Saturday, May 18, 2013

जनकपुरका लजहरुमा खुल्लम खुल्ला देह व्यापार

अजय अनुरागी


महिला : जाने ?
सम्वाददाता : कहाा ?
महिला  : लौजमा ।
सम्वाददाता : कुन लौजमा ?
महिला : यसमा जाउान (राजकमल लज तर्फ औला देखाउादै) । क१ घण्टा बस्नु होला, राम्ररी गर्नुहोला, जति पटक मन लागे गर्नु होला ।
सम्वाददाता : कति रुपैयाा लाग्छ ?
महिला : साढे दुई सय रुपैयाा १ घण्टाको लजवालाले लिन्छ, उसलाई (महिलालाई) जति इच्छा भए दिनुस । दुई सय रुपैयाा मलाई दिए हुन्छ । (त्यो अर्की महिलाले वोली),१ घण्टा बस्नु होला, राम्ररी बसेर आउनुस, जसरी इच्छा हुन्छ त्यसरी नै गर्न तयार हुन्छन उनी ।
सम्वाददाता : प्रहरीले पक्रदैन र ?
महिला : पक्रदैन । किन पक्रन्छ ? प्रहरीलाई पनि थाहा छ कि पेट कै लागि धन्दा गर्छौ भन्ने कुरा । फेरी म यहाा किन रहन्छु ? तपाई ढुक्क भएर जानुस ।
सम्वाददाता : हैन, मलाई डर लागि रहेको छ । कहिल्यै त्यो गरेको छैन ।
महिला : केही हुादैन, जानुस न । म गंगासागर पोखरीको डिलमा भन्दैछु, तपाई जानुस न । सरासर तपाई त्यो लजमा जानुस, पछि (पछि त्यो महिला जान्छ ।
सम्वाददाता : लजमा प्रहरीले छापामारी गर्दैन र ?
महिला : है, खाली कुरा मात्र गर्नु हुन्छ । लजमा किन प्रहरीले छापामारी गर्छ ? प्रहरीलाई लजवालाले महिनावारी रकम दिने गरेको छ ।
सम्वाददाता : मलाई त्यो आइमाई पसन्द छैन ।
महिला : किन ?
सम्वाददाता : सुन्दर छैन ।
महिला : त्यो महिला मन पर्छ (रिक्साको पछाडी रहेकी अर्को महिला तर्फ हात देखाउादै)
सम्वाददाता : कति लिन्छ त्यसले ?
महिला : दुई सय रुपैया । सुन्दर आइमाईले त ४/५ सय रुपैयाा पनि लिन्छ नि । ऊ सुन्दर नभएकै कारण त दुई सय रुपैयाा मात्र लिरहेको छ नि । हिजो इन्डियाको मधुवनी (विहार) बाट भर्खर त आएकी छिन । ताजा माल हो ।
सम्वाददाता : विमारी(सिमारी (एड्स) भयो भने नि ?
महिला ? छैन, हिजो त भर्खर आएकै हो । आउने वितिकै एड्स हुन्छ र ? ढाल प्रयोग गर्छ नि, एड्स कसरी हुन्छ ?
सम्वाददाता : रातीमा त्यो महिलाले तपाईलाई कति रुपैयाा दिन्छ ?
महिला : दिदैन मलाई, मेरो गाउाकी हो ।
सम्वाददाता : रिक्सा निर भएकी महिलाले कति लिन्छ ?
