Monday, November 6, 2017

धनौजीमा कांग्रेस


द एक्सक्लुसिभ समाचारदाता
जनकपुरधाम.........
धनौजी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बद्रीनारायण सिंह निर्वाचित भएका छन् । सिंहले २ हजार ४ सय २० मत प्राप्त गरेका छन् । सिंहका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका जिबेन्द्र झाले २ हजार १९, नेकपा एमालेका राजकुमार यादवले १ हजार ९ सय ८६ र लोकतान्त्रिक फोरमका जितेन्द्र कुमार साहुले ६ सय २३ मत प्राप्त गरेका छन् । त्यसैगरी धनौजी गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै रामबत्ती मण्डलले २ हजार ३ सय २६ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्दिला यादवले २ हजार १९, राजपा नेपालका निर्मला देवीले १ हजार ९ सय ६ र लोकतान्त्रिक फोरमका उर्मिला कुमारी साहले ७ सय २ मत प्राप्त गरेका छन् ।
धनौजी गाउँपालिकाको वडा नं. १ मा राजपा नेपालका श्याम किशोर साह ८ सय ४६ मत प्राप्त गरी वडाअध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका श्याम सुन्दर प्रसाद साहले १ सय ८३ र नेकपा एमालेका नवजीवन कवाडीले १ सय ८० मत प्राप्त गरेका छन् । त्यसैगरी वडा नं. २ मा नेपाली कांग्रेसका राजकुमार साहले ५ सय ५४ मत प्राप्त गरी वडाअध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अब्दुल कलाम आजादले ३ सय ४ र राजपा नेपालका लक्ष्मी मण्डल खत्वेले २ सय २४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी वडा नं. ३ मा नेकपा एमालेका रामदुलार मण्डलले ७ सय १५ मत प्राप्त गरी वडाअध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामनारायण यादवले ४  सय २० र स्वतन्त्रबाट अजिम मुदिन साफीले २ सय ९२ मत प्राप्त गरेका छन् । वडा नं. ४ मा नेपाली कांग्रेसका कलिम साफीले ६ सय २० मत प्राप्त गरी वडाअध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका सन्तोष कुमार मण्डलले ५ सय ९ र नेकपा एमालेका सुर्यनाथ मण्डलले २ सय ६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी वडा नं. ५ मा संघीय समाजवादी फोरम नेपालका कमल नारायण पंकज केवटले ९ सय ४५ मत प्राप्त गरी वडाअध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका याकुव कवाडीले ४ सय ८९ र नेकपा एमालेका मोफिद कवाडीले ३ सय ६३ मत प्राप्त गरेका छन् ।


२०७४  आसिन ०८ गते  आईतवार

No comments:

Post a Comment