Tuesday, April 30, 2013

शिक्षाक्षेत्रका भ्रम र, यसमा हुनु पर्ने सान्दर्भिकता


उमेशलाल कर्ण
आजको शिक्षामा संलग्न दृष्टिकोण, भ्रम, प्रचारबाजी तथा व्यावसायीकरणले गर्दा शिक्षासँग सम्बद्ध व्यक्ति निकायहरुमा अस्वस्थ प्रतिस्पर्धाहरु भई रहेका छन् जस्तै शुरुकै कक्षा देखि कम्प्युटर शिक्षा, अडियो भिजुअल क्लासको व्यवस्था, दक्ष प्राध्यापकहरुको समूहबाट प्रभावकारी शिक्षण, पाबरप्वाइन्टद्वारा प्रिजेन्टेसन, मन्टेश्वरी पद्धतिको शिक्षण, राम्रो पर्पmरमेन्स गर्ने विद्यार्थीलाई छुटको सुबिधा लगायत अन्य सस्ता नाराहरु केन्द्र देखि मोफशलका गल्लीहरुमा पढ्न र सुन्न पाइन्छ । यी संवेदनशील शिक्षा प्रणालीमा रहेका भ्रम मात्र हुन् । २१औं शताब्दीमा द्रुतगतिमा विकास भएका ज्ञानको भण्डारमा सबैको पहुँच होस भनेर सम्पति भएका समाजमा शिक्षालाई नियन्त्रणमा लिएर यसलाई नै ओझेलमा पार्न दुष्प्रयाश गरि रहेका छन् ।
    आधुनिक युगमा विभिन्न प्रबिधि, बिचार, सिद्धान्तहरुको प्रतिपादन गरी व्यक्ति, समाज, परिबार, राष्टू एवम् विश्व सम्बृद्धिको पथमा अटाई रहेको सन्दर्भहरु हाम्रा सामु छन् । यस्तो संक्रमणग्रस्त वातावरणमा विकार गर्ने पक्षहरु धेरै छन् तर सघाउने, फलाउने, फस्टाउने खालका पक्षहरुको अपर्याप्तता छन् । राष्टूले अपनाएका शिक्षा नीतिलाई आधार मानी हाम्रा भोलीका कर्णधारलाई राष्टूविकासका सच्चा प्रहरी वनाउन नढाँटीकन सबैले आप्mनो कर्तब्यप्रति सचेत र जिम्मेबार बन्नु पर्दछ । सर्वप्रथम अभिाभावक वाालवालिकाहरु भविष्यमा प्राप्त हुने शिक्षा कस्तो हुँदा हामीलाई कुनै कष्टकारक अनुभुती आउँदैन र क्रमैसित समाज, विद्यालय, राज्यका विभिन्न अंग ( व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका ) हरु पनि जबाफदेही भई दिनु पर्छ । यस प्रकार सबैको शिक्षा प्रणालीमा व्यक्ति, समाज, राष्टू एवम् संसारकै सक्षमता वृद्धिका लागि विभिन्न विशिष्टताहरु समावेश भएका पक्षहरु शिक्षा प्रणालीमा समावेश भएको हुनु पर्ने बाध्यता छ । शिक्षालाई व्यवस्थित संयन्त्रमा विकास गर्न मनोविज्ञानको क्षेत्रमा स्थापित सिद्धान्तहरुले सघाएको छ जस्तै पूर्ववाल्यावस्था २ बर्ष देखि ६ बर्षसम्म वालवालिकाहरुको चौतर्फी विकासका आधारहरु बनिसकेका हुन्छन् । यसभन्दा पूर्ब शिशु अवस्थालाई ( २ बर्ष ) अत्यन्तै सोचनीय अवस्थाको रुपमा चर्चा गरेका छन् जस्तै बच्चाको ८ देखि १८ महिनासम्मको बालबालिकाहरुमा मानवीय सक्षमता निर्माण हुन्छ ( ह्वाइट )।
औपचारिक विद्यालयमा प्रबेश गर्नु भन्दा पूर्ब उनीहरुको आवश्यक आधारहरु विकासका लागि २ बर्ष भन्दा कम उमेरमा कुनै औपचारिक वातावरण ( स्कूल ) मा समावेश हुन सक्दैन समावेश भएर पनि समायोजन हुन सक्दैन किनभने उनीहरुमा आवश्यक पक्षहरुको विकासका लागि योग्य भई सकेका हुँदैनन् । यस प्रकार अहिलेको व्यस्त युग ( भागदौड ) मा वच्चाको पहिलो स्कूल परिबारकै भूमिका कमजोर भए जस्तो छ । आमाबुवा, हजुरबा, हजुरआमा, दाज्यू, दिदिहरुको प्रत्यक्ष रेखदेखमा मायालु वातावरण नितान्त खाँचो भएको छ । यस्तो अवस्थामा उनीहरुको व्यवहार, बोली, शिष्टता, समाजिकता, नैतिकता, सच्चरित्रता एवम् सांवेगिकता जस्ता पक्षहरु समावेश हुनु पर्ने आवश्यक छ । यी पक्षहरुको विकास गर्न प्रथम विद्यालय ( परिवार ) को वातावरणमा अनुकुलता भएन भने सम्भव हुन सक्दैन । पारिवारिक वातावरणको प्रतिकुलताले गर्दा वालवालिकाहरुमा भएका व्यवहार आकृतिकरणलाई पुनः परिमार्जन गर्न कठिन हुन्छ ।
