Tuesday, April 30, 2013

पुष्पलाललाई गद्दार भन्ने कम्युनिष्टहरु दरबारबाट पैसा लिन्थे –खगेन्द्रजंग गुरुङ





गणेश पाण्डे
सन्दर्भः कम्युनिष्ट पार्टीको स्थापना दिवस
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाललाई भेटेका पूर्वमन्त्रीको सम्झना


पुष्पलालसँगको पहिलो भेट २०२८ सालमा भिमफेदीबाट दिल्ली जाँदै थिएँ । हेटौंडामा बस फेर्दा राजा महेन्द्रका एडीसीले नाटकीय रुपमा लिएर गयो । दियालो बगंला चितवनमा आधा घण्टा कुरेपछि राजासँग भेट भयो, भित्र पुष्पलाल रहेछन । पुष्पलाललाई त्यसअघि मैले फोटोमा मात्रै देखेको थिएँ । पुष्पलाल निस्केपछि मेरो महेन्द्रसूग भेट भयो । पुष्पलाललाई मैले फेरी दिल्ली गएर भेटेँ । राजाले के कुरा गरे भनेर सोंधे( ‘यस्तो जाली रहेछ राजा, फुत्कनै गाह्रो भयो’ भने पुष्पलालले । बंगलादेश घटनाका कारण चीन रुष्ट थियो, कम्युनिष्टले पनि राजाको विरोध गर्थे । तपाईं बामपन्थीहरु मलाई सहयोग गर्नुस भनेका थिए रे पुष्पलाललाई राजाले । पुष्पलाललाई प्रधानमन्त्री बनेर सघाउन समेत आग्रह गरेका रहेछन, महेन्द्रले । भारतले बंगलादेशपछि मलाई आक्रमण गर्दैछ भन्ने आशंका थियो महेन्द्रमा । तर पार्टीमा कुरा गरेर जबाफ दिन्छु भनेर फर्किएछन पुष्पलाल । पुष्पलालबाहेक अन्य कम्युनिष्टहरु थिएनन पनि त्यतिबेला । मोहनबिक्रम सिंहहरु दरबारबाट सहयोग लिन्थे, पुष्पलाललाई गद्दार भन्थे । प्रायः कम्युनिष्ट पार्टी नातेदारमै सीमित थिए । जनताको मुल अन्तरविरोधको चरित्र र रुप अनुसार प्रगति भएर गयो भने पार्टीको फुट नहुदों रहेछ । अन्तरविरोधको मनोगत व्याख्या हुन थालेपछि कम्युनिष्ट पार्टीमा विभाजन आउँदोरहेछ । धेरै कम्युनिष्ट पार्टी फष्टाएको २०३२ सालको गाउँ फर्क अभियान पछि नै हो । दलहरु खासै अस्तित्वमा थिएनन । काँग्रेस पनि त्यतिसारै कडा थिएन । २००७ सालको क्रान्तिका कारण अलि धेरै भोट पाएको थियो ।
विद्या भण्डारी, खगेन्द्र पाण्डे, पिताम्बर देवकोटा शिक्षक भएर लमजुङको खुदीमा पढाउँथे, उनीहरु शिक्षकको आवरणमा कम्युनिष्ट पार्टीको काम गर्थे । उनीहरुमार्फत नै पुष्पलालले भेटन खोजेको खबर मिलेको थियो । दिल्लीबाट म विपी र पुष्पलाललाई भेटन वनारस गएँ । जातजातिलाई कम्युनिष्ट आन्दोलनमा सहभागी गराउन सकिन्छ कि भनेर पुष्पलालले सहयोग मागे । त्यसपछि पुष्पलालले उनका राजनीतिक गुरु आचार्य नरेन्द्रदेवलाई भेटन घरमै लगे । उनले पुष्पलाललाई सहयोग गर्न आग्रह गरे । पुष्पलाल रौतहट आए, म पनि नेपाल फर्किएँ । पुष्पलाल र मेरो अन्तिम भेट भने २०३२ सालमा भयो । त्यतिबेला देशभित्रको वातावरण बेग्लै भइसकेको थियो । एक्कासी २०३६ सालको घटना भयो । पुष्पलाल एक्ला देखिन्थे । पुष्पलाललाई मुटुको समस्या थियो ।
