Tuesday, July 28, 2015

प्रहरीले कुरा गर्न बोलाएर कुट्यो ः मास संयोजक मिश्र

प्रहरीको कुटाईबाट घाइते भएका मधेस अधिकार संघर्ष समिति
 मासका संयोजक सरोज मिश्र जनकपुर अञ्चल अस्पतालमा 
उपचार गराउँदाको अवस्था ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

प्रधानमन्त्री सुशिल कोइराला जनकपुरको राम टावर उदघाटन गर्न आउने पुर्व निर्धारित कार्यक्रममा हामीले कालो झण्डा देखाएर विरोध प्रदर्शन गर्ने मधेस अधिकार संघर्ष समितिको पुर्व निर्धारित कार्यक्रम थियो । त्यो कार्यक्रम गर्नु भन्दा अगाडी पनि मलाई सुरक्षा अधिकारीहरुबाट त्यसो काम नगर्न भनेर थ्रेट आएको थियो । तर, हाम्रो पुर्व निर्धारित कार्यक्रम हो, हामी कालो झण्डा देखाउँछौं भनेर मैले जवाफ दिएँ । कडा सुरक्षा यहाँ सम्म कि नेपाली सेना समेत परिचालन भएको अवस्थामा प्रधानमन्त्री कोइरालालाई कालो झण्डा देखाउन सफल भयौं । 

    मलाई के लाग्छ भने त्यही दिन देखि म सुरक्षा निकायहरुको टार्गेटमा थिएँ । तर पनि मधेसको अधिकारका लागि हामी अगाडी वढेको अवस्थामा व्याक हुने कुरै भएन । अनि हामीले दोस्रो चरणको कार्यक्रम अन्तरगत ४ र ५ गते दुई दिने जनकपुर बन्द आह्वान ग¥यौं । ४ गते विहान बन्द सफल गराउन हामी जुलुस निकाल्दा पनि मलाई धेरै टर्चरहरु आयो । प्रहरीका घुमुवाहरुले प्रत्येक घण्टामा ४÷५ पटक फोन गरेर कार्यक्रमको बारेमा सोधपुछ गर्ने, मानसिक यातना दिने जस्ता कामहरु गरे । 

    बजार बन्द गराईसकेपछि हामीलाई उद्योग बाणिज्य संघ जानु थियो । किनभने मस्यौदा माथि छलफल गर्नको लागि हामीलाई आमन्त्रण गरिएको थियो । तर, त्यहाँ पुग्दा के दृष्य देखियो भने संविधानको मस्यौदामा छलफल गर्न आएका सभाषदका टोलीलाई हलमा राखेर सुरक्षा प्रदान गरिएको थियो भने बाहिर सबैजनालाई प्रवेशबाट निषेध गरिएको थियो । जबकी अन्तरक्रिया कार्यक्रम थियो । सबैलाई जान दिनुपर्ने थियो । तर, सुरक्षा घेराका कारण कसैलाई पनि प्रवेश गर्न दिइएको थिएन । 

    जनतालाई राय सुझाव दिन बोलाएको अवस्थामा प्रवेश गर्न नदिएपछि आक्रोशित मानिसहरु प्रहरी प्रशासन विरुद्ध नाराबाजी गर्न थाले । नागरिक समाज, राजनीतिक दल, बुद्धिजिवी, पत्रकार लगायत सरोकारवाला निकायहरुसँग अन्तरक्रिया गरी राय लिनुपर्ने कार्यक्रम हुँदा हुँदै कसैलाई प्रवेश दिइएको थिएन । हामीलाई जान दिनुपर्यो, आफ्नो कुरा राख्न दिनुपर्यो भनेर मैले त्यहाँको प्रशासनिक निकायका मानिसहरुलाई भनेपनि हैन तपाईहरुलाई जान निषेध छ, जान पाउनु हुन्न भनेर भने । अर्को तिर अन्य राजनीतिक दलका मानिसहरुले पनि विरोध गरिरहेका थिए । नारावाजी गरिरहेका थिए । 

    समानुपातिक सभाषदहरु माधवी रानी साह, डा. विजय कुमार सिंह लगायतलाई समेत प्रवेश गर्न दिइएको थिएन । महिलाहरुसँग पनि दुरव्यवहार भईरहेको थियो । अनि प्रहरीको इन्टेन्शन नराम्रो हामीले बुझेपछि प्रतिकार गर्न थाल्यौं । लठ्ठी लिएर मानिसहरुलाई पेल्ने काम प्रहरीले गरिरहेका थियो । अनि मैले उद्योग बाणिज्य संघको दाहिने पट्टीको ढोकाको ताल्चा ढुङ्गा हानेर फोडे । मैले पर्खाल पनि हल्लाएँ । त्यतिबेला प्रहरी मध्येकै मलाई चिन्ने साथीहरुले तपाई माथि प्रहरीको निगरानी छ, सचेत हुनुस भनेर भनेको थियो । 

