Wednesday, April 13, 2016

एमाले नेता योगनारायण यादव हत्या मुद्दामा सिरहा जेल चलान

दुर्गा प्रसाद साह र योगनारायण यादव अदालतको 
आदेशले सिरहा कारागार थुनामा चलान हुँदा ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
नेकपा एमालेका बैकल्पिक पोलिट व्यूरो सदस्य तथा जनकपुर अञ्चल इन्चार्ज योगनारायण यादवलाई जेल चलान गरिएको छ । सबैलाका राम सेवक राउतको हत्या र राम सागर साह सहित अन्य व्यक्तिहरुलाई कुटपिट गरी हत्या गर्ने प्रयास गरेको अभियोगमा धनुषा जिल्ला अदालतले पक्राउ परेका सबैला १ बस्ने योगनारायण यादव र धनुषाको झटियाही ४ बस्ने दुर्गा प्रसाद साहलाई मुद्दाको पुर्पक्ष गर्नको लागि सिरहा कारागारमा थुनामा पठाई अनुसन्धान गर्नु भनि आदेश गरिएको छ । न्यायाधीश डा.राजेन्द्र कुमार आचार्यको इजलाशबाट गरिएको आदेशानुसार अन्य बाँकी फरार प्रतिवादीको हकमा समेत तुरुन्तै वारेन्ट सहितको म्याद पुर्जी जारी गरी प्रतिवादीहरुलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन समेत आदेश गरिएको छ । मृतक राम सेवक राउतकी श्रीमति सिकिल देवी गडेरी र सोही गाउँका श्याम किशोर साह समेतको जाहेरीले नेपाल सरकारवादी रहेको उक्त मुद्दामा योगनारायण जेल चलान भएका हुन ।
चैत्र ८ गते मोर्चा पक्षका मानिसहरु भेला भई छलफल गरिरहेको बेलामा योगनारायण यादव आफैले बचन दिई आफु समेत सरिक भई विभिन्न व्यक्तिहरु किटान गरिएकाहरुले  लाठी, चिरपट, रड, ढुङ्गा समेत लिई अन्धाधुन्ध प्रहार गर्न लाग्दा म लगायत छलफलमा बसेका जाहेरी प्रमाण खण्डका साक्षीहरु मृतक राम सेवक राउत तथा राम सागर साह समेत घाइते भएकोमा राम सेवक राउत र राम सेवक राउतको अवस्था गम्भीर रहेकोले प्रहरी समेतको सहयोगमा उपचारको लागि जनकपुर लगेकोमा उपचार हुन नसकी थप उपचारको लागि काठमाण्डौ लाने क्रममा राम सेवक राउतको मृत्यु भएको तथा राम सेवक राउतको आइसियूमा काठमाण्डौमा उपचार भएको थियो भने अन्य घाइतेहरु उपचार पछि घर फर्किएका थिए भन्ने व्यहोरा जाहेरीमा उल्लेख छ ।
घटनाका कारक तत्वहरु
उक्त घटना हुनु पछाडीको कारक तत्वहरु मध्ये मुख्यतः दुईवटा कारक तत्व रहेको अदालतले ठहर गरेको देखिन्छ । पहिलो कारक तत्वमा धनुषाको सबैला ९ तथा हाल सबैला ३ मा रहेको रुद्रेश्वरानन्द प्रधानाङ्गको करिब २ विघा १० कठ्ठा जग्गा रहेको देखिन्छ । २०४६ साल तिर प्रधानाङ गाउँ छाडी काठमाण्डौ गई त्यही बस्न लागेकोमा प्रतिवादी योगनारायण यादवले सो जग्गा लिएको भन्ने देखाइएको छ । भने अर्को तर्फ सो जग्गा सार्वजनिक हो भन्ने स्थानीयहरुको भनाई रहेको