Monday, September 30, 2013

४३ वर्षदेखि न्यायको पर्खाइमा



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषाको देउरी परवाहा ५ का ६५ वर्षिय चन्द्रदेब मिश्र न्याय माँग्दै हिंडेको ४३ वर्ष भयो । सर्बोच्च अदालत, तात्कालीन भूमी प्रशासन, पुनरावेदन अदालत हुँदै हाल उनी निर्णय कार्यन्वयनका लागि जिल्ला प्रशासन कार्यालय धनुषा धाईरहेका छन् । तर न्याय पाईसकेका छैनन् । जनकपुर गुठीको नाउँमा रहेको धनुषाको परवाहा ३ स्थित साबिक कित्ता नं ७२२ र २०२६ को सर्भे पछि कायम गरिएको कित्ता नं ३२३ को ०(६(१०(० जग्गा धनी प्रमाणपत्र बनाउन उनले सर्बोच्चसम्म धाए । सर्बोच्चले पक्षमै आदेश दिएपनि निर्णय कार्यन्वयनका लागि उनले अझै प्रशासन समक्ष धाईराख्नुपरेको छ । मिश्रका बुवा नचारी मिश्रले वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गा २०२६ सालको सर्भेमा फिल्डबुकमा छुट्न गई ऐलानी कायम भयो । ऐलानी कायम भएको बारे समयमै जानकारी नभएपनि २०३३ सालमा सर्बोच्चमा आफ्नो नाउँमा दत्र्ता कायम भएको साबिक कित्ता नं को जग्गा ऐलानी कायम गरिएकोमा उत्प्रेषणको माँग गर्दै रिट दिए ।सर्बोच्चले २०३३ को १६ फाल्गुनमा २०२९ को पुस १० मा भूमी प्रशासनले ऐलानी कायम गरेको निर्णय त्रुटीपूर्ण रहेको ठहर गर्दै प्रशासकको नाउँमा परमादेश जारी गर्यो । यद्दपी सर्बोच्चको निर्णयको कार्यन्वयन नहुँदा मिश्र परिवारको नाउँमा जग्गा प्रमाण पूर्जा बनेन् । ३१ वर्षसम्म निरन्तर अदालत, प्रशासन कहाँ सबूत प्रमाण लिएर धाएपनि जग्गाा धनी प्रमाण पूर्जा नबनेपछि चन्द्रदेब मिश्र पुनरावेदन गए । मालपोत कार्यालयले २० जेठ,२०६२ मा जग्गाको तारेख तोडेर मिसिल तामेलीमा राख्ने निर्णय गरेपछि पुनरावेदन गरेका मिश्रले पुनरावेदनबाट पनि मालपोतको निर्णय बद्दर गरिएको आदेश पाए । र सर्बोच्चले दिएको आदेशलाई ध्यानमा राख्दै भोगचलन गर्दै आएका मिश्रसँग मौजूद प्रमाण तथा सिफारिशलाई मध्यनजर गरेर निर्णय गर्न मालपोतलाई आदेश दियो । पुनरावेदनले आदेश गरेको ६ वर्ष बित्यो । विवादको किनारा लाग्न सकेको छैन् ।
पिडित चन्द्रदेव मिश्र(वायाँ) र
 न्यायका लागि प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली कहाँ गुहार लगाउँदै ।
गुठी तर्फको जग्गा भएकाले गुठीले २४ असोज २०४७ मा मालपोत कार्यालयलाई नामासारी दर्ता गरी जग्गा धनी प्रमाण पुर्जा उपलब्ध गराई दिन पत्र नै लेखेको छ । देउरी परवाहा ३ नचारी मिश्रको नाउँमा दर्ता रहेको नापीमा दर्ता हुन छुट भएको र साविकमा निजकै नाममा नम्बरी रहेको देउरी परवाहा ५ कित्ता नं. ७२२(साविक) सर्वे नापी हुँदा कायम भएको वार्ड नंं. ५ कित्ता नं.३७३को ६ कठ्ठा १० धुर जग्गा समेत मिनहा महलबाट लगत कट्टा गरी छोराहरु श्रीकान्त मिश्र, चन्द्रदेव मिश्र र वैदनाथ मिश्रको नाउँमा संयूक्त दर्ता नामसारी गरिदिने निर्णय भएको उक्त पत्रमा उल्लेख भएपनि नेपाल सरकारको नाउँमा रहेको जमिन कसरी नामसारी गरिदिने भन्दै मालपोत कार्यालयले नामसारी नगरिदिएको पिडित ७५ वर्षिय चन्द्रदेव मिश्र गुनासो गर्छन । मिश्रले जग्गाको भोगचलन बापत् गुठीलाई कुत समेत बुझाएका छन् । २०२० देखि २०५४ सम्म भूमीकर बुझाएका मिश्रको २०६० यता गुठीले भूमीकर समेत लिन अस्वीकार गरेको छ । साबिक कित्ता नं बाट चन्द्रदेब मिश्रले १६ धुर जग्गा बिक्रि गरेका छन् । बिक्रि भएको जग्गाको भोगचलनकै आधारमा जग्गाधनी प्रमाण पूर्जा समेत बनेको छ । तर उनले भोगचलनमा ल्याएको जग्गाको बखेडा न्यायालयमा पुगेको ४३ वर्ष भईसक्यो, प्रमाणको आधारमा आफ्नो भन्न पाएका छैनन् ।



मिति ः २०७०÷६÷१३

No comments:

Post a Comment