Saturday, May 18, 2013

अवैध निकासि कर उठाउनेलाई जिविस र प्रशासनको संरक्षण

एस. कुशवाहा

महोत्तरीको जिम्मेबार निकायको संरक्षण पाएर राजमार्गमा अवैध रुपमा जिल्ला निकासी कर संकलन भइरहेको रहस्य खुलेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरी, जिल्ल विकास समति र जिल्ला प्रहरी कार्यालयको संरक्षण पाएर पुर्व(पश्चिम राजमार्ग अन्र्तगत महोत्तरीको टुटेश्वर मिमन जेनरल सप्लायर्सले दोहरो र ठेक्का नै नलगेको खाद्यान्न कर संकलन गरिरहेको छ । कर संकलन रोकेर संकलन गरिएको रकम फिर्ता गर्न पत्र पाए पछि कर्मचारीको इसारामा थप कडाइ गरेर टुटेश्वरमा कर उठाउन अपराधि परिचालन गरिएको छ । चौतर्फि दवाव पछि पनि दोहरो र खद्यान्न कार बन्द नहुनुले ठेकेदारलाई प्रशासनको संरक्षण रहेको पुष्टि भएको छ ।
अवैध कर संकलन गरेको बापत इलाका प्रहरी कार्यालय बर्दिबासलाई मासिक २० हजार, जिल्ला प्रशासनलाई मासिक ५० हजार, जिल्ला प्रहरीलाई मासिक ५० हजार र जिल्ला विकास समितिका ४/५ जना कर्मचारीलाई छुट्टा छुट्टै हजारौ रकम सप्लायर्सले बुझाउदै आएको प्रहरी श्रोतले जनाएको छ । जिल्ला प्रशासन र जिल्ला विकासमा कर रोक्न उजुरी परे पछि विभागबाट इलाका प्रहरी बर्दिबासमा पत्र आउदा तत्कालिन प्रहरी निरीक्षक बाबुराज खडकाले २० हजार मासिक रकम अतिरिक्त सदा पोसाकमा असइ भिम सुवेदिलाई पठाएर ६५ हजार रुपैया सप्लायर्सबाट ल्याएका थिए । पैसा लिएर खद्यान्नको कर संकलन बन्द गरिएको उनले जिल्ला र विभागमा जानकारी गराएका थिए । सप्लायर्सबाट रकम लिने जिल्ला प्रशासन र जिविसमा आन्तरिक गिरोह रहेको महोत्तरीमा लामो समय देखि कार्यरत एक अधिकृको बताए । महोत्तरीमा आउने कार्यालय प्रमुखलाई कुनै जानकारी हुदैन, अधिकृतले भने ‘स्थानिय र पुराना कर्मचारीले नै प्रखुलाई याहा कमाउने टूयाक सिकाउछन् । टुटेश्वरमा संकलन गरिने जिल्ला निकासी कर र ढुङ्गा(गिटि भारत निकासी  विषयमा जिल्ला विकास र जिविसमा व्यापक आर्थिक चलखेल हुने गरेको छ । पटक पटक उजुरी परेको र कर संकलन सम्बन्धमा पटक पटक  समाचर आए पनि समस्या ज्युका त्यु रहनुमा कर्मचारीको संलग्नता प्रष्ट भएको नेपाली कांग्रेसका नेता बजरंग नेपाललीले बताए । राजमार्गमा संकलन गरिने कर सम्बन्धमा पिडित पक्ष विरोध गर्न नसक्दा समस्या जटिल बन्दै गएको छ, नेपालीले भने,‘स्थानिय प्रहरी र जिल्लाका कार्यालय प्रमुखको संलग्नता बिना अबैध काम बैध हुन सक्दैन ।ु जिविस मार्फत गरिने अनुगमनको क्रममा इलाका प्रहरी र छिन्नमस्त सशस्त्र प्रहरी बल लगायत जिवसको कर्मचारी बिचको सहमतिमा मोटर साइकलमा अपराधि खटाएर कर संलन गर्ने गरेको पाइएको नेता नेपालीले बताए । जिल्लामा अबैध आम्दनिका लागि सक्रिय नेटवर्कले अबैध कर संकलन गर्नेलाई संरक्षण गरेको सामुदायिक विकास तथा पैरवि मञ्च बर्दिबासका नागदेव यादवले बताए । मिमन जेनरल सप्लायर्सले आ.व २०६९/७० का लागि जडिबुटी र माल समान जिल्ला निकासी २१ लखमा ठेक्का लिएको स्थानिय विकास अधिकारी तिर्थराज भट्टराईले बताए । ठेक्काको पैसाबाट कर्मचारीको तलव आउने भएकोले जिविसले जिल्ला निकासी कर संकलन गर्न बाध्य छ, उनले भने ‘खद्यान्नमा कर छुट गरिएको छ । टुटेश्वरमा जवर्जस्ती र दोहरो कर संकलन भएको कुनै उजुरी आएको छैन ।