Tuesday, April 30, 2013

राष्ट्राध्यक्षको ‘गृहनिवास’ सुरक्षित ‘गृहनगर जनकपुर’ असुरक्षित


अजय अनुरागी
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक नेपालको प्रथम राष्ट्राध्यक्षको रुपमा डा. रामबरण यादव निर्वाचित भएको दिन जनकपुर सबैभन्दा वढी खुशी थिए ।  हर्ष–उल्लासका साथ जनकपुर बासीहरु एक आपसमा बधाई साटा–साट गर्नूका साथै बिजय जुलुस समेत निकालेका थिए । सताव्दी देखि उपेक्षित जनकपुरको अगामी दिनमा काया पलट हुने, संविधानसभाद्धारा नयाँ संविधान निर्माण भई मधेशका जनताले मुक्ती पाउने, शान्ति सुरक्षा कायम हुने, बेरोजगारी समस्या समाधान हुने, आर्थिक तथा कृषि क्रान्तिका मार्फत जनकपुर समृद्धिको मार्गमा अगाडि वढने लगायत कर्यौ सपनाहरु सजाउन थाले जनकपुरवासी । राष्ट्राध्यक्षको रुपमा डा. यादव निर्वाचित हुनु निश्चय पनि जनकपुरवासीका लागि यस अर्थमा पनि किन महत्वपुर्ण थियो भने नेपाल जस्तो राजतन्त्रात्मक व्यवस्थाको विरुद्ध सहादत दिने सहिद दुर्गानन्द झाको भुमिबाट चुनिनु । त्यसमा पनि राष्ट्रको राष्ट्राध्यक्ष जस्तो गरिमामय साशन सत्ता हाक्न नेपालमा कुनै मधेसी मुलका नागरिक (जसलाई नेपालमा सधै दोस्रो दर्जाको रुपमा हेरिने गर्दछ) ले उक्त सौभाग्य पाउनु साँच्चै नै चमत्कार भन्दा कम थिएन । मधेश आन्दोलनको क्रममा आन्दोलनका विरुद्धमा अभिव्यक्ति दिने नेपाली कांग्रेसका तत्कालिन महामन्त्री डा. यादवको जनकपुर स्थित निवासमा आन्दोलनकारीहरुले आगजनी नै गरेका थिए । तर पनि संविधानसभाको निर्वाचनका लागि धनुषा निर्वाचन क्षेत्र नं. ५ का तर्फबाट नेपाली कांग्रेसको प्रत्यासी डा. यादव यति सम्म असुरक्षित थिए कि उम्मेदवारी दर्ताका लागि नेपाली कांग्रेसकै सरकारको मातहतमा रहेको गृहमन्त्रालयका संयन्त्र नेपाल प्रहरीको वलमा जसो तसो उम्मेदवारी दिएका थिए । निर्वाचनवाट सभासदमा निर्वाचित भएका यादवले वढी भन्दा वढी कुनै मन्त्री खान सकिन्छ भन्ने सम्म त पक्कै सपना देखेका थिए होलान, तर राष्ट्रपति नै भईन्छ भनेर उनले पनि सोचेका थिएनन होला । त्यसकारण पनि जनकपुरले ऐतिहासिक अवसरमा राष्ट्रपति पाउनु जनकपुरको लागि सबैभन्दा खुशिको क्षण थियो । तर डा. यादवबाट जनकपुरबासीले पालेको आशा अझसम्म पुरा हुन सकेको छैन । ब्रह्मपुरी स्थित उनको गृह निवास अगाडी वर्षातको मौसममा स्थानियबासीले सडकमा भएको हिलोमै धान रोपाई गरेर राज्यलाई व्याङगात्मक प्रहार गरे लगतै सडक निर्माण गराउन राज्यले जति तदारुकता देखायो जनकपुरको विकास, शान्ति सुरक्षा लगायतका समस्यालाई सम्बोधन गराउन राज्यको प्राथमिकतामै परेन । कार्यकारी प्रमुख आफु नभएर प्रधानमन्त्री रहेको कारण