Monday, November 6, 2017

कांग्रेसको गढ मुखियापट्टी मुसहरनियामा एमालेको वर्चस्व

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम।।।।।।।।।।।।

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मनोज कुमार यादव निर्वाचित भएका छन् । ३ हजार ५ सय ४० मत ल्याएर यादव निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रामबाबु यादवले १ हजार ९ सय ९२ मत ल्याएका थिए । त्यसैगरी स्वतन्त्रबाट विश्वनाथ यादवले १ हजार ७ सय ८७, राजपा नेपालबाट इन्द्रकुमार झाले ६ सय २६ र संघीय समाजवादी फोरमका उम्मेदवार अशोक कुमार यादवले ५ सय ५५ मत ल्याएका थिए भने माओवादी केन्द्रका उम्मेदवार बंगालीदास तत्माले १ सय ५७ मत मात्र ल्याउन सफल भएका थिए ।
त्यसैगरी उक्त गाउँपालिकाको उपाध्यक्षमा पनि नेकपा एमालेकी मिरा देवी महतो निर्वाचित भएका छन् । महतोले ३ हजार ५ सय २७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी अनिता कुमारीले १ हजार ९ सय ८८ मत ल्याउन सफल भएका थिए । तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार जयकुमार यादवले १ हजार ७ सय ६०, संघीय समाजवादी फोरमका बन्दना मिश्रले ५ सय ५६, राजपा नेपालका भोगवती देवीले ४ सय ८१ र माओवादी केन्द्रका गंगा देवीले १ सय ६१ मत प्राप्त गरेका थिए ।
मुखियापट्टी मुसहरनिया गाउँपालिकाको वडा नं. १ मा वडा अध्यक्षमा नेकपा एमालेकी कमिता राय यादव ६ सय १० मत ल्याई निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी लक्ष्मेश्वर यादवले ४ सय ६६ मत ल्याएका थिए । त्यसैगरी वडा नं. २ मा पनि वडा अध्यक्षमा नेकपा एमालेका नरेश प्रसाद यादव ३ सय ९१ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सतिश चन्द्र यादवले २ सय ९५ मत ल्याएका थिए । त्यसैगरी वडा नं. ३ मा वडा अध्यक्षमा नेकपा एमालेका बैजु महासेठ ७ सय ३२ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी संघीय समाजवादी फोरमका उमेश प्रसाद महतो ६ सय ४६ मत ल्याएका थिए ।
त्यसैगरी वडा नं. ४ मा वडा अध्यक्षमा स्वतन्त्रका उदय चन्द्र झा ३ सय ७८ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सुरेश कुमार यादव ३ सय ६१ मत ल्याएका थिए । वडा नं. ५ मा वडा अध्यक्षमा नेकपा एमालेका नरेश यादव ५ सय १ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्रबाट कैलास कुमार यादव ३ सय ३९ मत ल्याएका थिए । वडा नं. ६ मा वडा अध्यक्षमा नेकपा एमालेका धर्मेन्द्र कुमार यादव ८ सय ४९ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका ज्ञानेन्द्र कुमार यादव ७ सय ४३ मत ल्याएका थिए ।

२०७४  आसिन ०८ गते  आईतवार

No comments:

Post a Comment