Tuesday, May 20, 2014

संजय साहको बचाउमा के भन्छिन् उनकी श्रीमतीले ?


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
भन्छन् सत्ययुगमा मृत्युको मुखबाट श्रीमतीले आफ्ना श्रीमान्लाई बचाएका थिए रे । पतिव्रता नारी त्यो शक्ति हुन्छ जसले भगवानलाई पनि विवश पार्छ रे तर अहिले कलयुगमा त्यो सम्भव छ त ? तर यहाँ आफ्ना श्रीमानको बचाउका लागि एक नारी जागेकी छिन् । उनी हुन् जनकपुर बम काण्डका मुख्य आरोपी संजय साहका श्रीमती रंगिला साह । आफ्नो श्रीमानलाई थुनामा जवर्जस्ती साजिस गरी राखेको प्रति आक्रोशित हुँदै उनले आफ्ना श्रीमानको बचाउ गरेकी छिन् । 
मध्यमाञ्चलका डिआईजी प्रकाश आर्यालप्रति उनी निकै आक्रोशित देखिएकी छिन् । राज्य सत्ता खास गरी प्रहरी प्रशासनले पूर्वाग्रही र योजनवद्ध तरिकाले अनुसन्धानलाई अगाडि बढाई रहेको आरोप लगाउँदै आफ्ना श्रीमानमाथि लागेको हरेक आरोपलाई खण्डित गरेकी छिन् । उनले आफ्ना श्रीमानको बचाउमा के भनेकी छिन् यहाँ पढ्नुस् ।
(रंगीला साह (संजय साहकी श्रीमती)
मेरो श्रीमानको ‘छवि’ लाई बलजफ्ती खतरनाक अपराधीका रुपमा स्थापित गर्ने र यसका लागि विभिन्न घटनाक्रमहरुलाई सतही, मनोगत र अतिरञ्जित तरिकाले प्रस्तुत गर्ने गरी मध्यमाञ्चलका प्रहरी प्रमुख डीआइजी प्रकाश अर्यालको भनाइ सार्वजनिक भएको छ । अपराध अनुसन्धानलाई गम्भीरतापूर्वक एवं अत्यन्त संवेदनशील भएर अघि बढाउने राजकीय तथा वैधानिक दायित्व भएका प्रहरी अधिकारीको यस्तो गलत, भ्रामक र अनर्गल टिप्पणीले नै राज्यसत्ता र खासगरी प्रहरीप्रशासन मेरो श्रीमानविरुद्ध योजनाबद्ध र पूर्वाग्रही भएर अनुसन्धान प्रक्रियालाई अघि बढाइरहेको छर्लङग हुन्छ । सत्ता तथा शतिmको दुरुपयोग गर्ने राजनीतिक शतिm, आफ्नो अनुकूलता र सुविधाअनुसार खास आग्रहबाट प्रेरित भएर अनुसन्धान अघि बढाउने प्रहरीको परम्परागत चरित्र र निर्दोषलाई फसाउँदै अहंकार तुष्टी गर्ने एउटा वर्गको चासोका रुपमा डीआइजी अर्यालको अभिव्यतिm आएका हुन् । अमर्यादित, सीमाहीन र राजनीतिक शैलीमा आएको उहाँको अभिव्यतिmले मलगायत हाम्रो सिङगो परिवारको सम्मान र गरिमालाई आघात पुगेको छ । यद्यपी हामी यस्ता निराधार र कपोलकल्पित कथा श्रृंखलाको प्रतिस्थापनले हामीप्रति रहेको अविचलित जनविश्वास र स्थिर सामाजिक शतिm प्रभावित हुने कुरामा सन्देह गर्दैनौं ।
प्रहरीको दृष्टिकोण, सोचाइ र व्यवहार सुरुदेखि नै मेरो श्रीमानप्रति असहिष्णु र उपेक्षात्मक रहँदैआएको उहाँ स्वयंले पटकपटक चेतनशील जनतालाई भन्दै आउनुभएको छ । प्रहरीको कार्यशैलीलाई विवेकपूर्ण, न्यायपक्षधर र लोकतान्त्रिक बनाएर सुधारात्मक बनाउनुपर्ने दिशामा एउटा जिम्मेवार जनप्रतिनिधिको हैसियतले उहाँले विगतमा कुनै कसर बाँकी राख्नु भएन । जसको प्रतिशोधको रुपमा अहिले झूठा मुद्दामा कसुरवार ठह¥याई मेरो