बिपीलाई सम्झँदा ः
उतिबेला गुरुङ जातिले पढ्ने चलन थिएन । बाबु बाजेले पुरेत राखेर पूजा गर्थे, घरमै व्याकरण, कौमदी पढाउँथे । भर्खरै अूग्रेजीको पढाई सुरु भएको थियो । तर, राणाकालमा अग्रेजी पढाउन गुरुहरु डराउूथे । राणाले थाहा पाए के हुन्छ भन्ने डर थियो । तैपनि घरबाटै लघु सिद्धान्त, कौमदी सकें मैले । बाह्रै महिना पुराण लाग्यो, काव्य रघुवंश, कुमार सम्भव, महाभारत सबै कण्ठै पारेको थिएँ, मैले ।
थप अध्ययनका लागि २००३ सालमा भारतको बनारसस्थित हिन्दु विश्वविद्यालय पुगें । भारत पुग्दा स्वतन्त्रता अभियान सकिने अवस्थामा थियो । सशस्त्र आन्दोलन चर्किरहेको थियो । गोविन्द सुवेदी सहशास्त्री थिए, वनारसमा । उनैले अगं्रेजी पढन सिकाए । अर्का गुरु थिए, आचार्य नरेन्द्रदेव । जो भारतीय सोसिलिष्ट पार्टीका नेता पनि थिए, वनारसमा पढाउँथे । उनी पुष्पलालका पनि गुरु हुन । उनले नेपालभित्र राजनीतिक जागरण आओस भनेर राजनीतिक तालिम दिए । त्यतिबेला अग्रेजी लबाई, खुवाई, अंग्रेजी भाषाको चर्कै विरोध थियो, बनारसमा । कोटपाइन्ट लगाउने, अूग्रेजी बोल्ने सबैलाई बहिष्कार गर्ने अभियान थियो । नरेन्द्रदेवले राजनीतिक प्रशिक्षण सुरु गरेर इतिहास, दर्शनशास्त्र, राजनीतिकशास्त्र पढाउन सुरु गरे । एसएलसी दिन खोज्दाखोज्दै मैले पनि छोडिदिएँ । र, लागें राजनीतिक शिक्षा लिन । जतिबेला म १५ बर्षको थिएँ । त्यति नै बेला सुरु भयो, इन्डियामा गान्धीको आन्दोलन, रुसको आन्दोलन । कांग्रेसको अधिवेशन पनि त्यहीं देखियो ।
भारतमा सत्ता हस्तान्तरण गर्ने विषयमा छलफल जारी थियो । करिब छ सय राजारजौटा थिए, भारतमा । अगं्रेजहरुले दार्जिलिङलाई ३÷४ वटा प्रस्ताव गरेका थिए । इन्डिया सरकार वा पाकिस्तानमा गाभिने या स्वतन्त्र हुने । अंग्रेजले छाड्न तयार भएपछि दार्जिलिङमा गोरखा लिग गठन भएको थियो, त्यसको अध्यक्ष डम्बरसिंह गुरुङ थिए । उनका भाई थिए, अरीबहादुर । उनी पहिलो नेपाली थिए, जसले बेलायतमा गएर कानुन अध्ययन गरेका थिए । जो पछि भारतको राज्यसभा सदस्य पनि बने । सुगौली सन्धिअन्तर्गत अंग्रेज सरकारले लिएका प्रदेशहरु भारतमै मिल्ने कि नेपालमा गाभिने भन्ने बहस चल्यो । प्रवासका नेपालीहरुको भेला भयो । बनारसमा धेरै नेपाली विद्यार्थी थिए । विशेश्वरप्रसाद कोइराला पनि त्यहीं थिए, त्यतिबेला ।
