Monday, September 30, 2013

सक्रिय राजनीतिमा राजु चौधरीको ‘सुपर एन्ट्री’



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............


क्रिकेटमा कुनै व्याट्सम्यानले डेव्यु गरेकै दिन सतक लगाई नटआउट रहेको पारी सधै उक्त खेलाडीको लागि अविस्मरणीय रहन्छ । अविस्मरणीय मात्र होइन ऐतिहासिक समेत बन्न पुग्छ । ठीक त्यसै गरी सक्रिय राजनीतिमा कसैले पदार्पण गरेकै दिन मैदान जित्नु भनेको पनि ऐतिहासिक नै हुन्छ । सक्रिय राजनीतिको दुनियाँमा जनकपुरका एक यूवाको नेतृत्वमा हजारौ व्यक्तिको पार्टी प्रवेश हुनु र क्षेत्रबाट आधिकारीक उम्मेदवारको घोषणा हुनु पनि मैदान जित्नु भन्दा कम होइन । जनकपुरका लोकप्रिय यूवा राजु चौधरीको नेतृत्वमा विद्यार्थी नेता ज्ञानेन्द्र झा (ज्ञानु), सुदर्शन सिंह, दिपक झा, भवेश मिश्र , राजेश तिवारी लगायत हजारौ कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरी १२ असोजमा धनुषाको जटहीमा एक भव्य कार्यक्रमका विच राष्टिूय मधेस समाजवादी पार्टीमा प्रवेश गरेका छन । 

