Monday, September 30, 2013

शिक्षा कार्यालयका कार्यालय सहयोगीको आलिशान महलमा झोले विद्यालय



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरु नै धनुषामा झोले विद्यालय सञ्चालन गर्दै आएको रहस्य सार्बजनिक भएको छ । स(साना बालबालिकाहरुलाई कखरा पढाई शिक्षाको बाटोमा डो¥याउने नाममा लामो समयदेखि सरकारी अनुदान र सेबा सुविधा लिदै आएका त्यस्ता विद्यालयमाथि अहिले सम्म जिल्ला शिक्षा समिति र स्थानीय प्रशासनले कुनै कारबारी गरेको छैन ।
दुई वटा झोले विद्यालयका व्यवस्थापन समितिका 
अध्यक्ष समेत रहेका शिक्षा कार्यालयका कार्यालय सहयोगी विल्टु मण्डल । 
  जिल्ला शिक्षा कार्यालय धनुषाका कार्यालय सहयोगी बिल्टु मण्डलले बिद्यालय नै सञ्चालन नगरि दुई वटा बिद्यालयको नाममा सेबा सुबिधा लिदै आएको द एक्सक्लुसिभ साप्ताहिकले ३० भाद्रमा खुलासा गरेको थियो ।  जनकपुरमा जनकपुर नगरपालिका बडा नम्बर(४ स्थित जानकी गुरुकुल बिद्यालय र वडा नम्बर (१२ स्थित रामजानकी गुरुकुल विद्यालयले १८ चैत्र २०६७ सालमा स्वीकृती प्राप्त गरे  पनि अहिले सम्म कुनै प्रकारको शैक्षिक गतिविधि सञ्चालन नगरेको समाचार प्रकाशन भएपछि शिक्षा कार्यालयका कार्यालय सहयोगी मण्डलले ६ असोज २०७० मा आफ्नो नीजि घरमा श्रीराम जानकी प्राथमिक विद्यालयको बोर्ड झुन्ड्याएका छन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका मण्डल भन्छन,“विद्यालय संचालनका लागि यसअघि जनकपुरको कटैया चौरीमा जग्गा खोजेका थिर्यौ तर जग्गामा विवाद उत्पन्न भएपछि विद्यालय संचालन गर्न सकेका थिएनौं ।”
अचम्म नै भन्नु पर्छ समुदायको नाउँमा हस्तान्तरण भएको विद्यालय मण्डलले आफ्नो निजी आवासमा संचालन गरेर चोखिन खोजेपनि जानकी गुरुकुल विद्यालयको सन्दर्भमा मण्डल भन्छन,“ उक्त विद्यालय कुनै मठ मन्दिरमा संचालन गर्नुपर्ने हुनाले मठ मन्दिर खोजेर विद्यालय संचालनमा ल्याउने प्रयास गर्दैछौं । उक्त विद्यालयको नाउँमा यस वर्ष साउन महिनामा पिसिएफ कोटा अन्तरगत १ जना शिक्षकको कोटा परेपनि हालसम्म शिक्षक तय गर्न सकेका छैनौं ।” निजी निवासमा संचालन गरेको उक्त विद्यालयमा कक्षा १ देखि ३ सम्म पठनपाठन हुने गरेको तथा ६७ जना कुल विद्यार्थी रहेको मण्डल बताउँछन । निजी स्रोतमा प्रधानाध्यापक आनन्द मण्डल, रुका मिश्र र हरिलाल मुखिया गरी तीन जना शिक्षक रहेको मण्डलले बताएका छन ।  