हामी नेपालका अभिन्न अंग हौं, नेपालमै मिल्नुपर्छ भन्नेमा कालिम्पोङ र दार्जिलिङको एकमत भयो । कारण के थियो भने त्यहाँ बाहुन र क्षत्रीको संख्या एक प्रतिशत मात्रै रहेछ । गुरुङ, मगर मतवाली सबैको शाखा सन्तान नेपालमै थिए । देहरादुनका राणाहरु भने अन्यौलमा परे, कुमाउ, गढवालका ब्राह्मणहरु पनि नेपालमा गाभिने पक्षमा देखिएनन । अझ अचम्म त विश्वेश्वरप्रसाद कोइराला समेत ‘कलकत्तामा गएर कांग्रेसको अधिवेशन गर्छौं, यसमा हाम्रा सम्बन्ध छैन’ भन्दै तर्किएर हिँडे । दार्जिलिङ र कालिम्पोङलाई नेपालमा गाभ्ने विषयमा उनको खासै चासो देखिएन । पछि थाहा भयो, कांग्रेसले कलकत्तामा अधिवेशन गरेछ । नेपालको अस्तित्व र भारतको छ सय वटा राज्यको अस्तित्व खासै फरक छैन, नेपाल पनि भारतकै संरक्षित राज्य हो, नेपालमा जुन प्रकारको शासन चलिरहेको छ, त्यो प्रजातन्त्रको विरोधमा छ, त्यसलाई अन्त्य गर्न भारतले नेपाललाई लिनुपर्छ, सैनिक प्रयोग गरेर राणालाई पदच्यूत गर्नुपर्छ भन्ने प्रस्ताव पो पास गरेछन, त्यसैमा विपी र सुवर्णशमरेको भनाभन परेछ । जुन सुवर्णशमसेरका मान्छेहरुमार्फत मैले सुनेका थिएँ । त्यसपछि मलाई किन किन कांग्रेसको रुपै मन परेन । जे भएपनि डम्बरसिंहहरुले सुगौली सन्धितर्फ छुट्टिएको दार्जिलिङ र कालिम्पोङ मिलाउनुपर्छ भनेका थिए । हाम्रो आन्दोलनलाई भारतले साथ दिूदैन भनेर बीपी हच्किए । किनकी उनी आफूलाई भारतको नागरिकझैं ठान्थे ।
उता, एरीबहादुरहरुले जबर्जस्ती गर्दा पनि दार्जिलिङ र कालिम्पोङ नेपालमा गाभ्ने सहमति बनेन । कुमाउ गढवालका गोबिन्द बल्लभ पन्त उपप्रधानमन्त्री हुने तरखरमा थिए । तिमीहरुको कर्णालीका खसहरु हाम्रोमा कुल्ली काम गरेर खानुपर्छ, हामी तिमीहरुसँग मिलेर के पाउँछौं र ? भनेर कुमाउ गढवालका मानिसहरु विरोध गरिरहेका थिए । हाम्रो माटो नेपालै हो, तिमीहरु अहिले यस्तो कुरा गर्ने ? भन्दै एरीबहादुर झोक्किए । डम्बरसिंहले कुमाउ गढवालीलाई तिमीहरु देशद्रोही हौ भनेर आरोप लगाए । रणधीर सुब्बालाई मैले त्यतिबेला त्यही देखें, जो गोर्खालीका सदस्य थिए, पछि उनी नेपालको मन्त्री पनि भए । दार्जिलिङ र कालिम्पोङेहरु हामीलाई नेपालमै मिलाइदेऊ भन्दै नेपालका राणाहरुकोमा आइपुगेछन । त्यतिबेला पदमशमशेर श्री ३ थिए, जुद्धशममेर राजकाज छाडेर राजर्षि भएर भर्खरै रिडी गएका थिए । त्रिभुवन राजा थिए । भारदार सभा बस्यो । दार्जिलिङका गुरुङ, मगर बीए, एमए पढेका ।