जनकपुरको विकासमा आफ्नो कुनै योगदान गर्न नसकेको लाचारी महामहिम डा. यादव जनकपुर आउँदा आफ्ना गाउँका सखाहरु समक्ष व्यक्त गर्नु हुन्छ । विकासका लागि उनले केही गर्न नसकेपनि आफ्ना ग्रामिण तथा गृह नगर तथा जिल्ला वासीलाई सुरक्षा त दिन सकिन्थ्यो नि, तर त्यो पनि हुन सकेको छैन । महामहिम यादवको जनकपुर र सपहीको गृह निवासमा सशस्त्र प्रहरीबलले चौविसै घण्टा सुरक्षा प्रदान गरेर उनको गृह निवासलाई सुरक्षित राख्न सुरक्षाकर्मी सफल भएको छ । कुनै पनि मुलुकको राष्ट्राध्यक्षको गृह निवास सुरक्षित हुनैपर्छ, त्यो राज्यको दायित्व पनि हो । तर यसका साथ साथै जनताको जिउधन, इज्जतको सुरक्षा गर्ने दायित्व र जिम्मेवारी पनि राज्यको नै भए पनि राज्य त्यसो गर्नुमा विफल नै भएको छ । हेर्नुस तस्वीरमा महामहिम यादवको घरमा सुरक्षाकर्मीले सुरक्षा गरेको छ भने अर्को तस्वीरमा गोली लागि घाइते भएको सर्वसाधारणको अवस्थाले पनि महामहिमको गृहनगर जनकपुरमा आम मानिसको अवस्था कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । हुनत अपराधीहरुको निसानामा सधै जनकपुर पर्ने गरेको भएपनि केही महिना यता हत्या, बम विस्फोटन, चन्दा आतङक, बलात्कार जस्ता घटनाहरु बढेको राष्ट्रपति पुत्र तथा नेपाली कांग्रेसका नेता डा. चन्द्रमोहन यादव समेत अनुभुति गर्दछन । राष्ट्रपति पुत्र यादव भन्छन,“ राजनीतिको सहि र बौद्धिक व्यवस्थापन नभएकै कारण समाजमा धेरै विकृति आएको छ । विद्यालयमा पढाई नहुँदा विद्यार्थीहरु वरवाद भएका छन,  युवाहरु दिगभ्रमित भएका छन, बेरोजगारी र फ्रस्टे«शनका कारण गलत संगतको प्रभावमा परेर युवाहरु अपराधीक कृयाकलापमा लागेर हिंसाका छिटफुट घटनाहरु गराई रहेका छन । ” जनकपुरका मानिसहरुसँग पर्याप्त पैसा छ, अपराधीहरुको उदेश्य आतंक फैलाएर पैसा असुल गर्ने उदेश्यका साथ अपराधीहरुले जनकपुरलाई केन्द्र बनाउन खोजेको भन्दै धनुषाका प्रहरी उपरीक्षक बसन्त कुमार पन्त भन्छन,“ अपराधीहरु खुला बोर्डर फैदा उठाउदै भारतको भुमि प्रयोग गरी आतंक मचाएको भएपनि तिनीहरु जसरी सलबलाई रहेका छन त्यसरी नै प्रहरी पनि सचेत भएर परिचालित भएका छन । ” वास्तवमै धनुषामा काम गर्न सुरक्षाकर्मीलाई अप्ठयारो नै भएको छ जस्तो त लाग्दैन तर नागरिकले सहयोग भने गर्न तत्परता नदेखाएकै कारण अपराधी पत्ता लगाउन कहिले काहिँ कठिनाई हुने गरेको भन्दै पन्त भन्छन,“ हामी चाहन्छौ, जनताले प्रहरीसँग हातेमालो गरोस, छरछिमेकमा घटना भएका बेला वा नयाँ मानिस आएका बारेमा अलिकति सचेत भएर हामीलाई जानकारी गर्न सकेको खण्डमा प्रहरीले आफ्नो कार्य क्षमतामा वृद्धि गर्न सक्छ । ”धनुषाका प्रहरी पुर्णत असफल नै भएको पनि