महिला : त्यसले पनि लिन्छ, तिन सय रुपैयाा । र साढे दुई सय रुपैयाा लज वालाले लिन्छ ।
सम्वाददाता : है के त्यो पटक पटक गरेकी जनकपुरकी महिला साग जानु हुन्छ ? जानुस ताजा माल आएको छ, इन्डियाबाट आएकी हो । वाहिरकी आइमाई साग जानुमा आनन्द आउाछ । जनकपुरकी आइमाई त सधै पाइहाल्नु हुन्छ नि ।
महिला : जानुस न, जानुस ।
सम्वाददाता : अहा जाादिन ।
महिला : हैन, डेढ सय रुपैया  दिनुस र जानुस ।
सम्वाददाता : अहा जाादिन ।

     यसरी द एक्सक्लुसिभ साप्ताहिकका सम्वाददाता , यौन व्यवसायमा संलग्न महिला र बीचकी दलाल (अधवैसे) आइमाई बीच गत मंगलबार विहान १० वजेको समयमा जनकपुरको धार्मिक महत्व बोकेको धनुष सागर पोखरीको डीलमा भएको कुराकानीको अंश हो यो । पत्रकार जनक चौकको आमरण अनसन वारे समाचार सम्प्रेषण गरेर फर्कन लाग्दा दलाल महिलाले पत्रकारलाई ग्राहक सम्झदै इसारा गर्दै रोक्न भने पछि, पत्रकार रुक्यो ।
    त्यो पछि सुरु भयो कुराकानी । उक्त कुराकानीबाट जनकपुरको लजहरु, होटेलहरुमा दिनदहाडै यौन व्यवसाय हुने गरेको फेरी खुलासा भएको छ । यौन व्यवसायमा संलग्नहरु सडकमा हिाडने वटुवालाई यसरी नै इसारा दिई रोक्न लगाउने र ग्राहक खोजी गर्दै देह व्यापार गर्ने गरेको फेरी पनि पृष्टि भएको छ । त्यसमा पनि नयाा कुरा के खुलेको छ भने भारतको विहार, मधुवनीबाट पनि देह व्यापार गर्न आइमाईहरु जनकपुर आउने गरेका मात्र छैनन, प्रहरीले लजहरुबाट मासिक मोटो रकम असुली गरेर प्रहरीकै संरक्षणमा देह व्यापार हुने गरेको उक्त सम्वादबाट नै पुष्टि हुन्छ । अचच्म त के छ  भने देह व्यापारमा संलग्न महिलाहरु, विचको दलाल(महिला)लाई प्रहरीले नचिनेको पनि होइन, प्रहरीले ती सबै कुरा नदेखेको पनि होइन, तर पनि ती अवैध ‘धन्दा’ लाई प्रहरीले रोक्न सकेको छैन । स्थानीय वासीहरुका अनुसार देह व्यापार गर्नेहरु शिव चौक देखि राम चौक, रेल्वे स्टेशन देखि भानु चौक र पुरानो वस पार्क स्थित ग्राहक खोजी लजहरुमा दिन दहाडै लग्ने गरेका छन ।
यौन व्यवसायी नाङिगए पछि प्रहरी पनि लाचार
द एक्सक्लुसिभले रेकर्ड गरेको उक्त सम्वाद धनुषाका प्रहरी उपरीक्षक बसन्त कुमार पन्तलाई सुनाएर जनकपुरमा खुलम खुल्ला दिन दहाडै भइरहेको देह व्यापारलाई नियन्त्रण गरी उक्त धन्दा गर्ने र गराउनेलाई कारवाहीको मााग गर्दा पन्तले प्रहरीको ध्यानाकर्षण गराएकोमा धन्यवाद दिादै यसो बताए,“ देह व्यापारमा संलग्नहरु माथि प्रहरीको निगरानी हुादै छ, विगतमा देह  व्यापार गर्ने फिरन्ते आइमाईलाई पक्राउ गरी सार्वजनिक अपराधको मुद्दा चलाएकै हो ।  