Wednesday, August 13, 2014

असुरक्षित यौन सम्पर्कका कारण एचआइभी संक्रमण वढ्दो


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुर अञ्चल अस्पतालले आर्थिक वर्ष २०७०÷०७१ मा रक्त परिक्षण गर्दा कुल ५ सय ८३ जनामा एचआइभी संक्रमण रहेको पाइएको छ । जसमध्ये ३ सय २३ पुरुष र २ सय १९ महिला रहेका छन् । संक्रमित हुनेहरुमा बालबालिकाहरु पनि रहेको पाइएको छ । एक वर्ष देखि चार वर्षसम्मका बालक १४ जना र ३ जना बालिका, ५ वर्ष देखि १४ वर्षसम्मका १३ जना बालक र ११ जना बालिकामा एचआइभी संक्रमण रहेको पाइएको छ । जनकपुर अञ्चल अस्पताल स्थित स्वछिक परामर्श तथा सुचना केन्द्रले दिएको जानकारी अनुसार उक्त केन्द्रमा आर्थिक वर्ष २०७०÷०७१ मा ४ सय ४८ जना एचआइभी संक्रमितहरुले औषधि सेवन गरेका छन् । औषधि सेवन गर्नेहरु मध्ये २ सय ७९ पुरुष, १ सय ५१ महिला, १ देखि ४ वर्षसम्मका ६ जना बालक, ५ देखि १४ वर्षसम्मका ९ जना बालक र १ वर्ष मुनिका १ जना बालक तथा १ देखि ४ वर्षसम्मका २ जना बालिका रहेका छन् । उक्त सूचना केन्द्रबाट औषधि सेवन गर्नेहरुमध्ये १ वर्षमा कुल ४२ जनाको मृत्यु भइसकेको छ । जसमध्ये ३४ जना पुरुष, ६ जना महिला र १ देखि ४ वर्षसम्मका २ जना बालबालिका रहेका छन् । यसरी ४ सय ४८ जना संक्रमितहरुमध्ये ४२ जनाको उपचार गर्दा गर्दैको अवस्थामा मृत्यु भएको छ भने ४ सय ६ जना जिवित संक्रमितहरुले उपचारका लागि औषधि सेवन गरिरहेको स्वच्छित परामर्श तथा सूचना केन्द्रका एआरटी काउन्सलर प्रदिप साहले द एक्सक्लुसिभलाई बताएका छन् । काउन्सलर साहका अनुसार अञ्चल अस्पतालमा पत्ता लागेका ५ सय ८३ जना संक्रमितहरुमध्ये करिब ९५ प्रतिशत व्यक्तिहरु असुरक्षित यौन सम्पर्ककै कारण एचआइभीबाट संक्रमित भएका छन् । एक जना भाईलाई एचआइभी संक्रमण भएको जानकारी नहुँदा आफ्नो बहिनीलाई रक्तदान गर्दा बहिनीलाई समेत एचआइभी संक्रमण भएको उनले बताए । उनका अनुसार पुरुष पुरुष बीच यौन सम्पर्क राख्ने ५ जना पुरुष संमलिङ्गीहरु पनि संक्रमित भएका छन् । यसका साथै यौन व्यवसाय गर्ने १० देखि १५ जना महिला यौन व्यवसायीहरु समेत एचआइभी संक्रमणका शिकार भएका छन् ।
समलिङ्गी तथा तेस्रो लिङ्गीको हक अधिकारको लागि कार्यरत संस्था निलहिरा समाज धनुषाका परियोजना अधिकृत संतोष ठाकुर पनि समलिङ्गीहरु बढी एचआईभी संक्रमित रहेको बताएका छन् । उनका अनुसार पुरुषले पुरुषलाई यौन सम्पर्क स्थापना गर्दा गुद्वद्वार च्यातिने र रगतको सम्पर्क भएपछि एचआईभीबाट संक्रमित हुने गरेको संख्या धेरै छन् । तर, उनीहरुले परीक्षण गराउँदा आफ्नो पहिचान तेस्रोलिङ्गी नबताएर पुरुष नै बताउने गरेका छन् ।



०७१ साउन २५ गते आईतबार

No comments:

Post a Comment