    नेपालका राणाले पनि त्यति पढेका थिएनन । अब दार्जिलिङ र कालिम्पोङलाई मिलाउने हो भने त हाम्रै मुनि बसेका गुरुङ मगर, जसलाई सानो जात भनिरहेका छौं, तिनीहरुले हामीलाई मान्लान त ? भन्ने प्रश्न उठेछ । सिक्किममा त यिनीहरु बाहुन क्षेत्रीलाई मान्दैनन । त्यो भएर दार्जिलिङ(कालिम्पोङ गाभ्न सकिन्न भन्ने निष्कर्ष निस्कियो, अर्कोतर्फ भारत पनि रिसाउँछ, के हुन्छ(के हुन्छ ? भन्ने भएछ । त्यसपछिमात्रै गोर्खाल्याण्ड गठन भयो । त्यतिबेलादेखि नै गोर्खाल्याण्डको माग सुरु भएको हो ।
ूमहेन्द्रको सन्देश माओलाई हामी लमजुङ घनपोखराको सुब्बा परिवार । म लमजुङ फर्किंदा बा’को देहान्त भइसकेछ । काका डिल्लीजंगलाई बा’ले सुब्बाली पद दिलाई दिनुभएछ । गाउँमा दुईवटा लालमोहर आइपुग्यो, एउटा ज्ञानेन्द्रको नामबाट मोहन शमसेरले जारी गरेको, अर्को लालमोहर दिल्लीबाट त्रिभुवनले जारी गरेको । त्रिभुवनले राणाविरुद्ध जाइलाग भनेर पठाएका थिए, मोहन शमशेरले चाँहि भारतले नेपाललाई गाभ्न लाग्यो, त्यसविरुद्ध सबै गुरुङ आऊ भनेर भनेर पठाएका थिए । गुरुङको नालसभा बस्यो, के गर्ने भनेर निर्णय गर्न । गुरुङहरु कतैतर्फ लागेनन । ज्ञानेन्द्रलाई मान्ने कि त्रिभुवनलाई राजा मान्ने ? अन्यौल देखियो । जसको मोहर चलेको छ, उसैलाई मान्ने भनेर सबै त्रिभुवनतिर लागे । परिवार सबै काँग्रेसतिर लाग्यो, तर मैले दिल्लीमा काूग्रेसको नाटक देखिसकेको थिएू, काूग्रेसले जनतालाई प्रयोग गरिरहेको मैले बुझेको थिएँ । गुरुङहरु लमजुङको पुरानो सदरमुकाम कुन्छा कब्जा गर्न गए । म एक्लो परें, काूग्रेसमा नगएका कारण परिवारबाटै कम्युनिष्टको चार्ज लाग्यो । त्यतिबेला बडाबाहिम पूर्णसिंह खवास थिए पोखरामा । २००९ सालमा उनले वारेन्ट जारी गरे । म मनाङमा थिएँ, गिरफतार गर्न प्रहरी मनाङमै आयो, मनाङमा मेरो बोलबाला थियो, मैले पनि गोली चलाइदिए । प्रहरी तितरबितर भए । मलाई गिरफतार गर्ने भनेर भारतीय सैनिक मिसनका कमाण्डर यदुनाथ सिंह आए, सेनासहित ।
    म तिब्बततिर लागें । एकबर्ष तिब्बतको सिम्डुवामा निर्वासित भएरबसें । गाउँमा म कम्युनिष्ट भयो भनेर धेरै कथा चलिसकेछ । त्यो घटनाले देशैभर खुबै चर्चा पायो ।
