Monday, January 5, 2015

इन्सेकको प्रतिवेदन सार्वजनिक

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषा जिल्लामा एक वर्षको अवधिमा एक सय भन्दा बढी मानव अधिकार हननको घट्ना भएको छ । गैर राज्य पक्षबाट ९९ र राज्य पक्षबाट १३ वटा मानव अधिकार हननको घट्ना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक)धनुषाले जनाएको छ ।  
जनकपुरमा नेपाल मानव अधिकार वर्ष पुस्तक वार्षिक प्रतिवेदन २०१४ प्रकाशन गर्नु पूर्व ईन्सेकले अयोजन गरेको समिक्षा कार्यक्रममा सबै भन्दा बढी ७० जना महिला पिडीत भएको सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । जसमा एक वर्षको अवधिमा १६ जनाको हत्या भएकोमा ८ जना महिला रहेका छन् ।
त्यस्तै १६ जना महिला बलात्कार तथा बलात्कारको प्रयास भएको , ३१ जना महिलामाथि घरेलु हिंसा भएको , ७ जना महिलामाथि बोक्सी आरोपमा कुटपिट ,बेचविखन तथा ओसारपसारको १ वटा घट्ना भएको प्रतिवेदनमा उल्लेख छ ।  यस्तै जातिय वभेदका ७ वटा घट्ना भएको छ भने बाल अधिकारको पाँच वटा घट्ना भएको छ ।
धनुषामा मानव अधिकारको घट्ना केलाउँदा यस वर्ष सांगठनिक अपराधमा कमी र गैरा न्यायिक हत्या पूर्ण रुपमा बन्द भएको प्रतिवेदनमा समेटिएको छ । त्यस्तै चन्दा आतंकमा कमी, शान्ति सुरक्षाप्रति प्रहरी प्रशासन सक्रिय, भूमिगत शसस्त्र समुहमा लागेका विभिन्न घट्नाका आरोपीहरुलाई मानव अधिकारको सिद्धान्त अनुरुप पक्राउ गरेकोले मानव अधिकारको संरक्षण तथा सम्वर्धन भएकाले नागरिकमा शान्ति सुरक्षा अमन चयन भएको ईन्सेक प्रतिनिधी विनोद महराले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
ईन्सेकका धनुषा प्रतिनिधी विनोद महराको अध्यक्षता तथा जनकपुर अंचल प्रहरी कार्यालयका वरिष्ट प्रहरी उपरीक्षक सुरेश प्रसाद केसीको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै वरिष्ट प्रहरी उपरीक्षक केसीले प्रहरी मानव अधिकारप्रति गम्भीर रहेको बताए । मानव अधिकार हननको घट्ना हुन नदिन र मानव अधिकारको संरक्षण एवं सम्बर्धन निम्ति आफुहरु प्रहरी सक्रियताको साथ लागेको केसीको भनाई थियो । उनले कहिले काही आक्कल झुक्कल प्रहरी प्रशासनबाट हुने गरेको मानव अधिकार हननको घट्नासमेत हुन नदिन लागि परेको विचार व्यक्त गरेका छन् ।
त्यस्तै कार्यक्रममा धनुषा प्र्रहरी उपरीक्षक गणेश बहादुर तथापाले महिला तथा बालबालिका अन्तर्गतका मुद्दाहरुमा कामकारबाही गर्न असहज भएको बताएका छन् । कुनैपनि घट्नामा निर्दोश व्यक्तिहरु नफसियोस् भन्ने सोँचका साथ आफुहरु काम गरिरहेको भएपनि महिला तथा बालबालिकाको मुद्दा अति सम्वेदनशील भएकोले समस्या हुने गरेको बताए । उनले हाल धनुषामा भएको शान्ति सुरक्षाको अवस्था सुधार गर्न सबैपक्ष सकरात्मक भई सहयोग गरिरहेकोसमेत बताए ।
