Tuesday, July 28, 2015

बच्चालाई प्रहरीले एक थप्पड पनि हानेको छैन प्रहरीले लखेट्दा आफै लडेर घाइते भएको हो ः डिएसपी प्रसाई

कृष्ण प्रसाई, प्रहरी नायव उपरीक्षक, धनुषा ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............


धनुषाको ७ वटै निर्वाचन क्षेत्रमा संविधानको प्रारम्भिक मस्यौदामा सुझाव दिने कार्यक्रम थियो । सुरक्षाका लागि तिनवटै निकाय परिचालित भएको थियो । मेरो कमाण्डमा निर्वाचन क्षेत्र नम्बर ४ अन्तरगत जनकपुर उद्योग बाणिज्य संघको सुरक्षा जिम्मा दिइएको थियो । ४ गते ११ बजेबाट राय सुझाव लिने कार्यक्रम तय गरिएको थियो । तर, सुरक्षा व्यवस्था मिलाउनको लागि म आफ्नै कमाण्डमा ९ बजे तिर ड्यूटीमा गएँ । आधा घण्टा पछि विद्रोही समुहका नेता तथा कार्यकर्ताहरुको करिब एक डेढ सय जनाको संख्यामा झुन्डहरु आउन थाले । 

    ३ जना सभाषदहरु लिला कोइराला, मिनाक्षी झा र प्रमिला दास हल भित्र प्रवेश गरिसक्नुभएको थियो । बाहिर विद्रोहीहरुले नाराबाजी गर्न थाले । गाली गलौज गर्न थाले । अनि मैले तपाईहरु मध्ये ४÷५ जना नेताहरु भित्र जानुस र आफ्नो कुरा राख्नुस भन्दा उनीहरुले कि त सबै जना जान दिनु पर्यो नत्र कोही जाँदैनन् भनेर जवाफ दिए । अनि मैले आफ्नो माथिल्लो निकायमा भित्र र बाहिरको परिस्थितिबारे अवगत गराएँ । यता भाग लिने मान्छे कोही पनि आएका थिएनन् । 

    सबै विथोल्ने नै थिए । आधा घण्टासम्म नारावाजी गरिसकेपछि प्रदर्शनकारीहरुले हाम्रो सुरक्षा घेरा तोड्न थाले । अनि यसो नगर्नु भनेर भन्दा तपाईको काम तपाई गर्नुस हाम्रो काम हामी गर्छौं, जवाफ दिए । हैन मुठभेड नगर्नुस, कमाण्ड कन्टूोलमा तल माथि हुन सक्छ भन्दा पनि मानेनन् । अनि मैले सिडिओ साहेवलाई व्रिफ गरें । बल प्रयोगको सिद्धान्तमा जानुस भनेर सिडिओ साहेवले केही छिनमा भन्नु भयो । यता तिर प्रदर्शनकारीहरुले पर्खाल तोड्न थालेका थिए । छिर्न दिने कुरै आएन, बल प्रयोग गर्नुस भनेर सिडिओ साहेवले आदेश दिनु भयो । अब गाह्रो छ, कृपया तपाईहरु गई दिनुस भनेर भन्दा पनि मानेनन् । अब लाठी हान दिन्छु भनेर तर्साउन खोज्दा उनीहरु आफै भुईमा लडिदिए । अनि फेरी सिडिओ साहेवलाई सोधे । त्यसपछि लाठी चार्ज देखि अश्रु ग्याससम्म फायर गरियो । लाठी चार्ज गरेर भिड हटाइयो तर सेकेन्ड नवित्दै चारै तिरबाट प्रहरी माथि ढुङ्गा बर्षियो । नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करिब १ सय जना जति थियौं । ४०÷५० जना व्याकप फोर्स मगाइयो । अर्को तर्फ एसपी साहेव, सिडिओ साहेव छलफल गर्न थाल्नु भयो । 

    फेरी अर्को नेताहरुको टोली उद्योग बाणिज्य संघमा आयो । अनि कार्यक्रम स्थगित गर्नु पर्यो । सभाषदहरुलाई, कर्मचारीहरुलाई घर घरमा छोड्नु पर्यो । ३÷४ बजिसकेको थियो । फेरी ढुङ्गा बर्षियो । बाटो क्लियर गर्दै गइयो । सभाषद रामकृष्ण यादव, लिला कोइराला र आनन्द ढुङ्गानालाई ढुङ्गा हान्न थालियो । जे होस सेक्यूरिटी दिएर उहाँहरुलाई घर छाडियो ।
भोली पल्ट ५ गते हामी ट्रुपमा बस्यौं । विहानसम्म केही भएको थिएन । 

