Monday, September 30, 2013

मान्छे मार्नु त यिनको सौख जस्तो हो – उत्तम राज सुवेदी, प्रहरी उपरीक्षक धनुषा




१४ साउन २०७० मा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका धनुषाका प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले विगत लामो समयदेखि धनुषा प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका स्वामीजी भनिने उमेश यादव र पृथ्वी सिंह भनिने श्याम यादवलाई पक्राउ गरेर प्रहरीलाई सफलता दिलाउन सफल भएका छन । फरार अभियूक्त र अपराधी पक्राउ गरी जिल्लामा शान्ति सुरक्षा वहाल गर्ने मिसनका साथ धनुषा आएका प्रहरी उपरीक्षक सुवेदीसँग द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले गरेको वार्तालापको सम्पादीत अंश प्रस्तुत छ । 


धनुषा प्रहरीको कार्यभार सम्हाले लगतै पत्रकारहरुसँगको पहिलो परिचयात्मक भेटघाटमा तपाईले विगतका चर्चित तथा जघन्य अपराध गरी फरार रहेका सशस्त्र समुहहरुका मस्ट वान्टेडको सूचीमा रहेका अभियूक्तलाई पक्राउ गर्ने बताउनु भएको थियो । दुई महिना भित्रै तपाईले पत्रकार उमासिंह हत्याको प्रमुख योजनाकार भनिएका स्वामीजी भनिने उमेश यादव र अखिल तराई मुक्ति मोर्चाका पोलिट व्यूरो सदस्य पृथ्वी सिंह भनिने श्याम यादवलाई पक्राउ गर्न सफल हुुनु भयो । कसरी पाउनु भयो सफलता ?
घन्यवाद । हजुरले भन्नु भएको कुरा ठीकै हो । म यहाँ धनुषामा हाजिर भएपछि विगतमा ठुला(ठुला अपराध गरी फरार रहेका मस्ट वान्टेड अपराधीलाई कानुनको दायरामा ल्याउँछु भनेर हजुरहरुसँग मैले कमिटमेन्ट पनि गरेको थिएँ । त्यही लक्ष्य अनुसार हामीले टीम वर्क अनुसार काम गर्न सूरु गर्यौ । हामीले प्रहरीका विभिन्न दर्जाका कर्मचारीहरु वसेर फरार रहेका अभियूक्त र अपराधीहरु को–को छन, तिनीहरुको गतिविधि के–के छन, लुकेर कहाँ कहाँ वसिरहेका हुन सक्छन लगायतका विषयमा सूचना संकलन गयार्,ै समिक्षा गर्यौ । समिक्षाको क्रममा तत्काल हामीले पक्राउ गर्ने पर्ने मान्छेहरुको सूची बनार्यौ । त्यसपछि विभिन्न टीमहरु बनाई सबैलाई जिम्मेवारी दिर्यौ । कतिपय अपराधीहरु भारत तर्फ बस्ने, कतिपय अपराधीहरु पेशेवर भईरहेको हुँदा सूरुमा हामीहरुले नीजहरुको बारेमा सूचना सङ्कलन गर्न र तिनीहरुसम्म कसरी पुग्ने भन्ने निश्चय नै अप्ठयारो भएको थियो । तर हामी सबै एक ढिक्का भएर अनुसन्धानको क्रमलाई जारी राख्र्यौ । अहिले पनि त्यो क्रम जारी नै छ । त्यही क्रममा स्वामीजी भन्ने उमेश यादव र पृथ्वी सिंह भन्ने श्याम यादव लगायत १०–१२ जना फरार अपराधीहरुलाई पक्राउ गरी अनुसन्धान गरी कानुनको दायरामा ल्याउने कार्य अगाडी बढाएका छौं ।
जसरी तपाई आउने वित्तिकै पुरानो फाइलहरु रीओपन गर्ने भनेर प्राथमिकतामा लिनु भयो र कार्यलाई अगाडी वढाउँदै गर्दा विगतका प्रहरी प्रमुखहरुले ती फाइललाई रिओपन गरी केस अगाडी वढाएको, नवढाएको अपडेट भएको । नभएको तपाईले कस्तो अनुभूति गर्नू भयो ?
