Tuesday, April 30, 2013

धनुषाको उत्तरी भेगमा खाने पानीको हाहाकार


द एक्सक्लुसिभ सम्वाददाता.............
धनुषाको उत्तरी भेगमा ईनारहरु सुक्न थाले पछि खाने पानीको हाहाकार भएको छ । भुुचक्रपुर,लक्ष्मीनिवास,बेंगाडावर,बटेश्वर ,ढल्केवर,नक्टाझिज लगायतका १ दर्जन भन्दा बढी गाविसमा अधिकांश ईनारहरु सुकेकाले यस्तो समस्या उत्पन्न भएको हो ।
    यस भेगका ईनारहरुमध्ये ९५ प्रतिशत सुकिसके छ भने अझै सुक्ने क्रम जारी रहेकोले सर्वसाधारहरु रुष्ट भएका छन् । गाउँहरुमा चान चुने रुपमा पानी रहेको ईनारहरुमासमेत पानी धमिलिएको छ । पानीको अभावमा सर्वसाधारणहरुले धमिलो पानी खान बाध्य छन् । पानी भएको ईनारहरुमा सर्वसाधारणको घुईचो लाग्नुनको साथै लामलागेर पालै पालो पानी भर्न लागेका छन् ।
    खाना पकाउन ,नुहाई धुलाई गर्न ,गाई गोरुलाई खुवाउन लगायत दैनिक उपभोगग्य अति आवश्यक कामहरुमा पानीको अभाव भएको छ । कुनै कुनै टोलको प्राय सबै ईनार सुकि सकेको छ । टोलकै सम्पुर्ण ईनाहरु सुके पछि कतिले टायर गाडामा भाडा कुडा राखी पानी ल्याउछन् भने कतिले साईकल र टाउकोमा पानी बोकेर घर लान्छन् । कुनै कुनै गाविसमा संचालित धारामा पनि साँझ र विहान मात्रै पानी आउने गरेको र त्यो पानी पनि अपुग हुने गरेको छ । यस्तो हावा हुरीको समयमा कहिले काँही विजुली जादा खाने पानी धारा समेत बन्द हुने गरेको सर्वसाधारणहरुले गुणासो गर्छन् । गर्मी यामको समयमा धारा बन्द भएको बेला त झन् समस्याले पिरोलिन्छन् सर्वसाधारणहरु ।
पानीको अभावमा खोतमा लगाईएको बाली नालीहरु पनि सुक्न थालेको छ ।
    विगतका वर्षहरुमा ईनारमा मोटर र दमकल लगाएर राम्रो उखु,तरकारी, मकै लगायतका खेती गरि राम्रो मनग्य आम्दानी गर्ने किसानहरु यस वर्ष सफा पानी समेत खान नपाए पछि चिन्तित भएका छन् ।     खेतमा लगाएको बाली नाली र रुख विरुवाहरु पनि मौलाउन थालेको छ । यस्तो समस्याले झन किसानहरुलाई सताएको छ । धेरै वर्ष पछि यस्तो खडेरी परेको सर्वसाधारणहरुले चर्चा गर्छन् ।
    ईनार सुकिसकेका केही गाविसहरुमा गाविसबाट सचिवले केही आर्थिक बजेट छुट्या पनि अहिले सम्म मुखौटेहरुे मात्रै पाएको र सोझा साझाले नपाएको सर्वसाधारणको गुणासो छ ।

No comments:

Post a Comment