    प्रहरीको कोडलेसमा पनि के आदेश भईरहेको थियो भने सरोज मिश्र र मासका मानिसहरुमा निगरानी राख्नुस । सोही क्रममा मासका साथी सुशिल कर्णलाई अचानक एक जना प्रहरीले खुट्टाको घुँडाले सम्बेदनशिल अंगमा प्रहार ग¥यो । सुशिल बेहोस भएर ढल्यो । श्याम यादवले उनलाई बाहिर लगे । त्यसपछि अचानक सिट्टी बज्यो र प्रहरीले लाठी प्रहार गर्न थाले । महिला, पुरुष, नेता, यूवा सबैलाई टाउको मै प्रहरीले अन्धाधुन लाठी प्रहार गर्न थाले । अनि हामी त्यहाँबाट भाग्न थाल्यौं । प्रहरीको संख्याको हिसावले हामी धेरै कम संख्यामा थियौं । प्रतिकार गर्ने अवस्था थिएन । 

    त्यसपछि एकातर्फ हामी भागिरहेका थियौं अर्को तर्फ प्रहरीले ढुङ्गा समेत हान्न थाले । प्रहरीले नै सुरुमा ढुङ्गा हानेको हो । प्रहरीले फालेको ढुङ्गा लिएर प्रदर्शनकारीले जवाफी प्रतिकार गरेको हो । जताततै प्रहरीले प्रदर्शनकारीलाई घेरेपछि प्रतिकार गर्नु प्रदर्शनकारीको बाध्यता भयो । आन्दोलन त्यहीबाट चर्कियो । प्रहरीले नै जन्म दिएको हो आन्दोलनलाई । हामी त शान्तिपुर्ण प्रदर्शन गरिरहेका थियौं । ४ गते साँझ फेरी मलाई प्रशासनिक निकाय तर्फबाट फोनमा थ्रेट आयो । 

    तपाईहरु आन्दोलनलाई जसरी पनि कन्टूोल गर्नुस नत्र गाह्रो हुन्छ तपाईहरुलाई, भनेर सशस्त्र प्रहरीका उपरीक्षक रविन्द्र ठाकुरले थ्रेट दिए । तपाईले के गर्न खोज्नु भएको हो, आगो लगाउन खोज्नु भएको हो, जनकपुरलाई तहसनहस गर्न खोज्नु भएको हो भनेर एसपीले मलाई थ्रेट भाषामा प्रश्न गरे । अनि मैले शान्तिपुर्ण प्रदर्शन गर्न पाउने लोकतन्त्रमा जनतालाई अधिकार छ भनेर भनेपछि एसपी ठाकुरले हाँसेर भने,“ तपाईलाई थाहा होला अहिले सशस्त्र प्रहरीलाई गोली हान्ने समेत अधिकार दिइएको छ । अहिले सिडिओ सँग पनि गोली चलाउन अनुमति लिनु पर्दैन ।” 

    त्यसपछि नेपाल प्रहरीका एसपी गणेश बहादुर थापाले फोन गरेर सरोज भाई आन्दोलनलाई साम्य पार्नुपर्छ भनेर भने । अनि मैले तपाईहरुले उग्र भएपछि आन्दोलन चर्किएको हो । तपाईहरु शान्त भएको भए यस्तो अवस्था हुने नै थिएन । भनेर मैले एसपी थापालाई जवाफ दिएँ । मासको सदस्य अहिले २५ जना मात्र छन् । सेन्टिमेन्ट जोडिएर मानिसहरु सडकमा आएका छन् । ५ सय भन्दा वढी मानिसहरु सडकमा छन् । को कहाँबाट आए त्यो मलाई थाहा भएन । तपाईहरु साम्य हुनुस आन्दोलन आफै शान्त हुन्छ । भनेर मैले भनें । ५ गते  विहान ९ बजे तिर मलाई प्रहरी निरीक्षक निरंजन थापाले फोन गरेर आज पुलिस सडकमा निस्कदैन तपाईहरु आन्दोलन नगर्नुस भनेर भने । 