तर अचम्म कस्तो छ भने मण्डलले शिक्षक शिक्षिकाहरुको दिएको नामावली भन्दा भिन्न मिकी सिंहले विद्यार्थीहरुलाई पढाईरहको देखियो । देशैभरी वैशाखको प्रारम्भ देखिनै विद्यालयको पठनपाठन सत्र सुरु हुन्छ तर उक्त विद्यालयमा अचानक असोज महिनामा विद्यार्थी कहाँबाट आए खोजको विषय हो । विगतमा पनि कतिपय झोले विद्यालयका संचालकहरुले अनुगमन हुने बेलामा भारतबाट र अन्य विद्यालयमा नामाङकन भएका विद्यार्थीहरुलाई पढाएको देखाएर सबै रकम भ्रष्टाचार गर्ने गरेको प्रवृति नै रहेको छापा माध्यमहरुमा समाचार नआएको पनि होइन । सुविधाको नाउँमा पाठयपुस्तक, दलित, छात्रा छात्रवृत्ति र पिसिएफ कोटा वापत ४५ हजार रकम शिक्षा कार्यालयबाट पाएको मण्डलले बताएका छन  । अव सवाल के उठछ भने यतिका दिनसम्म विद्यालय नै संचालन नगरेका र विद्यालयको नाउँमा प्रत्येक वर्ष शिक्षा कार्यालयबाट पाउने गरेको लाखौं रकमको अनुदान दुरुपयोग गर्ने र ठगी गर्ने उक्त कार्यालय संचालक मण्डललाई सम्बन्धित निकायले हालसम्म किन कारवाही गरेको छैन ? सिरहा लवदी गोठ घर रहेका मण्डलले २०५० सालमा मध्यमाञ्चल क्षेत्रिय शिक्षा निर्देशनालयका तत्कालिन निर्देशक कमल प्रसादलाल कर्णको कृपाबाट कार्यालय सहयोगीको रुपमा जागिर पाएका मण्डलले सामान्य तलबकै भरमा जिविकोपार्जन गर्न कठिनाई हुने अवस्थामा जनकपुरमा घडेरी किनी आलिसान तिनतल्ले महल बनाउनुले पनि आशंका उब्जाउने प्रसस्त आधार देखिन्छ । कार्यालय सहयोगी मण्डल धनी हुनु हुदैन भन्ने सबाल होइन तर एक जना सामान्य कर्मचारी कम समयमै अइसोआरामका साथ विलासिताको जिवन शैली जिउन थाल्नुले पनि उनले विगतमा गरेको भ्रष्टाचार तथा आर्थिक अनियमितता प्रष्ट देखिन्छ । मण्डल मात्र होइन धनुषामा पावर र पहुँच भएका कतिपय व्यक्तिले झोले विद्यालय संचालन गरी सरकारी रकम झ्वाम्म पारेका छन । मण्डल त उदाहरण मात्र हुन । धनुषामा शिक्षा कार्यालयमा पावर र पहुँच बनाएर कहलाउने व्यक्तिहरुले समेत विद्यालय संचालनको अनुमति लिएर सरकारी अनुदानको दुरुपयोग गरेर भ्रष्टाचार गर्ने गरेका छन ।
एक सय एक गाविस र एउटा नगरपालिका रहेको धनुषामा शिक्षा कार्यालयका कर्मचारीले अतिरिक्त आम्दानी लिएर कुनै किसिमको भौतिक पूर्वाधार र शैक्षिक गतिविधि सञ्चालन नगरेका डेढ दर्जन भन्दा अधिक  विद्यालयहरुलाई अनुमति दिएको अनुमान छ  । शैक्षिक गतिविधि सञ्चालन नै नगरी लामो समयदेखि ती विद्यालयका शिक्षकले सरकारी धनराशि कुमल्याउदै आएका छन् । त्यस्ता विद्यालयका शिक्षकमाथि अहिलेसम्म कुनै  कारबाही भएको छैन ।
शिक्षा कार्यालय धनुषाका कार्यालय
सहयोगी विल्टु मण्डलको आफ्नै आलिसान महलमा
एक साता अघिमात्र झुन्ड्याइएको विद्यालयको बोर्ड ।
धनुषाका निमित्त शिक्षा अधिकारी शशि यादव भन्छन,“ जिल्लामा भोले विद्यालयहरु संचालनमा रहेको भनेर जनगुनासो हामी कहाँ पनि आएको छ । जिल्ला भरीका स्रोत केन्द्रहरुका स्रोत व्यक्तिहरुलाई झोले विद्यालयको अनुगमनका लागि खटाइसकिएको छ । स्रोत व्यक्तिहरुले दिने प्रतिवेदनको आधारमा यकिन गरिएको झोले विद्यालयका संचालकहरुलाई कारवाही गरिने छ ।”
जिल्ला शिक्षा समिति धनुषाका अध्यक्ष तथा स्थानीय विकास अधिकारीले जिल्लामा १६ वटा झोले विद्यालयहरु रहेको आशंका रहे पनि १० वटा विद्यालयहरुको नामावली सार्वजनिक गर्दै तिनीहरु विरुद्ध कारवाहीको प्रक्रिया अगाडी वढाउने प्रतिवद्धता जाहेर गरेका छन । सुवेदीका अनुसार रामजानकी प्रावि जनकपुर–४ सरस्वती नगर, जानकी गुरुकुल विद्यालय जनकपुर–४, गिरनारी प्रावि वसहिया–७, सरस्वती तुल्सी मेहर प्रावि तुल्सीयाही निकास, आदर्श प्रावि रमदैया–९, डिहवार बाबा प्रावि रमदैया–५, प्रावि रमदैया –२, सोनाई मैया नागेश्वर साह प्रावि भतही, सरस्वती प्रावि बरमझिया –५ र ज्ञानज्योती प्रावि कनकपट्टी गरी १० वटा विद्यालयहरु झोले विद्यालय हुन । अरु थप विद्यालयहरुको खोजी कार्य भइरहेको सुवेदीले बताए । विद्यालय अनुमति पाउने वित्तिकै विद्यार्थी संख्या अनुसार छात्रवृति, पाठयपुस्तक, मसलन्द खर्च बापत लाखौं रुपैयाँ विद्यालयले पाउने गरेका हुन्छन । यसका अतिरिक्त विद्यालय भवन निर्माणका लागि पनि रकम कुम्लयाउने गरेका हुन्छन । धनुषामा आर्थिक वर्ष २०६९÷०७० मा कक्षा १ देखि ८ सम्मको छात्रा छात्रवृति का लागि भनेर रु.२ करोड ८ हजार १ सय, दलित छात्रवृतिको लागि रु. १ करोड ५५ लाख २८ हजार ४ सय, कक्षा देखि ५ सम्मको निशुल्क पाठय पुस्तक वापत रु. १ करोड ४६ लाख ३८ हजार ५ सय १८ निकाशा भएको तथ्याङक देखिन्छ । यसरी शिक्षा कार्यालयबाट निकासा गरिएको करोडौ रकम मध्ये झोले विद्यालयका संचालकले पनि रकमको दुरुपयोग गरेको पाइन्छ । संचालित झोले विद्यालयहरुको स्वीकृति खारेज गर्नुपर्ने यस अघि नै नेपाल सरकारले निर्णय गरिसकेको छ तर धनुषामा शिक्षा अधिकारीले अनुमति खारेज गर्नुको सट्टा बजेट विनियोजन गरेको पाइन्छ । कतिपय झोले विद्यालयमा दरबन्दी प्राप्त शिक्षक कार्यरत रहेका छन र विद्यालय नै नभएको हुनाले कामै नगरी घरमै बसी बसी तलब खाने गरेका छन ।
लामो समयदेखि विद्यालय स्थापनाका साथै कुनै किसिमको शैक्षिक गतिविधि नै सञ्चालन नगरी झोलामा विद्यालयको नाम र शिक्षकको नाम बोकेकोभरमा सरकारी रकम निकासा गरी दुरुपयोग गर्ने शिक्षक र जिल्ला शिक्षाअधिकारी लगायत अनुमति दिने तत्कालिन जिल्ला शिक्षा समितिका पदाधिकारीलाई समेत कानुनको दायरामा  ल्याउन आवश्यक छ ।

मिति ः २०७०÷६÷१३

No comments:

Post a Comment