Monday, September 30, 2013

प्राध्यापक सत्यनारायण गडेरीको हत्या



       
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

जनकपुर क्षेत्रकै चर्चित नेपाली विषयका सह प्रध्यापक ५० वर्षी सत्यनाराण गडेरीको विभत्स हत्या गरिएको छ । गडेरीको शव धनुषाको कुर्था गाविस ६ को ईट्टाभठ्ठा नजिक ११ असोज विहान ५ बजे फेला परेको हो । सह प्रध्यापक गडेरीलाई अज्ञात समुहले धारिलो हतियार प्रहार गरि घाँटी रेटी र छातीमा एक गोली प्रहार गरि हत्या गरेको अवस्थामा शव भेटिएको धनुषा प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लगि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । गडेरीलाई कसले र किन हत्या गरियो सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक उत्तम राज सुवेदीले जनाएका छन् । गडेरीलाई राति नै हत्या गरि फालिएको हुन सक्ने प्रहरीको अनुमान छ । विहिवार बेलुका सम्म प्रध्यापकहरुकै सम्पर्कमा रहेका गडेरी साँझ देखि सम्पर्क विहीन रहेका थिए । सिरहाको जिल्लाको अरनामा स्थाई घर भई जनकपुर नगरपालिका ८ मा घर बनाई बस्दै आएका गडेरी जनकपुरको जनकहजारी विद्यापिठ र धनुषा साईन्स क्याम्समा अध्यापन गर्दै आएका थिए । गडेरीले नेपाली व्याकर्ण बोर्डिङ स्कुलका विभिन्न नेपाली भाषाका किताबहरु लेख्दै लेखकको रुपमा समेत परिचित थिए । गडेरीको श्रीमती सहित एक छोरा एक छोरी रहेका छन् । यता सह प्रध्यापक गडेरीको हत्या पश्चात जनकपुर क्षेत्रका सम्पुर्ण क्याम्सका प्रध्यापक र विद्यार्थीहरु स्तव्ध भएका छन् । गडेरीको हत्या भएको केही मिटर पर उनले प्रयोग गरेको ज १ प १९९९ नम्बरको मोटरसाईकल समेत भेटिएको छ ।
धनुषाका प्रहरी नायव उपरीक्षक संतोष सिंह राठौरले हत्यामा संलग्न रहेको आरोपमा एकजनालाई अनुसन्धानको क्रममा पक्राउ गरिएको बताएकाछन । उनले हत्याको कारण यकिन भइनसकेको जनाए । गडेरीले कुर्थामा रेलवे स्टेशन बन्ने चर्चा रहेको नजिकै जग्गा किनेको बताइन्छ । उनको हत्यापनि त्यहीँ  नजिक भएकोले जग्गाको बिबाद समेत हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेकोछ । प्रहरीका अनुसार जग्गा सम्बन्धी बिबादपनि हत्याको कारण हुन सक्ने संभावना छ । प्रहरीले बारहबिघा छेउमा समेत उनको जग्गा रहेको जनाएकोछ ।केहि संघसंस्थाहरुमा उनको सकृयता र सहकारी संस्था खोल्ने तयारी रहेको प्रनाउ राठौरले जनाए । यसैबीच जनक हजारी विद्यापीठ क्याम्पस जनकपुरका सहायक प्राध्यापक सत्यनारायण गडेरीको अज्ञात व्यक्तिद्धारा गरिएको विभत्स हत्याको विभिन्न क्षेत्रबाट सर्वत्र विरोध भएको छ । उच्च माध्यमिक विद्यालय संघ नेपाल,स्वतन्त्र विद्यार्थी युनियन,प्राज्ञिक विद्यार्थी परिसद,नेपाल, नीजि तथा आवाशिय विद्यालय अर्गनाइजेशन नेपाल धनुषा, अखिल नेपाल राष्टिूय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी), नेपाल विद्यार्थी संघ लगायतका विभिन्न संगठनले छुट्टा छुट्टै रुपमा विज्ञप्ति जारी गरी घटनाको भत्र्सना गरी हत्यारालाई पत्ता लगाइ कडा कारबाहीको माग गरेको छ ।


मिति ः २०७०÷६÷१३

No comments:

Post a Comment