Wednesday, April 13, 2016

चनरदिप पक्राउ गर्न धनुषा प्रहरी सफल सिंघानिया हत्याको रहस्य पर्दाफास हुने

पक्राउ परेका धर्ती सिंह भनिने चनरदिप यादव ।
अजय अनुरागी
जनकपुरधाम............
विगतका अपराधहरुबाट जोगिनका लागि गठन गरेका कथित जनतान्त्रिक टाइगर जनशक्ति पार्टीका केन्द्रिय अध्यक्ष कथित धर्ती सिंह भनिने चनरदिप यादवलाई धनुषा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आफुलाई वा आफ्नो टाइगर सेनालाई पक्राउ गरेर देखाउ अनि आफ्नो ताकत र क्षमता कति छ भनेर अनि मात्र थाहा पाउने भनेर धनुषा प्रहरीलाई प्रेस विज्ञप्ती मार्फत चुनौति दिएका कथित धर्ती सिंह भनिने चनरदिपलाई मात्र धनुषा प्रहरीले पक्राउ गर्न सफल भएको छैन, उनको समुहमा संलग्न हुने मोटामोटी सबै सैन्य कमाण्डर देखि अन्य सहयोगी र सुराकी गर्ने सामान्य कार्यकर्ताहरुलाई समेत एक पछि अर्को गरी धनुषा प्रहरीद्वारा चलाइएको श्रृङखलाबद्ध अप्रेशनमा पक्राउ परेका छन् ।
उक्त पार्टीका अध्यक्ष चनरदिप यादव सँगै सैन्य कमाण्डरहरु रामरिझन यादव, कैलाश ठाकुर, सहयोगीहरु कारी गोहिवार, मंगला भन्ने विश्वनाथ यादव, सुराकी गर्ने तथा सुराकी लगाउने अनिल डाक्टर भन्ने जोगिन्दर महत्तो, प्रमोद पुर्वे, दिलिप भन्ने शुभनारायण यादव, नागे साह, चन्दा असुली गर्ने तथा असुल गर्न लगाउने बेचन पासवान, जसलाल यादव, मुख्य सहयोगी तथा सल्लाह दिने चनरदिपका प्रेमिका कल्याणी देवी यादव र उसका भाई रविन यादव, पार्टीको प्रचारप्रसार गर्ने तथा प्रेस विज्ञप्ती जारी गर्ने विजय भनिने सुन्देश्वर ठाकुर र पार्टीमा दोस्रो स्थानको भुमिका निर्वाह गर्ने बरिष्ठ नेता गोर्का भन्ने रामसुन्दर यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
कल्याणी देवी यादव । प्रहरीका अनुसार कल्याणी
विवाहित महिला भएपनि चनरदिपको
प्रेमिका भई उनीसँगै बस्दै आएका छन् ।
धनुषा प्रहरीका डिएसपी नकुल पोखरेलका अनुसार कथित उक्त भुमिगत सशस्त्र समुहको संजाललाई धनुषा प्रहरीले ध्वस्त मात्र बनाएको छैन, लगभग सबै कार्यकर्ताहरुलाई पक्राउ गरी कानुनको दायरामा ल्याइएको छ । अब सिरहा र धनुषाको गरी विभिन्न घटनाहरुमा सहयोगीको भुमिका निर्वाह गर्ने, नेपाल आएको बेला बास बस्न दिने, यताको सामान उत्ता पुर्याउने, सवारी यातायात उपलब्ध गराउने लगायतका कार्यहरुमा सहयोग गर्ने ३ देखि ५ जना मात्र पक्राउ गर्न बाँकी छन् । २०६६ साल फागुन १७ गते होली पर्वका दिन संचार उद्यमि अरुण कुमार सिंघानियाको हत्याको योजनाकार, २०६७ साल असोज २४ गते भरतपुर गाविसका विनोद गोइतमानको हत्या घटनामा मुख्य योजनाकारको रुपमा धनुषा प्रहरीले चनरदिपलाई अभियूक्त बनाएको छ । ती दुई घटना पछि फरार रहेर भारतको विहारका विभिन्न स्थानहरुमा लुकिछिपी बस्दै आएका चनरदिपलाई पक्राउ गर्न धनुषा प्रहरीले लामो समय देखि खोजी गरिरहेको थियो । तर, उनी प्रहरीको फन्दामा पर्न सकिरहेका थिएनन् ।
