Wednesday, August 13, 2014

बढ्दैछ अप्राकृतिक मैथुन

धनुषाका समलिङ्गी तथा तेस्रोलिङ्गीहरु ।

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
महोत्तरी बसविट्टी ९ घरभई ढल्केवर ९ मा डेरा गरी बस्ने हसिव खानले आफ्नो छोरा विनोद खान (परिवर्तित नाउँ) लाई जवरजस्ती करनी गरी अप्राकृतिक मैथुन गरेको अभियोग लगाउँदै धनुषा जिल्ला अदालतमा महोत्तरी बसविट्टी ९ घर भई ढल्केवर ६ मा डेरा गरी बस्ने जाकिबुल खानले २६ असोज २०६८ मा मुद्दा दर्ता गरेका थिए । एक जना पुरुषले एक जना बालकलाई जवरजस्ती करनी गरी अप्राकृतिक मैथुन गरेको अभियोग लगाइएको थियो । २८ भदौ २०६८ मा राति ९ बजेको समयमा ढल्केबर ६ स्थित आरजु मोटर ग्यारेजमा हसिब खानले विनोदलाई जवरजस्ती दिसा गर्ने गुद्वद्वारमा आफ्नो लिङ्ग पसाई रगताम्य पारिदिएको आरोप लगाइएको थियो । जनकपुर अञ्चल अस्पतालका चिकित्सकद्वय डा.कुलदीप पंडित र डा. राधवेन्द्र झाले १ असोज २०६८ मा निज विनोदलाई चेक जाँच गर्दा शरीरमा चोटपटक, निलडामको दाग नदेखिएको र मलद्वार वरिपरी र मलद्वार भित्र संघर्षका चिन्हहरु नदेखिएको र प्रयोगशालामा एनोरेक्टल स्वावमा पनि सिमेनको रिपोर्ट निगेटिभ पाइएको प्रतिवेदन अदालतमा बुझाइएको थियो । मेडिकल रिपोर्ट अनुसार पीडित भनिएको विनोदको गुद्वद्वारमा घाउ खत नदेखिनु तथा पारिश्रमिकको विषयमा विवाद रहेको हुनाले गलत आरोप लगाइएको हुनाले अभियोग दावी अनुरुप वारदात नै स्थापित हुन नसकेको नपाइएकोले प्रतिवादीलाई कसुरदार ठहर गर्ने आधार प्रमाणको सर्वता अभाव देखिएकोले प्रतिवादी हसिव खानले अभियोगबाट सफाई पाउने ठहर्छ भनी धनुषा जिल्ला अदालतका न्यायाधिश कैलाश केसीको इजलासले ६ माघ २०७० मा आदेश गरेको थियो । यस अघि प्रतिवादी हसिव खान समेत नावालक भएको कारण ११ जेष्ठ २०६९ मा धनुषा जिल्ला अदालतको आदेशले उनलाई मुद्दाको पुर्पक्षको लागि बाल सुधारगृह सानो ठिमी भक्तपुर पठाइएको थियो । उक्त घटनामा अभियोग सावित हुन सकेन र अभियुक्त हसिव खानले सफाई पाए । हाम्रो समाजमा अहिलेपनि पुरुषद्वारा बालकहरु माथि जवरजस्ती अप्राकृतिक मैथुन गर्ने घटनाहरु हुने गरेका छन् । प्रायः जसो यस्ता घटनाहरुमा परिवार निकट वा आफन्तहरुबाटै अप्राकृतिक मैथुन गरिने गरिएको अधिबक्ता बताउँछन् ।
एक कार्यक्रममा धनुषाका समलिङ्गी तथा तेस्रोलिङ्गीहरु ।
स्वेच्छिक अप्राकृतिक सम्बन्ध
धनुषामा करिब ८ हजार व्यक्तिहरु समलिङ्गी तथा तेस्रो लिङ्गीहरु रहेको निलहिरा समाज धनुषाको दावी छ । उक्त कार्यालयका अनुसार धनुषामा मात्रै पुरुष र पुरुषहरु बीच यौन सम्पर्क राख्ने समलिङ्गीहरु करिब ३ हजार र तेस्रो लिङ्गीहरु करिब ५ हजार रहेको छ । त्यसैगरी स्त्री र स्त्रीहरु बीच यौन सम्पर्क राख्ने समलिङ्गीहरुको सन्दर्भमा खासै अध्ययन नरहेपनि करिब ८ सय जति समलिङ्गी महिला रहेको हुन सक्ने उक्त कार्यालयको अनुमान छ । धनुषामा रहेका समलिङ्गीहरु मध्ये अधिकांश समलिङ्गी नै रहेपनि केही दुवै प्रकारका यौनाङ्गधारीहरु प्रति आकर्षित हुने गरेको छ । अर्थात केही पुरुषहरु पुरुष र महिला दुवैलाई मनपराउँछन र उनीहरु दुवै सँग सक्रिय रुपमा शारीरिक सम्बन्ध राख्ने गर्छन् । निलहिरा समाज धनुषाका परियोजना अधिकृत संतोष कुमार ठाकुरका अनुसार धनुषामा रहेका समलिङ्गीहरु मध्ये कतिपय पुरुष(पुरुष बीचमा यौन सम्पर्क राख्नेहरुले आफ्नो पार्टनर सिमित राखेका  हुन्छन भने केही पुरुषहरु पुरुष यौन व्यवसायीका रुपमा काम गरी पैसा समेत कमाउने गरेका छन् । उनका अनुसार एक जना पुरुष यौन व्यवसायीले अर्को पुरुषसँग एक पटक शारीरिक सम्बन्ध स्थापनाका लागि कोही रक्सी खान तथा होटेलमा खाना खुवाईदिँदैमा शारीरिक सम्पर्कका लागि तयार भईहाल्छन भने कतिपयले रु. ५ सय देखि रु. २ हजारसम्मको चार्ज लिने गरेका छन् । 
कतिपय पुरुष समलिङ्गीहरुले आफ्नो परिवारको दवावमा आएर वा आफ्नो वंशलाई निरन्तरता दिन स्वेच्छा र बाध्यतावस पनि महिलाहरुसँग विवाह गरेका छन् । एकातर्फ श्रीमतिसँग सम्बन्ध राखि समाजमा समाजिक व्यक्ति बन्ने र अर्को तर्फ सोही व्यक्ति पुरुष प्रतिको यौन सम्पर्कलाई प्राथमिकता दिई गोप्य रुपमा सम्बन्ध कायम नै राख्ने गरेका हुन्छन् ।

२०७१ साउन २५ गते आईतबार

No comments:

Post a Comment