Tuesday, April 30, 2013

जनकपुरमा राष्ट्रिय हक्की प्रतियोगिता सम्पन्न


द एक्सक्लुसिभ सम्वाददाता.............
जनकपुरमा २३ वर्ष पछि पुनः राष्टिूय हक्की प्रतियोगिता सम्पन्न भएको छ । २३ वर्ष अघि जनकपुरमा वि.पि. मोमेरियल हक्की टुर्नामेन्ट संचालन भए यता रष्टिूय स्तरको हक्की प्रतियोगिता पुनः सफलता पूर्वक सम्पन्न भएको छ । प्रतियोगितामा जनकपुर सहभागी भएको मध्यमाञ्चल टीम तेस्रो भएपनि समग्रमा सफलता पुर्वक प्रतियोगिता सम्पन्न गराउनुमा नै जनकपुरको ठुलो जित हो ।  जनकपुरमा हक्कीको सुरुवात २०३९ साल देखी भएको हो । जनकपुरमा हक्कीको विकास गर्नका लागि खास गरी १६ जनाको महत्वपूर्ण योगदान रहेको छ । जनकपुरमा खेलकुद विकासको लागि भानु क्लबको भूमिका सराहनीय रहेको देखिन्छ । कुरो २०३९ साल तिरको हो । स्थानीय भानु क्लबले जनकपुरमा क्रिकेट विकासकालागि ४ वटा टिम ए देखी डी सम्म गठन गरेका थिए । २०४० सालमा हक्कीको राष्टिूय प्रतियोगिता हुने भए पछि भानु क्लबका अध्यक्ष अनिल जोशीले जनकपुरमा पनि हक्कीको टिम गठन गर्नका लागि हौसिए । त्यसवेला हक्कीको सामग्री खरिद गर्नका लागि क्लबको अगुवाईमा जनकपुरमा च्यारिटी शो को आयोजन गरिएको थियो । हिन्दी सिनेमा राजकुमारद्धारा अभिनित बुलन्दी फिल्मको स्थानीय बजरंग टाकीजमा च्यारीटीको आयोजन गरेर १२ हजार रुपैया संकलन गरेको थियो । उक्त रुपैयाबाट भारतको पटनाबाट हक्कीको स्टीक किनेका थिए । बंगाल पुलिसको क्लबबाट गोलकिपर रहेका जनकपुरका मणी सुब्बा, भारतमै खेल्ने गरेको जनकपुरका ध्रुव मुरारका र सन्तोष गीरी लगायतका सिनियर खेलाडीले जनकपुरमा हक्कीको अभ्यासका लागि क्लबका केटाहरुलाई जम्मा गर्न थाले । बाबुराम नेपाल, विष्णु दहाल, अनिल घिमिरे, नरेन्द्र खाती, रविन पौडेल, संन्जय मण्डल, रविन्द्र सिंह, मनोज शर्मा, मनोज भुजेल, दिनेश सिंह, श्याम मगर, मनि सुब्बा, ध्रुव मुरारका, सन्तोष गिरी, सन्तोष पोखरेल र उमेश निरौला लगायतको १६ जनाको जनकपुरमा हक्कीको टीम खडा गरियो । २०४२ सालमा हेटौडामा सम्पन्न टोयटा कपमा, २०४३ सालमा हेटौडामा सम्पन्न राष्टिूय प्रतियोगितामा जनकपुर सहभागी भएको थियो । त्यती वेला जनकपुरको राम्रो प्रदर्शन नभएपनि सहभागीता नै ठुलो कुरा थियो । विस्तारै जनकपुरमा २ वटा टिम भयो । कडा अभ्यास र मिहिनत कै परिणामले २०४६ सालमा महोत्तरीमा सम्पन्न चोथौ राष्टूीय प्रतियोगितामा धनुषा र महोत्तरीले मिलेर जनकपुर टिमको तर्फबाट सहभागी मात्र भएनन् प्रतियोगितामा दोश्रो स्थान हासिल गर्न समेत सफल भयो । यती मात्र होईन जनकपुरका रविन्द्र सिंह बेस्ट प्लेयरको रुपमा चुनिनु जनकपुरको लागि हक्कीमा ठुलो सफलता थियो ।  