छुटने वितिकै फेरी ती कामलाई निरन्तरता दिन थाल्छन ।” हामी तुरुन्तै छापामारी त्यस्ता कार्यमा संलग्नलाई पक्राउ गरी कानुनी कारवाही गर्ने छौ, पन्तको जवाफ थियो । नभन्दै विहिबार ३ जेष्ठमा प्रहरीले जनकचौक वाट दुई जना देह व्यापार गर्ने महिलालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्यायो । सार्वजनिक अपराधको मुद्दा चलाएर कारवाही गर्ने तयारी गर्दा प्रहरीलाई नै चुनौती दिादै ती दुई जना आइमाईले जिल्ला प्रहरीको परिसरमा आफ्नो जिउको लुगा खोलेर नाङिगएकी थिइन । यति मात्र होईन परिसरमै उपस्थित दर्जनौ सर्वसाधारणका सामु विभिन्न नाटक गर्दै महिला सेलको टेलिफोन समेत फालेकी थिइन । धनुषाका प्रहरी नायव उपरीक्षक नरेन्द्र प्रसाद उप्रेती भन्छन,“ प्रहरीले देह व्यापार गर्ने महिलालाई समात्दा नाङिगएपछि कारवाही गर्न अपठयारो भयो, त्यस्तो अवस्थामा हामी छोडन विवस भयौ ।” सडकमा जसरी छाडा गाईवस्तुलाई नियन्त्रण गर्नका लागि लाठी लिएर धपाइन्छ त्यसरी नै अव सडकमा ग्राहक खोज्दै हिाडने यौन व्यवसायीलाई पनि सडकवाटै लखेटनु पर्छ भन्दै डिएसपी उप्रेती भन्छन,“ प्रहरीले मात्र चाहेर अवैध यौन व्यवसायी नियन्त्रण गर्न सकिन्न । स्थानीय युवा क्लवहरु, नागरिक समाजले त्यसको विरोधमा आवाज नउठाए गाह्रो छ ।”
प्रहरी निरीक्षक दिपेन्द्र पंजियार भन्छन,“सहर भित्रका सम्पुर्ण लजहरुमा नियमित रुपले छापामारी गर्ने तथा देह व्यापारमा संलग्न भएका जोडीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाउने भनेर माथिबाट सम्पुर्ण मातहतका युनिटमा सधै भइरहने निर्देशन बमोजिम छापामारी त गरिन्छ तर देह व्यापारमा लागेको भनेर जोडी कहिल्यै पक्राउ पर्दैन ।” पंजियारको अनुभवमा कतिपय अवस्थामा होटेल तथा लजहरुमा छापामारी गर्दा सम्बध गाास्ने जोडी आफन्तकै पर्ने, श्रीमान वैदेशिक रोजगारीमा गएको कारण यौन तृष्णा मेटाउन गाउाकै केटाहरुसाग सम्बन्ध गाास्ने, कतिपय अवस्थामा कलेज पढने युवा युवतीहरु व्वाई फ्रेन्ड र गर्ल फ्रैण्ड भएको पाइएको अवस्थामा प्रहरीले कम्प्रमाइज गर्नु वाध्यता बन्छ ।
देह व्यापार सधै चलिरहन्छ
विगतमा जनकपुरमा खुलेका क्याविन रेष्टुरेन्टहरुमा महिला कामदारहरु मार्फत यौन धन्दा चलाउने गरिन्थ्यो । तत्कालिन प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले ती क्याविनहरु भत्काएका थिए । पछि फेरी ती रेष्टुरेन्टहरुमा यौन धन्दा सुरु भएपछि द एक्सक्लुसिभले उक्त धन्दाको खुलासा गर्दै कारवाहीका लागि मााग गरेपछि स्थानीय युवा क्लवहरु आन्दोलित भए । आन्दोलनकै कारण प्रहरीले जनकपुरको जिरो माइल स्थित संचालित रेष्टुरेन्टहरु सदाका लागि बन्द गर्न लगाए ।
धार्मिक, ऐतिहासिक, पौराणिक तथा पर्यटकीय नगरी जनकपुरधाममा आज आएर देह व्यापारको धन्दा फष्टाएको भने होइन । विक्रम सम्बत २०५२ सालमा जनकपुरका पत्रकार रामभरत साहले गतिविधि साप्ताहिकमा, ‘जनकपुरका यी नगरवधुहरु’ भन्ने शिर्षकमा समाचार प्रकाशित गरेका थिए । उक्त समाचारमा जनकपुर नगरका नगरवधुहरुको नाम, ठेगाना ,दर रेट ,दलालको नाम, देह व्यापारका लागि दलाल र ग्राहक बीच वारगेनिङ कसरी हुने गरेको, नगरवधुको वास्तविक नाम र उपनाम सहितको लामो विवरण उल्लेख गरेका थिए । त्यसै गरी जनकपुरको ‘वारहविघा मैदान खुल्ला यौन क्रिडा स्थल’ भन्ने शिर्षकको अर्को समाचार पनि रामरतले लेखेका थिए । उक्त समाचारमा सााझ पर्ने वितिकै जोडीहरु वारहविघा मैदानमा यौन क्रियाकलाप गर्ने १० जोडी भन्दा वढी रहन्थे भन्दै पत्रकार रामभरत साह भन्छन,“ समाचार प्रकाशन भए पछि देह व्यापार गर्नेहरु मलाई आक्रमण गराउला कि भन्ने डर थियो तर तिनीहरुले हाम्रो विज्ञापन गरिदिनु भएको कारण अव ग्राहक खोज्नु पर्दैन तिनीहरु आफै आउने गरेका छन, दलाललाई दिनु पर्ने रकम अव बचत हुने भयो भन्दै शुभकामना नै दिए । ” त्यतिवेला र अहिले गरिने देह व्यापारमा के परिवर्तन भएको छ भन्ने सवालमा पत्रकार साह भन्छन,“ त्यतिवेला नगरमा लजहरु कम संख्यामा थियो, तिनीहरु लुकि छिपी घर वस्ने कोठा, अन्य चौरी वा राजमार्ग तर्फका जंगलमा जाने गर्दथे । तर अहिले त दिन दहाडै शिव चौक, जनक चौक, राम चौक, स्टेशन एरिया, पुरानो वस पार्क तिर समुहमा संगठित भई होटेल र लजहरुमा देह व्यापार भइरहेको छ ।” साह थप्छन,“ पहिले ठुला(वडा, पैसा भएका सम्भ्रान्त र जमिन्दारहरु नगरवधुसाग शारिरीक सम्बन्ध राख्दथे भने अहिले रिक्सावाला, ठेलावालासाग सम्बन्ध राख्ने गरेका छन,” यौन व्यवसायका लागि कस्ता महिलाहरु किन धन्दामा लाग्थे भन्ने सवालमा साह भन्छन,“ त्यतिवेला र अहिले पनि यस धन्दामा लाग्ने महिलाहरुको प्रमुख समस्या ‘आर्थिक संकट’ नै हो । यसका अतिरिक्त त्यतिवेला पनि केही त पेशेवर नै थिए, अहिले पनि छन, श्रीमान मरेको, छोडेर गएको महिलाहरु आफ्नो यौन तृष्णा मेटाउनका निम्ति लुकि छिपि धन्दामा लाग्ने गर्थे ।” अहिले त म के देख्छु भने जानकी चौकमा कतिपय महिलाको श्रीमान भएरै पनि छोरा(छोरीको पेट पाल्न नसक्दा गरिवीकै कारण पनि यस पेशालाई वाध्यात्मक अवस्थामा त अंगालेका छ, तर यो धन्दा नै यस्तो धन्दा हो जहाा एक पटक प्रवेश गरिसके पछि फर्कन धेरै गार्‍हो हुने गरको साह बताउाछन ।
छात्राहरु बन्दैछन ‘कल गर्ल’
