Monday, December 8, 2014

पत्रकार महासंघ धनुषाको भवनको निर्माण कार्यको शिलान्यास

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
 नेपाल पत्रकार महासंघ धनुषाको भवन निर्माण कार्य शनिवारबाट शिलान्यास गरी औपचारिक रुपमा शुरु भएको छ । गुठि संस्थान जनकपुरले नेपाल राष्टू बैंकको उत्तरी छेउमा उपलव्ध गराएको दश धुर बहुमूल्य जग्गामा तीन तले भवन निर्माण कार्य शुरु भएको हो ।
करिब ६५ लाख भन्दा बढीको लागतमा निर्माण हुन लागेको भवनको नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रको अध्यक्षतामा शिलान्यास गरिएको छ । नेपाल पत्रकार महासंघका पूर्व जिल्ला सभापतिहरु तथा वरिष्ट पत्रकारहरुले सामुहिक रुपमा सो भवनको शिलान्यास गरेका छन् ।  
भवनको निर्माणको लागि जनकपुर नगरपालिकासँग नक्सा समेत पास भैसकेको छ । सञ्चार मन्त्रालयबाट ६ लाख रुपैयाँ प्राप्त भएको तथा जिल्ला विकास समिति धनुषाले ४ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । त्यस्तै विभिन्न संघ संस्था तथा व्यक्तिगत सहयोगबाट उक्त भवन निर्माण हुने अध्यक्ष मिश्रले बताउनुभयो । महासंघ धनुषाको भवन नहुँदा दशकौदेखि कोठाभाडामा लिएर कार्यालय राख्दै आएको थियो । 

२०७१ मंसिर २१ गते आईतबार

No comments:

Post a Comment