Tuesday, May 20, 2014

न्यायाधिश सामु रिहाईको लागि गिड्गिडए संजय


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
“श्रीमान मेरो आमा बुवा विमार छन् । श्रीमति रोइ रहेकी छिन् । मेरो छोरा म विना बाँच्न सक्दैन । त्यसै पनि मेरो इज्जत लुटिसेकिएको छ । मलाई तारेखमा रिहा गरिदिनु भयो भने लुटिएको मेरो इज्जत केही हद सम्म भए पनि फर्किनेथियो कि ?” कानुनको कठघरा भित्र उभिएर रिहाइको लागि न्यायाधिश कहाँ यसरी दशवटै औला जोडेर विन्ति गरिरहेका धनुषा निर्वाचन क्षेत्र नं. ४ का निलम्बित सभाषदको पराजित अनुहार देखेर जो कोई पनि आश्चर्यचकित थिए । विगत एक दशक देखि जनकपुर सहरमा सिक्का जमाएका साहको अनुहारमा हतासा, छटपटाहट, विचलन, भय र त्रास प्रष्ट देखिन्थ्यो ।
शनीको साढे सातीको प्रभावबाट मुक्त हुन तथा न्यायाधिशले मुद्दाको पुर्पक्षका लागि थुनामा नपठाउलान भन्ने उद्देश्य प्राप्तिका लागि शनीको दशावाट बच्न साहले कानुनको कठघरामा उभिएर तीब्र गतिमा (मानौं १ हजार मन्त्र एकै पटक पढ्न चाहन्थे) उनको मुखारकृतिमा प्रष्ट देखिन्थ्यो । कानुन व्यवसायीहरुको वहस सकिएपछि साहका समर्थकहरु इजलासमै ओभर कन्फिडेन्ट देखिन्थे । साह अदालतबाट रिहा हुने र नगरभरी विजय जुलुस निकालिने उनीहरुको एकातर्फ तयारी थियो भने अर्को तर्फ अदालतलाई प्रभावमा लिन दवाव स्वरुप तिनका समर्थकहरु अदालतको मुलद्वार अगाडि धर्ना दिई नारावाजी गरिरहेका थिए । जब साँझ परदै गयो, अन्धयारो हुँदै गयो, साहका समर्थकहरु न्यायाधिश विरुद्ध पनि नारावाजी गर्न थाले । इजलासको साक्षी सदभावना पार्टीका महासचिव मनिष सुमन लगायतका केन्द्रीय नेताहरु पनि थिए । हुन त दिनभरी हजारौंको संख्यामा रहेका समर्थकहरु अन्धयारो हुँदै जाँदा पातलिदै गए । ७ बजेर ४५ मिनेटमा अदालतले आदेश गरे लगत्तै साहलाई प्रहरीले प्रहरी भ्यानमा हथकडी सहित लग्न खोज्दा साहका महिला समर्थकहरु मध्ये केही महिलाले महिला प्रहरीको आँखा र जिऊ भरी खुर्सानीको धुलो छर्केका थिए । प्रहरी निरीक्षक मछिन्द्र केसीका अनुसार महिला प्रहरी हवलदार कल्पना खडका, प्रहरी जवान ओम दुर्गा ढुङ्गेल र प्रमिला मोक्तान घाइते भएका थिए । जवाफमा प्रहरीले पनि समर्थकहरुमाथि सामान्य वल प्रयोग गरी लाठी चार्ज लगत्तै पहिले देखि नै तयार गरिएको मसाल बालेर प्रर्दशन गर्न खोज्दा प्रहरी पनि आक्रामक भई लाठीचार्ज गर्दा केही प्रर्दशनकारीहरु घाइते भएका थिए ।
दबाबमा न्यायाधिश
संजय साहको मुद्दा परेको इजलासका न्यायाधिश कैलास केसी दबाबमा देखिएका थिए । संजय साहलाई बयानका लागि अदालतमा उपस्थित गराउनु अघिसम्म न्यायाधिश केसी प्रत्येक दिन मोरनिङ वाकमा निस्किन्थे तर स्रोतका अनुसार साह अदालतमा उपस्थित भएपछि उनले मोरनिङ वाकपनि छोडेका थिए । यतिमात्र होइन, स्रोतका अनुसार न्यायाधिश केसीले बहालमा लिएको कोठामा बास नवसी जिल्ला अदालतका १ नम्बर इजलासका न्यायाधिश कृष्ण बहादुर थापासँगै बास बसेका थिए । आदेश दिने दिन नै न्यायाधिश केसीले काठमाण्डौ जान प्लेनको टिकट कटाईसकेका थिए । तर, आदेश साँझमा मात्र दिइएको कारण उनी अर्को दिन काठमाण्डौ गए । हालसम्म उनी काठमाण्डौ नै रहेको बताइएको छ । एसपी सुवेदीका अनुसार न्यायाधिश केसीको कोठालाई सुरक्षाकर्मीहरुले बाहिरबाट निगरानीमा राखि सुरक्षा प्रदान गरिरहेको थियो ।
व्यापक सुरक्षा
