Saturday, May 18, 2013

मिथिला प्रदेश हाम्रो अजेन्डा नै होइन – राजेन्द्र महत्तो

मिथिलाको कुरा त हाम्रो अजेण्डा होइन नि । मिथिला अलगै प्रदेश हुनु पर्छ भन्ने हाम्रो माागै होइन । कोचिला, मिथिला, अवध, भोजपुरा, थरुहट गरी ५ प्रदेश बनाउनु पर्ने कांग्रेसको मााग हो । मेरो मााग होइन । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तो र द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीसागको वार्तालापको सम्पादित अंश प्रस्तुत छ ।
 


सदभावना पार्टी पछिल्लो समयमा सरकारमा वसेको वेला कुनै मुद्दामा सिन्को समेत नभााच्ने, अनि अहिले चुनावको मुखमा आएर अनसन गर्नुको के औचित्य छ ?

चुनाव नै अनिश्चित छ, चुनाव भए पो जनताले मूल्याङ्कन गर्ने हो की हामी सरकारमा रहादा के गर्यो, कुन पार्टी, कुन नेताले के गर्यो गरेन, त्यसको मुल्याङकन गरेर जनताले रिवार्ड दिने हो कि ‘पनिस’ गर्ने भन्ने कुरा त चुनावमा नै हुने हो तर सबै जनताको आज एउटै प्रश्न छ कि चुनाव हुन्छ कि हुादैन ? कहिले हुन्छ चुनाव ? त्यसको जवाफ त चााहियो ।
आमरण अनसनबाट सम्झौता गराए पनि के हुने वाला छ र ? यस अघि पनि तपाईहरुले २२ बुादे, ८ बुादे लगायत थुप्रै सम्झौता गरी सरकारमा वसेकै हो ? २२ बुादे सम्भौता हुादा तपाईले नै भन्नु भएको थियो कि मधेशको ९९ प्रतिशत मााग पुरा भैसक्यो । फेरी त्यै मागहरुका लागि किन अनसनमा बस्नु पर्यो र ? जनताले तपाई माथि विश्वास कसरी गर्लान त ?
अएा, कसरी विश्वास गर्छन ? जसरी हुन्छ त्यसरी गर्छन । विश्वास गर्ने के कुरा छ र ? अनशनको मााग छ, एकै पटकमा माग पुरा हुादैन, अधिकारको लागि गरिने संघर्ष एकै पटकमा पुरा हुादैन । पटक पटक संघर्ष गर्नु पर्छ र पटक पटक धोका हुन्छ । यो धोखा मात्र सदभावना पार्टी साग भएको छैन । विश्वमा अधिकारको लागि हुने संधर्ष पटक पटक गर्नु पर्छ ।
आमरण अनसन सबैभन्दा भद्र आन्दोलन गरिन्छ तर पनि राज्यले कुनै वास्ता गरेन ? गैर दलिय व्यक्तिको हातमा सत्ता सुम्पेर तपाईहरुले ठुलै गल्ती गर्नु भयो भनेर लाग्दैन ? चुनाव पनि भैरहेको छैन तपाईहरु पछुताई त रहनु भएको छैन ?
(हाास्दै) पछुताउने समय पनि आउन सक्छ । उद्देश्य अनुसार काम नभए धेरै पछतावा हुन सक्छ । निर्वाचन गराउने एउटै उद्देश्यका साथ सरकार वनाइएको हो । दलिय नेतृत्वमा सरकार यसकारण बनेन, प्रधानमन्त्री पदको स्वार्थका कारण ठुलो–ठुलो पार्टीमा कुरा मिलेन । त्यसै कारण गैरदलिय व्यक्तिको नेतृत्वका मन्त्रीपरिषदको अध्यक्ष बनाई सरकार बनाइयो । अव मुल काम चुनावमा नै प्रश्न उठेको छ, तर सरकारले अन्य कामहरु गरिरहेका छन ।
अचम्म त के छ भने तपाई सम्मिलित ४ दलको उच्चस्तरीय राजनीतिक संयन्त्र छ, एका तर्फ संयन्त्रकै गाइडलाइन सरकार हिाडेको छ, अर्को तर्फ तपाईहरु नै आन्दोलन गर्नु हुन्छ, यो के नाटक हो ?
हेर्नुस राजनीतिक दलको संयन्त्र अनुसार सरकारले काम गरेको भए हामीले आन्दोलन गर्ने पर्दैनथ्यो फटाफट चुनावको मिति घोषणा गरेको भए अषाढमै चुनाव सम्पन्न हुन्थ्यो, तर अषाढमा पनि भएन । मंसिरमा चुनाव गराउने कुरा पनि क्लियर नभएको अवस्थामा सम्पुर्ण नेपाली जनताको आवाजको जवाफ खोज्नका लागि सदभावनाका नेता कार्यकर्ताले ज्यानको बाजी लगाएर आमरण अनसनमा बसेका छन ।
तपाईको पार्टीको संगठन त कर्णाली अञ्चल लगायत ६५ जिल्लामा विस्तार भयो भनेर प्रचार गरिएको छ । त्यस्तो हो भने ६५ जिल्लामा नभएर मधेशका जिल्लाहरुमा मात्र किन अनसन ?
मधेसमा मात्र संगठन छ, पहाडमा संगठन वनिसकेको छैन । ६५ जिल्लामा सम्पर्क सुत्र बनेको छ । पार्टीको आन्तरिक कुरा त तपाईले बुझ्नु हुन्न नि । पार्टीको तपाई सदस्य पनि होइन । पार्टीको सदस्यता अभियान चलेको छ, सबै दागमा जिल्ला कार्यसमिति बनिसकेको छैन । कास्की, तनहु, चितवन, जहाा संगठन छ, त्यहाा अनसन भइरहेको छ ।
जनसंख्याको आधारमा निर्वाचन क्षेत्र    कायम गरिनु पर्छ भनेर तपाईहरु भनिरहनु भएको छ तर मधेश आन्दोलनको  प्रमुख मुद्दा जनसंख्याको आधारमा समानुपातिक निर्वाचन प्रणाली कायम गरिनु पर्ने मागलाई लयाएर मिश्रित निर्वाचन प्रणालीमा जानु भयो । फेरी समानुपातिक निर्वाचन क्षेत्रको कुरा उठाउनुको के अर्थ ?
तपाईलाई केही जानकारी त छादैछैन, खाली प्रश्न उल्टा–पुल्टा गर्नु हुन्छ । पत्रकार न हो तपाई, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र त कायम भएकै हो नि । कति मधेसी जनता त्यसका लागि मरे । भयो त्यतिबेला ४८.२ प्रतिशत जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम गरियो, फेरी निर्वाचन क्षेत्र वढनु पर्छ । (तर समानुपातिक निर्वाचन प्रणालीवारे केही वोल्नु भएन ।)
तपाईले कान्तिपुर टेलिभिजनको फायरसाइडलाई दिएको अन्तरवार्तामा मधेशमा थारुहरुको आन्दोलन भएको कारण थरुहट प्रदेश दिने भन्नु भयो तर मिथिला आन्दोलन भएको कारण मिथिला प्रदेश पनि दिनु पर्छ भनेर त भन्नु भएन ?
यो मिथिला प्रदेश लगायत ५ वटा प्रदेश बनाउनु पर्छ मधेसमा कांग्रेस र एमालेको अजेण्डा हो । हाम्रो अजेण्डा त मधेशमा एक प्रदेश हुनु पर्छ नै हो । मेची देखि महाकाली सम्म एउटा सम्झौता भयो कि थरुहट प्रदेश बनाउने । थरुहट र मधेश यदि मिलेर बस्यो भने अझै पनि एउटै प्रदेश बनाउन सकिन्छ । नमिलेको अवस्थामा मात्रै मधेशमा दुई वटा प्रदेश वनाउने कुरा गरेको हो ।
मिथिला मिलेन भने ? मिथिला राज्यको मााग गर्दै ५ जनाले शहादत नै दिइसकेको छन ।
मिथिलाको कुरा त हाम्रो अजेण्डा होइन नि । मिथिला अलगै प्रदेश हुनु पर्छ भन्ने हाम्रो माागै होइन । कोचिला, मिथिला, अवध, भोजपुरा, थरुहट गरी ५ प्रदेश बनाउनु पर्ने कांग्रेसको मााग हो । मेरो मााग होइन ।
समग्र मधेश एक प्रदेश एक सुत्रीय माागमा तपाईहरु पनि त आउनु भएन तपाई ने भन्नु हुन्छ कि महन्थ ठाकुर र विजय गच्छदारले मधेशमा प्रदेश हुनु पर्नेमा सहमत भैसकेका थिए , मैले नै रोके, फेरी दुई प्रदेशमा सांकेतिक रुपले सहमति जगाइरहनु भएको छ ।
हाम्रो दृष्टिकोणले एउटै मधेश हो । थरुहट आन्दोलन भएपछि त्यसको पनि प्रदेश हुनु पर्ने सम्झौता भएको छ । थरुहट मिले एउटै नमिले दुईटा प्रदेश हुन्छ । विजय गच्छदार र महन्थ ठाकुरको ५ प्रदेशको अजेण्डा हुन सक्छ, कांग्रेस, एमालेको अजेण्डा हुन सक्छ । सदभावना पार्टीको होइन । संघीयतामा प्रान्तको संख्या, सीमा र नाम जनताको मााग अनुसार परिवर्तन हुन्छ । त्यसमा मिथिला प्रदेशको पनि मााग हुन सक्छ ।
त्यो मिथिला प्रदेशको मााग हुन सक्छ होइन कि भै सकेको छ नि,हैन र ?
