Monday, November 6, 2017

जनक नन्दनी गाउँपालिकामा कांग्रेस

द एक्सक्लुसिभ समाचारदाता
जनकपुरधाम.........
धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका अब्दुलबारिक सेख निर्वाचित भएका छन् । सेखले २ हजार ७ सय १७ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका दिपिन देव यादवले २ हजार १ सय ८०, स्वतन्त्रबाट सुनिल मण्डलले १ हजार ३ सय ४८ र नेकपा एमालेका धितेन्द्र लाल दासले १ हजार १ सय १५ मत प्राप्त गरेका थिए । उक्त गाउँपालिकाको उपाध्यक्ष पदमा पनि नेपाली कांग्रेसकै भारती कार्की निर्वाचित भएका छन् । कार्कीले ३ हजार ५१ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका रिंकु कुमारी यादवले १ हजार ९ सय ६५, नेकपा एमालेकी गिता सुडीले १ हजार ३ सय ८१ र लोकतान्त्रिक फोरमका चन्द्र कुमारी मण्डलले ९ सय २ मत प्राप्त गरेका थिए ।
जनक नन्दनी गाउँपालिकाको वडा नं. १ मा संघीय समाजवादी फोरम नेपालका धर्मेन्द्र कुमार गोईतले ३ सय ४६ मत प्राप्त गरी वडा अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बालेश्वर यादवले ३ सय र नेकपा एमालेका संतोष कुमार गोईतले २ सय ६४ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. २ मा नेपाली कांग्रेसका भोगेन्द्र पाठक  ७ सय १५ मत प्राप्त गरी वडा अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संधीय समाजवादी फोरम नेपालका विन्देसी साह सुडी ३ सय ४० र लोकतान्त्रिक फोरमका मोहम्मद मुक्तार सेखले २ सय २० मत प्राप्त गरेका थिए । वडा नं. ३ मा नेपाली कांग्रेसका विष्णुदेव साह बनिया ७ सय ५६ मत प्राप्त गरी वडा अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर मण्डलले ४ सय ८१ र लोकतान्त्रिक फोरमका विजय पासमानले ३ सय ८१ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ४ मा नेकपा एमालेका हरिसचन्द्र कामत केवट  ६ सय ५ मत प्राप्त गरी वडा अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिलिप कुमार यादवले ५ सय ८४ र माओवादी केन्द्रका कपिलदेव रायले ५ सय ३० मत प्राप्त गरेका थिए । वडा नं. ५ मा संघीय समाजवादी फोरम नेपालका अशोक कुमार मण्डल ६ सय ४७ मत प्राप्त गरी वडा अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भागमुनि बरहीले ३ सय ४ र लोकतान्त्रिक फोरमका अहिराज मण्डलले १ सय ३७ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ६ मा संघीय समाजवादी फोरम नेपालका विक्रम यादवले  ४ सय मत प्राप्त गरी वडा अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद कुमार यादवले ३ सय ३८ र स्वतन्त्रबाट सत्य जीवन साहुले १ सय ६३ मत प्राप्त गरेका थिए ।



२०७४  आसिन ०८ गते  आईतवार

No comments:

Post a Comment