Saturday, June 1, 2013

अतिक्रमित सडकमा बनाईएको संरचनामा ‘चल्यो ट्राफिकको डोजर’




अजय अनुरागी


बाटो भरि जथाभाबि फालिएको फोहर र अतिक्रमणले   ऐतिहासिक नगरि जनकपुरको गरिमा नै चौपट हुदै गएपछि स्थानियबासी अग्रसर भएका छन् ।   सार्वजनिक सडकमा अवरोध पु¥याउने गरी लामो समय देखि घर टहरा बनाई  पसल सञ्चालन गर्दै आएकाहरुलाई हटाउने कार्य सुरु भएको छ भने केहि मात्रामा भएपनि फोहर व्यबस्थापनको जिम्मा निजी क्षेत्रलाई दिईएको छ । ऐतिहासिक तथा धार्मिक नगरी जनकपुरमा व्यक्तिगत स्वार्थका लागि सडक अवरोध हुने गरी  पसल राख्दा दुर्घटना बढ्नुका साथै नगर समेत कुरुप बन्दै गएपछि स्थानियको सहयोगमा प्रहरीले घर टहरा डोजर लगाएर भत्काउन थालेको छ । सार्वजनिक सडकमा नै  अवरोध पुग्ने गरी निजी व्यबसाय सञ्चालन गर्ने प्रबृत्ति बढेपछि राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, उद्योगी व्यबसायी, नागरिक समाज र युवा कल्बहरुको  सहमतिमा टूाफिक व्यबस्थापन र सार्वजनिक स्थलहरुलाई व्यवस्थित गर्ने अभियान थालेको हो । जनकपुर टूाफिकले उक्त कार्यका लागि सडक विभागसँग समेत सहकार्य गरेर अतिक्रमित सडकमा बनाईएको ३ सय घर, टहरा, छाप्रो एवम पसलहरु हटाएको हो । जनकपुरको दुधमत्ती पुलदेखि मुजेलिया सम्मका यस्ता प्रकारको अवैध निर्माण सामग्री भत्काउने कार्य भईरहेको भन्दै जिल्ला टूाफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक राजन भेटवाल भन्छन,“ अहिले घर टहरा, पर्खाल आदि हटाउने कार्य भईरहेको छ । दुर्घटनालाई न्युन पार्न तथा नगरलाई सुन्दर बनाउने अभियान अन्तरगत आम जनकपुरवासीको साथ एवम समर्थन छ । ” राम आयल स्टोर्स र जनक आयल स्टोर्सको मेशिन नै सडकमा भएकाले ती मेशिन सार्नका लागि सडक विभागले चाँडै परिपत्र पठाउने भएको छ । यसै गरी सडक विभागले स्थायी संरचनाहरु भए ती संरचनाहरु पनि भत्काउनका लागि दोस्रो चरण अन्तरगत कार्य अगाडी बढाउने भएको छ । यसै गरी जनकपुर नगरपालिकाको कार्यालयसँग सहकार्य गरेर टूाफिक प्रहरीले जनकपुरको महाविर चौकदेखि पेठिया जाने वाटोको अतिक्रमण हटाएको छ । पेठिया बजार एरियामा पटक(पटक टूाफिक जाम हुने गरेको, जसकारण सवारी दुर्घटना समेत हुने गरेको थियो । प्राचीन मिथिलाको राजधानीे जनकपुरधाम, जथाभाबि फालेको फोहरले अव्यबस्थीत र दुर्गन्धीत नगरको रुपमा परिचित हुन थालेपछि नगरपालिकाले फोहर व्यबस्थापनको जिम्मा निजी क्षेत्रलाई सुम्पेको छ । परिक्षणकालको लागि अहिले नगरको १६ वटा वडा मध्ये ६ वटा बडालाई सफासुधर बनाउन धनुषा विकास केन्द्र नाम्क सस्ंथालाई सुम्पीएको हो । सडक अवरोध गरि लामो समय देखि व्यापार व्यबसाय गदै आएका ३ सय भन्दा बढि घर टहरा भत्काएपनि नगरको मध्य भागमा यस्तो सम्सया अहिले पनि यथावत नै रहेको छ  । सफा र व्यबस्थीत नगरको रुपमा जनकपुरलाई  स्थापित गर्न फोहर व्यबस्थापन, सडक र ढल निमार्ण, छाडा गाई बस्तु नियन्त्रण र जथाभाबि छाडेका सुगुंर धनीलाई कारबाहि गर्नु  नगरपालिकाको सामु मुख्य चुनौती अझै कायमै रहेको छ ।

No comments:

Post a Comment