ती दुईवटा हत्याको मुख्य योजनाकारका रुपमा चनरदिप यादव छन् भन्ने कुराको पहिचान गर्न धनुषा प्रहरीलाई निकै समय लाग्यो । परिणाम स्वरुप फरार अभियूक्त चनरदिपले विभिन्न अपराधहरु गर्न थाले । हुन त उनीसँगै तत्कालिन अवस्थामा काम गर्ने केही यूवाहरु पछि आएर धनुषा प्रहरीको गिरफ्तमा परे भने कतिपय बैदेशिक रोजगारी तर्फ गए ।
फरार अभियूक्त भई लुकिछिपी अन्य मुलुकमा कुनै काम नगरी बाँच्नुपर्ने उसको बाध्यता थियो । आफुसँग घरमा रहेको गरगहना समेत बेचेर आएको पैसाले धान्न गाह्रो भईरहेको अवस्थामा चनरदिपले पछिल्लो मधेस आन्दोलनका दौरान पैसा पनि कमाउन सकिने र विगतका अपराधहरुबाट पनि जोगिन सक्ने उपाय स्वरुप भुमिगत सशस्त्र समुह गठन गरे । हुन त करिब ६ महिना अघि नै गठन गरेको कथित भुमिगत समुह जनतान्त्रिक टाइगर जनशक्ति पार्टीले एक्सपोजर पाउनका लागि केही ठुलै घटनाहरु घटाउनुपर्छ भन्दै पछिल्लो ३ महिना देखि धनुषा र सिरहामा सक्रिय भएको पाइन्छ । २० कार्तिक २०७२ मा धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ विरेन्द्र बजार स्थित बुद्ध सिद्धार्थ बोडिङ्ग स्कुलको बसमा आगजनी गरी चनरदिप यादवले उक्त समुहको नाउँमा घटनाको जिम्मा लिएका थिए । त्यसैगरी २८ पुष २०७२ मा सिरहा स्थित गोपाल पेटूोल पम्पमा बम विस्फोट गराएका थिए । २२ माघ २०७२ मा बालाबाखर ४ स्थित राजेन्द्र यादवलाई गोली हानी हत्या गरेको भोली पल्टै २३ माघमा विरेन्द्र बजारमा नसिम राइन र पोर्ताहामा रामसागर महत्तोलाई गोली हानी घाइते बनाएका थिए ।
रुपैयाँ विना समुह संचालन गर्न सकिँदैन र कुनै पनि ठुलै आपराधिक घटना विना एक्सपोज हुँदैन भन्ने तथ्यलाई आत्मसाथ गर्दै चनरदिपले पछिल्लो समयमा खास गरेर बालाबाखर घटनाबाट उ बढि नै सक्रिय भएको देखिन्छ । त्यसैले उक्त घटना पछि धनुषा प्रहरी उसको पछि निरन्तर लागि रह्यो । खास गरेर आर्थिक समस्यामा परेका, कसैसँग रिसिबी साध्नु छ भने वा अरुबाट पीडित भई बदला लिने मनसाय बनाएका तथा लागु औषधको कुलतमा फसेका यूवाहरुलाई विभिन्न प्रलोभन दिई समुहमा आकर्षित गरेको पाइन्छ । राजिखुशीले, राजनीतिक उद्देश्य बोकेर समुह गठन भएको र त्यसमा लाग्नुपर्छ भन्ने मनस्थिति बोकेर यूवाहरु उक्त समुहमा