Tuesday, July 28, 2015

दोषीमाथि कारबाहीको माग गर्दै ज्ञापन


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

दुई दिने जनकपुर बन्दको क्रममा दमन गराउने प्रहरी नायब उपरिक्षक कृष्ण प्रसाई र प्रहरी निरिक्षक निरंजन थापामाथि कारबाहीको माग गर्दै युवा संघसंगठनहरुले बुधबार जिल्ला प्रशासन कार्यालयमार्पmत प्रधानमन्त्री सुशिल कोइरालालाई ज्ञापनपत्र बुझाएको छ । बुधबार दिउँसो जिल्ला प्रशासन कार्यालय धनुषा पुगेको युवा संघसंगठनका अगुवाहरुले प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीमार्पmत प्रधानमन्त्री सुशिल कोइरालालाई ज्ञापनपत्र बुझाएको हो ।

संविधानको प्रारम्भिक मस्यौदामा राय(सुझाव संकलनको विरोधमा आव्हान गरिएको दुई दिने बन्दको क्रममा डिएसपी प्रसाई र र प्रहरी निरिक्षक थापाले प्रदर्शनकारी तथा बालबालिकामाथि दमन गर्न लगाएको आरोप युवा अगुवाहरुले लगाएका छन् । 

डिएसपी प्रसाइ र प्रहरी निरिक्षक थापाको निर्देशनमा प्रदर्शनकारी, पत्रकार, बालबालिकाहरुलाई प्रहरीले निर्ममतापूर्वक लाठीचार्ज गरेको थियो । डिएसपी प्रसाई र प्रहरी निरिक्षक थापाको भूमिका आन्दोलनमा दमनकारी रहेको बताउदै युवा अगुवाहरुले कडाभन्दा कडा कारबाहीको माग गरेका छन् । कारबाही नभए डीएसपी प्रसाई र प्रहरी निरिक्षक थापामाथि कारबाही नभए आन्दोलनमा उत्रिने चेतावनी युवा अगुवाहरुले दिएका छन् । निर्वाचन क्षेत्र नम्बर(४ को राय(सुझाव संकलन स्थल जनकपुर उद्योग वाणिज्य संघमा विरोध गर्न गएका प्रदर्शनकारी, मधेशवादी दलका नेता, कार्यकर्ता, बालकमाथि उनी दुवै जनाले निर्ममतापूर्वक लाठी चार्ज गराएको घटनाको युवा अगुवाहरुले कडा विरोध गरेको छ । 

महावीर युवा कमिटीका अध्यक्ष धर्मेन्द्र साह, राम युवा कमिटीका अध्यक्ष राबाबु साह, गणेश युवा कमिटीका अध्यक्ष राजेश भण्डारी, रामजानकी युवा कमिटीका अध्यक्ष गणेश साह, जनक युवा क्लवका महासचिव संतोष कुमार राय, जनकपुर जेसिजका निवर्तमान अध्यक्ष शंकर प्रसाद साह, मधेश अधिकार संघर्ष समितिका शैलेन्द्र सिंह, समाजवादी विद्यार्थी संघका रामविनेश साह, तराई मधेश युवा फ्रन्टका केन्द्रिय सदस्य मो. सलामत राईन, मो. जानी साफी, राष्टिूय मधेश समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष सुमनकान्त ठाकुर, समाजवादी विद्यार्थी संघका अध्यक्ष ज्ञानेन्द्र झा, जिल्ला अध्यक्ष हिरेन्द्र विक्रम अधिकारी, राजदेवी युवा कमिटीका अध्यक्ष श्याम किशोर मण्डल, मास संयोजक सरोज मिश्र, कृष्ण युवा क्लका अध्यक्ष दिपेन्द्र कुमार साह र नरसिंह युवा क्लवका सचिव धर्मेन्द्र प्रसाद सिंह लगायतले ज्ञापन पत्र बुझाएका छन् ।


२०७२ श्रावण १० गते आईतबार

No comments:

Post a Comment