२०१० सालमा म कालिम्पोङ हुँदै दिल्ली पुगें । त्यतिबेला त्रिभुवन स्वीजरल्याण्ड जान लागेका रहेछन, उनलाई दिल्लीसम्म पु¥याउन महेन्द्र पनि साथैमा थिए । उमानाथ कोइराला ज्योतिष थिए, महेन्द्रका । उनले महेन्द्रसँग भेटाइदिए । त्यतिबेला काूग्रेसहरु चीनसूग सम्पर्क राख्न चाहन्थेनन । दौत्य सम्बन्ध पनि थिएन । दलाई लामासूगमात्रै दौत्य सम्बन्ध थियो । भारतले हेपेको महेन्द्रलाई त्यति मन परेको रहेनछ । भारतको प्रभुत्वबाट कसरी मुक्त हुन सकिन्छ भन्ने चिन्ता महेन्द्रमा देखें । चीनको समर्थन मिल्छ कि मिल्दैन भन्ने अन्यौल पनि थियो, चीनसँग भित्री सम्पर्क राखे, सत्ता गुम्छ कि भन्ने डर काूग्रेस र राजा दुबैलाई थियो, बाहिर खुल्लेआम नभने पनि ।
महेन्द्रले आफ्नो सन्देश माओसम्म पु¥याउन मलाई चीन पठाए । म कम्युनिष्ट पार्टीको सदस्य थिइन, वनारस पढ्दा कम्युनिष्टहरु सुन्य जस्तै थिए । कम्युनिष्ट अध्ययन त आचार्य नरेन्द्रदेवबाट भयो, माक्र्सवादी साहित्य पनि उनैले पढाएका थिए । बरु मैले व्यवाहारिक दृश्यावलोकन भने चीनमा गरें । जतिबेला कोही नेपाली चीन पुगेका थिएनन, औपचारिक रुपमा चीन पुग्ने म नै पहिलो हुँ ।
चीनबाट फर्केपछि मात्रै मेरो पहिलोपटक कम्युनिष्ट नेताहरुसँग भेट भयो, राजाको नजिक धेरै कम्युनिष्ट नेताहरु थिए, धेरै कम्युनिष्ट भारत विरोधी थिए, जसलाई राजाले पनि सहयोग गर्थे ।
२०१३ सालमा राजा महेन्द्रले गुरुङ, थारु र लिम्बूलाई सहायक मन्त्री बनाए । सायद, भारतसँग सम्बन्ध नभएका जात जातिहरुलाई नेपालको राज्यसत्तामा ल्यायो भने देशलाई भारतको प्रभुत्यबाट बचाउन सकिन्छ भन्ने महेन्द्रको सोच थियो । त्यही आधारमा पञ्चायतमा जिल्लाहरु बनाइयो । देशलाई स्वीजरल्याण्डको मोडलमा लैजाने उनको सोच थियो । म स्वास्थ्य सहायक मन्त्री थिएू, प्रधानमन्त्री थिए टंकप्रसाद आचार्य । २०१५ सालको चुनावबाट विपीको सरकार आयो । उनको भारततिर झुकाव थियो, चीनसूग सम्बन्ध बिग्रियोस भन्नेमा विपी देखिन्थे । त्यसपछि विपीलाई बर्खास्त गर्नुपर्छ भन्ने निष्कर्षमा राजा पुगे । जसमा चीनको पनि समर्थन रह्यो । त्यसपछि विपीले सानो कुरामा पनि चीनसँग झगडा गर्न खोज्थे ।
    २०१७ सालमा म पुनः खाद्य, कृषि वन र उद्योग वाणिज्य मन्त्री भएँ । जब भारत र चीनबीन २०१९ सालमा लडाईं चल्यो, भारतको नराम्रो हार भयो, भारत यति डरायो कि यहाँ महेन्द्रलाई जसरी पनि हातमा लिनुपर्छ भन्नेमा पुग्यो भारत ।
राजाले शासन हातमा लिएपछि काँग्रेसले लमजुङ, तनहुँ र गोरखाका गुरुङ युवालाई भारतीय सेनामा भर्ती गर्ने भनेर लिएर गयो, उनीहरुले तालिम पनि लिए । तालिमपछि लालध्वज गुरुङको कमाण्डमा उनीहरु नेपाल फर्किए, भरतपुर कब्जा गरे । र, लागे लमजुङतिर । लमजुङमा गाउँलेले समातेर तत्कालिन शाही नेपाली सेनाको जिम्मा लगाइदिए । त्यतिबेला डेढ सय जति युवा समातिएका रहेछन् । त्यसमध्ये ५०÷६० जना गुरुङ थिए । ती सबैलाई सेनाले मारिदयो । त्यसपछि महेन्द्रसँग कुरा मिलेन । र, मन्त्रीबाट राजीनामा दिएँ ।
