Monday, September 30, 2013

धनुषामा १०,महोत्तरीमा ३ जनाले हतियार बुझाए



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

धनुषा जिल्लामा १० जनाले इजाजत प्राप्त हतियार जिल्ला प्रहरी कार्यालयमा बुझाएका छन् । आउँदो मंसिर ४ गते हुने भनिएको संविधान सभाको निर्वाचनको मध्यनजर गरी धनुषा जिल्ला प्रशासन कार्यालयले  इजाजत प्राप्त हतियार बुझाउन सर्वसाधारणमा आग्रह गरेको थियो ।
तोकेको समयसीमा भित्र धनुषा जिल्लामा १० जनाले हतियार बुझाएका छन् । गत भदौ २६ देखि असोज ६ गतेभित्र इजाजत प्राप्त हतियार बुझाउन आव्हान गरिएको थियो । करिब २ सातामा मात्र १० जनाले हतियार बुझाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका इन्सपेक्टर गोविन्द पुरीले जनाए । 
अब घर घरमा गई हतियार खोजतलाश गर्छु, उनले भने(तोकेको समयमा नबुझाएपछि घर घरमा पुग्नै पर्ने भयो । ’ संविधानसभाको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्ने लक्ष्य अनुसार स्थानीय जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै यस्तो आग्रह गरेको थियो । 
अहिले बुझाएको हतियारहरु संविधानसभाको चुनावपछि जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई फिर्ता गर्ने छ । जिल्ला प्रहरी कार्यालयमा हतियार बुझाउन भनिएको थियो  । जिल्ला प्रशासन कार्यालय धनुषाले १ सय १८ जनाको सूची जारी गरेको छ । १ सय १८ जनामा असोज ७ गतेसम्म मात्र १० जनाले हतियार बुझाएका छन् ।  
तीन थान बन्दुक बुझाइए
१९१ हतियारधारी सम्पर्कबाहिर
संविधानसभाको निर्वाचन शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय महोत्तरीले इजाजतप्राप्त हतियार बुझाउन उर्दी महोत्तरीमा तीन थान हतियार बुझाइएको छ । गौशाला(१ का शेखर शर्माको नाममा दर्ता रहेको लाइसेन्स नम्बर १८२६ हतियार नम्बर २४४० ए÷९ रहेको १२ बोरको दुईनाले टोटावाल बन्दुक एक थान, बन्दुकमा लाग्ने गोली १९ राउन्ड बुझाइएको छ । त्यसैगरी मटिहानी(८ का रामप्रसाद जैमपुरीको नाममा रहेको लाइसेन्स नम्बर १८४९ हतियार नम्बर एमओ २०८ रहेको १२ बोरको दुईनाले बन्दुक नाटा एक थान र जलेश्वर(१० का तारानन्द ठाकुरको नाममा दर्ता रहेको लाइसेन्स नम्बर १३५ हतियार नम्बर १८३ रहेको १ नाले टोटावाल बन्दुक एक थान बुझाइएको हो । जिल्ला प्रशासन कार्यालय महोत्तरीमा भने २०७० असार मसान्तसम्मका एक सय दुई, २०७१ असार मसान्तसम्मका लागि १८ र २०७२ असार मसान्त सम्मका लागि ७४ वटा हतियारहरु नवीकरण गरिए पनि हालसम्म ती हतियार बुझाउन इजाजत पत्रधारीहरु नआएको महोत्तरी प्रशासनले जनाएको छ । जिप्रका महोत्तरीले मंसिर ४ गते हुने संविधानसभाको निर्वाचन शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न हातहतियार खरखजाना ऐन २०१९ को दफा ८ बमोजिम विभिन्न व्यक्तिहरुसँग रहेको इजाजत पत्रप्राप्त हतियारहरु बुझाउन असोज ६ गतेसम्मको म्याद दिईएको थियो । यसरी बुझाइएको हतियार निर्वाचन अवधिभर प्रहरीमा राखी निर्वाचन भएको सात दिनपछिबाट फिर्ता गरिने सार्वजनिक सूचना जारी गरिएको थियो । सूचना अल्लङ्घन गर्नेलाई प्रचलित कानुनबमोजिम कार्वाही गर्ने जनाए पनि हालसम्म तीन थान मात्र हतियार बुझाइएको हो ।


मिति ः २०७०÷६÷१३

No comments:

Post a Comment