Saturday, May 18, 2013

चेलीबेटी बेच्ने गिरोह सक्रिय

    यदि तपाई (महिला) लाई कसैले जागिर दिलाई दिन्छु भनेर प्रलोभन त दिइरहेको छैन । एनजीओमा काम लगाइदिन्छु भनेर तालिमको नाउामा कतै वाहिर त लगिरहेको छैन । यदि त्यसो हो भने सावधान ! किन भने अहिले धनुषा र महोत्तरीमा जागिर लगाईदिन्छु भन्दै भारतको मुम्बई, दिल्ली जस्तो सहरको कोठाहरुमा लगेर विक्री गरी देह व्यापारमा लगाउने गिरोहहरु सक्रिय भएका छन । चार दिन अघि मात्र धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेपछि उक्त कुरा खुलेको हो । महोत्तरी धिरापुर(३ का १९ वर्षीय राजिव कुमार ठाकुरले तीन जना छात्रालाई भारतमा विक्री गर्नका लागि लग्ने प्रयास गरेका थिए । गरिबी निवारण कोष अन्तरगत एक गैरसरकारी संस्थाको आफुलाई कर्मचारी बताउादै कक्षा आठ देखि दश सम्मका छात्रालाई एनजिओमा महिला कामदारको आवश्यकता भन्दै दुई दिन गाउामा केही छात्रालाई तालिम समेत दिलायो । त्यसपछि राजिवले थप तालिमका लागि भन्दै ती तीन जना छात्रालाई काठमाण्डौ लगेर एउटा होटेलमा राख्दछन । तीन दिन सम्म उक्त होटेलमा न कुनै तालिम गराईन्छ न त कुनै काम नै दिलाइन्छ । शंका लागेपछि ती छात्राहरु आफ्ना आफन्तलाई फोन गरी जानकारी गराउादा राजीवले तिनीहरुलाई जनकपुर फिर्ता ल्याउाछन । पिडित छात्राहरुको आफन्तहरुको सहयोगमा प्रहरीले राजीवलाई पक्राउ गर्न सफल हुन्छन । प्रहरी नायव उपरीक्षक नरेन्द्र प्रसाद उप्रेती भन्छन,“ विगतमा सार्वजनिक अपराधमा समेत पक्राउ परेर छुटेको राजीव साग गरिएको प्रारम्भीक अनुसन्धानवाट भारतमा लगेर प्रति छात्रा ४० हजार रुपैयाा लिने डिल भएको देखिन्छ । अदालतमा अहिले म्याद थप गराई मानव वेचविखन तथा ओसारपोसार मुद्दा चलाएको प्रहरीले यस पछाडी अरु गिरोहमा को को संलग्न छन अनुसन्धान गर्न बााकी छ ।”

No comments:

Post a Comment