आवद्ध भएको देखिँदैन । यूवाहरुलाई समुहमा आवद्ध गराउन चनरदिपले आफ्नो १९ बर्षिय भाई रबिन यादवलाई समेत प्रयोग गरेको पाइन्छ । रविनले यूवाहरुका बीचमा गएर भुमिगत समुहमा लाग्नका लागि अभिप्रेरित गरेको पाइन्छ । आफ्नो दाई फोरम लोकतान्त्रिकको नेता समेत रहेको हुनाले बार्ता मार्फत सबै समस्या समाधान हुने र लाग्ने मुद्दाहरु पनि फिर्ता हुने भनि केही यूवाहरुलाई समुह तर्फ आकर्षित गरेको पाइन्छ ।
उक्त कार्यमा चनरदिपले आफ्नो प्रेमिका कल्याणी देवी यादवलाई समेत प्रयोग गरेको पाइन्छ । आपराधिक घटना घटाउँदा सुटरका रुपमा रहेका पृथ्वी सिंह भनिने कैलाश ठाकुरलाई बढी प्रयोग गर्नुका साथै रामरिझन यादवलाई समेत उसले प्रयोग गरेको पाइन्छ । जति पनि उसले घटना घटाए ती सबैको उद्देश्य अवैध चन्दा असुली गर्नु नै रहेको देखिन्छ । किनभने अवैध चन्दा असुली गरी फर्किरहेको अवस्थामा नै सैन्य कमाण्डर भनिने रामरिझन यादव सहित ३ जना पक्राउ परेको थियो । चनरदिप यादव पक्राउ परेपछि कोरेक्स १ सय एमएलको शिशी ७३ बोतल धनुषा प्रहरीले बरामद गरेको थियो । यसको अर्थ के हो भने चनरदिप आफै पनि लागु औषधका दुवर््यशनी थिए भने यूवाहरुलाई पनि कुलतमा फसाई आपराधिक घटना गराउँथे ।
जनतान्त्रिक टाइगर जनशक्ति नामको भुमिगत संगठनसँग सम्बन्धित पर्चा, पम्पलेट, चन्दा रसिद, डायरीहरु, पार्टीको विधान, पार्टीको लेटरप्याड र स्टाम्प प्याड सहित अन्य कागजातहरु पनि धनुषा प्रहरीले बरामद गरेको छ । कतिपय चन्दाका ठेलीहरु विभिन्न व्यक्तिहरुलाई समय किटान गरी रुपैयाँ दिन भनी ठेलीहरु काटि खाम बन्दी गरेको पाइन्छ । जस्तै सिरहाको विसनपुरा स्थित इट्टा उद्योगका संचालक प्रमोद झालाई दुई दिन भित्र, सिरहा कै नरहा स्थित अमर इट्टा उद्योगलाई, सिरहा विसनपुराकै डा.रामानन्द चौधरीलाई ३ दिनको समय दिई चन्दा माग गरेको रसिद प्रहरीले फेला पारेको हो । त्यसैगरी धनुषाको चारनाथ नगरपालिका भरतपुर नगरपालिकाको कार्यालय प्रमुख लक्ष्मेश्वर यादवलाई रु. १० लाख रुपैयाँ सहितको चन्दा रकम माग गरेको पाइन्छ । आर्थिक सहयोग नगरिए भौतिक कारवाही गरिने भनेर चन्दा रसिदमा चेतावनी समेत दिई फोन नम्बर समेत दिइएको पाइन्छ । यसरी हेर्ने हो भने उनले लाखौं करोडौं रुपैयाँ विभिन्न व्यक्ति, उद्योगी, कर्मचारी, व्यापारीहरुबाट असुली गर्न चन्दाका रसिदहरु काटिएको अवस्थामा प्रहरीले फेला पार्नुको अर्थ के हो भने कम समयमै आफ्नो नाउँ र पार्टीको नाउँबाट आतंक सिर्जना गरी अधिक भन्दा अधिक पैसा कमाउनु नै प्रमुख उद्देश्य रहेको देखिन्छ ।
कसरी पक्राउ परे चनरदिप ?
