Monday, November 6, 2017

पुर्व राष्ट्रपति यादव र कांग्रेसका मन्त्रीको गाउँमा फोरमको मसाल

द एक्सक्लुसिभ समाचारदाता
जनकपुरधाम.............
धनुषाको लक्ष्मीनिया गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरम नेपालका विन्देश्वर यादव निर्वाचित भएका छन् । यादवले ३ हजार ५ सय ४ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कुमर कान्त झाले २ हजार ३ सय ६० मत प्राप्त गरेका थिए । त्यसैगरी नेकपा एमालेका राजकिशोर यादवले १ हजार ५ सय ९२ र नेपाली कांग्रेसका बागी उम्मेदवार समिर यादवले १ हजार ४ सय ७० मत प्राप्त गरेका थिए । समिर यादव नेपाली कांग्रेसकी महोत्तरीकी सांसद किरण यादव (जो राष्ट्रपति विद्या देवी भण्डारीकी समधिनी तथा पुर्व राष्ट्रपति डा.रामबरण यादवका भतिजी हुन) को साखै भाई हुन । समिर यादव पुर्व राष्ट्रपति यादवका भतिजा हुन । उक्त क्षेत्रबाट पुर्व राष्ट्रपति यादवका छोरा डा.चन्द्रमोहन यादव अहिले नेपाली कांग्रेसका सांसद हुन । त्यही क्षेत्रबाट नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा तरुण दलका पुर्व केन्द्रिय अध्यक्ष महेन्द्र यादव अहिले नेपाल सरकारमा खानेपानी तथा सरसफाई मन्त्री हुन । मेयरका लागि उम्मेदवार रहेका राजपा नेपालका गणेश मिश्राले ४ सय २० र नेकपा माओवादी केन्द्रका जय प्रकाश यादवले २ सय ८५ मत प्राप्त गरेका थिए ।
उक्त गाउँपालिकाको उपाध्यक्षमा पनि संघीय समाजवादी फोरमकै इन्द्रकला देवी यादव निर्वाचित भएका छन् । उनले ३ हजार १ सय ९५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामराजी देवी यादवले २ हजार ३ सय ३२, नेकपा एमालेकी रैतुन खातुनले १ हजार ८ सय ९४, राजपा नेपालकी रुना देवी नायकले ६ सय ४८ र नेकपा माओवादी केन्द्रकी रामकली देवीले २ सय ५३ मत प्राप्त गरेका थिए ।
उक्त नगरपालिकाको वडा नं. १ मा स्वतन्त्रका दिलिप कुमार यादवले ५ सय मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका देवनारायण यादवले ३ सय ४९ र नेपाली कांग्रेसका राजकिशोर यादवले ३ सय २६ मत प्राप्त गरेका थिए । त्यसैगरी वडा नं. २ मा संघीय समाजवादी फोरम नेपालका गणेश कुमार यादवले ४ सय ७ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लालगी साह तेलीले ३ सय ६८ र स्वतन्त्रका देवेन्द्र कुमार सिंहले ३ सय ३८ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ३ मा संघीय समाजवादी फोरमका तेज कुमार यादवले ७ सय २८ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महानन्द यादवले ३ सय ८८ र स्वतन्त्रबाट चौधरी यादवले १ सय ४७ मत प्राप्त गरेका थिए । वडा नं. ४ मा स्वतन्त्रका रमेश कुमार साहले ६ सय ८४ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका अशोक कुमार साहले ४ सय ४८ र नेपाली कांग्रेसका गणेश साह सुडीले १ सय ३७ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ५ मा नेपाली कांग्रेसका फुल्गेन यादवले ५ सय ३४ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका नथुनी यादवले ४ सय ७९ र नेकपा एमालेका दुखरन यादवले ४ सय ३४ मत प्राप्त गरेका थिए । वडा नं. ६ मा संघीय समाजवादी फोरमका उमेश कुमार यादवले ३ सय ८१ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महाविर प्रसाद साहले २ सय ९३ र नेपाली कांग्रेसका विजय कुमार यादवले २ सय १५ मत प्राप्त गरेका थिए । त्यसैगरी वडा नं. ७ मा नेकपा एमालेका गंगा साहले ४ सय २१ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी  नेपाली कांग्रेसका भोगेन्द्र राउतले ३ सय ८१ र संघीय समाजवादी फोरमका संजय कुमार मिश्राले २ सय ९५ मत प्राप्त गरेका थिए ।



२०७४  आसिन ०८ गते  आईतवार

No comments:

Post a Comment