Monday, November 6, 2017

औरही गाउँपालिकामा कांग्रेस


द एक्सक्लुसिभ समाचारदाता
जनकपुरधाम
धनुषाको औरही गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका ब्रम्हदेव यादव २ हजार ५ सय ६९ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमाशंकर प्रसाद साहले १ हजार ९ सय ४, माओवादी केन्द्रका सुरेन्द्र कुमार मण्डलले १ हजार ६ सय ५४ र राजपा नेपालका चन्द्रनारायण मण्डलले १ हजार १ सय ७९ मत ल्याएका थिए । त्यसैगरी औरही गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकै मिरा देवी सहनीले २ हजार ४ सय ९४ मत ल्याएर विजयी भएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी नन्दकुमारी ठाकुरले १ हजार ८ सय ३१, माओवादी केन्द्रकी अन्जना कुमारी मण्डलले १ हजार २ सय ९२ र राजपा नेपालकी सविता कुमारी शर्माले १ हजार २ सय ८८ मत ल्याएका थिए ।
औरही गाउँपालिकाको वडा नं. १ मा नेपाली कांग्रेसका असेश्वर यादवले ६ सय ९३ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजकिशोर यादवले ५ सय ४५ र संघीय समाजवादी फोरमका रामविहारी यादवले ३ सय ९८ मत प्राप्त गरेका थिए । वडा नं. १२ मा राजपा नेपालका अमित कुमार यादवले ४ सय ९९ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देवन यादवले ३ सय ३४ र नेपाली कांग्रेसका किशुन यादवले ३ सय २६ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ३ मा नेपाली कांग्रेसका गंगा प्रसाद यादवले ५ सय ८३ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका बुधेश्वर मण्डलले १ सय ६९ र नेकपा एमालेका गंगा प्रसाद ठाकुर बरहीले १ सय ३४ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ४ मा नेकपा एमालेका शिवनाथ साहले ५ सय ४२ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका यूगल किशोर सिंह ३ सय २२ र राजपा नेपालका अनिल कुमार साह २० मत प्राप्त गरेका थिए । वडा नं. ५ मा नेकपा माओवादी केन्द्रका परमेश्वर कुमार मण्डलले २ सय ४२ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुकेश्वर पासमानले २ सय १६ र नेपाली कांग्रेसका विनोद कुमार साहले १ सय ८२ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ६ मा नेकपा माओवादी केन्द्रका दिलिप प्रसाद साह ३ सय ५० मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका शंकर प्रसाद साहले २ सय ७९ र नेपाली कांग्रेसका सकुर सेखले २ सय ६ मत प्राप्त गरेका थिए ।

२०७४  आसिन ०८ गते  आईतवार

No comments:

Post a Comment