Monday, November 6, 2017

मिथिला विहारी नगरपालिका बन्यो एमालेको किल्ला

द एक्सक्लुसिभ समाचारदाता
जनकपुरधाम.........
धनुषाको मिथिला विहारी नगरपालिकाको मेयरमा नेकपा एमालेका अनिल कुमार यादव निर्वाचित भएका छन् । यादवले ३ हजार २ सय ४२ मत प्राप्त गरेका छन् । यादवका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्र प्रसाद यादवले २ हजार ९ सय ४१, संघीय समाजवादी फोरम नेपालका तेजनारायण यादवले १ हजार ८ सय ५१, माओवादी केन्द्रका नन्दकिशोर यादवले १ हजार ८ सय १८ र राजपा नेपालका अशोक कुमार यादवले १ हजार ६ सय ४३ मत प्राप्त गरेका छन् । त्यसैगरी उक्त नगरपालिकाको उपमेयरमा पनि नेकपा एमालेकी अनिता कुमारीले ३ हजार १ सय ४७ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पारेखो देवी यादवले २ हजार ७ सय २, राजपा नेपालका सिता कुमारी यादवले २ हजार ३ सय ७५, माओवादी केन्द्रका सुशिला देवी मण्डलले १ हजार ७ सय ४८ र संघीय समाजवादी फोरमकी फुलकुमारी यादवले १ हजार ६ सय ७ मत प्राप्त गरेका छन् ।
उक्त नगरपालिकाको वडा नं. १ मा नेपाली कांग्रेसका प्रमोद कुमार मण्डलले ६ सय ८८ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राकेश कुमार साहले ५ सय ९० र राजपा नेपालका चन्देश मण्डल धानुकले १ सय ४१ मत प्राप्त गरेका थिए । त्यसैगरी वडा नं. २ मा नेकपा माओवादी केन्द्रका सुरेश कुमार मण्डलले २ सय ५७ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका सुधिर कुमार यादवले २ सय १८ र नेकपा एमालेका चन्द्र मण्डल धानुकले २ सय मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ३ मा नेकपा माओवादी केन्द्रका कृष्ण कुमार बसन्तले ८ सय ७५ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अमर महासेठले ५ सय ४८ र नेपाली कांग्रेसका तपेश्वर साहले १ सय १ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ४ मा नेकपा माओवादी केन्द्रका महादेव यादवले ३ सय २६ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिनारायण यादवले २ सय ७२ र नेकपा एमालेका शिव गोविन्द यादवले २ सय ५ मत प्राप्त गरेका थिए । वडा नं. ५ मा राजपा नेपालका विनोद कुमार मण्डल केवटले ६ सय १२ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गंगा प्रसाद मुखिया विनले ५ सय ६२ र माओवादी केन्द्रका रामपरिक्षण मण्डलले ६४ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ६ मा नेपाली कांग्रेसका रामप्रकाश यादवले ६ सय ६३ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका विम्रोस कुमार यादवले ३ सय ३५ र स्वतन्त्रका श्रवण कुमार यादवले २ सय ४१ मत प्राप्त गरेका थिए । वडा नं. ७ मा नेकपा एमालेका प्रदिप कुमार साहले ३ सय ५० मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जुगल किशोर साहले २ सय ९७ र राजपा नेपालका उसमान मियाँ २ सय ८७ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ८ मा संघीय समाजवादी फोरम नेपालका जिवछ यादवले ४ सय ३४ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हेमशंकर यादवले ३ सय ११ र नेकपा एमालेका रामस्वार्थ यादवले १ सय ३६ मत प्राप्त गरेका थिए । वडा नं. ९ मा संघीय समाजवादी फोरम नेपालका विन्देश्वर यादवले २ सय ५४ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका अजय कुमार यादवले १ सय ३९ र नेकपा माओवादी केन्द्रका इन्दल प्रसाद यादवले १ सय २६ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. १० मा नेपाली कांग्रेसका ललित नारायण झाले ५ सय ४९ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रसिद साह फकिरले २ सय ९७ र संघीय समाजवादी फोरम नेपालका रंजित कुमार यादवले १ सय ८७ मत प्राप्त गरेका थिए ।


२०७४  आसिन ०८ गते  आईतवार

No comments:

Post a Comment