होइन । घटित घटनाको सफल अनुसन्धान गरी कतिपय अपराधीहरुलाई पक्राउ गरी कानुनको दायरा भित्र ल्याएर कारावास पनि पठाएको देखिन्छ । सिरियल बंम ब्लास्ट गर्ने गिरोह, अपहरण गरी फिरौति लिएर पनि हत्या गर्ने जस्त गिरोह होस वा कुनै कुनै फरार अभियुक्त पनि पक्राउ गरेकै हुन धनुषा प्रहरीले तर सफलताको आंकडा भन्दा विफलताकै वढी भएका कारण पनि धनुषामा स्थानियवासी आफुलाई असुरक्षित महसुस गर्छन । जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष श्याम कुमार साह भन्छन,“ केही दिन देखि शान्ति सुरक्षाको अवस्था खलबलिएको छ, भारतबाट भारतिय मोवाईल नम्बरबाट चन्दा मागेर व्यापारीलाई थरकाउने क्रम अत्यन्त बढेको छ । ५÷६ दिन देखि समान्य व्यापारीलाई पनि मोवाईलमा चन्दा दिन धम्की आउन थालेपछि व्यापारीले आफ्नो मोवाईल स्विच अफ गर्ने थालेका छन ।” धम्की दिने नम्बरहरु प्रहरीलाई उपलब्ध गराउँदा पनि प्रहरीले केही गर्ने सकेको छैन भन्दै साह भन्छन,“ भारतमा कल टे«स गरेर अपराधीको एक्जेक्ट लोकेशन पत्ता लगाउन सकिन्छ । तर पनि भारतिय प्रहरीको सहयोग र समन्वयमा अपराधीलाई प्रहरीले पक्राउ गर्न सक्छन तर त्यसो गर्नमा धनुषा प्रहरी विफल छन ।”  ६ महिनाको कार्य अनुभव सुनाउँदै सरुवा भएका धनुषाका प्रमुख अधिकारी हरिकृष्ण उपाध्याय भन्छन,“ धनुषा जिल्ला वढी असुरक्षित हुनुका कारण नागरिक समाज, राजनीति दल लगायतका प्रेसर ग्रुप खुलेर बोल्न नसक्नु, सहि कुरा सहि र गलत कुरालाई गलत भन्न नसक्नु, अपराधीलाई अपराधी नभन्नु, अनावश्यक रुपमा कसैले हातमा लाठी लिएर बजार बन्दै गराउँदा पनि कसैले प्रतिकार नगर्नु नै हो । ” विगतका दिनमा जनकपुरका मानिसले अपराधीक गिरोहका मानिसलाई चन्दा दिएर पल्काएर विगारेका छन, चन्दाको हाउगुजि छ भन्दै उपाध्याय भन्छन,“कतिपय घटनामा के देखिएको छ भने जनकपुरका उद्योगपति, व्यापारी तथा पुँजि पति वर्गले अपराधीलाई पहिले देखि नै पैसा दिएर पाल्ने गरेको छन । अहिले आएर पैसा दिन अनाकानी गरेपछि अपराधीले व्यक्तिगत रिसिबी का कारण पनि आक्रमण गरेका छन ।” ६ बैशाखमा धनुषा प्रहरीको गतिविधि, आचरण, शान्ति सुरक्षा लगायतका विषयमा प्रहरी प्रधान कार्यालय काठमाडौंबाट प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार केसि र प्रहरी नायव उपरीक्षक विनोद सिलवालले जनकपुरमा गरेको अन्तरक्रिया कार्यक्रममा समेत जनकपुरवासीले सुरक्षालाई नै प्रमुख समस्याको रुपमा सुझाएका थिए । उक्त कार्यक्रममा महिला अधिकारकर्मी कुमारी भारती झाले रातको समयमा मुख्य सडक होस वा गल्ली प्रहरीको गस्ती कहिले नहुँदा स्थानिय वासी असुरक्षित हुँदै गएको बताएका थिए । स्थानियवासी लक्ष्मीकुमारी सत्यालले सडकमा हिडने वा पढन जाने केटीहरुलाई केटाहरुले त जिस्काउँछन नै, सडकमा ड्युटीमा रहने गरेका बर्दी लगाएका प्रहरीले पनि जिस्काएर दुरव्यावहार गर्ने गरेको गुनासो गरिन ।  