श्रीमानविरुद्ध अभियोजन गरिएको छ । सामाजिक र राजनीतिक सम्बन्धलाई अनुचित साँठगाँठ वा प्रभावका रुपमा हेर्नु प्रहरीका डीआइजीको दृष्टिदोष मात्र हुन सक्दैन, प्रहरीको जवाफदेहिता र विश्वसनीयतालाई समाप्त गर्ने नागरिकद्रोही काम हो भन्नुपर्ने हुन्छ । अहिले मेरो श्रीमान पुर्पक्षका लागि थुनामा हुनुहुन्छ । यस्तो बेला ‘सनसनीपूर्ण खुलासा’ को नाउँमा जुन कुराहरुलाई प्रहरीले अघि ल्याएको छ । त्यसमा षड्यन्त्र छ र प्रपञ्च पनि । एउटा समाजविरोधी भ्रष्टाचारीहरुको सञ्जालबाट प्रहरी अनुसन्धान प्रभावित भइरहेको तथ्यलाई नकार्न सकिँदैन । मेरो श्रीमानको राजनीतिक यात्रामा कहिल्यै कुनै आरोप नलाग्नु तर जिल्ला विकास समिति धनुषाको भ्रष्टाचार प्रकरणलाई उठाएपछि सबै भ्रष्टाचारी र भ्रष्ट सञ्जालमा संलग्न व्यतिmहरु गोलबन्द भएर उहाँविरुद्ध प्रचारयुद्ध थाल्नुले पनि प्रष्ट हुन्छ उहाँविरुद्धका पछिल्लो अभिव्यतिm पनि केही समयअघिदेखि गरिँदैआएको दुषप्रचारकै निरन्तरता हो ।
डीआइजी अर्यालका आरोपहरुलाई हेर्दा
 १) हाम्रा सम्पूर्ण व्यवसायहरु मेरो ससुराको नाउँमा छ र तिनमा अधिकांश व्यवसाय हाम्रा पारिवारिक र परम्परागत हुन् । ती व्यवसायहरु कानूनीतवरमा सञ्चालित छन्, सरकारलाई कर बुझाइएको छ । व्यवसाय नाफामूलक हुनु अपराध होइन । र, मेरो लोग्नेसँग भएको सम्पती पैतृक हो । काठमाडौंमा एउटा घर किनिएको यथार्थ हो तर बैंकबाट ऋणपान गरेर घर जोडिएको छ । बानेश्वरमा एउटा रेष्टुरेन्ट रहेको कुरा थप हास्यास्पद छ ।
    २) जिविस भ्रष्टाचार प्रकरणमा कुरा उठाएपछि भ्रष्ट कर्मचारी र तिनलाई संरक्षण दिने राजनीतिकर्मी र प्रशासनिक संयन्त्र मेरो लोग्नेविरुद्ध रहँदैआएको सबैलाई थाहा छ । रामानन्द चोकको बम कान्डपछि मेरो लोग्नेलाई फसाउँने प्रयत्न भइरहेको कुरा नौलो पनि थिएन । केही समयअघि जिविसका निलम्बित कर्मचारी जीवनाथ चौधरीले ‘छ महिनाभित्र संजयलाई जेल पठाउँछु ’ भनेर सार्वजनिक घोषणा गरेका थिए । उनको आत्मविश्वास वा अहंकारले पनि मेरो लोग्नेविरुद्ध गम्भीर षड्यन्त्र भइरहेको प्रष्ट भएको थियो । अहिले चौधरीको त्यस सार्वजनिक अभिव्यतिmलाई अदालतमा प्रस्तुत गरिएको छ । कसैले आरोपित गरेको भरमा मेरो लोग्नेविरुद्ध त्यस घटनामा संलग्नता भएको भन्दै मुद्दा चलाइएको छ । सयजना अपराधी छुटुन तर एकजना निर्दोषी नपरुन भन्ने फौजदारी अभियोगको आधारभूत मान्यताविपरित मेरो लोग्नेलाई पुर्पक्षका लागि थुनामा राखिएको छ । यो पुर्पक्षका लागि अभियुतmलाई थुनेर इमानदार छवि प्रस्तुत गर्ने न्यायिक प्रबृत्तिको पुनराबृत्ति हो ।
३) मेरो लोग्नेलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा लगाइँदा उहाँ किशोरावस्थामा हुनुहुन्थ्यो । सार्वजनिक अपराध मुद्दाको अभियोजनका आधार मूलतः बलियोबाङगोले हेप्न र दपेट्न प्रयोग गर्दैआएको विषयमा धेरै भन्न पर्दैन ।