देखिन्छ । यसै बीच २०७० साल चैत्र महिनामा सो जग्गा प्लटिङ गरि एक सय जति पिलर जाडिएपछि गाउँका मानिसहरुले प्रतिकारको लागि स्थानीय मानिसहरुले मोर्चा बनाएको भने देखिन्छ । योगनारायण यादव लगायतका मानिसहरुले अर्को गुट बनाई बसेको देखिन्छ । मोर्चामा बसेको व्यक्तिहरुले प्लटिङ गरिरहेको स्थानमा गई पिलरहरु उखेरी फालिदिएको कारण योगनारायण यादवको पक्ष एक तर्फ र स्थानीय नागरिकहरुको मोर्चा अर्को पक्षमा रही दुई धारबाट प्रतिस्पर्धा रहेको भन्ने देखिन्छ । यसै क्रममा मिति २०७१ साल कार्तिक महिनामा सो जग्गाको अधिकृत वारेसनामा बनाई विक्री गर्न खोज्दा स्थानीय मानिसहरुले थाहा पाई मोर्चाको तर्फबाट राम बली साह, तेजनारायण यादव, कारी राम यादव, प्रदिप यादव, हरिनारायण यादव, राम सेवक गडेरी समेतले अदालतमा मुद्दा गरेको देखिन्छ । त्यसैगरी अर्को दोस्रो कारक तत्वमा सबैला नगरपालिका वडा नम्बर १ स्थितमा रहेको मदन आश्रित निम्न माध्यमिक विद्यालय सबैलामा पुर्व विद्यालय व्यवस्थापन समितिको चुनाव गर्ने भन्ने विषयमा हुन गएको मतभेद रहेको भन्ने निष्कर्ष अदालतको हो ।
त्यसैगरी मौकामा पक्राउ परेका प्रतिवादीहरु महेन्द्र यादव, महेश यादव, राम विहारी यादव भन्ने लाल विहारी यादवले अनुसन्धानको क्रममा गरेको बयान हेर्दा २०७१ साल चैत्र ८ गतेको दिन विद्यालयको प्रअ राम पुकार गामीले अभिभावक भेलाको आयोजना गरेको थियो । सो भेलामा पक्ष विपक्षबाट अर्थात योगनारायणको पक्षबाट फिरण साह, ज्ञानी साह समेतका ६÷७ जना र मोर्चा पक्षका राम सागर साह, उमेश साह, शैलेन्द्र साह, रामदेव ठाकुर समेतका ५÷६ जना गरी १२÷१३ जना उम्मेदवार भएकाले बढी उम्मेदवार भएका कारण कुरा नमिलेकोले अध्यक्ष पदको उम्मेदवारले रु. २५ हजार र सदस्य पक्षको उम्मेदवारले रु.१५ हजार विद्यालय खातामा जम्मा गरेको भौचर समेत चैत्र ९ गते पेश गरेकोमा मात्र उम्मेदवारी दर्ता हुने र चैत्र २५ गते चुनाव हुने निर्णय भएर छलफल समाप्त भयो । त्यस पश्चात आफ्नो तर्फबाट १÷१ उम्मेदवार राख्नको लागि योगनारायणको तर्फबाट निजकै घरमा र मोर्चाको तर्फबाट रामदेव ठाकुरको घरमा बैठक बस्ने कुरा भएकोमा योगनारायण यादव, महेन्द्र यादव, महेश यादव, राम विहारी यादव, जगदीश यादव, बुद्धेश्वर यादव, रामबाबु यादव, लक्ष्मण यादव, राजदेव यादव, प्रदिप यादव, सिताशरण यादव, लक्ष्मीनारायण यादव, लालविहारी यादव, झोपे यादव, राम विलाश यादव, जगदीश राउत,महेन्द्र यादव, जिवछ यादव, दुर्गा प्रसाद साह, देवनारायण मण्डल, देवशरण यादव, अक्षयलाल महत्तो, पुष्प नारायण यादव र देवन यादव समेतका व्यक्तिहरुलाई योगनारायणले बोलाई छलफल राख्दा मोर्चा पक्षका मानिसले हाम्रो विभिन्न कामहरुमा बाधा अवरोध गरेका हुँदा ठिक गर्नु पर्छ भन्ने कुरा हुँदा सबै जना योगनारायणको नेतृत्वमा गरी वारदात घटाएको भन्ने देखिनुका साथै सह प्रतिवादी महेन्द्र यादव र योगनारायण यादव दाजु भाई समेत रहेको अदालतले पाएको छ ।