पक्कै पनि कोही पनि प्रहरी अधिकृतहरुले कुनै पनि घटनाको फाइललाई क्लोज गरेर राखेको अवस्था रहँदैन । वहाँहरुले आफ्नो तर्फबाट पक्कै पनि प्रयास गर्नु भएको थियो होला । लामो समय देखि अपराधी फरार रहेको यहाँ जुन प्रवृति मैले देखें, तिनीहरुको खोजी कार्यलाई नै मैले प्राथमिकतामा राखें । चर्चित, जघन्य र ठुल–ठुला अपराधका घटनाहरुको मैले गम्भीरताका साथ सुक्ष्म अनुसन्धान गरी के पनि विचार गरें कि किन पक्राउ पर्न सकेका छैनन, कुन कुन प्रयास गर्न सकिएको छैन भन्ने कुरा मुल्याङ्कन गरेर अगाडी वढ्र्यौ ।
त्यै मुल्याङ्कन गर्दा विगतमा त्रुटी कहाँ भएको भन्ने ठम्याउनु भयो ?
छैन यसलाई त्रुटी नमार्नौ । विगतमा धेरै घटनाहरु भएका छन  । कुनै केशमा वहाँहरुले सफलता प्राप्त गर्नुभयो, कुनैमा गर्न सक्नु भएन । तर प्रयास गरेर बाँकी राखेको काम न मैले गरेको हो ।
एसपी र डिएसपी मात्रै फेरिएको छ, टीम पुरानै हो तर के कुराले टीम एफोर्ट यति सशक्त भयो ? पुराना प्रमुखहरु कहीं कसैको दवाव, प्रभाव वा प्रलोभनमा त परेको होइन ?
दवाव र प्रलोभनको त म कहीं गुन्जायसै देख्दिैन । यती जघन्य अपराधहरुमा कसैको दवावकै भरमा फाइल अगाडी नवढाउने अथवा अनुसन्धान अगाडी नवढाउने कुरा छैन होला । शायद मैले नोटिस के गरे की मैले यी केसहरुलाई विशेष प्राथमिकतामा लिएको होला । कहिले काँही के हुन्छ भने धेरै एफोर्ट गर्दा पनि असफलता पनि हुन्छ, त्यही भएको हुन सक्छ होला ।
स्वामीजी भन्ने उमेश यादवलाई पक्राउ गरी अनुसन्धान गरेको एक साता भन्दा वढी भइसकेको अवस्थामा उमासिंहको हत्या के कति कारणले, किन भएको हो, केही खुलेको छ ?
 अनुसन्धान अहिले पुरा भएको छैन । किन भने यो वहुत चर्चित र विशेष गरी मिडियाका साथीहरुलाई आफ्नै सहकर्मी भएको हुनाले पनि वढी चासो हुन्छ र आम जनसमुदायमा पनि महिला सञ्चारकर्मी मारिए पछि वढी चासो हुन्छ । त्यसकारण अनुसन्धानको यो केसको पहिले पनि अनुसन्धान गरिएको अवस्था छ र व्यक्ति पक्राउ परेपछि गरिएको प्रारम्भिक अनुसन्धानबाट पनि विगतमै आएका कुराहरु जस्तै यिनको उमाकी भाउजुसँगको सम्बन्ध नै हो ।
कस्तो सम्बन्ध, अवैध सम्बन्ध वा हत्याको लागि पैसाको लेन देनको सम्बन्ध वा अन्य केही ?
अवैध सम्बन्ध नै हो । पैसाको लेनदेनको कुरा देखिएको छैन ।
स्वामीजी ले यत्रो अपराध त्यो पनि निर्मम हत्याहरु, अपहरण, चन्दा आतङ्क, एक पछि अर्को अपराधको चाङ्ग नै देखिन्छ । यिनको मनोवृति तपाईले कस्तो पाउनु भयो, किन भने प्रारम्भमा त यिनी ज्वाला समुहमा लागेको पछि आफ्नै समुह गठन गरेको पनि देखिएको छ नि ?
अपराधीहरुको फरक–फरक मनोवृति हुँदो रहेछ । यो स्वामीजीको वारेमा त मलाई आफै के कुरा अचम्म लागेको छ भने कुनै पनि घटना घटाएकोमा त्यसलाई स्वीकार गर्नमा पनि उनलाई कुनै किसिमको हिचकिचाहट छैन । फेरी कुनै पश्चाताप पनि नभएको भन्ने फेसियल एक्सप्रेसन पाइन्छ । यिनी राजनीतिक आवरणमा विशुद्ध अपराधीको रुपमा प्रस्तुत हुने अपराधी हुन ।
त्यै त स्वामीजीले नखुलाएको वा स्वीकार नगरेको भए भरतपुरमा गरिएको दुईजनाको हत्या, दर्जर्नौ अपहरण लगायतका घटनावाट पर्दा पनि उठने थिएन होलाा । किन भने ती घटनाहरुबारे प्रहरीले पनि यस अघि सम्म केही अनुसन्धान गर्न सकेको थिएन । पढेलेखेका पनि हुन भने पछि पेशेवर अपराधी किन बन्यो ?