    अनि ठिक्कै छ पुलिस बाहिर ननिकाल्नुस, हिजोको लाठी चार्जको आक्रोश मान्छेमा छ । केही बेर प्रदर्शन गर्छन र आफ्नो आफ्नो घर जान्छन्, मैले थापालाई भने । हाम्रो लडाई भनेको पुलिस सँग होइन, मस्यौदामा रहेको विभेदसँग हो । अहिले नै मधेस आन्दोलन हुन्छ भनेर हामीले सोचेकै छैनौं । अनि ठिक छ समन्वयमा काम गर्ने भनेर भनियो । तर, परिस्थिति उल्टो भयो । सडकमा बच्चाहरु कहाँबाट आए, सयौंको संख्यामा मासहरु कसरी आए हामीले पनि बुझ्न सकेनौं । प्रहरी व्यापक परिचालन भएको थियो । अश्रु ग्यास फायर हुँदै थिए । त्यही अश्रु ग्यास एउटा यूवाले उठाएर प्रहरी तर्फ फालिदियो । 

    अनि प्रहरी तर्फ पनि भागाभाग भयो । स्थिति अनियन्त्रीत भयो । त्यतिबेला फेरी इन्सपेक्टर निरन्जन थापाले मलाई फोन गरेर तपाईहरु व्याक हुनुस म पुलिसलाई व्याक गर्छु भनेर भने । एसपी थापाले पनि फोन गरेर व्याक भई नर्मल हुनुस भनेका थिए । उनीहरु शिव चौकबाट व्याक भएर राम चौक तर्फ गए । तर, गोपाल धर्मशाला तर्फबाट व्यापक प्रहरीको फोर्स थपियो । अनि हामीले सबैलाई व्याक हुन भन्यौं । तर, कसैले मानेनन् । एउटा घुमुवाको चौधरीलाई प्रदर्शनकारीहरुले नियन्त्रणमा लिएर कुटपिट गर्न खोज्दा म, मानव अधिकारकर्मी बुद्धनारायण साहनी, विजय दत्त लगायतले उद्धार ग¥यौं । पंकज महतोको दिदीको घरमा लगेर उनलाई राख्यौं । मानवताको आधारमा हामीले त्यो काम गरेका थियौं । त्यही बेला सशस्त्रका एसपी ठाकुरले फेरी मलाई फोन गरेर थर्काए । फेरी इन्सपेक्टर थापाले मलाई फोन गरेर जानकी चौक तर्फ गईदिनुस, हाम्रो प्रहरी त्यता छैन, प्रदर्शनकारी त्यहाँ गएका छन्, केही अप्रिय घटना नभईदिओस भनेर भने । 

    त्यहाँ रोकिदिनुस भनेर भने । अनि मैले अप्रिय घटना नहोस भनेर त्यता तर्फ गएँ । त्यतिबेला सशस्त्रका एसपी ठाकुर आए र त्यो विशेष प्रहरी चौधरीलाई उनको जिम्मा लगाएँ । अनि उहाँले पनि जानकी चौक तर्फ जान भन्नु भयो । मलाई भनिएको थियो कि त्यहाँ भारी संख्यामा प्रदर्शनकारीहरु छन् तर त्यहाँ पुगेपछि प्रदर्शनकारी कतै थिएनन्, सुरक्षाकर्मीहरु मात्र थिए । मलाई शंका पनि लाग्यो । एक जना पत्रकारको मोटरसाइकलमा चढेर विवाह मण्डपको पुर्वपट्टीको गेटसम्म पुगें । धनुषाका एसपी थापा र मेरो आँखा सम्पर्क भयो । अनि हामी एक अर्कोलाई नमस्कार गर्दै थियौं, त्यतिकैमा पछाडीबाट मलाई पुलिसहरुले लाठी चार्ज गर्न थाल्यो । तै पनि मैले एसपीलाई तपाईले मलाई कुट्न नै बोलाउनु भएको हो भनेर सोध्दा कसले कुट्यो भनेर घटनाबाट अनभिज्ञता देखाउन खोज्यो । फेरी अरु पुलिसहरुले पिट्न थाल्यो ।

     त्यतिकैमा इन्सपेक्टरले आएर सरोज भाई हो नकुट भनेर भनिरहँदा भानमा रहेको पुलिस झरेर गाली दिँदै यही नाइके हो छोड्नु हुँदैन । यसलाई हाल्नु पर्छ भन्दै बुट लिएर हान्न थाल्यो । यसरी जथाभावी पुलिसले लाठीले बुटले अन्धाधुन हान्न थाल्यो । 

    त्यसपछि उल्टै एसपी थापाले यो राम्रो भएन तिमी जाउ अहिले भनेर भने । टेलिफोन एक्सचेन्ज कार्यालय नजिक म ढलें । अनि मलाई अस्पताल पु¥याइयो । ( द एक्सक्लुसिभ सँगको कुराकानीमा आधारित)




२०७२ श्रावण १० गते आईतबार

No comments:

Post a Comment