Tuesday, May 20, 2014

रद्द गरिएको एसएलसी परीक्षा पुनः लिइने


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

रद्द गरिएको धनुषाको तीन परीक्षा केन्द्र मध्ये दुई परीक्षा केन्द्रमा पून ः परीक्षा सञ्चालन गर्न परीक्षा नियन्त्रण कार्यालय तयार भएको छ । विगत चैतमा सम्पन्न एसएलसी परीक्षाको क्रममा रद्द गरिएको समाजिक विषयको परीक्षा पून ः सञ्चालन गर्न परीक्षा नियन्त्रण कार्यालय तयार भएको हो ।
परीक्षा नियन्त्रण कार्यालयले यदुकुहाको परीक्षा केन्द्र ‘क’ र धवौली परीक्षा केन्द्रको परीक्षा पून ः सञ्चालन गर्न तयार भएपनि यदुकुहाकै परीक्षा केन्द्र ‘ख’ मा परीक्षा नलिइने जनाएको छ । कार्यालयले परीक्षाको मिति जेष्ठ १७ गतेको लागि निर्धारण गरेको जनाइएको छ । यसअघि रद्द गरिएको तीन परीक्षा केन्द्रमा पून ः परीक्षा सञ्चालन हुनुपर्ने माग गर्दै संयुक्त विधार्थी संघर्ष समिति करिब २० दिन देखि जनकपुरको जनक चोकमा रिले अनशन गर्दै आइरहेको थियो । संघर्ष समितिले पुनः परीक्षा लिन तयार भएपछि रिले अनशन पनि शुक्रबार तोडेको छ । यसअघि घटनाको छानबीन गर्न धनुषा आएका शिक्षा मन्त्रालयका सह(सहचिव खगराज बराल नेतृत्वको टोलीले परीक्षा बोर्डमा आफ्नो प्रतिवेदन बुझाएका थिए । विगत वर्ष चैत महिनामा सञ्चालन भएको एसएलसी परीक्षामा सुरक्षाकर्मी, विधार्थी र अभिभावक बीच विवाद हुँदा धनुषाको यदुकुहा विधालयमा रहेको परीक्षा केन्द्र ‘क’ ,  ‘ख’  र धवौली परीक्षा केन्द्र गरी तीन परीक्षा केन्द्रमा समाजिक विषयको परीक्षा रद्द गरिएको थियो । 
विवादको क्रममा प्रहरीले चलाएको गोली लागि दुई विधार्थी घाइते भएका थिए भने तीन परीक्षा केन्द्र गरी करिब एक हजार दुई सय विधार्थीको भविष्य अन्यौलमा परेको थियो ।


२०७१ जेष्ठ ०४ गते आईतबार

No comments:

Post a Comment