धनुषा जिल्ला अदालतमा कुनै पनि मुद्दामा यति सुरक्षा अवस्था कडा पारिएको यस अघि देखिएको थिएन । प्रतिवादी संजय साह धनुषाका निर्वाचित सभाषद समेत भएका हुनाले बाहिर उनको समर्थनबाट हुन सक्ने विरोध प्रदर्शन तथा अप्रिय घटनालाई रोक्न तथा संजय साहलाई समेत सुरक्षा प्रदान गर्न तीन घेरामा सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो । विराटनगरमा अभियुक्तमाथि अदालतमै समेत आक्रमण भएको घटनालाई दृष्टिगत गर्दै कुनैपनि किसिमको थप क्षति नहोस भन्ने कुरालाई ध्यानमा राखि नेपाल प्रहरी, शसस्त्र प्रहरी र सादा पोसाकका प्रहरी कर्मचारीहरु गरी कुल १ सय जना सुरक्षाकर्मीहरु परिचालन गरिएको धनुषाका एसपी उत्तम राज सुवेदीले बताएका छन् । अदालत परिषद भित्र पुग्ने सबै नाकामा प्रहरीले घेरा लगाई चेक जाँच गरी मात्र मानिसलाई प्रवेश गर्न दिइएको थियो । त्यसैगरी अदालत परिसर भित्र सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको थियो । अदालतको मुलद्वारमा विशेष चेकजाँचको व्यवस्था गरिएको थियो । पत्रकारहरुलाई पनि विना परिचय पत्र प्रवेश दिइएको थिएन ।  यसका अतिरिक्त टूाफिकलाई व्यवस्थित गर्न समेत व्यापक टूाफिक टोलीहरु परिचालन गरिएको थियो । खबर संकलनका लागि सादा पोसाकमा प्रहरी परिचालन गरिएको थियो भने सम्पुर्ण टोलीहरुलाई सपोर्ट गर्ने गरी स्टूाइकिङ टोली समेत परिचालन गरिएको थियो ।
कसरी पक्राउ परे संजय साह ?
जनकपुर बम काण्डका मुख्य अभियुक्त अर्जुन सिंह भनिने मुकेश चौधरी पक्राउ पर्ने वितिकै संजय साह सार्वजनिक रुपमा कम देखा पर्न थाले । धनुषा प्रहरी प्रमुख उत्तम राज सुवेदीका अनुसार प्रहरीको निगरानी साह माथि थियो । साह आफ्नो घरमा बास नवसी आफन्त कहाँ बस्ने गर्थे । काठमाण्डौ स्थित आफ्नो नीजि निवासमा गएपनि रात त्यहाँ विताउँदैनथे । तर जुन दिन ओम प्रकाश यादव पक्राउ प¥यो, पक्राउ परेकै २० मिनेट पछि उनलाई खबर भयो र उनी आफ्नो गाडीबाट विरगञ्ज नाका हुँदै पटना पुगे । पटनाबाट प्लेन मार्फत उनी दिल्ली पुगे । हुन त साहलाई पक्राउ गर्न उनको नीजि निवासमा छापामारी पनि गरिएको थियो, देशैभरीका प्रहरी उनलाई पक्राउ गर्न खटिसकेका थिए । संविधानसभाका सभाध्यक्ष सुभाष चन्द्र नेम्वाङलाई पनि जानकारी गराईसकिएको थियो । पक्राउका लागि कानुनी प्रक्रिया पुरा गरिसकिएको थियो । तर, प्रहरीको सानो चुकले उनी फरार हुन सफल भएको प्रहरी उपरीक्षक सुवेदीले द एक्सक्लुसिभलाई बताएका छन् । साहले आफ्नो मोवाइल काठमाण्डौमै छोड््ेका थिए । कल जाँदा रिसिभ गरिदैन्थयो । प्रहरीलाई झुक्याउनका लागि नै उनले त्यो चाल चलेको प्रहरी उपरीक्षक सुवेदीले बताए । साह दिल्लीमा हुँदा भारतीय नम्बरबाट आफ्ना निकटका आफन्तहरुलाई फोन गरेर सुचना संकलन गर्थे । धनुषा प्रहरीले पनि उनका आफन्तहरुको मोवाइल टूेस गरिरहेको थियो । केन्द्रिय अनुसन्धान व्यूरो सिआइवीले प्रदान गरेको प्राविधिक सहयोग मार्फत धनुषा प्रहरी संजय साहलाई पक्राउ गर्न टोली दिल्ली सम्म परिचालन गरिसकेको थियो । स्रोतका अनुसार साह आफ्नो आफन्त रहेको विहारको बासोपट्टीमा आई चार दिन बसेका थिए । मुकेश चौधरी र ओम प्रकाश यादवले प्रहरी र अदालत समक्ष गरेको बयान र अदालतले गरेको आदेशको प्रतिलिपि संकलन गरी उनी फेरी दिल्ली फर्केका थिए । दिल्लीमा आफ्नो आफन्तका सहयोगले साहले एउटा फ्लयाट नै भाडामा लिएका थिए । मोवाइल कल टूेस गर्दै प्रहरीले उनीहरुको ठेगाना समेत पत्ता लगाईसकेको थियो । भारतको विहार र यूपिमा लोकसभाको चुनावको अन्तिम चरण रहेको र नाका समेत सिल हुने भएकाले भारतीय प्रहरीले चुनाव पछि मात्र पक्राउ गरेर लग्न दिने संकेत गरेपछि नेपाल प्रहरीको टोली चुनावसम्म पर्खेका थिए । स्रोतका अनुसार साह साई मन्दिरमा पुजा गर्न जाँदा साहका आफन्तले प्रहरीले आफुहरुलाई पछियाईरहेको सुचना पनि दिएका थिए । तर, साहले हुनै सक्दैन भनेर टारेका थिए । अन्ततः साह र साहसँगै बसेका उनका आफन्त निरज साहलाई प्रहरीले पक्राउ गरी सुनौली बोर्डर हुँदै धनुषामा ल्याएका थिए । भोली पल्ट साहलाई अदालतमा बयानका लागि प्रहरीले उपस्थित गरायो र उनका आफन्तलाई रिहा ग¥यो ।


२०७१ जेष्ठ ०४ गते आईतबार

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete