Tuesday, May 20, 2014

ए.डि.बी. बचाऔं–जनकपुर बनाऔं - मुरली मनोहर मिश्र



मुरली मनोहर मिश्र
(जनकपुर नागरिक समाज)


१. ५२ कुटी ७२ कुण्ड एवं सरोवरहरुको संगमस्थल तथा मिथिलाको पवित्र आँगन हाम्रो जनकपुर धामको जनकपुर नगरपालिका जहाँ उचित शारीरिक व्यामको अभाव, मोटोपनको समस्या, ह्दयरोग, मधुमेह, उच्च रक्तचाप, ह्दयघात, क्षयरोगहरुको साथै वायु प्रदुषण, मानसिक तनाव, धुम्रपान एवं मधपान, लागुऔषधको सेवन, हत्या एवं घरेलु हिंसा लगायत अस्वस्थ्य खान पीन र हरियो सागपात फलफुलको कमिको कारण जनकपुर नगरवासीको जीवन दिनानुदिन जोखिमपुर्ण बन्दै भइरहेको यथार्थ छ भने अर्को तर्फ जनकपुर नगरपालिकाको अव्यवस्थित शहरी वातावरण सामाजिक तथा भौतिक संरचनाहरुको कारण पनि नगरवासीहरुको स्वास्थ्यमा गम्भीर प्रभाव पारेको छ, जस्तै खानेपानीको अभाव, अव्यवस्थित दलनिकास, हावाको गुणस्तर वासस्थान तथा कार्यस्थलको अवस्था, स्वास्थ्य सेवाको उपलब्धता लगायत यसको श्रोत साधन माथिको पहुँचमा अभावका कारण नगरवासीहरुको जन स्वास्थ्यमा गम्भीर असर पडिरहेको कटु सत्य सर्वविदितै छ । अर्थात, जनकपुर नगरपालिका तीब्र शहरीकरणको कारण नगरपालिका आधारभुत संरचनाको विकास निर्माण कार्यमा एक्लै पडेको छ र अव्यवस्थित शहरीकरणको कारण जनकपुर नगरवासीहरुको मानवीय संकटमा दिनानुदिन बढोत्तरी भइरहेका कारण नगरवासीहरुको स्वास्थ्य समस्या ग्रामिण स्तरको तुलनामा अत्यधिक अनुमान बमोजिम अगामी सन् २०३५ सम्ममा गरिबीको मुख्य केन्द्र गाउँ नभई शहरीक्षेत्र हुने चेतावनी दिईसकेको छ ।
२. स्वास्थ्यपुर्ण जीवन व्यतित गर्न पाउनु प्रत्येक नागरिकको जन्मसिद्ध अधिकार रहेको हुँदा त्यसको प्रत्याभुतिको लागि व्यक्ति, समाज तथा स्थानिय निकायको समान भुमिका एवं दायित्व रहेको अनुभुति गर्दै यस पंक्तिकारद्वारा उपरोक्त उल्लेखित चुनौतिहरुको सामना गर्न ऐशियाली विकास बैंक एडिबीद्वारा जनकपुर नगरपालिकाको लागि ‘एकिकृत शहरी विकास आयोजना’ को प्रभावकारी कार्यान्वयनको लागि सर्वपक्षिय आग्रह एवं अनुरोध गर्न चाहन्छु ।
किनभने एडीबीद्वारा ‘एकिकृत शहरी विकास आयोजना’ को सफल एवं प्रभावकारी कार्यान्वयन भएमा जनकपुर नगरपालिकाको व्यवस्थित शहरी योजना शहरी जीवनयापनमा व्यापक सुधार गुणस्तरीय एवं सुन्दर सडक, व्यवस्थित दल एवं नाला तथा फोहोर व्यवस्थापनको दिर्घकालिन व्यवस्थापनले जनकपुर नगरवासीको स्वास्थ्य गुणस्तर गुणात्मक बृद्धि हुनेछ भन्ने यस पंक्तिकारको दृढ विश्वास छ । वायु प्रदुषण, ध्वनी प्रदुषण एवं जलप्रदुषणको न्यूनीकरण गर्नको लागि एडिबि को एकिकृत शहरी विकास आयोजना रामवाण हुनेछ ।