देखिएर सडकमा दिनदहाडै ग्राहक खोज्दै कम रुपैयाामा हिडनेहरुमा जनकपुरमा आइमाईहरु छन भने अर्को तर्फ धेरै रकम चार्ज गर्ने र राम्रा राम्रा होटेलहरुमा जाने वर्गमा छात्राहरु कल गर्लको रुपमा काम गरिरहेका छन । उच्च शिक्षा अध्ययनका लागि गाउाघरबाट जनकपुर आउने प्लस टु प्राइभेट क्याम्पसहरुमा स्नातक अध्ययन गर्ने छात्राहरु र नर्सिङ पढ्ने छात्राहरु कल गर्लको रुपमा काम गर्दै आइरहेका छन । गाउामा अभिभावकको आर्थिक अवस्था दयनीय रहेको, अन्य सहरकी साथी (छात्राको) नक्कल गर्न तथा विलासिताका सामग्रीहरु उपभोग गर्नका लागि कलेजमै व्वाई फ्रेन्ड बनाउने, त्यसपछि व्वाई फ्रेन्ड साग शारिरीक सम्बन्ध गाास्ने, पैसा कमाउनका लागि कल गर्लका रुपमा काम गर्ने गरेको कलेज पढने कतिपय छात्रहरु वताउाछन । उनीहरु एक रातको १ हजार देखि ५ हजार रुपैयाा सम्म लिने गरेका छन ।
विद्यार्थी नेता ज्ञानेन्द्र झा ज्ञानु भन्छन,“ जनकपुरको प्राइभेट कलेजहरुमा पढने छात्राहरु वढदो फैशनलाई आत्मसात गर्न तथा रुपैयाा आर्जनका लागि कल गर्ल बन्ने गर्छन । खास गरी ती छात्राहरु जनकपुरमा अभिभावक नरहेको मौकाको पनि दुरुपयोग गर्दै यस पेशालाई अङ्गाल्ने गरेका छन ।”
रेड लाइट एरियाको औचित्य
यौन ब्याबसायको निकै नै पुरानो इतिहास छ्र । महाभारत कालदेखि ,बुद्ध र क्राइस्टको समयमा पनि यौन ब्यबसायको दृष्टान्तहरु पाइन्छन । आधुनिक युगमा संसारका जुनसुकै राष्टूमा पनि यो ब्यबसाय कुनै न कुनै रूपमा रहेको पाइन्छ्र ।
संसारका ठुला ठुला सहरहरुमा यौन ब्यबसाय एक अभिन्न अंगको रूपमा रहेको हुन्छ्र । सहरमा पर्यटकहरुलाई आकर्षित गर्ने बिभिन्न माध्यमहरु हुन्छन, ति मध्ये यौन ब्यबसाय पनि एक प्रमुख आकर्षणको स्रोत बन्ने गर्छन कतिपय सहरहरुमा । देह व्यापारलाई कुनै निश्चित क्षेत्र(रेड लाइट एरिया) छुट्याएर कानुन मै वैधानिकता प्रदान गरिएको हुन्छ । हाम्रो छिमेकी मुलुक भारत र चीनमै पनि देह व्यापारलाई कानुनी रुपमै वैधानिकता प्रदान गरिएको छ । त्यहाा यस ब्यबसायलाइ अत्यन्त ब्यबस्थित गरिएको हुन्छ्र । न्युयोर्क,लन्डन ,पेरिस ,बैंङकक जस्ता विश्वका कतिपय ठुला सहरका लागि यौन ब्यबसाय राम्रो आम्दानीको श्रोत हो ।
अझ सिंगापुर र थाईलेन्ड जस्ता देशले त यस व्यवसायलाई ब्यबस्थित गरि पर्यटनको प्रबद्र्धन मात्र गरेका छैनन् ति देशले यस व्यवसायलाई आम्दानीको एक प्रमुख श्रोतको रूपमा पनि विकास गरेका छन ।
पर्यटन ब्यबसायको अथाह सम्भावना बोकेको हाम्रो राष्टूको लागि यो ब्यबसाय अपरिहार्य जस्तै नै रहेको भन्दै नेपालमा पनि देह व्यापारलाई कानुनी वैधानिकता प्रदान गर्नुपर्ने आवाजहरु उठन थालेका छन । पत्रकार रामभरत साह भन्छन,“ नेपालमा देह व्यापार गर्ने महिलाहरुले उक्त व्यवसायलाई वैधानिकता प्रदान गर्नुपर्ने धेरै पहिले देखि आवाज उठाउादै आइरहेका छन । रेडलाइट एरिया बनाइए आधारभुत आवश्यकता बनेको सेक्स चाहनाको पुर्तीका लागि कुन्ठा हटेर मात्र जादैन, स(साना वालिकामाथि समेत हुने गरेको बलात्कार जस्ता अपराधहरु पनि रोकिन सक्छ ।”



No comments:

Post a Comment