Saturday, June 1, 2013

छ बर्षे गणतन्त्रले ग्रामिण जनतालाई के दियो त ?


जिवेश झा

नेपालमा गणतन्त्र आएको छ बर्ष भएको छ । गणतन्त्र आवागमनको छ बर्षे इतिहाशमा राजनीतिक परिवर्तनदेखि कर्मचारीतन्त्र (व्युरोक्रेसी) सम्ममा आवश्यक परिवर्तन भयो । शहरीयामुखि नेपाली राजनीतिको मुख्य कर्मथलो शहर नै रह्यो । शहरमा केहि बिकास निर्माणका कार्यहरु पनि भए । तर नेपालका लगभग ४००० (अर्थात घढज्ञछ) गा.बि.स. लगायत ग्रामिण क्षेत्रमा बिकासको सिन्को भाँचेको छैन् ।
आन्दोलन, बिद्रोह, जनआन्दोलन, अंग्रेजीमा भन्दा ‘मुभमेन्ट’ र ‘अपराईजीङ’ का जे जति पर्यायवाची शब्दहरु छन तिनलाई सडकदेखि सदनसम्म तताउन ग्रामिणबासीको सहयोग बिना असंभव छ  । ग्रामिणबासीलाई सँधै दुहुनो गाईझैं दुहने र आवश्यक समयमा प्रयोगमा ल्याई ‘युज एन्ड थ्रो’ को सिद्धान्तलाई अंगाल्ने परिपाटीले ग्रामिण क्षेत्रमा बसोबास गर्नेहरुलाई निराशवादी बनाएको छ । निराश पनि किन नहुनु । उनिहरुको जब राजनीतिले आवश्यक्ता बोध गर्छ, त्यतिखेरै प्रयोगमा ल्याईहाल्छ । तर जब दलगत स्वार्थपुर्ती भईछाड्छ अनि नेताजीको बोली फेरिन्छ । रुही तिवारी एक जर्नलमा लेख्छिन, ‘ग्रामिणबासीहरु नेपाली मिडियादेखि राजनीतिसम्ममा आवश्यक पहुँच स्थापित गर्न नसक्नु दुर्भाग्यपुर्ण हो ।’ छैठौं गणतन्त्र दिवस दलहरु राष्टूपति कार्यालयमा मनाईरहँदा नागरिक समाजले नयाँ बानेश्वरमा गणतन्त्र दिवस मनायो । नागरिक समाजका अगुवा भनाउनेहरुको तर्क थियो कि राजनीतिक दलले दाग लागेका लोकमाणसिंह कार्कीलाई अख्तियार प्रमुख बनायो र कार्की पनि सोही राष्टूपतिको चियापान कार्यक्रममा सहभागी हुनेभएकोले हामी सो कार्यक्रममा भाग लिएनौं । हो, यो कुरा पनि थोरै हदसम्म ठिकै हो । तर नागरिक समाजका अगुवा भनाउनेहरु शहरमुखी नागरिक राजनीति मात्र किन गर्या होलान ? के शहरका जनता मात्र नागरिक समाज भनाउने सञ्जालको कार्याक्षेत्र भित्र पर्छ त ? यिनीहरुको कार्यशैली देखेर के लाग्छ भने नेपालमा दुई किसिमका जनता बस्छनः १. शहरिया जनता, र २. ग्रामिण जनता । शहरिया जनता प्रथम नागरिक (फस्ट सिटिजन) हुन भने
ग्रामिणवासी द्वितिय ।
यी पङतिकार महोत्तरीको एकरहिया गा.बि.स.मा केहि साता पहिले आफ्ना आफन्तलाई भेट्न गाएका थिए । उक्त गा.बि.स. का बहुसङख्यक जनताहरु देशका राजनीतिबारे शिक्षित छन, दह्रो ज्ञान राख्छन । तर राजनीतिसँग खासै मतलब राख्दैनन । मैले वहाँहरुलाई सोधे कि तपाईहरु पनि राजनीतिलाई फोहरी खेल ठान्नुहुन्छ कि क्या हो ? वहाँहरुको जबाफ थियो, के को फोहरी र के को पवित्र । हामी ग्रामिणवासीलाई लोकतन्त्रदेखि गणतन्त्रसम्मले छुन सकेन । देशमा जुनै सरकार बने पनि शहरियाहरुको भलो मात्र सोंच्छ भन्ने आशयको उनको जवाफ थियो । यी पङतिकार उनीहरुको निराशा सुनेर स्तवध भए । हो, सत्तारुढदेखि बिपक्षी दलहरुले समेत ग्रामिण क्षेत्रका मुद्धा उठाएको बिरलै पाउँन सकिन्छ । ग्रामिण क्षेत्रमा हुने महिला हिंसा, दाईजो प्रथा, कृषकको समस्या, ग्रामिण क्षेत्रमा स्वास्थ्यको समस्या, शिक्षाको समस्या, व्यापारको समस्या, लगायतका समस्याहरु कुनै पनि राजनीतिक दलका एजेन्डा भित्र परेका छैनन । समाजसेवी ईन्जिनियर बिरेन्द्र झा भन्छन, ‘गणतन्त्र नेपालमा पनि ग्रामिण मुद्धाहरु राजनीतिक दलका र सरकारका एजेन्डा नबन्नु दुःखद नै हो । बहुसङख्यक नेपालीहरु ग्रामिण भू(भागमामै बस्छन । तर सरकार र दलले उनिहरुलाई यसरी ‘बायोकट’ गर्नु सरासर बेईमानी हो । भोलीका दिनमा ग्रामिण क्रान्ति भए नौलो नहोला ।