अव नीजको भनाईलाई नै आधार मान्ने हो भने पनि नीज सूरुमा क्रान्ति गर्ने विचार वाटै ज्वाला समुहमा आवद्ध भएको देखिन्छ । तर जव ऊ आफै अपराधमा संलग्न हुन्छ, विशुद्ध रुपमा आफुलाई अपराधिकरण गरेर पावरमा पुग्ने र पैसा कमाएर आफ्नो वर्चस्व जमाउने र एक किसिमले मान्छेलाई दुःख दिँदा, धम्काउँदा आनन्द महसुस गर्ने प्रवृति रहेको मान्छे मैले पाएको छु । उनको अपराधको अल्टिमेटली उद्देश्य चाहिँ एक्सटोर्सन गरेर पैसा कमाउने नै देखिएको छ ।
मान्छे हत्या गरेर इन्जवाई गर्ने, आनन्दित महसुुस गर्ने, सेटिस्फाइड हुने प्रवृति चाँहि किन देखा परेको होला ?
त्यै त मलाई पनि अचम्म लागेको छ । त्यो कुराको अनुसन्धान मैले गर्दैछु । त्यो मानसिक कुरा पनि हुन सक्छ ।
प्रतिशोध वा आवेश प्रेरित केहि कुरा देखिदैन । उनले त मान्छे हत्या त शोखको रुपमा लिएको देखिन्छ । कुनै कुरामा पश्चाताप नै छैन । जुन सुकै अपराध गर्दा पनि मानौं जस्तो उसलाई केही असर नै परेको छैन । यो त सामान्य कुरा हो जस्तो उनले लिएको देखिन्छ ।
अव पृथ्वी सिंहको कुरा गरौं । उनले अनुसन्धानको क्रममा के–के कुराहरु खुलाएका छन ?
नीजको पनि चालढाल हेर्दा पश्चातापको कुनै कुरा देखिएको छैन । नीजले त स्वामीजीको भन्दा अझ पोलिटिकल हुँ भन्ने मनसाय हामीकहाँ राख्न खोजेका छन । तर अपराधको दुनियाँमा यिनी पनि गइसकेपछि वढी चाँहि ‘मनी माइन्डेड’ नै भएको देखिन्छ । उमेश यादव घटना गराएरै अस्तित्व देखाउने र पृथ्वी सिंह धम्कीकै भरमा बम व्लास्ट गराएकै भरमा आफ्नो वर्चस्व देखाउन खोजेको देखिन्छ । उमेश यादव ज्यान मार्न पनि पछि नहटने भने पृथ्वी सजिलैसँग थर्काएर वा प्रभावमा पारेर श्रृङ्खलावद्व अपाराधको घटना गरेको देखिन्छ ।
आकाश त्यागी ‘राम यादव’ र पृथ्वी सिंह ‘श्याम यादव’ दुवै दाजुभाई सशस्त्र समुहमा आवद्ध भए । त्यागी प्रहरी मुठभेडमा मारिएको भनिएको छ र पृथ्वी पक्राउ परेका छन । यिनीहरु सशस्त्र समुहमा आवद्ध भएको के कारण बताएका छन ?
सुरुवातमा त यिनीहरुको उरनठउल्ले प्रवृत्ति नै हो । समाजमा अलिकति उदण्ड किसिमका मान्छे, जे गरे पनि कसै सँग नडराउने स्वभावको प्रतिफलले गर्दा पावरमा वस्ने महत्वाकाङ्क्षा पुरा गर्न मिहिनेत गर्नू, जागिर खानु, व्यापार व्यवसाय गर्नू भन्दा धेरै गाह्रो । सजिलो उपाय अलिकति राजनीतिक आवरण देखाउन सशस्त्र समुहमा लाग्ने र पछि गएर संगठनको नाउँ आफ्नो ठाउँमा तर व्यक्तिगत रुपले संगठनको आवरणमा पैसा कमाउने, वर्चस्व जमाउने नै हो ।
सशस्त्र समुहहरुले टेलिफोन मार्फत वा लेटरप्याड मार्फत माँग गरिएको चन्दामा विर्चालियाले नै वढी फाइदा उठाएको भनेर भन्ने गरिन्छ । के हो तथ्य ?
एकदमै ठीक कुरा भन्नु भयो । अहिले देशमै विचौलिया भन्ने जुन विकृतिको रुपमा आको छ नि, मलाई पनि यो अपराधीहरुको दुनियाँमा पनि विचौलियाहरुले नै बाजी मार्दो रहेछ । तपाईले भन्नु भएको कुरा एकदमै साँचो हो । म अहिले यसमा पनि अनुसन्धान गरिरहेको छु । एक्सटोर्सन गरेर वा धम्काएर रुपैयाँ त सशस्त्र समुहहरुकहाँ बुझाइएको छ । तर माँग गरे अनुसार वा दिनेले दिए अनुसारको रकम तिनीहरुकहाँ पुग्दोरहेनछ । विचौलियाले लाभ उठाउँछ ।
विचौलियामा कस्ता मान्छेहरु रहेका छन ?