जनकपुर बार एसोसिएसनका अध्यक्ष श्याम किशोर मल्लीक भन्छन,“ जनकपुरमा गुण्डा राज छ, हाली मुहालीको आतंक वढेको छ, इजीमनि प्राप्तिका लागि गुण्डाहरु अनैतिक बाटो समातेर अपराध गरी समाजलाई आतंकित गरेका छन । तिनीहरुलाई राजनीति दलका नेताले संरक्षण गरेका कारण प्रहरी पनि लाचार हुनु परेको देखिन्छ । ” जनकपुरका एक जना युवा धिरेन्द्र बहादुर सिंह भन्छन,“ जनकपुरमा आतंक मचाउने अपराधी भन्दा पनि स्थानिय गैंगवार ठुलो खतरा देखिन्छ । ति डन भनाउँनेहरुको भुमिगत समुहहरु समक्ष पहुच भएकै कारण त्यस्ता व्यक्तिलाई उनीहरुले परिचालन गरेर समाजमा खौफ फैलाएका छन ।” नागरिक समाजको प्रतिनिधित्व गर्ने युवा अमरचन्द्र अनिल भन्छन,“ जनकपुरमा भु–माफियाहरुको राज कायम भएको छ । मठ मन्दिर र गुठीका जग्गा अतिक्रमण गर्ने, विक्री गर्ने र रातारात करोडपति बन्ने स्वार्थका कारण विभिन्न समुहहरु अपराधको वाटो समात्नुले पनि जनकपुरमा अपराधीहरुको आतंक वढेको छ ।”  विक्री गर्ने र रातारात करोडपति बन्ने स्वार्थका कारण विभिन्न समुहहरु अपराधको वाटो समात्नुले पनि जनकपुरमा अपराधीहरुको आतंक वढेको छ ।” 
जनकपुरमा गोली प्रहार
जनकपुर वडा नं.४ स्थित सरयुग चौक देखी कटैया चौरी जाने बाटोमा घर रहेका जानकी मेडिकल कलेजका सञ्चालक मध्येका अशोक सिन्हाको निजी सहायक महोत्तरी ईटहर्वा वडा नं ८ का ५० वर्षिय उपेन्द्र ओझा लाई  ३ बैशाखमा सेतो अपाचे मोटरसाईकलमा आएका दुई युवकले छातीमै एक गोली हानेर फरार भएका छन । छातीको मध्य भागमा गोली लागेका ओझाको जनकपुर अंचल अस्पतालमा उपचार सम्भब नभएपछि थप उपचारका लागि उनलाई सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ । मेडिकल कलेजका संचालक अशोक सिन्हालाई खोज्दै मंगलवार अपरान्ह करिव दुई वजे निजको घर पुगेका दुई युवकले ओझालाई नजिक बोलाई घरको गेट बाहिरैबाट गोली प्रहार गरेका थिए ।उनीहरुले घरका कामदारलाई अशोक सिन्हालाई बोलाई दिन भनेका थिए । कामदारले कुरा बुझ्न उपेन्द्र ओझालाई बोलाएर ल्याएका थिए । दुबै युवकले ओझालाई नै गोली हानी फरार भएका थिए । केही बेर होसमा आएका ओझाले गोली चलाउने दुबै युवक महोत्तरी बथनाहाका भएको प्रतिकृया दिएका थिए । श्रोतका अनुसार सिन्हाको घरमा जडान गरिएको सिसी क्यामेरामा समेत घटनाको फुटेज कैद छ । गोली हान्ने मध्ये एक युवक एक महिना पूर्व जेल भुक्तान गरी बाहिर आएको बताईन्छ । । प्रहरी उपरीक्षक बसन्त पन्त का अनुसार गोली हान्ने दुबै युवक तथा उनीहरु चढेको मोटरसाईकलको पहिचान भई सकेको र अपराधीलाई पक्राउ गर्न धनुषा र महोत्तरीको प्रहरीलाई खटाई सकिएको जानकारी पनि उनले दिएका छन ।

