वन कार्यालयका कर्मचारीहरुले सुईको समेत पाएनन् । यता सामुदायीक वनमा भएको अबैध रुख कटानी र बिक्री गरीएको बिषयमा समितीका सचिव कैलाश चौधरीले आफुलाई फसाउन खोजिएको र वन क्षेत्रबाट चोरी तस्करी बढ्न थालेपछी ढलेपढेका र सुकेका रुखहरु कटानी गरेको दाबी गर्छन् । जिल्ला वन कार्यालय महोत्तरीका अनुसार कटान,मुछान र घाटगद्घी गर्न वन संग अनुमती लिनुपर्ने प्राबधान भएपनी समितीले त्यसो नगरेको र वन कर्मचारीको रोहबरमा उक्त कार्य हुने प्राबधान छ । वन कार्यालयका अनुसार घटनाको बिषयमा छानबिन सुरु गरीएको बताए पनी महिनै दिन बितिस्कदा समेत कुनै कारबाही नहुनुले वन कार्यालय र कर्मचारीको मिलेमतोमा सामुदायिक वनका सदस्यलाई छाड्न खाजिएको बुझीएको छ । जिल्ला वनका अधिकृत बिद्यानाथ झाले समितीले वन क्षेत्रबाट अबैधरुपमा रुख कटानी गरी बिक्री गरिएको बिषयमा समेत ईलाका वन माईस्थानलाई कारबाही प्रकृया अघि बढाउन लिखित पत्रचार गरीसकेको बताए । यता ईलाका वन माईस्थानका प्रमुखले एकलाख रकम लिएर कारबाही फितलो बनाउन कागजातको हेरफेर गरेको स्रोतले जनाएको छ । जिल्ला वन कार्यालय महोत्तरीले दोषी देखिएको समितीलाई छानबिन गरी ऐन बमोजिम कारवाही हुने बताउदै आएको छ ।

No comments:

Post a Comment