विगत २ बर्ष देखि धनुषा प्रहरीले अरुण कुमार सिंघानिया हत्याको प्रमुख अभियूक्तका रुपमा रहेका चनरदिप यादव र रामविनोद यादवलाई निरन्तर खोजी गरिरहेको थियो । उनीहरुको पछि लागेका धनुषा प्रहरीले उनीहरुलाई टेूसिङ्ग गर्दै आएको भए पनि पछिल्लो समयमा धनुषाको बालाबाखरमा राजेन्द्र यादवलाई गोली हानी हत्या गरेपछि र विरेन्द्र बजारमा दुई जनालाई गोली हानी घाइते बनाएपछि धनुषा प्रहरी तिब्र रुपमा उनीहरुलाई पक्राउ गर्न लागि परेको थियो । तिनीहरु प्रायः भारत विहारको सहरहरु तर्फ रह्ने तथा कहिले काँही धनुषा र सिरहाको गाउँ क्षेत्र तिर बस्ने गरेको हुनाले प्रहरीले ति सबै ठाउँहरुमा उनीहरुको खोजी गरिरहेको थियो । धनुषा प्रहरी कहिल्यै भारतको जयनगरको अम्बे होटेल र त्यसको वरिपरी खोजी गर्थे भने चनरदिप डेरा लिएर बस्ने गरेको जयनगर स्थित राजपुताना मोहल्लामा समेत खोजी गर्ने गथर््यो । तर, धनुषा प्रहरी रितै हात फर्किनु पथर््यो । कहिले सिरहा त कहिले धनुषाको गाउँहरुमा त कहिले विहारको सहरहरुमा खोजिरहेको धनुषा प्रहरी कन्फ्यूज हुन्थ्यो । तर, धनुषा प्रहरीले परिचालन गरेका सुराकीहरुले दिएको खबरबाट चनरदिप जनकपुरमै रहेको यकिन भयो ।
हुन त कैलाश ठाकुर जो उनको प्रमुख सुटर थिए उनलाई पनि उनी जनकपुरमा कुन ठाउँमा छन् भन्ने कुरा खबर गरेको थिएनन् । जनकपुरमा आउने र एक दुई दिन बसेर फुत्त भागि हाल्ने उनको प्रवृतिका कारण धनुषा प्रहरीले उसको सहि लोकेशन पत्ता लगाउन सकिरहेको थिएन । तर, धनुषा प्रहरीका सुराकीहरुले चनरदिप जनकपुरकै वकिल मोहल्लामा बसिरहेको भन्ने कुरा यकिन गरेपछि धनुषा प्रहरी दिनरात वकिल मोहल्लामा आफ्नो निगरानी बढाउन थाल्यो । तर पनि चनरदिप बसेको स्थानको इक्ज्याक्ट पिन प्वाइन्ट भने पत्ता लगाउन असफल भईरहेको थियो । फेरी सुराकी र प्राविधिक मद्दतले धनुषा प्रहरीले एउटा घर पत्ता लगायो र करिब ५÷६ दिनसम्म उक्त घरको चौविसै घण्टा रेक्की गर्यो । त्यसपछि केही शंकास्पद हरकतहरु प्रहरीले अनुभुति गर्यो । एकातर्फ जनकपुरमा पनि रेक्की भईरहेको थियो भने अर्को तर्फ भारत विहारको बेनिपट्टी र जयनगरमा पनि निरन्तर सर्च जारी राखेको थियो, धनुषा प्रहरीले ।
 भारत विहारमा धनुषाका एसपी रामदत्त जोशी आफै पनि ३ पटक र डिएसपी नकुल पोखरेल एक पटक उनको खोजीमा खटिएका थिए । अन्ततः जनकपुरको वकिल मोहल्लामा टेूस गरिएको घरमा बढी मुभमेन्ट हुने, त्यो घरमा गाउँका मानिसहरु चनरदिपलाई भेटन जाँदा चियाएर हेर्ने जस्ता शंकास्पद गतिविधिहरु वढ्न थालेपछि १७ चैत्र २०७२ मा राति करिब १ बजे देखि जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले विहान ६ बजेको समयमा चनरदिप यादवलाई पक्राउ गर्न सफल भएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रामदत्त जोशी र डिएसपी नकुल पोखरेलको