Monday, December 8, 2014

निलम्बित सभासद् साहलाई थुनामा राख्ने आदेश सदर

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
पुनरावेदन अदालत जनकपुरले पूर्व सभासद् संजय कुमार साहको थुनामा राख्ने आदेश सदर गरेको छ । मुख्य न्यायाधिश पुरुषोत्तम भण्डारी र दुई नम्बर न्यायाधिश सत्यराज गुरुङको संयुक्त इजलाशले साहलाई थुनामा राख्ने आदेश सदर गरेको छ ।  बिहीबार भएको सुनुवाई पूरा भएपछि धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने गरेको आदेशलाई सदर गरेको हो । पाच जनाको ज्यान जाने गरी जनकपुरको रामानन्द चोक बम विष्फोटका मुख्य योजनाकार रहेको पूर्व सभासद् साह हाल सिरहा कारागारमा छन । धनुषा जिल्ला अदालतको पैmसलालाई चुनौती दिन साहले पुनरावेदन गरेको थियो । पुनरावेदन अदालतमा गएको एक महिनादेखि हरेक बिहीबार सुनुवाई गर्दै आएको थियो । निवेदक प्रतिवादी पक्षका कानून व्यवसायीले बहसमा बढी समय खर्चिका कारण एक महिना लागेको छ । 
पुनरावेदन अदालतले प्रतिवादीका कानून व्यवसायीलाई बहसका लागि १० मिनेटको समय दिदै आएको थियो । तर, कानून व्यवसायीले बढी समय लिने गरेको थियो । साह समेत उनको परिवार र आफन्तहरुको नाउमा रहेको सम्पती,बैंक खाताहरु रोक्का गरिएकोछ । सम्पत्ति रोक्का भएपछि उनको परिवार चरम आर्थिक संकटमा परेकोछ । तत्काल उनको संकट हटने संभावना देखिदैन ।
संजय साह थुना मुक्त हुने चर्चा चलेको बेला पुनरावेदन अदालतले जिल्ला अदालतको आदेश सदर गरेको हो । आदेश सदर भएपछि साहको थुना मुक्त हुने सम्भावना  तत्कालका लागि समाप्त भएकोछ ।साहले सर्वोच्चमा चुनौती दिने अवसर बाकी छ । जाहेरबालाको तर्पmबाट चन्द्र मैनाली, विपिन झा, बलराम सुवेदी, हेम बहादुर कार्की, किशोरी साह लगायतले बहस गरेको थियो । 
प्रतिवादीतर्पmबाट रमण श्रेष्ठ, सुरेन्द्र महतो, विनोद शर्मा, श्याम कुमार मिश्र, राजन दाहाल, उमेश पंजियार लगायत २० जना कानून व्यवसायीले बहस गरेको थियो । सरकारको तर्पmबाट पुनरावेदन अदालतका सरकारी वकिलले  बहस गरेको थियो । जवाफमा पूर्ण बहस गर्ने हिसाबले २० जना कानून व्यवसायीहरु थिए । धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ का निलम्बित सभासद सञ्जय कुमार साहको पुनरावेदन अदालतमा कात्तिक मसान्तदेखि बहस सुरु भएको थियो । जिल्ला अदालत धनुषाले साहलाई गत चैत २७ गते थुनामा राख्ने आदेश दिएको थियो ।
उक्त आदेश बिरुद्ध साहले गत जेठ २५ गते पुनरावेदन अदालतमा मुद्दा गरेका थिए । मिथिला राज्यको माग गर्दै रामानन्द चोकमा अभियानीहरुले शान्तिपूर्ण धर्ना दिइरहेका बेला २०६९ वैशाख १८ गते शक्तिशाली बम बिष्फोट गराइएको थियो । उक्त बिष्फोटमा परी पाँच जनाको ज्यान गएको थियो । ३३ जना गंभीर घाइते भएका थिए । साहलाई गैरकानूनी हिरासतमा राखिएको भन्दै गत असोज ३ गते जनकपुर नगरपालिका वडा नम्बर १३ बस्ने रामअशिष दासले मुद्दा गरेका थिए । दासले गरेको बन्दीप्रत्यक्षीकरण मुद्दापनि खारेज भएको छ । यता संजय साहले पुनरावेदन अदालतबाट राहत पाउन नसकेपछि उनका समर्थकहरु निराश भएका छन् । संजयका भाई धिरेन्द्र साहले द एक्सक्लुसिभलाई दिएको प्रतिकृयामा अदालतले गरेको आदेशलाई सम्मान गर्नु जहिले पनि नागरिकको कर्तव्य हुन्छ । अब हामी सर्वोच्च अदालतमा जाने छौं । त्यसैगरी सदभावनाका नेता समेत रहेका लालबाबु हाथीले अदालतले निश्पक्ष फैसला गरेको जस्तो लाग्दैन, न्यायालय पनि राज्य संयन्त्रको दवावमा परेको अनुभुति भईरहेको भन्दै प्रतिक्रिया दिएका थिए । आदेश हुने दिन संजय साहका थुप्रै समर्थकहरु अदालतमा पुगेका थिए । धनुषा जिल्ला अदालतमा भएको आदेशका दिन जसरी संजय साहका परिवार जन तथा समर्थकहरुले अदालत परिसर भन्दा बाहिर जसरी विरोध प्रदर्शन गरेका थिए यस पटक पुनरावेदन अदालतमा त्यस्तो कुनै दृष्य देखिएन । यस पटक संजय साहका समर्थकहरु गम्भीर र सम्बेदनशील देखिएका थिए ।


२०७१ मंसिर २१ गते आईतबार

No comments:

Post a Comment