जनकपुरमा श्रृङखलाबद्ध बम पड्काउने चार पक्राउ
विगत केही महिना देखि धनुषा र महोत्तरीका विभिन्न सरकारी कार्यालयमा बम पडकाएर आतंक सृजना गरेका चार युवकलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरी ४ बैशाखमा सार्वजनिक गरेको छ । पक्राउ परेका सबै जयकृष्ण गोईत नेतृत्वको अखिल तराई मुक्ति मोर्चासंग आवद्ध रहेको प्रहरीको दावी छ । प्रहरीले धनुषाको खरियानी गाविस–२ का प्रविण भनिने मनोजकुमार साह, जनकपुर नगरपालिका १० मा बस्दै आएका बच्चा भनिने अजिकुमार सिंह, धनुषा सवैलाका सोभित भनिने सानुकुमार साह र धनुषा लोहना ५ का रोशन भनिने विक्की साहलाई पक्राउ गरेको हो । प्रहरी निरीक्षक गोविन्द पुरीले मनोज कथित मोर्चाको धनुषा इन्चार्ज भएको बताए । सानु पूर्व अयोग्य लडाकु हुन् ।
पक्राउ युवकहरुमाथि  २०६९।०१।३० गते  धनुषाको सिंग्याही मडान ४ स्थित कमला सिचाई परियोजनाको स्टोरमा आगजनि गरी क्षती पु¥याएको, मिति२०६९।०४।१६ गते  जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय धनुषामा बम राखेको, मिति२०६९।१२।१९ गते जिविस धनुषामा बम विष्फोट गरेको आरोप छ । प्रहरीका अनुसार पक्राउ परेका युवकहरुले दिपकको नेतृत्वमा बम विष्फोट गराइएको स्वीकारेका छन् । अपराध गर्न पक्राउ परेकाहरु चन्दा संकलनको लागि बढी चन्दा दिन सक्ने ब्यक्ति तथा संस्थाहरुको पहिचान गर्ने ,फरक फरक सिम कार्डहरु प्रयोग गरी चन्दा बारगेनिङ्ग गर्ने ,बिभिन्न कामको बहना बनाई सरकारी कार्यालयहरुमा प्रवेश गर्ने ,अपराध सम्बन्धी योजना र छलफलको लागि नेपाल भारत सिमावर्ती ईलाकाको प्रयोग गर्ने ,अपराधिक पहिचान देखाउन बिभिन्न स्थानमा बम राख्ने बिष्फोट गराउने र सोको जिम्मा लिने ,आफ्नो पहिचान लुकाउन बिभिन्न उपनामहरुको प्रयोग गर्ने  गरेको प्रहरीले दावी गरेको छ । उनीहरुले जनतान्त्रिक गोईत समूहको महोत्तरी धनुषा ईन्चार्ज रघुनाथ यादवउर्फ दीपकले पार्टीको प्रत्यक्ष निर्देशनमा धनुषा र महोत्तरीका बेरोजगार युवाहरुलाई संगठित गरी धनुषाको विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरुमा बम राख्न लगाई आतंक सृजना गरी चन्दा असुल गर्न फोन मार्फत धम्की दिने गरेको जानकारी दिए । घटनामा संलग्न जिल्ला धनुषा रघुनाथपुरका  रघुनाथ यादव फरार छन । उनीहरुको अर्को योजना जनकपुरको नेपाल रेडक्रस सोसाइटीद्धारा संचालित जानकी आँखा अस्पतालमा बम पडकाउने योजना थियो ।



मिति ः २०७०–०१–०८

No comments:

Post a Comment