Wednesday, August 13, 2014

२३ वर्षीय यूवकले पाँच वर्षमा गरे पाँच विवाह


मनोजका श्रीमतिद्वय पुजा र इन्दु 
जिल्ला प्रहरी कार्यालय धनुषामा 
उजुरी दिन जाँदाको तस्वीर ।
शैलेन्द्र महत्तो
जनकपुरधाम............
 जनकपुरका एक २३ वर्षीय यूवकले पाँच वर्षको अवधिमा ढांट्दै छल्दै पाँच वटा विहे गरेका छन् । जनकपुर नगरपालिका ७ पुलचौक बस्ने शिवनाथ पूर्वेका २३ वर्षीय एकला छोरा मानोज कुमार पूर्वेले पाँच वर्षमा पाँच वटा विहे गरका हुन् ।
गत माघ महिनामा चौथो विवाह गरेका मनोजले तीन महिना नवित्दै अर्की एक दुई छोरा छोरी भएकी अर्काकी श्रीमतीलाई लिएर हिडे पछि उनका तेश्री र  चौथी श्रीमतीले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता गराएकी छन् ।
तेश्री श्रीमती पुजा साहकी अनुसार पाँच वर्षमा पाँच विहे गरेका मनोजले पाँच वर्ष अघि पहिलो मागि  विवाह जनकपुर मिल्स एरियाकी १८ वर्षीया रिना देवी साहसँग गरेका थिए । एक वर्ष भित्र पुजासँग सम्बन्ध विच्छेद गरि त्यस पश्चात १ वर्षको अन्तरालमा दोश्रो विवाह काठमाण्डौकी एक पहाडी समुदायका केटीसँग प्रेम विवाह गरेका थिए । एक वर्ष राखेर ती श्री मतीलाई पनि २ लाख रुपैया दिएर छुटापत्र गरेका थिए । त्यस पश्चात मनोजले आफु वैदेशिक रोजगारमा पाठाउने एजेन्ट रहेको र पहिलेकी श्रीमती नराम्री व्यवाहराकी रहेकीले सम्बन्ध विच्छेद गराएको भन्दै आफ्नो घरपरिवारको आँखामा छारो हाल्दै ठगेर तीन वर्ष अघि तेश्रो मागि विवाह आफुसँग गरेको पुजाले बताईन् । 
विहे गर्न जाँदा मनोज कुमार पुर्वे । उनले पाँच वर्षमा पाँच वटा विहे गरेका छन् ।
१८ वर्षको उमेरमा तीन वर्ष अघि  धुमधामसँग विवाह गरेकी पुजाले दुखेसो पोख्दै भन्नु भयो । “ विहे गरेको केहि दिन पश्चात घरपरिवारले पहिला विवाह पछि पनि काठमाण्डौको एक केटीसँग दोश्रो विवाह गरेको कुरा बताए पछि आफु झसँग भए ।” तीन वर्षको अन्तरालमा गत माघ महिनामा भारतको दरभंगा जिल्लाको भेरबा भन्ने ठाँउमा मनोजले चौथो विवाह स्थानीय २० वर्षीया ईन्दु कुमारीसँग धुमधामसँग गरे । चौथी श्रीमती ईन्दुले भन्नु भनिन् “ मनोजले आफ्नो घर परिवारलाई  छल्दै यस अघि पहिली विवाह गरेकी श्रीमतीले १० लाख रुपैया लिएर भागेकी प्रस्ताव राख्दै आफुसँग धुमधामसँग जन्ती साजेर विवाह गरेको थियो । पछि ईन्दुले मनोजले आफु भन्दा पहिला पनि चार वटा विवाह गरेको सुन्दा निकै मर्माहत भए । त्यस पछि चार महिना नवित्दै मनोजले गत जेष्ठ महिनामा दुई छोरा छोरी भएकी धनुषाको  बटेश्वरकी राधा साह नाम गरेकी एक विवाहित महिलालाई लिएर भागेको ईन्ुदले बताउनु भयो । मनोजले पहिली र दोश्री श्रीमतीलाई सम्बन्ध विच्छेद गराई सकेका छन् भने तेश्री श्रीमती पुजा र चौथी ईन्दु बिचल्लीमा परेकी छन् ।
पुजा हाल भातरको पटनामा आफ्नो बुबासँगै औषधि पसल गरि जिवन जिवीका चलाई रहेकी छन् भने ईन्दुु आफ्नै घरमा बस्दै आएकी छन् । बिचल्लीमा परेकी पुजा र ईन्दुले श्रीमान र ससुरा दुवै छल्ने, ठग्ने, धोकेबाज मान्छे भएकोले उनीहरु माथि कारबाहीको माग गरेकी छन् । 
यता जिल्ला प्रहरी अन्तर्गत महिला तथा बालबालिका कार्यालयकी प्रमुख सुभद्रा उनकी दुवै श्रीमतीले श्रीमान र ससराको कारबाहीको माग गर्दे उजुरी आले दर्ता गराएकी बताईन् । तर मनोजले पाँच वटा विवाह गरेको वा नगरेको पुष्टि नभएको बताईन् । मनोजको सम्बन्धमा अनुसन्धान भईरहेको आलेको भनाई छ । 
श्रोतका अनुसार मनोजले अर्की पाँचवी महिलासँग भागे पछि स्थानीयहरुले बाउले नै छोरालाई पटक पटक विवाह गर्न सघाएको भन्दै उनका बुबा विश्वनाथ पूर्वेलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा समेत बुझाएको थियो । मनोज धनीमनी परिवारका एक्ला छोरा भएकाले धनको आडमा ठग्ने र झुक्याउदै जालमा फसाउँदै वर्षेनि विवाह गर्ने र पछि श्रीमतीलाई यातना दिने र पैसा दिएर सम्बन्ध विच्छेद गराउने तथा अर्की भित्र्याउने गरेको स्थानीयहरुले बताएका छन् । 
स्थानीयका अनुसार केहि वर्ष अघि जनकपुर नगरपालिका १६ कप्लेश्वर घर भएका पुर्वे परिवार हाल जनकपुरको पुल चौकमा किराना पसल गरि बस्दै आएको छ ।   


२०७१ साउन २५ गते आईतबार

No comments:

Post a Comment