केही समय घर बसेपछि भारतको काश्मिर पुगें, जतिबेला त्यहाू चीनले हमला गरिरहेको थियो । त्यहाूका राजनीतिक नेताहरुको धारणा बुझेर नेपाल फर्किएू । २०२० सालमा राजाले चुनाव लड भने, मैले मानिन । २०२३ सालमा राजा र चीनबीच भित्रभित्र खटपट सुरु भयो । भारतले राजालाई हिन्दुराजा भनेर फुकाईरहेको थियो, हिन्दु राष्टू घोषणा गरिरहेको थियो । राजाले पन्चायतलाई खैलाना जस्तो गरेपछि हामीले २०२३ सालमा अन्तर(पन्चायत गुरुङहरुको राष्टिूय भेला ग¥यौं । पन्चायतलाई स्वीजरल्याण्डको राज्यजस्तै बनाएर अधिकार सम्पन्न बनाउनपर्छ भनेर माग के गरेका थियौं, राजाले जेल हालिदिए । केन्द्रीय कारागारमा २९ दिन अनसन बसें, त्यसपछि छाडियो । त्यतिबेला पुष्पलालहरु भारतमै थिए ।
त्यसपछि म मनाङ गएँ । फेरी वारेन्ट भयो । २०२५ सालमा तिब्बततिर लागें । एक महिना तिब्बत बसेपछि, गाउँ फर्किएू । गाउू फर्कंदा वारेन्ट थियो, उसलाई मात्रै किन ? हामी सबैलाई जेल हाल भनेर घरैपिच्छे गाउूलेहरुले मेरो पछि लागे । काठमाडौं आउने भनेर गोर्खासम्म आइपुग्दा तीन÷चार हजार मानिस जम्मा भएका थिए । गोर्खामा सेनाले घेरा हाल्यो । राजाले बोलाएका छन् भनेर झुक्याएर सेनाले मलाई त्यहीं पक्रियो । गाउँले फर्किए । मलाई काठमाडौं ल्याइयो, काठमाडौंमा डेढबर्ष र पोखरामा दुई बर्ष जेल राखियो ।
म जेलमै छूदा बंगलादेश पूर्वी पाकिस्तानबाट छुटियो । पाकिस्तानसूग राजाको राम्रो सम्बन्ध थियो, चीनमा साूस्कृतिक क्रान्ति भएर उथलपुथल भइरहेको थियो । रुस र चीनबीच झगडा चर्किरहेको थियो, एकले अर्काले संशोधनवादी भन्दै । चीनले रुसलाई सामाजिक साम्राज्यवादीको आरोप लगाउँथ्यो । भारतचाँहि कम्युनिष्टहरुको झगडा देखेर मख्ख थियो । रसिया र भारतबीच तीस बर्षे सैनिक सन्धि भयो । त्यसपछि महेन्द्रको शासनमा नराम्रो प्रभाव प¥यो । हामी समर्थन, विरोध केहीमा गएनौं । राजालाई समर्थन दिएका चिनियाहरु पनि तटस्थ थिए । भारत राजाको विरोधमा थियो । मलाई जेलबाट निकालियो, राजाले फेरी चुनाव लड भने मैले मानिन ।