भैसकेको छ, तर जनताको द्धारा मााग भयो भने एउटा प्रदेशबाट ५ वटा प्रदेश बन्न सक्छ । संविधानसभाको निर्वाचनबाट संविधानसभाले न वनाउने हो प्रदेश । तपाईलाई थाहा छ, भारतमा १४ वटा प्रदेश थियो, ३० वटा प्रदेश भै सक्यो नि ।
हो त्यो भनेको तपाईले मधेशमा पछि गएर मिथिला दिने नै हो भने अहिलै नै अग्रगमनमा किन नजाने ? त्यसो भए १० वर्षपछि गर्ने कुराको अहिले नै किन छिनोफानो नलगाउने ?
एकैचोटी सबै थोक हुादैन । यसरी पनि कहिा हुन्छ र ? जनताको मााग अनुसार प्रान्तको सीमा संख्या र नाम परिवर्तन हुन्छ । आज नै सबै कुरा गीता, महाभारत, वाइवल, कुरान बनाउने कुरा हुनु भएन । तपाई जो भन्नु हुन्छ कांग्रेसी मानसिकता, ४७ सालमा सबै गीता, वाइवल कुरा बनाउने कुरा गर्यो, सबै भााडभैलो भयो । संविधानै सकियो । आज पनि प्रदेशको स्वालमा हामी एउटै प्रदेश मानिरहे छौ । ५ प्रदेश पनि मधेशमा बन्न सक्छ तर जनताले चाहयो भने । आजको दिनमा महन्थ ठाकुर र विजय गच्छदार ५ प्रदेशका लागि सहमत भएकै हो, सदभावना सहमत भएन । यदि जनताले मधेशमा ५ प्रदेश चाह्यो भने हुन्छ नि ।मैले रोकेर रोकिन्छ । मेरो मान्यता हो मधेशमा एक प्रदेश थरुहट आए पछि दुईटा प्रदेश भयो । त्यसै गरी जनता चाह्यो भने ५ प्रदेश पनि हुन्छ ।
मधेशमा मधेशवादी दलहरुको एक पार्टी, एक झण्डा र एक चुनाव चिन्हको सबैभन्दा विरोधी शक्ति तपाई नै हो भनेर आरोप लागिरहेको छ नि ?
यो त के हो, बहुदलीय व्यवस्थाको विरोधी कुरा हो । मधेशमा एउटै पार्टी रहोस त्यो कहिा हुन्छ ?
मधेशमा वहुपार्टी हुने तर वहु प्रदेश किन नहुने ?
जनताले चाह्यो भने हुन्छ ।
अहिले आमरण अनसनमा जसरी राष्टिूय स्थानीय मुद्दा उठाइएको छ त्यो कुरा तपाई सत्तामा भएको बेला किन उठाउनु भएन ? त्यसबेला त तपाई नीति निर्माता कै तहमा हुन हुन्थ्यो ।
दुनियाामा सबै कुरा एकै पटक उठदैन । तपाई एकै चोटी यति ठुलो हुनु भएको छैन । विस्तारै–विस्तारै ठुलो हुनु भयो । एकैचोटी पत्रकार हुनु भएन, विस्तारै–विस्तारै सिक्नु भयो होला । विस्तारै–विस्तारै हामीले पनि कुरा उठाएको हो ।
मधेशमा मधेसवादी दलहरुबीच मोर्चाबन्दी भएर चुनाव भयो भने त्यो मोर्चाको गठवन्धनमा तपाई बस्नु हुन्छ कि बस्नु हुन्न ?