३. मात्र राजनीतिक दस्तावेजलाई बुँदा बनाएर सहमति पत्रको नामाकरण गरी हस्ताक्षर गर्दैमा अथवा एक जोडी परेवालाई कुनै विशेष समारोहमा उडाएर केवल शान्तिको कामना मात्र गर्न सकिन्छ तर विकास छैन । किनभने वास्तविक एवं दिर्घकालिन शान्ति केवल आर्थिक एवं सामाजिक विकासद्वारा मात्र सम्य हुन्छ भन्ने हाम्रो ठहर छ । दिर्घकालिन शान्तिको मेरुदण्ड नै दीगो विकास भएको हुँदा रुपान्तरण केवल शव्दमा होइन व्यवहार एवं कार्यान्वयनमा हुनुपर्दछ तथा रुपान्तरणको मुर्तरुप दिनसक्ने अवस्थाको प्रत्याभुति रुपान्तरणकारी सोच एवं अग्रगमण हुने हुँदा राष्टिूय एवं अन्तराष्टिूय परिस्थितिको समिक्षात्मक कार्यान्वयन सम्भव विकास निर्माणको मार्गचित्रलाई आत्मसात गर्दै भावी पिढीको लागि पनि विकासको गति समात्नु आजको अपरिहार्यता हो । राजनीतिलाई गँजेडीगफ बनाएर नत शान्तिको कामना गर्न सकिन्छ न त कुनै समुहलाई समेटदैमा शान्ति भित्रिन्छ । किनभने समाजिक न्याय एवं आर्थिक सम्भावना नहेरेसम्म अर्को असन्तुष्ट समुह खडा हुनमा धेरै समय लाग्दैन । शान्तिको लिखित दस्तावेजमा गरिएको हस्ताक्षरद्वारा हिंसाको अन्य बाँकी सम्भावनाहरुको अन्त्य कदापि गर्न सकिंदैन किनभने समग्र राष्टू एवं समाज अहिले पनि चरम गरिबी एवं असमानताकै दलदलमा रहेको हुँदा त्यसले हिंसा मचाउने खतरनाक समुहहरुको जन्माउन सक्छ ।
४. अतः हिंसाको जग भत्काउने उपयुक्त एवं अचुक अस्त्रको रुपमा रहेको दिर्घकालिन आर्थिक एवं समाजिक विकासलाई सम्भव पार्न राजनीतिक आर्थिक एवं सामाजिक तीनवटै चेतनामा दीर्घकालिन विकासलाई प्रधानता दिनुनै आजको अनिवार्य शर्तलाई आत्मबोध गर्दै एडीबिको एकिकृत शहरी विकास आयोजनाको कार्यान्वयनमा असमर्थ वा अनावश्यक झमेला गर्ने अमुक व्यक्ति समुह वा संस्थालाई राष्टिूय एवं स्थानिय तहबाट बहिष्कार तथा बहिरगमन हुन बाध्य पार्नसक्ने परिस्थिति एवं परिवेशको विकास गर्नु अनिवार्य शर्त बनेको छ ।
अर्कोतर्फ दिर्घकालिन शान्तिको मेरुदण्ड रहेको दिगो विकासको जनभावना गनकांक्षा एवं जनचाहनालाई आत्मसात गर्दै त्यसतर्फ जसले जिम्मेवारीपुर्वक सक्रियता लिएको छ वा लिन्छ त्यस्ता दृढ इच्छा शक्तिसहित स्पष्ट कार्ययोजना भएकाहरुलाई सामाजिक एवं राजनीतिक निर्णायक तहमा पु¥याउने वातावरण सिर्जना गर्ने गराउने कार्यमा यस पंक्तिकारको सर्वपक्षिय आग्रह एवं अनुरोध गर्नुको साथै सस्तो र मिठो कुरा गर्ने गफेडीहरुसँग दिगभ्रमित नहुन र अवउप्रान्त कसैको राजनीतिक मुद्धाको साटो सामाजिक एवं आर्थिक विकास निर्माणको मुद्धा हेरेर मात्र निर्णय लिन सम्बन्धित सबैमा यस पंक्तिकारको विनम्र आग्रह एवं अनुरोध छ ।

२०७१ जेष्ठ ०४ गते आईतबार

No comments:

Post a Comment