Monday, October 30, 2017

कांग्रेसको गढ हंसपुर नगरपालिकामा गुड्यो राजपाको साईकल

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम।।।।।।।।।।।।
धनुषाको हंसपुर नगरपालिकामा राजपा नेपालका रामज्ञान मण्डल मेयर पदमा निर्वाचित भएका छन् । मण्डलले ३ हजार ३ सय २० मत ल्याएका थिए । नेपाली कांग्रेसका प्रदिप कुमार यादव ३ हजार २ सय २९ मत ल्याई निकटतम प्रतिद्वन्द्वी भएका थिए । त्यसैगरी मेयर पदका लागि नेकपा एमालेका उम्मेदवार सुशिल कुमार साहले २ हजार ४ सय ४१, माओवादी केन्द्रका सुनिल कुमार यादवले १ हजार ७ सय ८७ र संघीय समाजवादी फोरमका रामनारायण कापडीले १ हजार ७ सय ५३ मत ल्याएका थिए । हंसपुर नगरपालिकाको उपमेयरमा राजपा नेपालकी रेणु देवी झा निर्वाचित भएका छन् । झाले ३ हजार २ सय ७६ मत प्राप्त गरेका छन्
। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी र ामकुमारी कामतले ३ हजार २७, नेकपा एमालेकी किरण कुमारी यादवले २ हजार ४ सय ९८, माओवादी केन्द्रकी रञ्जु कुमारी देवीले १ हजार ९ सय ४८ र संघीय समाजवादी फोरमकी शिवकुमारी देवीले १ हजार ८ सय ४७ मत ल्याएका थिए ।
हंसपुर नगरपालिकाको वडा नं. १ मा नेकपा एमालेका कामेश्वर कापडले २ सय ५९ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका रामदेव कापडले २ सय ४१ र नेपाली कांग्रेसका श्याम सुन्दर कापडले २ सय १२ मत प्राप्त गरेका थिए । त्यसैगरी वडा नं. २ मा र ाजपा नेपालका उदय कुमार साह ४ सय ७ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जयनारायण कापडी ४ सय २ र नेकपा एमालेका गंगाराम कापडी ३ सय ५४ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ३ मा संघीय समाजवादी फोरमका उदय कुमार सिंह ७ सय ९३ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मनोज कुमार कापडी ३ सय ८२ र माओवादी केन्द्रका रामकुमार कापडी २ सय ३ मत प्राप्त गरेका थिए । त्यसैगरी वडा नं. ४ मा लोकतान्त्रिक
फोरमका किशोरी यादव ६ सय १३ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका लालबाबु यादव ४ सय ९२ र नेपाली कांग्रेसका राममणि यादव २ सय ५५ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ५ मा संघीय समाजवादी फोरमका शिवशंकर प्रसाद व्याहुत सुडी ८ सय ६ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बलराम मण्डल ६ सय ६० र नेपाली कांग्रेसका विजय कुमार यादव २ सय ९३ मत प्राप्त गरेका थिए । त्यसैगरी वडा नं. ६ मा
नेपाली कांग्रेसका मेथुरा चौधरी ३ सय ५८ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अलि मोहम्मद राईन ३ सय २९ र नेकपा माओवादी केन्द्रका सुरेन्द्र कुमार मण्डल २ सय ६५ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ७ मा राजपा नेपालका रfमसेवक मण्डल ७ सय १३ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भोला मिश्र ४ सय ४४ र नेकपा एमालेका मोहम्मद हजरथ आलम ४ सय ६ मत प्राप्त गरेका थिए । त्यसैगरी वडा नं. ८ मा नेकपा एमालेका जिवछ मण्डल ७ सय
८१ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका श्रवण कुमार मण्डल ४ सय ६३ र नेपाली कांग्रेसका गोविन्द्र लाल साह ३ सय ७२ मत प्राप्त गरेका थिए । त्यसैगरी वडा नं. ९ मा राजपा नेपालका नरेश कुमार मण्डल ५ सय ८६ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गंगा प्रसाद मण्डल ३ सय ३ र नेकपा एमालेका रामबहादुर मण्डल
७८ मत प्राप्त गरेका थिए ।

२०७४  आसिन ०८ गते  आईतवार

No comments:

Post a Comment