Saturday, May 18, 2013

देह व्यापार ग्रामिण क्षेत्रको बजार सम्म विस्तार

एस. कुशवाहा
‘सकारात्मक परिवर्तन विकास हो ।ु परिभाषा पाठय पुस्तकमा उल्लेख भएको पाइन्छ । तर धनुषा र महोत्तरीको गाउबाट बजार र बजारबाट शहरमा बिकास भएको व्यापारिक केन्द्रहरुमा सकारात्मक विकास भन्दा पनि बिकृति फैलिदै गएको छ । सहर र सदरमुकाममा हुने देह व्यापार ग्रामिण क्षेत्रको बजार सम्म विस्तार भएको छ । देह व्यापारको आवरणमा अपराधिहरुको नालिबेलि बिस्तार हुन थालेको छ । यस्ता नालिबेलि बुन्ने थालो होटल, लज र रेष्टुरेन्टलाई स्थानिय प्रहरीको संरक्षण छ । हतियार, लागुऔषध, चन्दा, फिरौती र अपहरणका घटनाले गर्दा देह व्यापार हुने क्षेत्रमा नै टेवा पाएको छ । शराव र सवाबमा रुमल्लिनेहरु नै यस्ता अपराधका पिडित र आरोपित हुन । धनुषामा नगरपालिका बन्ने अवस्थामा रहेको महेन्द्र नगर, धनुषा धाम र ढल्केबर महोत्तरी सदरमुकाम जलेश्वर र पछिल्लो समय राजनीति तनातानमा प्रख्यात भएको बर्दिबास, बर्दिबास जलेश्वर सडक खण्डमा पर्ने रामगोपालपुरमा देह व्यापार दिन दुगुना रात चौगुना भएर फस्टाएको छ । १२ वर्ष उमेर नपुग्दै देहव्यापारमा लागेको उदाहरण पात्र रामगोपालपुरमा पाउन सकिन्छ । विभिन्न प्रलोभनमा शहर आएकी गाउकी सोझा अबुझ युवती पेसेवर देहव्यापार गर्न बाध्य भएका छन । मोवाइलमा कैद गरिएको अश्लिल दृश्य बार्गेनिङ्ग र कमाइको श्रोत बन्दै गएको छ । बर्दिबासबाट पश्चिम बााके सम्म राजमार्गको उत्तर दक्षिण यौन व्यवसायिहरु बस्ने गरेको पाइन्छ ।  मोवाइल सम्पर्कमा उनीहरु ग्राहक खोज्ने गरेको छ । राजमार्गमा हुने देह व्यापारमा पहिला महगा र सम्पन्न परिवारका युवती र महिला संलग्न हुने गरेको थियो । तर पछिल्लो समयमा हत्याको घटना बढने थाले पछि बाहिरबाट मोटर साइकलमा आउने जोडि र दैनिक काममा रहने महिला युवती संग सम्पर्कमा बस्नेहरुको यौन इच्छा पुरा गर्ने स्थल राजमार्गको जङ्गल बनेको हो । राजमार्गमा फोन सम्पर्कमा बसेर देह व्यापार तिब्रता पाएको छ । सर्लाहीको व्यापारीक केन्द्र बयलबासमा समेत देह व्यापार फस्टाएको छ । लज र मदिरा पसलको सम्पर्कमा देह व्यापारमा संलग्नहरु बस्ने गरेको छ । फोन एग्रिमेन्टमा यहाा देह व्यापार गरिन्छ ।
महेन्द्र नगरमा देसी र मधेसी यौनकर्मी    
यहााको दुई होटलले हरेक एक वर्षमा नाम फेरेर नयाा नाम राखेर देह व्यापारका लागि युवती राख्दै आएको छ । महेन्द्र नगर चौकमा नै रहेको युनिक रेसुष्टुरेन्ट हाल युनिक टप लाइन होटलमा र महेन्द्र नगर चौक भन्दा दक्षिण अर्जनामा चौरीमा रहेको रेष्टुरेन्ट स्टाप लाइन होटलमा परिणत भएको छ । १०/१० जना युवती काम गर्ने दुवै रेष्टुरेन्टमा हाल युवतीको संख्या घटेको छ । युनिक टपमा एक मधेसी सहित ४ जना र स्टापलाइनमा ७ जना पहाडी मुलकी युवती सञ्चालकले होटेलमा वेटरको रुपमा सहयोग गरेको वापत मासिक रु. तीन हजार सम्म तलव दिने गरेको छ । यस अतिरिक्त उनीहरुले ग्राहकबाट टिप्स लिन्छन । देह व्यापार गरेकोबाट केहि रकम होटेलमा बुझाएर ९० प्रतिशत रकम युवती आफै राख्ने गर्छन । १५ वर्ष देखि २२ वर्ष सम्मको युवती महेन्द्र नगरमा देह व्यापार गर्दै आएको छ । उनीहरुको ग्राहक ढल्केबर भन्दा तलका गाउाहरुका मानिस हुन्छन । महेन्द्र नगरका स्थानिय, इच्छापुर, नक्टाझिज, हरिहरपुर, दिगम्बरपुर, रम्दैया, सपहि र औरहा, पर्वताका युवा बढी ग्राहकको रुपमा आउने गरेको युनिक टपमा कार्यरत कालि उपनामकी यौनकर्मीको दावि छ । ग्राहक अधिकांस वैदेशिक रोजगारमा जानेहरु र फर्केर आएकाहरु नियमित नै आउने गरेको उनले बताए । लामो समय देखि महेन्द्र नगरको विभिन्न रेष्टुरेन्टमा रहेर देह व्यापार गर्दै आएकी पहाडी मुलकी संगिताको उमेर ढल्कदै गए पनि उनको कमाइ बढदै गएको छ । स्थानियमा लोकप्रिय संगिता सहजै होटेल छोडेर बाहिर बस्ने गरी देह व्यापार गर्दे आएकी छिन् । संगिता हाल स्टापलाइन होटलमा छन् ।
बर्दिबास यौन धन्दाका लागि सुरक्षित बन्दै
महोत्तरीको उत्तरी क्षेत्रमा पर्ने बर्दिबास महोत्तरी, सर्लाही र धनुषाका जोडीलाई यौन कार्यका लागि र देहव्यापार गर्नेहरुका लागि आम्दानीका लागि सुरक्षित स्थानमा परिणत भएको छ । सामान्य बजारबाट सहर बन्दै गरेका बर्दिबासमा होटेल व्यवसायि राम्रै फस्टाउदै गएको छ । गेष्टहाउसमा अपराधिको योजना देखि यौन धन्दा तिब्र भएको हो । यहाा कुसल गेष्ट हाउस, अभिषेक गेष्ट हाउस, जानकी लजमा डिमान्ड अनुसार फोन कन्ट्याक्टमा कटारी, झापा र सिन्धुलीबाट केटि बोलाएर देह व्यापार गराइन्छ । गा्रहकबाट रु. चार हजार लिने गेष्टहाउस सञ्चालकले युवतीलाई भाडा खर्च दिएर पााच सय देखि हजार सम्म रुपैया दिने गरेको छ । बर्दिबास चौक भन्दा पुर्वमा रहेको  रोयल गार्डेन र रेड चिल्ली स्टापलाइन होटलमा वेटर भएर काम गर्ने युवती नै देह व्यापारमा सक्रिय छन् । बर्दिबासका यी दुई स्थानमा सााझ साढे आठ बजे सम्म मात्र देह व्यापार हुन्छ । यहाा ग्राहक खोजेर युवती राती गेष्ट हाउस तिर लाग्ने गरेको श्रोतले जनाएको छ । प्रहरीले पटक पटक यहाा छापा समेत मार्ने गरेको छ । बर्दिबासको होटलेमा महोत्तरीकै दक्षिण क्षेत्रका ग्रामिण क्षेत्रबाट युवती र महिला देहव्यापार गर्दै आएका छन । रामगोपालपुरका केहि पुरुष राती घरबाट होटल सम्म लग्ने र बिहान घर सम्म छोडने काममा सक्रिय छन् । व्यापार संघ र स्थानिय राजनीति दलको दवावमा प्रहरी बर्दिबासमा खुलेयाम हुने देहव्यापार अगाडी मुक दर्शक बनेका हुन । यहाा छापा पर्ना साथ राजनीतिक दवाव प्रहरीमाथि बनाउन थाल्छन ।

No comments:

Post a Comment