कमाण्डमा फिल्डमा खटिएका प्रहरी नायव निरीक्षकद्वय गगन शाही, संतोष झा, प्रहरी सहायक निरीक्षकद्वय जयलाल यादव, किस्मत भण्डारी, प्रहरी हवलदारहरु प्रेम शंकर ठाकुर, संजय पासवान, चन्देश्वर यादव, मोतीलाल महत्तो, शेरबहादुर बराकोटी र प्रहरी जवानहरु छविलाल साह, लक्ष्मण यादव र मुकेश पंजियार सहितको क्राइम ब्रान्चको टोलीले अन्ततः चनरदिपलाई पक्राउ गर्न सफल भएको थियो ।
उक्त अप्रेशनमा मध्य क्षेत्रिय प्रहरी कार्यालय हेटौडाको साथै प्रहरी अनुसन्धान व्यूरो सिआईबीको प्राविधिक सहयोग जस्तै सिडिआर, कल डिटेल्स, कल टेूकिङ्ग र कल टेूसिङ्ग जस्ता प्राविधिक सहयोग मार्फत चनरदिप पक्राउ पर्न सफल भएको हो । अञ्चल प्रहरी कार्यालय जनकपुरका प्रहरी बरिष्ठ उपरीक्षक सुरेश विक्रम शाहको पनि योगदान रहेको कारण चनरदिप पक्राउ परेका बेला सार्वजनिक गर्ने बेलामा हेटौडाका प्रहरी नायव महानिरीक्षक पशुपति उपाध्याय र एसएसपी शाह उपस्थित भएका थिए ।
यसरी भयो चनरदिपको पहिचान
धनुषाको वीरेन्द्र बजारका विनोद यादवको हत्यामा संलग्न रहेको अन्सी राइन पक्राउ परेपछि प्रहरीले उनको बयानको आधारमा अनुसन्धान गर्दै जाँदा हत्यामा सुटरका रुपमा प्रयोग गरिएका धनुषाको वीरेन्द्रबजारका एकलाल भनिने योगेन्द्र सहनीलाई पक्राउ गरेर अनुसनधान गरेपछि सञ्चार उद्यमी अरुण सिँघानियाको हत्यामा  चनरदिप यादवकोे नाउँ खुलेको थियो ।
प्रहरी स्रोतका अनुसार सिंघानिया हत्यामा धेरै व्यक्तिहरुको संलग्नता रहेपनि सिंघानियालाई साइलेन्सर युक्त पेस्तोलले गोली प्रहार गर्ने व्यक्ति भने उमाप्रेमपुरका मनक लामा रहेको पहिचान भईसकेको छ । मनक लामा हत्याको केही समय पश्चात अहिले वैदेशिक रोजगारीको शिलशिलामा मलेशियामा नै कार्यरत रहेको बताइन्छ । अन्सी राइनले गरेको बयानको आधारमा प्रहरीले सो घटनामा सिरहा कारागारमा थुनामा रहेका निलम्बित सभाषद संजय साहका निकट रहेका सद्भावना पार्टीका केन्द्रीय सदस्य समेत रहेका कनकपट्टी(१ घर भई हाल जनकपुर(१ बस्ने ३५ वर्षिय रामविनोद यादव, फोरम (लोकतान्त्रिक)का जिल्ला उपाध्यक्ष समेत रहेका भरतपुर(८ का वर्ष ३० को चनरदिप यादव रहेको भनि पहिचान गरेको हो । त्यसैगरी प्रहरीले भरतपुर(१ का विजय कुसियैत भनिने दीपेन्द्र कुमार यादव, भरतपुर मालटोलका पवन लामा र  उमाप्रेमपुरका मनक लामाको खोजी गरिरहेको छ । प्रहरीले उनीहरुको सो घटनामा संलग्नता हुन सक्ने जनाएको छ ।  पक्राउ परेका अन्सी राइन र एकलाल सहनी अहिले मुद्दा पुर्पक्षको क्रममा अदालतको आदेशद्वारा कारागारमा थुनामा छन् । 
घटना सम्बन्धि खुलेका तथ्यहरु