विभिन्न उद्देश्य लिएर मोर्चाबन्दी त हुन्छ नै । तर स्वार्थ पुर्तीको लागि मात्र हुने मोर्चाबन्दीको पक्षमा मा छैन । तिन पार्टीबाट १३ वटा पार्टी बनाइयो त्यो पनि मन्त्री बन्ने स्वार्थका लागि मात्र । फेरी स्वार्थ पुर्तीकै लागि केही तत्वहरु मोर्चावन्दी गरेर कुर्सी ठग्ने कुरा मात्रै गरिरहेका छन । सिद्धान्तका लागि मोर्चाबन्दी हुन्छ, मुद्दाका लागि हुनु पर्छ । मोर्चाबन्दी त हुन्छ नै ।
निर्वाचन सम्बन्धी थ्रेसहोल्डको कुरामा तपाईको के घारणा छ ?
हेर्नुस, व्यक्तिगत रुपले मलाई राम्रो लाग्छ कि १ (एक) प्रतिशत पनि मत ल्याउन नसक्ने कस्तो पार्टी, सिटौला पार्टी । १ सिट पनि नजित्ने कस्तो पार्टी ? म सहमत छु, थ्रेसहोल्ड चाहियो तर त्यो नया कुरा हो । जसले गर्दा निर्वाचनमा व्यवधान आउने हुनाले त्यो कुरा हुनु भएन ।
रेग्मी सरकार तपाईहरुको दलिय संयन्त्रको कुरा मानिरहेको छ नि छैन ?
विल्कुल मानिरहेको छ, तर निर्वाचनको प्रसङमा जुन कानुन बनार्यौ त्यो अनुसार पनि काम गरिरहेको छैन । निजामती सेवा नियमावली विभेदकारी बनायो, एउटालाई ३५ र अर्कोलाई ४० वर्षको म्याद तोक्यो, नागरिकता सम्बन्धि के कानुन बनार्यौ भने जन्मसिद्धको आधारमा नागरिकता पाउनेको सन्तानलाई वंशजको आधारमा वंशजको नागरिकता दिने भनेर भनियो । तर आमाको आधारमा नागरिकता दिने कुरा त गरेन । कानुन नै त्रुटीपुर्ण वनायो । अव गल्ती गरे पछी त विरोध गर्ने पर्छ ।
तपाईहरुले वाधा अडकाउ फुकाउ मार्फत गराएको संविधान संशोधन नै गलत हो भन्दै नेपाल वार एसोशिएशनले प्रतिगमन उन्मूख भन्दै आन्दोलित भएका छन । अहिलेको कानुन अनुसार नेपालमा अब प्रधानमन्त्री दलका नेता नभएर प्रधानन्यायधिश नै भन्दै आन्दोलित छन । के टिप्पणी गर्नु हुन्छ ?
त्यो वाधा अडकाउ फुकाउ संविधानसभा निर्वाचन सभाका लागि मात्र हो ।
तर, लोकसेवा, अख्तियार दुरुपयोग, लगायत धमाधम सबै संवैधानिक निकायमा नियुक्ती त गरिरहेको छ सरकारले ?
त्यो त ४ पक्षले गरे पछि जस अवजसको भागी ४ पक्षले लिने पर्छ ।
तपाईले जिम्मा लिने कि नलिने ?
त्यसो हो भने तपाई अहिले किन आन्दोलन गर्नु हुन्छ ? आन्दोलनको दमनकर्तालाई नै पुरस्कृत गर्ने हो भने ?
जे निर्णय भएको छ, त्यो भएको छ, चाहे गलत होस वा सही । ४ पक्षले नै सिफारिस गरेको छ । अव गल्ती भएको हो त्यसको जनताले मुल्याङकन गर्ला ।
एका तर्फ तपाई हिमाल पहाडमा आफ्नो संगठन विस्तारै गर्ने तर्फ लाग्नु भएको छ , अर्को तर्फ धनुषाका जिल्ला स्तरका प्रभावशाली नेताहरु वाहिर गइरहेका छन । किन होला ?
यो तपाईलाई गलत जानकारी छ । (हाास्दै) यसो कुनै प्रभावशाली नेता त थिएनन ।
पार्टी प्रवक्ता रमण सिंह सचिव सतिशलाल दास, विद्यार्थी युवा लगायतका वर्गीय संगठनका अध्यक्षहरु अर्कै पार्टीमा गए । ती नेताहरु प्रभावशाली छैनन र ?
(रिसाउादै) तपाई पत्रकारको धर्मवाट वाहिर गइरहनु भएको छ, पत्रकारको धर्ममा बस्नुस, नत्र म पनि....।(जवाफ दिनु भएन) ।

No comments:

Post a Comment