ु प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले जिल्लामा नयाा रहेको बन्दै आफुलाई कुनै जानकारी नरहेको बताए । सहायक प्रमुख जिल्ला अधिकारी विष्णु थापाले दुई महिना देखि खद्यान्न र दोहरो कर रोकिएको बताए । नरोकिएको भए उजुरी आउथे, उनले भने ।  यता प्रहरी उपरीक्षक पवन प्रसाद खरेलले जिल्ला प्रहरी र ठेक्केदार संग कुनै आर्थिक कारोबार नभएको बताउदै स्थानिय विकास अधिकारी र जिविस नै अवैध कर असुलि विषयमा मौन रहेको बताए । अनुगमन र कारवाहि गर्ने अधिकार जिविसलाई रहेको उनले भने । प्रहरीले सुरक्षाका लागि जिविस संग सहकार्य गर्न सकिन्छ, उनले भने(‘जिविसको नामबाट रसिद काटेको हुनाले जिविस नै अगाडि बढनु पर्छ । मंगलबार बिहान ढल्केबर बाट खरबुजा लिएर लालबन्दी आउदै गरेको ज १ च ८९७ नम्बरको टूकलाई कर काटन खटेका युवाहरुले पुन: पुर्व नै फर्काका छन् । कर दिन नमाने पछि टूक फर्काइएको जानकारी पाए पछि बर्दिबासबाट प्रहरी खटाएको प्रहरी उपरीक्षक खरेलले बताए । फर्केको टूक इलाका प्रहरी कार्यालय बर्दिबासमा उजुरी गरेको छ । वर्षको २१ लाखमा ठेक्का लिएको सप्लायर्सले दैनिक ४५ हजार देखि ७० हजार सम्म रकम संकलन गरेर मासिक १५ लाख भन्दा बढी कर संकलन गर्ने गरेको जनाइएको छ ।  संकलन गरीएको १५ लाख कर मध्य करिब पााच लाख रुपैया कर्मचारी र प्रहरीलाई बााडने गरेको श्रोतले जनाएको छ । तरकारी, कुखुरा, चामल, धान, इटा, बालुवा र अन्य समान ढुवानि गर्दा पनि यहाा कर तिर्नै पर्ने बाध्यता रहेको छ । अपराधि शैलिमा युवा परिचालन गरेको हुनाले कर बुझाउन महोत्तरीमा सर्वसधारण बाध्य भएका छन् । सप्लायर्सले महोत्तरीमा जडि बुटी तथा माल समान जिल्ला निकासी कर संकलनको मात्र ठेक्का लिएको जिविसले जनाएको छ । महोत्तरीमा खाद्यान्न निकासी ठेक्का नलागेको जिविसले जनाइएको छ । तर टटेुश्वर चौकमा सप्लायर्सले अपराधि शैलिमा सिरहाबाट ल्याउने खाद्यान्नमा दोहरो तथा महोत्तरीमा खरिद गरिएको खाद्यान्नमा गैरकानुनि रुपमा प्रति टूक एक हजार चार सय सम्म कर संकलन गरेको भुदेव खाद्य उद्योग प्राली लालबन्दी सर्लाहीले जनाएको छ ।
गैर कानुनि कर संकलन गरेको भन्दै भुवदेवले जिविस महोत्तरी र जिल्ला प्रशासन कार्यालय महोत्तरीमा पटक पटक उजुरी दिए पनि बन्द नभएको भुवदेवका प्रमुख मोतिलाल ताातीले बताए । उजुरी पछि जिविसले सप्लायर्सबाट संकलन गरेको रकम फिर्ता गरि खाद्यान्नबाट कर संकलन नगर्न गत माघ २१ गते र जिल्ला प्रशासन कार्यालयले माघ २८ गते पत्रचार गरेको थियो । तर सप्लायर्सले पत्रलाई अटेर गरि धम्किपुर्ण शैलिमा कर संकलन जारी राखेको ताातीले बताए । भुवदेव बाट माघ ९ गते देखि फागुन ६ गते सम्म धान ढुवानि गर्ने १ सय ८८ सवारीबाट गैर कानुनि रुपमा १ लाख ७६ हजार ८ सय रुपैया गैरकानुनि रुपमा सप्लार्यसले लिएको जनाइएको छ । उद्योगले पहिलो पटक गत माघ १२ गते जिविस र जिल्ला प्रशसनमा एकै पटक उजुरी दिएका दिए । तर सप्लायर्सले थप धांधलि पुर्ण शैलिमा प्रस्तुत भए पछि क्रमश: माघ १९ गते, २६ गते र फागुन ६ गते जिविस र जिल्ला प्रशासनलाई पत्र लेखेको छ । तर हाल सम्म गैर कानुनि कर संकलन नरोकिएको ताातीले भने । उद्योग संग संकलन गरिएको रकम फिर्ता गर्न माघ २१ ग्ते पत्रचार गरे पनि चैत १ गते सिरहाबाट धान ल्याउदै गरेको २०७६ नम्बरको टूकबाट दोहरोकर बापत एक हजार दुइ सय लिएको छ ।

No comments:

Post a Comment