    प्रहरी निरीक्षक गणेश बरालको कमाण्डमा ३०÷३५ जना सुरक्षाकर्मीहरु परिचालित भएको थियो । एक्कासी राम चौक, जनक चौक र शिव चौक गरी तीनै तिरबाट ढुङ्गा हान्न थालियो । भर्सक एउटा ढुङ्गा लागोस बरु व्याक हुने भनेर सेटमा भनियो । पुलिस व्याक भएर भैरव चौक आयो । यता पुलिस व्याक हुँदै थियो अर्को तर्फ त्यही ढुङ्गा हान्ने टोली जानकी चौकीमा आक्रमण गर्न गए । चौकी भित्रै छिर्न थाल्यो भनेर खबर आएपछि बल प्रयोग गरेर उनीहरुलाई हटाइयो । म र एसपी साहेव फेरी त्यहाँ गएँ । त्यहाँबाट हामीले ९ जनालाई पक्रियौं । त्यसपछि आन्दोलन फिर्ता गर्छौं भनेर भनेपछि पक्रिएका ९ जनालाई जिल्ला प्रशासन कार्यालयमा नेताहरुको जिम्मा लगाएर हामीले छोडेका थियौं । छोडेको १ घण्टा पछि प्रदर्शनकारीहरुले जानकी प्रहरी चौकीलाई टार्गेट बनाए । ४÷५ पटक ढुङ्गा हाना हान भयो । चौकी भरी ढुङ्गा छयाप छयाप्ती थियो । त्यहाँ चौकीको प्रहरी टोली मात्र थियो । साँझको ५ बजिसकेको थियो । पेटूोल बम प्रहार गरियो । चौकीको बोर्ड समेत हटाइ दिए । अनि म र एसपी साहेव त्यहाँ पुग्यौं । र, अवस्थालाई साम्य बनायौं ।

    ४ गते मेरो कमाण्डमा रहेको टोलीले एक राउण्ड पनि अश्रु ग्यास प्रहार गरेनन् । उद्योग बाणिज्य संघ अगाडी लाठी चार्ज गरिएको हो । खुट्टामा लाठी प्रहार गर्न खोज्दा प्रदर्शनकारीहरु भुईमा सुत्न थालेपछि टाउकोमा लागेको हो । भानु चौक र शिव चौकको बीचमा रहेको विभिन्न प्रहरीको टोलीले करिब २ दर्जन जति अश्रु ग्यास हानेको हो ।

    ५ गते अवस्था सामान्य नै थियो । तर, प्रदर्शनकारीहरुले फेरी जानकी प्रहरी चौकीलाई निशाना बनाए । घाइते भएको बालक दिनेश साहलाई प्रहरीले हानेको होइन । जानकी प्रहरी चौकीमा प्रदर्शनकारीहरुले घेराबन्दी गरेर आक्रमण गरिरहेका थिए । हामीलाई खबर आएपछि म र एसपी साहेव दुवै जना पुगेका थियौं । लब्ली मोडमा त्यो बच्चा लडेको मैले देखें । बच्चालाई एउटा महिलाले पानी खुवाईरहेको थियो । बच्चा घाइते भएपछि प्रदर्शनकारीहरुले पनि ढुङ्गा बर्षाउन छोड्यो । फाटफुट बर्षियो । 

    त्यसपछि बच्चालाई अस्पताल पठाइयो । के भएको हो भन्ने कुरा त्यहाँ खटिने कमाण्डसँग बुझ्दा बच्चालाई प्रहरीले लखेटेको भन्ने कुरा सत्य हो । तर, कुटेको भने होइन । लखेट्दा आफै लडेको हो । त्यहाँका कमाण्ड सम्हालिरहेका प्रहरी निरीक्षक सुभाष खड्काका अनुसार ढुङ्गा हानाहान भईरहेको अवस्थामा बच्चा अचानक आयो र आएपछि प्रहरीले लखेट्दा लडेर मुख काटियो । प्रहरीले बच्चालाई एक थप्पड पनि हानेको छैन ।     अनि ढुङ्गामुढा गरिरहेका ९ जना प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिइयो । अन्डर ऐजभएका बालकहरुलाई तत्कालै छाडियोे । र बाँकी रहेकाहरुलाई भोली पल्ट अर्थात ६ गते अभिभावकको जिम्मा लगाएर छाडिएको हो । प्रदर्शनकारीहरुले जनक चौकको टूाफिक विट, पार्किङ, नोपार्किङका सबै साइन बोर्डहरु तोडफोड गरेका छन् । जानकी प्रहरी चौकीको ऐना तोडियो । ५ गते धनुषाधाम र बेश ढल्केवरका दुई वटा गाडीहरुमा प्रदर्शनकारीहरुले छतबाट शिशा फुटाए ।  (द एक्सक्लुसिभसँगको कुराकानीमा आधारित)


२०७२ श्रावण १० गते आईतबार

1 comment:

  1. Yo sp ko bhanai bataa ma sahmat chaina kina kii koi mancha afai jharda koma Jana sakdaina.......ahila to nirdos baccha ko hos pani aako chaina....SP sahab afu bachna lai tysto nautanki gardai cha.......akhir khasbadi na hoo.....kanun bhanako sabai lai hoo.....

    ReplyDelete