वालवालिकाहरुको अध्ययन गर्ने प्रथम विद्यालयको प्रधानाध्यापकको रुपमा भूमिका खेल्ने आमा नै हुन्छन् । त्यस्तै अन्य सदस्यहरु शिक्षकको रुपमा रहेका हुन्छन्, जस्तै साँस्कृतिक मूल्यहरुको रुपमा शिक्षण गर्ने दुई शिक्षक ( हजुरबा र हजुरआमा ) हुन्छन् । आधुनिक सन्दर्भका बारेमा शिक्षण गर्ने शिक्षकको रुपमा दाज्यु दिदिहरु हुन्छन् । अहिलेका सम्भ्रान्त वर्गका आमावुवाले आप्mना वालवालिकाहरुलाई बोर्डस ( छात्रावास ) मा राखी कडा अनुशासनको वातावरणमा राखेर नाक फुलाएर कुरा गर्न रुचाउँछन् । यो व्यवहार गरेर उनीहरुले दम्भ प्रदर्शन गरि रहेका हुन्छन् । यस प्रकार वर्तमान दर्शन विपरित व्यवहारवाट हुने क्षतिपूर्तिलाई पुरा गर्न असम्भव नै हुन्छन् । यस प्रकार अहिले राज्यबाट प्रदत्त शिक्षा प्रणालीमा यस्ता दृष्टिकोणलाई प्रबेश गराएको छ जस अन्तर्गत मागमा आधारित शिक्षा, सम्मान सहितको शिक्षा, बालमैत्री शिक्षा, दण्डरहित शिक्षा, शिक्षामा समतामूलक व्यवहार, गुणात्मक शिक्षा, जीबनोपयोगी शिक्षा, निरन्तर शिक्षा, प्रबिधियुक्त शिक्षा इत्यादि पर्दछन् । राज्यबाट निर्धारित शिक्षालाई अभिभावक एवम् सामाजिक पक्षहरुले महत्व दिएका छैनन् । यस्तो नहुनुमा नीति निर्माण पक्षहरुले पनि संवेदनशीलता नदेखाएकै हो । राज्यले द्विविधायुक्त दोहोरो नीतिलाई अबलम्बन गरी शिक्षाको कार्यक्रम ( निजी, बोर्डिङ्ग, सामुदायिक ) लाई समयमै व्यवस्थापन गर्न नसके हाम्रा समग्र जीबनका पक्षमा ठूलै दुर्घटना हुने पक्कापक्की छ । यी दुरावस्थालाई व्यवस्थित गर्न राज्यका सबै पक्षहरुमा मतैक्यता हुनु आवश्यक छ । अहिलेको सन्दर्भमा शिक्षाको अहम भूमिका रहेकै सन्दर्भमा वालवालिकाहरुको शिक्षा प्रति अभिभावक सजग हुनु पर्ने आवश्यकता छ । यी सरोकारका पक्षहरुलाई निम्न प्रश्नहरुको उत्तर आवश्यक छ, प्रश्नहरु हाम्रा वालावालिकाहरु कुन विद्यालयमा भर्ना भएका छन् ? विद्यालयको सरकारी अनुमति स्वीकृति छ ? विद्यालय सञ्चालक समूहमा प्राज्ञिकताको स्तर के छ ? अध्यापकहरुमा भएका योग्यताको अवस्था कस्तो छ ? वालवालिकाहरुमा व्यवहारिक कुशलताको अवस्था कस्तो छ ? कक्षाकोठा सफा छन् ? विद्यालय वातावरण स्वस्थकर छ ? शिक्षकहरुको व्यवहार वालवालिकाहरुका लागि अनुकरणयोग्य छन् ? यस्ता प्रश्नहरुको उत्तर नआएसम्म सस्ता विज्ञापनको आधारमा भर्ना गराई उनीहरुको शिक्षामा निरन्तरता दिनु उपयुक्त हुन सक्दैन । वालवालिकाहरुको भविष्य निर्माणमा शिक्षाको स्थान महत्वपूर्ण हुन्छ, त्यसैले बच्चाको शिक्षा प्रति जबाफदेही बनौं यहि हाम्रो धर्म र कर्म पनि हो । 

मिति ः २०७०–०१–१५

No comments:

Post a Comment