Wednesday, April 13, 2016

यसकारण त भएन सिंघानियाको हत्या ?

जनकपुर टुडेका प्रकाशक समेत रहेका संचार उद्यमि अरुण कुमार सिंघानियाको हत्या किन भयो भन्ने सवालमा जनकपुर टुडेमै प्रकाशित भएको समाचारले संकेत गर्न खोजेको देखिन्छ । जनकपुर टुडेमा लगानी गर्ने अर्को एक जना लगानीकर्ता समेत भनिएका तत्कालिन रामानन्द यूवा क्लवका अध्यक्ष जिवनाथ चौधरीको घरमा भएको डाका र डाकाको आरोपमा पक्राउ परेका तत्कालिन अभियूक्त भरत झाले डाकामा तत्कालिन सभाषद संजय साह र तत्कालिन प्रहरी उपरीक्षक छविलाल जोशी बन्जाडे संलग्न रहेको भनी बयान दिएको समाचार जनकपुर टुडेले प्रकाशित गरेको थियो । उक्त समाचार प्रकाशित भएपछि संजय कुमार साह समर्थित केही यूवाहरुले रेडियो टुडेको कार्यालयमा प्रवेश गरी दुवर््यवहार गर्नुका साथै अपशव्द प्रयोग गरी ज्यान मार्ने धम्की दिएको समाचार प्रकाशित भएको थियो ।
१९ भदौ २०६५ बिहिबारका दिन बर्ष ८ अंक १०८ को जनकपुर टुडे पत्रिकामा ‘डाकाको बयानले बवाल, दुई समुह बीच तनाव’ शिर्षकको समाचार प्रकाशित भएको थियो । उक्त समाचारको अंश जस्ताको तस्तै ः
रामानन्द यूवा क्लबका अध्यक्ष जिवनाथ चौधरीको घरमा डकैती गर्ने मध्येका एक जना पक्राउ परेको दावी सँगै दुई समुह बीच तनाव उत्पन्न भएको छ । डाकाको आरोपी भरत झाले बुधबार विहान सार्वजनिक रुपमा दिएको बयानले सभाषद एवम मधेसी जनअधिकार फोरम धनुषाका अध्यक्ष संजय कुमार साह र रामानन्द यूवा क्लवका अध्यक्ष जिवनाथ चौधरी समुह बीच तनाव वढे्को छ । झाको बयानले धनुषा जिल्लाको प्रमुख प्रमुख छविलाल जोशी बन्जारे समेत विवादमा तानिएका छन् । अभियूक्त झाले विभिन्न व्यक्तिहरुको नाम मुछिन्ने क्रममा प्रउ बन्जारेको नाम समेत उल्लेख गरेको छन् । गत शुक्रबार राति चौधरीको घरमा डकैती भएको थियो । डकैतीमा लाखौंको नगद तथा जिन्सीहरु लुटिएको थियो । समयमै प्रहरीलाई खबर  गर्दा पनि घटना स्थलमा प्रहरी निकै ढिलो पुग्यो र डाकाहरु आराम साथ भाग्न सफल भए । प्रहरी सक्रिय भएको भए त्यसैबेला पनि डाकाहरु पक्राउ पर्न सकिन्थ्यो । डकैतीमा संलग्न अपराधिहरुलाई पक्राउ गर्न विभिन्न पेशागत संघ संगठन तथा राजनीतिक दलका नेताहरुले माग गरे । तर कोही डाका पक्राउ परेन । पीडित पक्षले पक्राउ गरेको दावी गरेको डाकाको बयान र डकैतीको घटना नाटकिय भएको आरोप फोरमको छ । फोरमका सह सचिव शेषनारायण यादवले नियोजित रुपमा डाकाको नाटक रचेर जिल्ला अध्यक्ष एवम सभाषद साहलाई बदनाम गराउने प्रयत्न गरेको आरोप लगाएको छ । तर, आरोपित झाले सार्वजनिक रुपमा साह, प्रउ बन्जाडे लगायतका केही व्यक्तिहरुको नाम मुछेका थिए ।
यूवा क्लवका अध्यक्ष चौधरी पक्षले डाकाको बयान यथार्थ रहेकोले बयानको अधारमा कारवाही चलाउन माग गरेका छन् । आरोपित झाको बयान सार्वजनिक हुने वितिकै दुवै पक्ष बीच तनाव उत्पन्न भयो । दुवै पक्ष प्रहरी गुहारेका छन् । तर, प्रहरी प्रमुख नै आरोपी भएकाले उनी आफ्नै बचाउलाई प्राथमिकता दिनु अस्वाभाविक होइन । चोरी डकैती लगायतका अपराधिक घटनाहरु नियन्त्रण गर्ने निकाय यस प्रकारको विवादमा मुच्छीएको यो पहिलो घटना भने होइन । यस अघि रौतहट जिल्लामा पनि यस्तो घटना भईसकेको छ । डकैतीको विषयबाट दुई पक्ष बीच बढेको तनाव तत्कालै सामान्य हुने छाँट देखिँदैन । प्रहरीमा पनि प्रभाव पर्नेछ । प्रहरीले दुवै पक्षलाई कसरी विश्वासमा लिन सक्छ ? त्यो हेर्नै पर्ने बताउँदै नागरिक समाजका अगुवाहरुले तटस्थ भएर कारवाही बढाउनुका साथै शान्ति सुरक्षा दिनु पर्ने माग गरेका छन् ।
डकैती र विवाद सम्बन्धि विवाद सार्वजनिक भएपछि सभाषद संजय कुमार साह समर्थित केही यूवाहरु रेडियो टुडेको कार्यालयमा प्रवेश गरी संचारकर्मी र कर्मचारीहरु माथि दुवर््वहार गरेका छन् । उनीहरुले अपशव्द प्रयोग गर्नुका साथै ज्यान मार्ने धम्की समेत दिएको पीडितहरुले जनाएका छन्  । संचारगृहमा प्रवेश गरी उच्छश्रृङ्खलता गर्नेहरु उपर कारवाहीको माग गर्दै जनकपुर टुडे संचार समुहले संचारगृहहरुलाई सुरक्षाको प्रत्याभुति दिन माग गरेको छ ।
यसरी उक्त समाचारलाई विश्लेषण गर्दा सिंघानियाको हत्या हुनु पछाडी जिवनाथ चौधरीको घरमा डाका हुनु र टुडेमा समाचार प्रकाशित हुनु के संयोग मात्र हो ? यद्यपि अहिले पक्राउ परेका चनरदिप यादवले प्रहरी समक्ष गरेको बयान अनुसार पनि सिंघानिया हत्यामा तत्कालिन सभाषद संजय साह र रामविनोद यादवको संलग्नता रहेको भनेर बताइएको प्रहरी स्रोतको दावी छ ।



२०७२ चैत्र २१ गते आईतबार

No comments:

Post a Comment