यस्तै कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव कोमलकान्त झाले हाल सरकारी कार्यालयहरुमा सर्वसाधारणहरुको मानव अधिकार व्यापक रुपमा हनन हुने गरेकोले त्यस प्रतिपनि मानव अधिकारकर्मीहरु गम्भीर हुनु पर्ने बताए । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरका निमित प्रमुख अजित ठाकुर ,तमलोपाका धनुषा अध्यक्ष परमेश्वर साह, फोरम लोकतान्त्रिकका अध्यक्ष संजय चौधरी, महिला तथा बालबालिका कार्यालयका प्रमुख मिरा केसी, महिला अधिकारकर्मी पुनम झा, हेमलता सिग्देल, सरिता शर्मा लगायतले आ आफ्ना धारना राखेका थिए ।
सहभागीहरुले प्रतिवेदनमा केहि मानव अधिकार हननका घट्नाहरु नसमेटिएकोेले त्यसलाई पनि समेटनु पर्ने धारणा राखेका थिए ।
सर्लाहीमा एकवर्षमा ११ जनाको हत्या 
सर्लाहीमा एक वर्षको अवधिमा ११ जनाको हत्या भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक २०१५ का लागि वार्षिक समीक्षा कार्याक्रममा एक वर्षमा १० वर्षीय बालकसहित ६ पुरुष र ५ महिलाको हत्या भएको तथ्यांक सार्वजनिक गरिएको हो ।
एक वर्षको अवधिमा ७ बलात्कार, ३ बलात्कारको प्रयास र ५ जनालाई बोक्सीको आरोपमा दुव्र्यवहार भएको घटना इन्सेक सर्लाहीले सार्वजनिक गरेको हो । एक वर्षको अवधिमा २ सय २९ जना महिला घरेलु हिंसाबाट पीडित भएकोमा १ सय १४ वटा हिंसका घटनाको मिलपत्र गरिएको सर्लाही इन्सेकले जनाएको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन चापागांईले समाजमा नैतिकताको धरातल भासिंदा मानव अधिकार उलंघनको घटनामा वृद्धि भएको बताए । हत्या, बलात्कार, कुटपिटका घटनामा संलग्न भएर दोषि देखिएका अपराधिलाई कारवाही गर्न सहयोग गुर्नु पर्नेमा राजनीति दलले अपराधिलाई छुटाउन र उम्काउन सक्रिय हुदा मानव अधिकार उलंघनका घटना बढेको प्रजिअ चापागाइले बताए । सर्लाहीमा दाइजो नल्याएको आरोपमा, बोक्सीको आरोपमा र श्रीमानले बहुविवाह गरी महिलालाई यातना तथा दुख दिने काम बढदै  गएको उनले बताए । सर्लाहीका प्रहरी प्रमुख एसपी सुरेश बस्नेतले अपराधिलाई कारवाही गर्न राजनीति दल बाधक बनेकोले पीडितलाई न्याय दिलाउन समस्या भएको बताए । कार्यक्रममा नेकपा एमाले सर्लाहीका अध्यक्ष रेवती पन्तले राजनीति दल पीडकलाई उम्काउनु भन्दा पीडितलाई न्याय दिलाउन एक हुनु पर्नेमा जोड डिए । सदभावना पार्टीका केन्द्रीय सदस्य राजाराम पासवानले गरिब र दलित बस्तीमा महिला माथि हुने हिंसा बढदै गएको उल्लेख गरे । बलात्कार, दाइजो प्रथा तथा कुटपिटका घटनामा दोषीलाई कारवाही नगरी पीडित संग मिलाएर प्रहरीले फर्काउन थालेपछि हिंसात्मक घटनामा बृद्धि भएको पासवानले बताए ।
एकिकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष कमल बुढाथोकीले अपाराधिलाई राजनीति दलले संरक्षण गर्नु गलत कार्य भएको बताए । कांग्रेसका इसकिलाल पासवानले प्रहरी र प्रसाशनमा पहुचबलाको बोलवाला हुदा गरिब र दलितले न्यायबाट बञ्चित हुनु परेको बताए । हरिवन स्थित द्वन्द्व पीडित बालगृह चेतना सन्देशकी बेचि लुंगेलीले सर्लाहीमा महिला र बालबालिका हिंसको सिकार भएको बताउदै महिला मैत्रि समाजको आश्वयक्तामा जोड दिए ।


२०७१ पौष २० गते आईतबार

No comments:

Post a Comment