आज समग्र नेपालको त कुरै छाडौं धनुषा जिल्लाको गाउँहरु भ्रमण गर्न जानुस । गाउँहरु उराठलाग्दो देखिन्छ । गाउँमा भविष्य छैन, यो जीवन त अंधकारपुर्ण छ, गाउँ जीवन त लाचारी जीवन हो, गाउँमा फुर्सद र अवशर नपाएकाहरु मात्र बस्छन, गाउँमा गरिबहरु मात्र बस्छन जस्ता निराशपुर्ण अभिव्यक्तिहरु गाउँमा गुन्जमान हुन्छन् । यस्ता आवाज, पिडा, र गुहारमा ‘ईको पावर’ नभएर होला सिंहदरवार उनिहरुका गुनासाबारे अनभिज्ञ छ । अर्को तर्फ सिंहदरवारले नेपाललाई हेर्ने दृष्टी शहरमुखी भएर होला आज ग्रामिण क्षेत्रको बिकासका लागि दुर्गामी योजनाहरु बन्दैनन् ।  गाउँमा बस्नेहरुलाई किन ‘केयर’ गर्नुपर्यो र ?  भन्ने दुखेसो पोख्नेहरुको सङख्या अनगिनत छन । छैठौं गणतन्त्र दिवसले समेत छुन नसकेको ग्रामिण जनतालाई कुन संयन्त्र चाहिँदो हो, के गरे उनिहरुका समस्या समाधान होलान, कस्तो नीति ल्याए ग्रामिण भू(भाग लाभान्वित होलान जस्ता प्रश्नहरु यी पङतिकारका मन(मष्तिस्कमा खेले पनि जवाफ्समाधान भने यिनीसँग छैन । ग्रामिण जीवनयापन गर्ने एबं एम.बि.ए. सम्मको अध्ययन गरेका रंजित कुमार भन्छन, ‘सरकारले र जनताले मानाउने गणतन्त्र दिवस तव संस्थागत हुन्छ जब सरकारी नीति, अनुगमन र बजेट ग्रामिणमुखी हुन्छ’ । हुन त गाउँमा बजेट नगएका होईनन । तर के गर्नु गा.बि.स. सचिव मोटाउनु अनि गाउँ दुबलाउनु बाहेक केहि हुन सकेको छैन् । जनकपुरका मिडियाले धनुषावासीलाई गणतान्त्रिक नेपालमा के उपहार दिन सक्छ त । उदाहरणको लागि ग्रामिण परिवेशमा रहेर ग्रामिण बिषयबस्तुको उठान गरेर, ग्रामिण समाचार पस्केर, ग्रामिणवासीलाई आशा र संभावना देखाएर, संबन्धित निकायको आखाँमा बाँधिएको पट्टी खोलेर, र
सरकारलाई घचघच्याएर । मिडियाले आफ्नो काम गर्ला । तर अब शहरिया भनाउने धनिधनाढ्यले पनि गाउँका समस्या बुझिदिनुपर्यो । जनकपुरमा ठुल(ठुला भाषण गरेर हिंड्नेमध्ये ९०५ राजनीतिक र बौद्धिक ठेक्केदारहरु ग्रामिणबासी नै हुन । यिनले केहि संपति जोडे पश्चात मात्र शहरिया पहिचान पाएका हुन् । एउटा कुरा के बुझ्नुपर्छ भने जसरी एउटा पुत्रको पहिचान उसको बुबाबाट खुल्छ, त्यसरी नै एउटा शहरिया भनाउनेको पहिचान पनि गाउँबाटै आउँछ । शब्दमा आक्रामक्ता झल्किएकोमा माफि चाहन्छु तर के गर्नु सत्य यहि नै हो ।
छैठौं गणतन्त्र दिवस मनाउनु नेपाली राजनीतिको लागि फलदायी नै हो । तर शहरियामुखी गणतन्त्र दिवस र उसका उपलव्धी संस्थागत गर्न ग्रामिणबासीलाई साथमा लिनैपर्छ । ग्रामिणवासीमा पलाएको नैराश्यतालाई तुह्नै पर्छ । ग्रामिण योजना र विकासका मार्गहरु प्रशस्त नगरे नेपालमा गणतन्त्र संस्थागत गर्नु दिवास्वपन मात्र हुनेछ । अब ग्रामिणवासीलाई शहरियाले जता डोर्यायो त्यतै बहकिने अवस्था छैन् । शहरमा राजनीतिक भाषण मात्र गर्न रमाउने नेतालाई भोट माग्ने समयमा गाउँबासीको घरदैलोमा पुग्ने अधिकार छैन् । पाँच बर्ष पछि मात्र मुख देखाउने नेतालाई गाउँवासीले किन भोट दिने ? आखिर यी नेताले उनीहरुका लागि के नै गरिदिएका छन र ? गणतन्त्रका मुलभुत उपलव्धीहरुलाई संस्थागत गर्न ग्रामिणवासीको मन जित्नै पर्छ, उनीहरुका हक(अधिकार सुनिश्चित हुनैपर्छ र उनीहरुले पनि आफ्नो प्रतिनिधित्व महशुस गर्नैपर्छ ।

No comments:

Post a Comment