Wednesday, August 13, 2014

श्रीमतिद्वारा पुरुष हिंसा पनि वढ्दोा


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
पुरुषहरुले महिलामाथि घरेलु हिंसा गरेको घटनाहरु भईरहेपनि अब श्रीमतिद्वारा श्रीमान माथि पनि घरेलु हिंसा हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा श्रीमतिबाट आफु पीडित भएको भन्दै थुप्र्रै उजुरीहरु दर्ता हुने गरेका छन् । आफु विदेशमा हुँदा आफुले पठाएको पैसा समेत लिएर परपुरुषसँग विवाह गरी भागी गएको, श्रीमतिले आफुलाई खान लाउन नदिएको भन्दै पुरुषहरु प्रहरीमा उजुरी गर्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेलमा आर्थिक वर्ष २०७०÷०७१ मा पुरुष पीडितको २५ वटा उजुरी परेका छन् । त्यसैगरी आर्थिक वर्ष २०६९÷०७० मा १६ वटा र २०६८÷०६९ मा ३२ वटा मुद्दा परेको छ । त्यसैगरी धनुषा जिल्ला अदालतमा आर्थिक वर्ष २०७०÷०७१ मा ५ वटा जारी मुद्दा परेको छ ।
सभाषदद्वारा पीडित लोग्ने 
सभाषद उर्मिला देवी साह

धनुषा रमदैया भवाडी ९ का ५० वर्षिय खेहरु साहले आफु आफ्नी श्रीमति उर्मिला देवी साह र रमदैया भवाडी २ का राम रतन यादवबाट पीडित भएको भन्दै इन्साफका लागि अदालतको ढोका खटखटाएका छन् । खेहरुले दिएको जाहेरी अनुसार ४५ वर्षिय उर्मिला देवी साह उनकी पत्नी हुन । उर्मिला अहिले संघीय समाजवादीका तर्फबाट समानुपातिक कोटामा सभाषद छिन् । उनी र उनको पत्नीको बीचमा विवाहित दामपत्य जिवनबाट ४ सन्तानको जन्म भएका छन् । दुई छोरीको विवाह भईसकेको र दुई छोरा नावालकै रहेको छ । तत्कालिन अवस्थामा घरमा प्रसस्त सम्पति नभएको र बेरोजगार भएको कारण नेपालमा बसी रोजिरोटी चल्ने नहुँदा २०६२ पुष १ गते गोपालपुर २ बस्ने रामबाबु यादवसँग रु. ३ लाख ऋण लिई २०६३ अषाढ २० गते बैदेशिक रोजगारीका लागि उनी इराक गएका थिए । इराकमा मासिक रुपमा रु. ४० हजार तलब र खाना लाउन बस्ने सुविधा कम्पनीको तर्फबाट पाउने गरेको कारण उनले मासिक रु. ४० हजार श्रीमतिलाई पठाउने गर्थे । उर्मिलाले रुपैयाँ जम्मा गरी ५ साउन २०६६ मा जनकपुर नगरपालिका ८ स्थित कित्ता नम्बर ३१९ को ९ धुर जग्गा खरिद गरी पत्नीको नाउँमा जग्गा दर्ता गराएका थिए । पत्नीको विश्वासमा परी सम्पति र अन्य ठाउँको चल अचल सम्पति समेत उनले आफ्नै पत्नीको नाउँमा गर्नुका साथै इराकबाट रु. ३० लाख पठाएका थिए । १२ मंसिर २०६८ मा उनी इराकबाट नेपाल फर्के । हालमा उर्मिला राम रतन यादवसँग अनैतिक सम्बन्ध राखि आफुलाई घरमा बस्न दिएको छैन, कमाएको चल अचल सम्पति फिर्ता गर्न भन्दा तिम्रो सम्पति म जान्दैन, जति पनि सम्पति मेरो नाउँमा दर्ता छ सो निजी सम्पति मेरो हो भन्दै जवाफ फर्काइरहेकी उनको आरोप छ । उर्मिला नेकपा एमालेको तर्फबाट समानुपातिक कोटामा सभाषद भएपछि उसको इच्छा आकांक्षा वढ्दै गयो, निजको अहमताको कारण पतिलाई पति भन्न पनि लाज मान्ने, अर्कालाई चिनापर्ची गराउँदा समेत अप्ठयारो मान्ने र छोराहरुलाई पनि आफु प्रति नकारात्मक सोचाई बनाउन सफल भई आफु विरुद्ध उक्साउन लगाएको जाहेरीमा उल्लेख छ । राम रतन यादवसँग अनैतिक सम्बन्ध कायम गरी ज्यान मार्ने धम्की दिई खान लाउन बस्न समेत नदिई कुटपिट गरी घरबाट निकाला गरिदिएको उनले बताएका छन् । २०६९ साल चैत्र २५ गते लुकिछिपी गाउँकै राजदेवी मन्दिरमा राम रतन यादवसँग विवाह गरी एकै ठाउँमा बसी आइरहेको भन्दै उनले आफ्नो सम्पति फिर्ता, शान्ति सुरक्षा र न्यायका लागि धनुषा जिल्ला अदालतमा २६ अषाढ २०७० मा मुद्दा दर्ता गरेका छन् ।
राम रतन यादवले ७ असोज २०७० मा प्रतिउत्तरमा खेहरुको दावी पुर्ण रुपमा झुठा र बनावटी रहेको बताएका छन् । आफु एक विवाहित पुरुष रहेको आफ्नो पत्नी हिरा देवी यादव रहेको उनले बताएका छन् । छोरा, छोरी, नाति, नातानी समते रहेको उनले बताएका छन् । उर्मिलासँग आफुले विवाह पनि नगरेको र अनैतिक सम्बन्ध पनि नराखेको उनले बताएका छन् । उर्मिला र आफु एमालेमा आवद्ध भएर राजनीति गर्दै आएको र अहिले उनीसँगै आफुपनि संघीय समाजवादी पार्टीमा रहेको कारण राजनीतिक रुपमा चिनजान भएपनि कुनै किसिमको अनैतिक सम्बन्ध नरहेको बताएका छन् ।


२०७१ साउन २५ गते आईतबार

No comments:

Post a Comment