त्यहाँबाट जनकपुरका हक्की खेलाडी अन्तराष्टिूय प्रतियोगिता खेल्न पनि छनौट हुन थाले । २०४४ सालमा श्याम मगर, २०४६ सालमा रविन्द्र सिंह, विमल विश्वकर्मा र अरुण साहीले जनकपुर अञ्चलको टिमबाट अन्तराष्टिूय प्रतियोगितामा सहभागी हुने मौका पाएका थिए । २०५२ सालमा भारतको मद्रासमा सम्पन्न साफमा जनकपुरका रविन्द्र सिंह, विमल विश्वकर्मा, अरुण साही र अश्विनी अधिकारीले सहभागीता जनाएको थियो । २०६३ देखी हाल सम्म सम्पन्न राष्टिूय प्रतियोगितामा मध्यमाञ्चलमा समावेश भएको जनकपुर टिमले राम्रो प्रर्दशन गर्दे आएको छ । मध्यमाञ्चल टिममा धनुषाबाट मात्रै १० जना खेलाडी सहभागी हुने गरेका छन । २०६८ मा सम्पन्न छैठौं राष्टिूय प्रतियोगितामा मध्यमाञ्चल दोश्रो स्थान प्राप्त गर्न सफल भएको थियो । साफमा नेपालको तर्फबाट हक्कीको अनिर्वाय सहभागीता भएका कारण हक्कीको भविष्य र सम्भावना राम्रो देख्ने मध्यमाञ्चल प्रशिक्षक रविन्द्र सिंह भन्छन, “जनकपुरमा अन्य खेलकुदको अनुपातमा हक्कीको अवस्था सन्तोषजनक छ । हक्कीका खेलाडीहरु नेपाल सेना, सशस्त्र प्रहरी वल लगायतका टिमहरुमा छनौट हुने आशा बढेको छ ।” जिल्ला हक्की संघ धनुषाका अध्यक्ष संजय कुमार मण्डल भन्छन,“ अन्य जिल्लामा टुर्नामेन्ट भए मात्र खेलकुद हुन्छ तर हामी धनुषामा वर्षैभरी खेलीरहेका हुन्छौ । वर्तमान प्रतियोगितामा मध्यमाञ्चल च्याम्पियन नभएपनि अगामी दिनमा त्यसका लागि हामी प्रयासरत रहन्छौ । ”
धनुषाका १६ जना संस्थापक हक्कीका खेलाडीहरु मध्ये कतिपय हक्कीसंगै जुडेका छन भन्ने कतिपय वैदेशिक रोजगारीमा संगै व्यवसाय गर्दै आएका छन । बाबुराम नेपाल नेपालकै राष्टिूय हक्कीटिमको मुख्य प्रशिक्षक छन । रविन्द्र सिंह मध्यमाञ्चल हक्की प्रशिक्षक, अनिल घिमिरे टेबुल टेनिस प्रशिक्षक, अश्विनी अधिकारी पश्चिमाञ्चल हक्की प्रशिक्षक, रविन पौडेल स्विमिङ प्रशिक्षक, मनोज शर्मा हक्की संघका केन्द्रिय सदस्य, दिनेश सिंह मध्यमाञ्चलमा हक्की खेलाडीको रुपमा कार्यरत छन । त्यसै गरी सन्तोष गिरी ब्रुनैयमा चिकित्सक छन, सन्तोष पोखरेल जर्मनमा कार्यरत छन  । संन्जय मण्डल, ध्रुव मुरारका, उमेश निरौला र मनोज भुजेल व्यवसाय गरिराखेका छन । मनि सुब्बा शिक्षक छन । श्याम मगर ज.चु.का.लि.मा कार्यरत छन भने नरेन्द्र खाती दिवगंत भई सकेका छन ।                            
नेपाल आर्मी राष्ट्रिय हक्की च्याम्पियन
नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब राष्टिूय हक्की च्याम्पियन घोषित भएको छ । जनकपुरमा आयोजित पशुपति पेन्ट्स राष्टिूय हक्की प्रतियोगितामा सुदुरपश्चिमलाई हराउँदै आर्मी क्लब च्याम्पियन बनेको हो ।
जनकपुर चुरोट कारखानाको खेलमैदानमा भएको अत्यन्त कडा प्रतिस्पर्धामा आर्मीको टिमले टाइब्रेकरमा सफलता पायो । पुर्वनिर्धारित समय ७० मिनेटसम्मको खेल गोल रहित बराबरीमा टुंगिएपछि १५ मिनेट समय थपिएको थियो । उक्त थपिएको समय पनि गोल रहित बराबरीमै सकिएपछि एम्पायर टिमले टाइब्रेक गर्ने निर्णयमा पुग्नुपरेको थियो ।
टाइब्रेकरमा आर्मीका चार जना खेलाडीले गोल गर्न सफल भए भने सुदुरपश्चिमका दुईले मात्र भ्याए । आर्मीका दिपेन्द्र ऐरले टाइब्रेकरको सुरुवाती गोल गरेपछि राम शाह, रञ्जित रावत र अमित श्रीवास्तवले पनि गोल गर्न सफल भए । यता, सुदुरपश्चिम टिमको तर्फबाट दिनेश शाहले सुरुमै हानेको बल गोलबाहिर पुगेपछि अर्का खेलाडी गणेश शाह पनि असफल भए । सुदुरपश्चिमका सुरेश जोशी र कान्तुरामले एक÷एक गोल गरी टिमको इज्जत जोगाए । प्रतियोगिताको उत्कृष्ट खेलाडीको पुरस्कार आर्मी क्लबका दिपेन्द्र ऐरले पाए भने शनिबार भएको फाइनल खेलका म्यान अफ दि म्याच आर्मीकै श्यामुअल राई भए । राष्टिूय हक्की विजेताको उपाधी जितेको आर्मी टिमलाई राष्टिूय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले ७५ हजार रुपैयाँको चेक सहित टूफी र सिल्ड प्रदान गरे । उप विजेताको उपाधी पाएको सुदुरपश्चिम टिमलाई नेपाली सेना परकौलीका गणपति विष्णुबहादुर कार्कीले ४० हजार रुपैयाँको चेक र मेडल प्रदान गरेका छन् । प्रतियोगिताका तेस्रो विजेता मध्यमाञ्चललाई राष्टिूय हक्की संघका महासचिव अनिल शर्माले २५ हजारको चेक र मेडल तथा प्रमाण पत्र र चौथो स्थान पाएको पुर्वाञ्चललाई युवाखेलप्रेमी जीतेन्द्र महासेठले १० हजार रुपैयाँको चेक र प्रमाणपत्र प्रदान गरे । राखेप उपाध्यक्ष तिमिल्सिनाले धार्मिक नगरीको रुपमा प्रसिद्ध जनकपुर खेलकुदको इतिहासमा पनि उदाहरणीय सहर भएको बताए । तर, पछिल्लो केही वर्ष यतादेखि जनकपुरको भौतिक संरचना ह्रास भइरहेकोमा उनले दुःख व्यक्त गरे । ुजनकपुर सहरको महत्व विश्वमै प्रख्यात छु तिमिल्सिनाले भने, ुतर, अहिले यसको दुरावस्थाप्रति सरोकारवाला निकायको चासो नहुनुले राज्यको पनि उपहास हो ।ु उनले जनकपुर बनाउन यहाँ स्थित खेलाडी तथा खेलप्रेमी युवाहरुलाई अग्रसर हुन आह्वान गरे ।
मिति ः २०७०÷०१÷१५

No comments:

Post a Comment