यसका साथै अनुसन्धानको क्रममा संकलन गरिएका कागजातहरु प्रमाण लाग्ने भनि अदालतले प्रमाणको रुपमा ती कागजातहरुलाई लिएको देखिन्छ । यसका साथै तथ्यगत जानकारीका लागि अदालतले विभिन्न समाचार पत्रहरुलाई समेत अवलोकन गरेको पाइन्छ ।
घटना वारदात भएको दिन योगनारायण यादव घटना स्थलमा नरहि २०७१ साल चैत्र ८ गतेका दिन महोत्तरी जिल्लाको क्षेत्र नम्बर ५ अन्तरगत बसविट्टी भन्ने गाउँको टेङगार टोलमा कार्यकर्ता भेलाको कार्यक्रममा जनकपुर अञ्चल इन्चार्जका साथ साथै महोत्तरी जिल्लाको पनि इन्चार्ज रहेका कारण उक्त भेला सम्बोधन गर्नका लागि विहानै जनकपुरको घरबाट त्यस तर्फ लागि करिब विहान ८ बजेको समयमा त्यहाँ पुगेकोमा आफु पहिले देखि नै ब्लड पे्रसर तथा सुगरको प्यासेन्ट भएको र एक बर्ष पहिले किड्नीको पनि अप्रेशन भएकाले विमारीले च्यापी अन्दाजी साढे ८ बजे तिर त्यही फेन्ट भएका कारण त्यहाँ भेला भएका साथीहरुले आफुलाई महोत्तरी जिल्लाको जलेश्वर अस्पतालमा भर्ना गराएको र उक्त दिन र रात अस्पतालमा बसी भोली पल्ट विहान ९ बजे करिब ११÷१२ बजे तिर डिस्चार्ज भई जनकपुर आएको तर्क राख्दै आफु घटना भएको दिन हुँदै नभएको बेलामा आफुलाई लगाइएको मुद्दा झुठा हो भन्दै उनले प्रस्तुत गरेको इमरजेन्सी काउन्टरको बिल समेत अदालतले अवलोकन गरेको देखिन्छ ।
तर, त्यसैगरी जाहेरवाला तर्फका कानुन व्यवसायीहरुले प्रतिवादी योगनारायण यादवले पेश गरेको जस्तो अस्पतालको कागजात जहाँ पनि जुन सुकै समयमा पनि बनाउन सकिन्छ भनि परिक्षणको रुपमा भन्दै हिरासतको अवधिमा रहेका प्रतिवादी योगनारायण यादवको नाउँको मिति २०७२ चैत्र २३ गतेको सि.नं.१५५३९ जनकपुर अञ्चल अस्पताल जनकपुरको इमरजेन्सी टिकट बहसको क्रममा अन्यथा नहुने गरी भन्दै प्रस्तुत भएको थियो । यसरी दुवै कागजातलाई इजलासले प्रमाणको रुपमा भन्दा पनि नेपालको न्याय प्रणालीको रुपमा देखिएको एक प्रक्रियाको रुपमा असंगत तथ्यको मात्र अवलोकन गरेको आदेश छ । त्यसैगरी चैत्र ८ गते विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्यहरुको उम्मेदवारीको विषयमा मोर्चा पक्षको वैठक रामदेव ठाकुरको घरमा भईरहेको अवस्थामा योगनारायण यादवको पक्षबाट हमला