Tuesday, July 28, 2015

मलाई न्याय चाहियो ः पत्रकार महत्तो

प्रहरीको कुटाईबाट घाइते भएका पत्रकार शैलेन्द्र महत्तो 
जनकपुर अञ्चल अस्पतालमा उपचार गराउँदै ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

साउन ४ गते सोमबार समाचार संकलनको क्रममा म माथि प्रहरीहरुले गरेको निर्घात कुटपीटले निकै दुःखी र अश्चर्य चकित छु । सोमबार दिउँसो अढाई बेजेको समयमा प्रहरी र प्रदर्शनकारी बीच ढुंगामुढा हानाहान भईरहेको बेला म त्यहीँ फोटो खिच्दिै र बेला बेला रेडियोमा लाईभ गर्दै थिएँ । उपमहानगरपालिका कार्यालय अगाडी गल्लीमा सर्वसाधारणहरु हेर्दै थिए की त्यतिकैमा प्रहरीहरुको एक हुलले उनीहरुलाई कुट्दै लखेट्न थाले । म पनि प्रहरीहरुको पछि पछि फोटो खिच्दै जान थालें । 

    त्यतिकैमा हेरें, एक जना सर्वसाधारणलाई प्रहरीले चौतर्फी घेराहालेर कुट्न खोजेका थिए । म नगरपालिकाको गेट अगाडी फोटो खिच्ने तरखरमा थिएँ । त्यतिकैमा त्यहाँ ईन्सपेक्टर निरन्जन थापाको कमाण्डमा रहेका २० जना प्रहरीहरु जम्मा भईसकेका थिए । उनीहरुले मलाई एक्लै हेरेर हान सालेलाई हान, फोटो खिच्दैछ भन्दै धमाधम गाईगोरु जस्तै कुट्न थाले । म जसोतसो त्यहाँबाट भाग्दै ज्यान बचाउन खोजें ।
नगरपालिकाको गेटदेखि उद्योगबाणिज्यसंघको गेट सम्म पुग्दा बाटोमा जति पनि प्रहरीहरु थिए सबैले एक दुई लठी निर्मम ढंगले शरीरको विभिन्न भागमा प्रहार गर्दै ,केहि प्रहरीहरु पछिबाट लखेटदै कुट्दै त्यहाँसम्म पुगका थिए । उद्योगबाणिज्य संघको मुलगेट अगाडी व्यापक मात्रामा प्रहरीहरु परिचालन भएको थियो । 

त्यहाँ धनुषाका प्रहरी उपरीक्षक (एसपी) गणेश बहादुर थापा र प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण प्रसाई समेत हुनु हुन्थ्यो । मलाई प्रहरीले लखेट्दै भाग्दै आएको देखेर डीएसपी कृष्ण प्रसाईले आफनो नियन्त्रणमा लिनु भो । उहाँले नियन्त्रणमा लिँदा पनि तीन÷चार जना प्रहरीले गाली गर्दै तीन चार लठ्ठी हिर्काई दियो । केहि प्रहरीले यसलाई भित्र लग्नु परयो भन्दै मलाई उद्योग बाणिज्य संघमा लगेर मरनासन्न हुने गरी कुटपीट गर्ने दाउमा थियो । म जान मानिनँ । मैले केही गरेको छैन भनेर हार गुहार पनि लगाएँ । त्यतिकैमा एसपी गणेश बहादुर थापाले तैंले प्रहरीलाई ढुंगा हानेको हो भन्दै थर्काउन थाले । मैले केहि पनि गरेको छँुईन भन्दापनि उहाँले जोडले म माथि कराउन थाल्नु भयो ।

त्यसपछि मलाई भित्र सभाहलमा लग्ने प्रयास गरे । गेट नजिकै एसपी र डीएसपी दुवै जनाले मलाई आफ्नो नियन्त्रण राख्दा पनि केहि प्रहरीहरुले लाठीको हुडले मलाई जिउमा घोचि राखेका थिए । गाली गरि रहेका थिए । मलाई होस हावास नै उडेको थियो । आफ्नो कोहि सहकर्मीहरु साथीहरु नदेख्दा । उनीहरु मलाई भित्र लगेर रामधुलाई गर्ने योजनामा थियो । त्यहाँ आफ्नो कोहि पनि सञ्चारकर्र्मी साथीहरु थिएनन् । म आतिएको थिएँ । त्यतिकैमा धनुषाका ईन्सेक प्रतिनिधी विनोद महराले मलाई हेर्नु भयो । उहाँ संघको भित्रमै हुनु हुन्थ्यो । मलाई हेर्ने बितिकै के भयो भाई भन्दै उहाँ आउनु भयो । 

    त्यसपछि केहि पत्रकार साथीहरु आएपछि एसपी र डीएसपी सहित प्रहरीहरु मौन भएका थिए । र, बल्ल तल्ल बाँच्न सफल भएँ । म उज्यालो ९० नेटवर्कको प्रेसको डूेस लगाएको थिएँ । परिचय पत्र झुण्ड्याएको थिएँ । परिचय पत्र प्रहरीले पहिले नै भाँचेर फ्यालदिएका थिए । सबैले चिन्छन पनि, पत्रकार हो भनेर । तर पनि प्रहरीहरुले जसरी ममाथि निर्ममतापूर्वक व्यवहार प्रदर्शन गर्याे र एसपी डीएसपीको नियन्त्रणमा हुँदा पनि जुन किसीमले प्रहरीहरुले बरबरता देखायो यसले मरो मन भित्र शंका के उब्जेको छ भने उनीहरुले सुनियोजित रुपमा नै ममाथि आक्रमण गरेका छन् ।

     आक्रमणमा मलाई टाउकोदेखि पैतालासम्म २५÷३० लाठी लागेको छ । जिउभरी डामहरु छन् । जनकपुर अञ्चल अस्पतालमा समान्य उपचारपछि रेस्टमा छु । औषधी खाँदै छु । अवस्था समान्य छ । मलाई न्याय चाहियो । मलाई आक्रमण गर्ने प्रहरी र त्यसका चेन अफ कमाण्डलाई कारवाही हुनुपर्यो । (द एक्सक्लुसिभसँगको कुराकानीमा आधारित)


२०७२ श्रावण १० गते आईतबार

No comments:

Post a Comment