Monday, November 6, 2017

धनुषाको विदेह नगरपालिकामा माओवादी


द एक्सक्लुसिभ समाचारदाता
जनकपुरधाम..........
धनुषाको विदेह नगरपालिकामा नेकपा माओवादी केन्द्रका बेचन दास तत्मा मेयर पदमा निर्वाचित भएका छन् । तत्माले २ हजार ७ सय ७० मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमचन्द्र झाले २ हजार ६ सय १४ मत  प्राप्त गरेका थिए । त्यसैगरी नेकपा एमालेका राजकिशोर रोहिता यादवले २ हजार १ सय ६० मत प्राप्त गरेका थिए भने राजपा नेपालका चन्द्रदिप गोईत यादवले १ हजार८ सय ५६ मत प्राप्त गरेका थिए । नयाँ शक्तिका सदिक नदाफले ४ सय ५५, संघीय समाजवादी फोरम नेपालका दिनकर यादवले १ सय ४८ मत प्राप्त गरेका थिए ।
त्यसैगरी विदेह नगरपालिकाको उपप्रमुखमा पनि नेकपा माओवादी केन्द्रका निलम कुमारी देवी निर्वाचित भएका छन् । उपमेयर निलमले २ हजार ६ सय ४९ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रुवी कुमारी मण्डलले २ हजार ५ सय २१ मत प्राप्त गरेका थिए । त्यसैगरी नेकपा एमालेकी आशा देवी झाले २ हजार ४ सय १५, राजपा नेपालकी रेखा साहले १ हजार ९ सय २९ र नयाँ शक्तिका सकुन्तला देवी महतोले ३ सय २७ मत प्राप्त गरेका थिए ।

२०७४  आसिन ०८ गते  आईतवार

No comments:

Post a Comment