एकलाल सहनी यो केशमा फस्दैन्थ्यो होला । तर, चन्द्रदीप यादवले एकलाललाई भेटेर सुटर खोजिरहेको बताएका थिए । विरेन्द्रबजारको एक होटेलमा एकलाललाई चन्द्रदीपले बोलाएर जनकपुरमा एक जना व्यक्तिलाई गोली प्रहार गरी हत्या गर्नुछ एक जना सुटर खोजी देऊ भन्ने प्रस्ताव राखेको थियो । प्रहरी स्रोतका अनुसार एकलालले आफुसँग कुनै पनि सुटर नरहेको बताउँदै गर्दा उनी सँगै रहेका मनक लामाले सुपारी लिन स्वीकार ग¥यो । आफुलाई पैसाको अत्यन्तै जरुरी छ, भनेर मनकले बताएपछि हत्याका लागि चन्द्रदीपले मनकलाई रु.२ लाखको सुपारी दिएका थिए । यसरी डिल भईसकेपछि फेरी अर्को दिन विरेन्द्रबजारकै एक होटेलमा चन्द्रदीप, एकलाल, मनक, अन्सी र पवन लामा पाँच जनाले हत्याको योजना बनाई मनकलाई डिल भएअनुरुप चन्द्रदीपले रु. ५० हजार समेत पेश्की उपलब्ध गरायो । प्रहरी स्रोतका अनुसार मनकले पेश्की स्वरुप पाएको रु. ५० हजार मध्ये एकलाललाई मनकले रु. २५ हजार सापटी समेत त्यही बेला दिएको थियो । त्यहाँ सम्म पनि कुन व्यक्तिको हत्या गर्ने हो भन्ने नाम मनक सामु खुलाईएन । त्यहाँबाट घटनालाई अन्जाम दिन मनक लामा, पवन लामा र विजय कुसियैत जनकपुरमा आई रामा होटेलमा बास बसेको बताइएको छ । उक्त होटेलमा रामविनोद यादव अर्को एक व्यक्तिसँगै पुगेको र कसरी हत्या गर्ने तथा कुन ठाउँमा हत्या गर्ने भनि मनकलाई सुनाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । होटेलबाट कदम चौक स्थित पार्टी अफिसमा आई रामविनोदले तिनवटा मोटरसाईकलको व्यवस्था गरे । होलीका दिन घटना स्थलमा एउटा मोटरसाइकलमा मनक र पवन, अर्को मोटरसाईकलमा विजय र चन्द्रदीप तथा तेस्रो मोटरसाईकलमा रामविनोद यादव समेत आएका थिए । साइलेन्सर सहितको पेस्तोलले सिंघानियालाई टाउकोमा मनक लामाले गोली प्रहार गरेको अहिलेसम्मको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतको दावी छ । घटनाको धेरै समय पछि हत्यामा प्रयोग गरिएको रातो रंगको मोटरसाईकल प्रहरीले कदम चौक स्थित एक ग्यारेजबाट बरामद समेत गरेको थियो । प्रहरी स्रोतका अनुसार अनुसन्धान गर्दै जाँदा उक्त मोटरसाइकल संजय साहले नेतृत्व गरेको पार्टी कार्यालयको लागि प्रयोग हुने गथर््यो ।
प्रहरीलाई एकलालले दिएको जानकारी अनुसार मनक लामा धेरै गरिब परिवारमा जन्मिएकोले पैसा कमाउनका लागि मजबुरीमा आएर मान्छे हत्या गर्ने कामको लागि सुटरको काम गर्न थाल्यो । मनकको कामै भनेको सुपारी लिएर व्यक्तिको हत्या गर्नु रहेको बताइएको छ । अर्थात ऊ पेशेवर सुटर हो । एकलालको परिवार भने आर्थिक रुपमा सम्पन्न थियो । माओवादीको द्वन्दकालमा एकलालको बुवासँग माओवादीले चन्दा मागेको थियो । तर उसको बुवाले चन्दा दिन इन्कार गरेपछि करिब ४०÷५० जनाको समुहमा आएका माओवादीहरुले उसको बुवालाई आक्रमण गर्न खोज्दा एकलालले माओवादीहरुको प्रतिकार गरेको थियो । एकलालले बन्चरो लिएर माओवादीहरुलाई काट्न थालेपछि माओवादीहरु भागेको थियो । त्यसपछि माओवादीसँग बदला लिन र आफु पनि माओवादीको आक्रमणबाट बच्न एकलाल