    ४) महोत्तरी धीरापुर गाविसका तत्कालिन अध्यक्ष हेमचन्द्र यादवका छोरा पप्पुलाई अपहरण गरी दश लाख फिरौति लिएर छोडेको घटनामा अपहरणकारीहरु सिरहामा पक्राउ परेका थिए । गाउँलेहरु बीचकै द्वन्दले घटना भएको सुनिएको थियो । सो घटनामा धनुषा प्रहरीका तत्कालिन प्रमुख एसपी मनोज शाहले जबर्जस्ती रकम असुल्न कीर्ते काग खडा गरी उहाँविरुद्ध मुद्दा दायर गरेको थियो । अपहरित बच्चासँग अपहरणकारीहरु सिरहा पक्राउ पर्नु तर तत्कालिन एसपी शाहले सीमावती भारतीय गाउँ देउधाबाट बच्चालाई अपहरणमुतm गराइएको कीर्ते कागज गरी दायर गरेको मुद्दालाई अदालतले सोही समयमा खारेज गर्दै प्रहरीलाई गलत नगर्न चेतावनीसमेत दिएको थियो ।
    ५) मेरो लोग्नेबाट हतियार बरामद भएको सन्दर्भमा त्यत्तिबेलाका पहुँचवाला र सेनाको चासोमा उहाँलाई जबर्जस्ती मुद्दा लगाइएको थियो । शाहीकालमा लगाइएको यस मुद्दामा पनि प्रहरी र अन्यसम्बद्ध पक्षले इन्कारी बयान दिइसकेको छ । जसबाट उहाँको संलग्नता नरहेको पुष्टि भएको छ ।
    ६) नन्दु राउत हामीकहाँ चालकका रुपमा कार्यरत थिए । अत्याधिक मद्यपान गर्ने उनको मृत्यु टूयाकियामा अन्नको गेडो अड्केर भएको पोष्टमार्टम रिपोर्टले प्रष्ट गरिसकेको छ । यस्तो अवस्था इश्वरीय कारण वा संयोगले मात्र हुने गर्दछ ।
    ७) सञ्चारउद्यमी अरुण सिंघानियाको हत्यामा संलग्नहरु भनेर केही व्यतिmहरु पक्राउ परिसकेका छन् । यसमा मेरो लोग्नेको संलग्नताको कथाबारे अनुसन्धान हुनुपथ्र्यो । उहाँलाई प्रहरीले नियन्त्रणमा राखेकै बेला त्यसमा संलग्न भनेर केही व्यतिmहरु पक्राउ परेका छन् , तर प्रहरीले उहाँसँग जोडेर अनुसन्धान गरेनन । अचानक यस्तो कुरा गर्नु जबर्जस्ती कुनै कुरामा घचेटनु हो ।
    ८) माथवर मुखियाको हत्यामा संलग्न एकजना अभियुतm घटनास्थलमै समातिएका थिए । अर्का व्यतिm पक्राउ परेपछि पृथ्वी सिंह भन्ने श्याम यादवसम्म घटनामा तानिएका थिए । आज जम्मै अभियुतm पक्राउ परिसकेका छन् । र, उनीहरुमाथि मुद्दा चलाइएको छ । यसमा कहीँकतै मेरो लोग्नेको संलग्नता भनेर आएको छैन ।
    अर्थात् यी सम्पूर्ण घटनाक्रमहरुले प्रहरीले जसरी भए पनि विभिन्न अपराधिक घटनामा मेरो लोग्नेको संलग्नता भएको तथ्यलाई जबर्जस्ती स्थापित गर्न खोज्दैछ । जसका लागि पक्राउ परेका अभियुतmहरुको बलजफ्ती बयान लिने काम गरिरहेको छ । केही दिनअघि जीउँदै व्यतिmको हत्या अभियोगमा अदालतबाट सजाय भएको प्रसंगले पनि प्रहरी अनुसन्धानमा यातनाको प्रयोगलाई पुष्टि गरेको थियो । पार्टी कब्जा गर्ने उहाँको मनसायलाई लिएर डीआइजीको टिप्पणी पार्टीपंतिmमा विग्रह र विद्वेष फैलाउने कुत्सित मानसिक्ताबाट आएको हो । यसमा रत्तिभर सत्यता छैन । 
( समाचार स्रोत रातोपाटी डट कम)

२०७१ जेष्ठ ०४ गते आईतबार

No comments:

Post a Comment