Saturday, June 1, 2013

एउटा कुखुराको मुल्य १४ हजार



द एक्सक्लुसिभ सम्वाददाता


एउटा सामान्य कुखुराको मुल्य कति पर्छ सोध्दा, तपाईले २ सय देखि १ हजार सम्म भन्नु हुन्छ । तर सोही कुखुराको मुल्य कसैले १४ हजार भन्यो भने तपाइलार्ई आश्चर्य लाग्न सक्छ । अर्थात तपाईले केहि क्षणका लागि भएपनि पहेली बुझाएको महसुस गर्न हुन्छ । तर यथार्थमा यो कुनै पहेली होइन, यो सत्य घटना हो धनुषाकै दुहवी(गोवराही गाविसको  । दुहवी स्थित जामा मस्जिदको एउटा कुखुरा  १७ जेष्ठ शुक्रवार १३ हजार सात ८६ रुपैयाँमा बिक्री भएको छ । दुहवी(२ बस्ने मन्जुर साहले करिव एक किलो तौल बरावरको सो कुखुरा खरिद गरेका हुन । शुरुमा मस्जिदले राखेको कुखुराको मुल्य एक सय ५१ रुपैया निलामी(डाक)को रकम बढोत्तरी हुुदै गएपछि त्यति रकममा बिक्री भएको भएको हो । मन्जुरका प्रतिद्वन्द्वी स्थानिय कासिम साहले १२ हजार सात सय ८६ रुपैया लगाएका थिए । तर निलामीको नियमानुसार सब भन्दा बढी रकम लगाउने मन्जुरले कुखुराको खरिद गर्न सफल भएको मस्जिद व्यवस्थापन समितिका अध्यक्ष आविद साहले बताए । स्थानिय एक महिलाले भाकल गरे वमोजिम सो कुखुरा मस्जिदलाई प्रदान गरेकी थिइन । मनोकांक्षा पुरा भएपश्चात मस्जिदमा कसैले आफुखुसी प्रदान गरेको जनावर बिक्री गर्ने परम्परा रहेको अध्यक्ष साहले जानकारी दिए ।


No comments:

Post a Comment