त्यसपछि भारतले मसँग सम्बन्ध बढाउन चाह्यो, पूर्व सैनिकहरुमार्फत । त्यही सिलसिलामा दिल्ली पुगें । इन्धिरा गान्धीलाई भेट्दा थाहा भयो, उनी महेन्द्रको सत्ता उडाउन भारतीय सेना परिचालन गर्ने मनिस्थितिमा रहिछन् । तर, म इन्दिरा गान्धीलाई भेटन गएकै अघिल्लो दिन महेन्द्रको मृत्यु भयो । त्यति नै बेला बीपी कोइराला मद्दत माग्न इन्दिरा गान्धीकोमा पुगेका रहेछन । इन्दिरा गान्धीले नयाँ राजालाई परीक्षण गरौं भन्ने जबाफ दिएपछि बीपी फर्किएछन । इन्दिरा गान्धी नेपालका जनजातिलाई हातमा लिएर राज्यसत्ता कब्जा गर्ने अभियानमा थिइन, त्यसबाट विपी झस्किए । त्यसपछि विपी, सुशील कोइराला, चक्र बास्तोला लगायत जेल परे । ‘विपी मेराविरुद्ध लागेको छ, उसलाई सम्झाइदेउ’( इन्दिराले मसँग त्यतिबेला भनेकी थिइन ।
अन्त्यमा २००७ सालमा नेपालमा प्रजातन्त्र र विकास आओस भनेर भारतले यहाू राणा फाल्न सघाएको होइन, तिब्बतमा चीनको प्रवेशका कारण त्यसलाई राणातन्त्रले थेग्न सक्दैन भनेर राजालाई अगाडि सारेको हो । काूग्रेसकै कारण २००७ साल आएको होइन । महेन्द्रले २०१७ सालको कदम देशका लागि आूट गरेकै हो । नत्र हाम्रो देश भुटान या सिक्किमको अवस्थामा पुग्ने थियो । त्यही बखत सिक्किम र भुटानमा भारतीय सेनाले अड्डा जमाएका थिए । सिक्किम त बिलय नै भयो, भुटान संरक्षित झैं बनेको छ । नेपालमा पनि महेन्द्रका कारण २०१७ सालमा भारतको त्यो सपना पूरा नभएको हो । तर, भारत र चीनको अन्तरसंघर्षलाई बुझेर तटस्थ देशको रुपमा नेपाललाई विकास गर्ने महेन्द्रलाई अत्यन्तै अनुकुल अवस्था थियो, त्यो उनले गर्न सकेनन । जति पनि एसियामा विग्रह हुन्थ्यो, त्यसको शान्तिवार्ताको भूमि नेपाल हुने अवस्था थियो, त्यो पनि गुम्यो । स्वतन्त्र तिब्बत अभियान चलाउन भारत र अमेरिका आफ्नो अनुकुलको सरकार चाहन्छन, जुन हाम्रा लागि सबैभन्दा खतरा हो । बामपन्थीले सबैभन्दा बढी विचार गर्नुपर्ने यही हो ।
अब शास्त्रीय बहस, किताबको आधारमा किताबै बहस गर्ने परम्परा अन्त्य गर्नुपर्छ । विभिन्न जातजाति बीचको अन्तरसम्बन्ध र त्यसले पैदा गरेको अन्तरविरोधका आधार के÷के छन त्यसलाई केलाउन जरुरी छ । त्यसको समाधान बाहिरी अध्ययनबाट होइन, देशको मौलिकताबाट गर्नुपर्छ, त्यो गर्न नसकेकै कारण हाम्रो देश खतरामा परेको हो । हामी गणतन्त्र ल्यायौं भनेर गफ लगाइरहेका छौ, यो ल्याउनुका पछाडि हामी बीचको अन्तरसंघर्ष र त्यसले पैदा गरेको विकास अनुसार देश चलेको छैन, त्यसको ख्याल गर्नुपर्छ, यो अन्तरविरोधलाई बाहिरी देशले प्रयोग गर्दा हामी सबैभन्दा कठिन स्थितिमा छौं ।
(कुराकानीमा आधारित)

मिति ः २०७०–०१–१५

No comments:

Post a Comment