जनतान्त्रिक तराई मुक्ति मोर्चामा आवद्ध भई भुमिगत भएका थिए । एकातर्फ एकलाल जनतान्त्रिकमा थिए भने अर्को तर्फ उनी प्रहरीको लागि सुराकीको काम समेत गरि दोहोरो भुमिका निर्वाह गर्थे । प्रहरी स्रोतका अनुसार एकलाल धनुषाका तत्कालिन डिएसपी रुपकुमार न्यौपानेको सुराकी थिए । तर, एकलालले किनेको कार धनुषा प्रहरीले जफत गरेपछि एकलालले पनि सिंघानिया हत्याको अनुसन्धान गर्न जिम्मा पाएका डिएसपी न्यौपानेलाई समेत धोका दिएको प्रहरी स्रोतको दावी छ । एकलालले नेपाली नम्बर प्लेटको पेटूोल कार काठमाण्डौबाट किनेको थियो । तर जुन व्यक्तिबाट किनेको थियो त्यो व्यक्तिले नामसारी गराएको थिएन । त्यहीबेला धनुषा प्रहरीले उसको कार जफत गर्दा कारको कागज माग गर्दा एकलालले कागज दिन नसकेपछि कार बेच्ने व्यक्तिलाई लिएर आउन धनुषा प्रहरीले एकलाललाई भनेको थियो । तर, काठमाण्डौका त्यो व्यक्ति नआउँदा प्रहरीले उक्त कार जफत गरेको थियो ।   
सिंघानियाको हत्या पश्चात तराइ जनतान्त्रिक पार्टी मधेशका अध्यक्ष अर्जुन सिंह,जनतान्त्रिक मुक्ति मोर्चाका अध्यक्ष राजन मुक्तिले जिम्मेवारी लिएका थिए । ति दुवै जना अहिले पक्राउ परी विभिन्न कारागारमा छन् । प्रहरीका अनुसार ती दुवै जनाले हत्या गरेको थिएन तर पैसाका लागि हत्याको जिम्मेवारी लिएका थिए ।
घटनाको छानविन गर्नको लागी प्रहरी प्रधान कार्यालय अपराध अनुशन्धान महाशाखा काठमाडौका प्रहरी बरिष्ठ उपरिक्षक विजय कुमार भट्टको संयोजकत्वमा गठित तीन सदस्यीय अनुशन्धान टोली जनकपुर पुगेर घटनाको छानवीन शुरु गरे । उक्त टोलीले एक सय भन्दा बढी व्यक्ति सँग सोधपुछ गरेका थिए भने स्थानिय प्रहरीले दुइ दर्जन भन्दा बढी व्यक्तिलाई अनुसन्धानको क्रममा पक्राउ गरी पछि रिहा गरेका थिए । त्यसैगरी प्रहरी प्रधान कार्यालयले तत्कालिन डिएसपी रुपकुमार न्यौपानेको संयोजकत्वमा सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र झा समेतको टोली गठन गरेको थियो ।
चनरदिप पक्राउ परेपछि अब खुल्ला त रहस्य ?
सिंघानिया हत्याका विभिन्न अभियूक्तहरु मध्येको प्रमुख कडीको रुपमा रहेको चनरदिप नै पक्राउ परिसकेपछि हत्याका विभिन्न रहस्यहरुको विस्तारै पर्दाफास हुने भन्दै पत्रकार सम्मेलनमा उपस्थित भएका डिआईजी पशुपति उपाध्याय भन्छन,“ अहिले हामीले सिंघानिया हत्याको विषयमा पुर्णतः अनुसन्धान गरिसकेका छैनौं । हाम्रो प्राथमिकता भनेको सशस्त्र समुहका अध्यक्ष पक्राउ परिसकेपछि समुहमा बाँकी रहेका अन्य कोही फेरी पनि अध्यक्ष भई समुहलाई जिवन्तता दिनसक्ने हुनाले त्यस तर्फ अनुसन्धान बढाएको भएपनि सिंघानिया हत्यामा स्थानीय व्यवस्थापन देखि अन्य भुमिकामा कुन कुन व्यक्तिहरु थिए भन्ने कुराको पनि चाँडै पर्दाफास गरिनेछ ।”


२०७२ चैत्र २१ गते आईतबार

No comments:

Post a Comment