‘राजु चौधरी नही ये आन्धी है, धनुषा क्षेत्र नं. ३ का गान्धी है’ भन्ने नारा लगाउदै जनकपुरबाट करिव १ हजार मोटरसाइकल तथा सयौं जिपका साथ निकालिएको ¥यालीले उक्त पार्टीका केन्द्रिय अध्यक्ष शरद सिंह भण्डारीलाई धनुषाको मुजेलियाबाट स्वागत गर्दै जनकपुर नगरलाई परिक्रमा गरि जटही पुगेको थियो । जटही पुग्ने वित्तिकै त्यहाँ उपस्थित धनुषा क्षेत्र नं. ३ अन्तरगत १७ गाविसहरुबाट आएका हजारौं नेता तथा कार्यकर्ताहरुले अध्यक्ष भण्डारी र नवप्रवेशी यूवा नेता राजु चौधरीलाई अविर माला लगाएर जोडदार स्वागत गरेका थिए । उक्त मन्चमै सम्बोधनको क्रममा अध्यक्ष भण्डारीले यूवा नेता चौधरी प्रति जनताको वढदो आकर्षणलाई आत्मसाथ गर्दै क्षेत्र नं. ३ का लागि प्रत्यक्ष तर्फको उम्मेदवार रहेको आधिकारिक घोषणा गरेका थिए । कार्यक्रममा विद्यार्थी नेता ज्ञानेन्द्र झा(ज्ञानु) नवप्रवेशीहरुको तर्फबाट पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै  धनुषा क्षेत्र नं. ३ मा निधिको होइन विधिको शासन चाहिएको बताउँदै अधिकार, पहिचान, स्वाभीमानका लागि आफुहरु डटेर लड्ने बताएका थिए । पार्टी प्रवेश कार्यक्रमको मुख्य केन्द्र विन्दु रहेका राजु चौधरीले संविधानसभाको निर्वाचनमा पार्टीले आफ्नो घोषणा पत्र ल्याउने भएपनि क्षेत्र नं. ३ का जनताहरुले सुझाएको मुद्दालाई सम्बोधन गर्न उक्त घोषणा पत्रमा अलगै च्यापटर राखिने बताएका थिए । जटहीको धरतीपुत्र दुर्गानन्द झालाई गणतन्त्र आइसकेपनि नेपाली कांग्रेसले राष्टिूय सहिद घोषणा गराउन नसक्नु, सहिद दुर्गानन्द झाको नाउँमा जटहीमा बन्ने भनिएको अस्पताल निर्माण नहुनुमा केही खलनायकहरु कारक रहेको बताउँदै चौधरीले आफु निर्वाचना जिते पनि वा हारेपनि जटहीमा उक्त अस्पताल बनाई छाड्ने प्रतिवद्धता व्यक्त गरेका थिए । क्षेत्र नं. ३ का गाउँहरुमा घुम्दा त्यहाँ प्रजातन्त्र आएको अनुभुति आफुलाई नभएको भन्दै सिचाई, स्वास्थ्य, सडक नहुँदा जनतालाई अप्ठयारो हुने गरेको भन्दै चौधरीले नदी पारीका गाउँहरुका लागि प्रसुति गृहको निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । क्षेत्रिय अध्यक्ष रोहित चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टी अध्यक्ष भण्डारी, जिल्ला अध्यक्ष महाशंकर ठाकुर, दलित नेतृ मुन्नी दास, मुस्लिम नेता समीम मन्सुरी लगायत केन्द्रबाट आएका नेतृत्वहरुले आफ्नो मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा करिव १० हजारको संख्यामा कार्यकर्ताहरु उपस्थित रहेको आयोजकले दावी गरेका थिए ।
राजु चौधरीको कांग्रेससँग बगावत 
आफ्नो स्थापनाकाल देखि आजसम्म नेपाली कांग्रेसको शक्तिको मुख्य केन्द्र मधेस रहेको छ । अहिले पनि नेपाली कांग्रेसमा मधेसी मुलका नेता र कार्यकर्ताहरुको विशाल संख्यात्मक उपस्थिति छ । 
तर राजनीतिमा सदासर्वदा संख्यातन्त्र हावी भइरहँदैन । सानो राजनीतिक आँधीको अगाडी नै विशाल संख्याको बल हतप्रभ हुन पुग्छ । नेपाली कांग्रेसले मधेसी जनसमुदायलाई आफ्नो मधेसप्रतिको विचारधाराबाट चित्त बुझाउन नसकेकै कारण र मधेसलाई सम्बोधन गर्न नसकेकै कारण, मधेसको समस्या तथा तिनको अस्मिताको मुद्दालाइ राष्टिूयकरण गर्नमा स्पष्ट एवं जोडदार रुपमा उभ्याउन नसकेकै कारण, मधेसको समस्या तथा तिनको अस्मिताको मुद्दालाई राष्टिूयकरण गर्नमा स्पष्ट एवं जोडदार रुपमा उभ्याउन नसकेकै कारण सदियौ देखि पिडित, सासित तथा शोषित मधेसी  जनताले  गरेको मधेस विद्रोहमा नेपाली कांग्रेसका कद्दावर नेता तथा पदाधिकारी नै रहेका तत्कालिन कोषाध्यक्ष महन्थ ठाकुर, विजय गच्छदार, शरद सिंह भण्डारी, जयप्रकास गुप्ता लगायत थुप्रै नेताले बगावत गर्दै मधेस केन्द्रित आन्दोलन लाई नेतृत्व प्रदान गर्न पुगे । देशमा लोकतन्त्र स्थापनाका लागि पञ्चायती व्यवस्था विरुद्ध जनकपुरबाट उदघोष गरिएको २०४६ सालका आन्दोलनको हिरो ललन चौधरीको योगदान, लोकतन्त्र प्राप्तीका लागि देशमा भएको हरेक मुभमेन्टको अग्रपंक्तिमा रहेर जेलनेल समेत भोगेका ललन चौधरीलाई कांग्रेसले सम्मान गर्न नसकेकै परिणाम हो, उनका भाई राजु चौधरीको बगावत । विमलेन्द्र निधि नेपालको राष्टिूय राजनीतिका एक चर्चित पात्र हो । कांग्रेस विभाजन भई शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको नेपाली कांग्रेस प्रजातान्त्रिकमा महामन्त्री भएपछि पार्टी एकिकरण पश्चात भएको राष्टिूय महाधिवेशनमा संस्थापन कोइराला पक्षका प्रकाशमान सिंह बाट पराजित हुन पुगेका थिए । विगतमा धनुषाको ४ नम्बर क्षेत्रबाट प्रतिनिधि सभाको लागि उम्मेदवार हुने गरेका निधि पराजित भएपछि गाउँ नगराईन क्षेत्र नं. ३ बाट संविधानसभाको चुनावमा सर्वाधिक १५ हजार ५ सय ८२ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धन्दी एमालेका प्रत्यासी हरिदेव मण्डलले ९ हजार ९ सय ३६ मत प्राप्त गरेका थिए ।  नेपाली कांग्रेसको सदस्य नरहेपनि कांग्रेस प्रति सुभेक्षा राख्दै आएका चौधरीको वगावतले त्यस क्षेत्रका नेता विमलेन्द्र निधिलाई असर पार्ने त्यहाँका स्थानिय वासीहरुको आंकलन रहेको छ ।

मिति ः २०७०/६/१३

No comments:

Post a Comment