विचौलियामा सशस्त्र समुहहरुले नै प्रयोग गर्ने साना कार्यकर्ताहरु एक थरिका भएभने  अर्को तहका विचौलियाका वारेमा अहिले सम्म पुर्णतः खुलेको छैन, खुल्ने क्रम जारी छ । केही न केही सफेदपोश मान्छेहरुको पनि यसमा सहभागिता भएको हुन सक्छ र, हामीले अनुसन्धान गर्दै जाँदा ती सफेदपोशलाई पनि कानुनको दायरामा ल्याउने ठाउँ भए ल्याइन्छ ।
कति रकम सम्मको कारोवार हुने गरेको छ ? महिनावारी नै जाने गरेको पनि हल्ला त व्यापकै छ ?
अहिले यिनीहरु पक्राउ परेपछि हामीलाई काम गर्नुभयो, धन्यवाद भनेर भन्नेहरु धेरै पायौं । तर कति रकम दिनु हुन्थ्यो भनेर भन्दा अहिले त्यति खुलेको छैन । विगतमा सुरुवाती अवस्थामा त जनकपुरवाट करोडौ रकम मासिक जाने गथर््यो बीचमा अलि कम भयो र अहिले पनि सानो रकम होइन ठुलै रकम जाने गरेको छ ।
सशस्त्र समुहका संगठनहरु कस्तो पाउनु भयो, शक्तिशाली छन वा छैनन ?
पहिले सशस्त्र समुहमा लागेकाहरु पनि यो वाटो ठीक होइन, गलत वाटोमा आइएछ भनेर कतिपय वार्ता मार्फत मूलधारमा आइसकेका छन । कोई अव वैदेशिक रोजगारीमा गएको कोइ सर्वसाधारण जनता भई आफ्नो व्यवसाय पनि गरिराखेका छन । अहिले तिनीहरुको संगठन एकदमै साँगुरिदै गएको छ । अहिले विशुद्ध अपराधीहरुको समुह संगठित भए पनि धेरै सानो संख्यामा रहेका छन ।
कस्ता व्यक्तिहरु अपराधिक समुहमा लागेका छन ?
सिमित मान्छेहरु भारतको कुनै ठाउँमा लुकेर बस्ने, लागु पदार्थका दूव्र्यसनी भएका नेपाली यूवाहरु (विशेष गरी) एक दुई जना फाटफुट भारतीय यूवाहरु पनि प्रयोग हुने गरेको छ । ती नेपाली यूवाहरुलाई सस्तो प्रलोभन दिएर स्पेसिफिक अपराधमा प्रयोग गर्ने अथवा पैसाहरु संकलन गर्ने काममा प्रयोग भएको देखिन्छ ।
तिनीहरुसँग हतियारको अवस्था कस्तो छ ? कहाँबाट पाउने गरेका छन ?
अहिलेसम्म लेटेस्ट अवस्था हेर्दा तिनीहरुसँग त्यस्तो सोफिस्टिकेटेड हतियारहरु भाको अवस्था छैन । खुला सिमा भएको कारण त्यसको फाइदा लिदै हतियारहरु छिराउने प्रयास गर्ने, छिराउने र एक्सपलोसिभ पनि छिराएर साना तिना घटना घटाउने, त्यति मात्र हो ।
केही साता देखि चोर, डाँका, बच्चा अपहरण गर्नेहरुको ठुलो हल्ला चलेर रातभरि गाउँका यूवाहरु पहरा दिने गरेका छन । के हो यो ?
वास्तवमा यो रयुमर नै हो र सिरहा हुँदै यता सम्म आएको हो । हामीले पनि त्यस्तो अपराध भएको कहीं पनि पाएनौं । हाम्रो प्रहरी पुर्णतः परिचालित छन । त्यो रयुमर नै हो ।
पक्राउ परेपछि सशस्त्र समुहहरुले काउन्टर अटयाक गर्ने कति सम्भावना छ ?
हामी जुन सुकै बेला पनि सुरक्षाका लागि चनाखो हुन्छौ र हुनु पनि पर्छ । यहाँले भने जस्तो कसैले वदलाको भाव राख्छ भने त्यसको लागि हामी तयार छौ । त्यसको विरुद्धको कारवाहीलाई पनि हामीले तदारुकताका साथ तयारी भएर वसेको अवस्थामा छौ ।


मिति ः २०७०÷६÷१३

No comments:

Post a Comment