हुँदा गम्भीर घाइते भएका मोर्चा पक्षका राम सागर साह र राम सेवक राउत गडेरीको अवस्था चिन्ताजनक छ निज घाइतेहरुको मृत्यु हुने सम्भावना प्रवल छ भन्ने सूचना पाई सोही घटनाको काउन्टर व्यालेन्सका लागि योगनारायण यादव पक्षका मानिसहरुले सोही राति योगनारायण यादवको घरमा निजसमेत बसी योजना बनाई राम प्रगास यादवकै मन मिल्ने भगवान बाबु साह कल्वार र जगदीश यादवले नै छलफलको लागि योगनारायण यादवको घरमा जानु पर्यो भनि राम प्रगास यादवलाई बोलाएर ल्याई चारनाथ खोलाको डिलमा पुर्व योजना बमोजिम सबै जना प्रतिवादीहरु उपस्थित रहि खुनिया भन्ने खुलेका खुनिया भन्ने राम बाबु यादव माथि सजायको माग दावी र राम प्रगास यादवको हत्या गर्न योजना बनाई मृतक लाई प्रतिवादी योगनारायण यादवको बारीसम्म ल्याई लगाउन लगाई बारदात स्थल चारनाथ खोलामा डिलमा पुर्याइ वारदात स्थलमा आफुहरु पनि उपस्थित भई प्रतिवादी खुनिया भन्ने रामबाबु  यादवलाई मृतक राम प्रगास यादवलाई मार्न लगाउने चुरीबाला भन्ने रामबाबु कलवार योगनारायण यादव लगायतका व्यक्तिहरु माथि ज्यान सम्बन्धि महलको विभिन्न धाराहरु बमोजिम अभियोग माग दावी लिएको पाइएको छ ।
त्यसैगरी उक्त मुद्दाको अनुसन्धानको लागि प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईको संयोजकत्वमा विशेष अनुसन्धान बोर्ड गठन भएको देखिन्छ । उक्त बोर्डले अनुसन्धान ग री आफ्नो राय प्रतिवेदन समेत प्रस्तुत गरेको पाइन्छ । उक्त प्रतिवेदन हेर्दा काउन्टर व्यालेन्सका लागि योगनारायण यादव लगायतले आफ्नै घरमा बसी योजना बनाई छलफलको लागि योगनारायण यादवको घरमा जानु पर्यो भनि बोलाएर भनि आफ्नै पक्षको प्यारालाइसिसको विरामी राम प्रगास यादवको करिब १ बजे विहानको समयमा गोली हानी हत्या गरी दोस्रो घटना समेत घटाएको तथ्य स्पष्ट हुन आएको भनि उल्लेख गरिएको छ । यसरी विभिन्न कानुन व्यवसायीहरुद्वारा विश्लेषण गरिएका आधार कारण तथा तत्काल प्राप्त प्रमाणको आधारमा प्रतिवादी योगनारायणको नेतृत्वमा निज समेत सरिक भई बचन दिई सह प्रतिवादी दुर्गा प्रसाद साह समेतको उपस्थितमा विभिन्न निर्वाह गरी प्रस्तुत वारदात गरेको गराएको भनि मान्नु पर्ने अवस्था देखिन आयो । यस अवसथामा प्रतिवादी योगनारायण यादव र दुर्गा प्रसाद साहलाई अदालति बन्दोवस्तको ११८ को देहाय २ बमोजिम प्रस्तुत मुद्दाको पुर्पक्षको लागि थुनामा राख्नुपर्ने अवस्था देखिँदा पछि ठहरे बमोजिम हुने गरी हाल मुद्दा पुर्पक्षको लागि थुनामा राख्नु भनि अदालतले आदेश गरेको छ ।


२०७२ चैत्र २८ गते आईतबार

No comments:

Post a Comment