Monday, December 8, 2014

ठुल्ठुलो अत्याधुनिक हतियार पनि भित्रिन सक्छ ः एसएसपी केसी

जनकपुरका एसएसपी सुरेश केसी ।
यो हतियार सम्बन्धि गिरोहहरु हिजो मात्र होइन । अहिले पनि त्यतिकै सक्रिय छन् । किनभने विगतमा तराईका धेरै जसो क्षेत्रहरु असुरक्षित रहँदै आएको देखिन्छ । प्रहरीकै प्रयासले यस्ता गिरोहहरुलाई पक्राउ गरी कानुनी दायरा भित्र ल्याएर गैरकानुनी क्रियाकलापहरुलाई हतोत्साहित तुल्याएर ल्याउन सक्यो भने मात्र समाज सुरक्षित रहन सक्छ भन्ने पहिलो रणनीतिक सोचाई अन्तरगत ती व्यक्तिहरुलाई अञ्चल प्रहरी कार्यालयले पक्राउ गरेको हो । अहिले हेर्दा साना हतियार मात्र बरामद भएपनि भोलीको दिनमा ठुलो ठुलो हतियार पनि भित्रिन सक्छ । र, हाम्रो प्रयास निरन्तर रहने छ । भोलीको दिनमा अझ गतिलो हतियार समेत पक्रन सक्नेछौं ।खुला सीमाको फायदा उठाउने अवैध तत्वहरुबाट यस्ता किसिमको गैरकानुनी क्रियाकलाप हुने गरेको छ । खुला सीमाकै कारण तराईका क्षेत्रहरु अझै सम्म पनि सुरक्षित हुन सकेको छैन । बेला बेलामा हामीले पक्राउ गरेका, जफत गरेका, बरामदी गरेका, अवैध हातहतियारहरुको अवस्था हेर्दा पनि हामीलाई के लागेको छ भने हतियार ओसार पोसारका लागि सीमाको फायदा उठाउने गरेको छ । कुनै पनि बदमासी काम संजालबाट संचालित हुन्छ । लागु औषध जस्ता ओसार पोसारका कुरा होस् वा अवैध हातहतियार कै कुरा होस, एक जना व्यक्तिबाट मात्र संचालित नभएर कुनै गिरोहबाट संचालित हुने गरेको हुन्छ । एकल प्रयासले मात्र यो सुरक्षित हुँदैन भनेर उनीहरुले बुझेको हुन्छ । तर, अपराध गर्नु भन्दा पनि अपराधमा सहयोगी हुनका निम्ति ती संजालले यूवाहरुलाई प्रयोग गरेको हुन्छ । कसैले भनेर आफ्नो इलाकाबाट अर्को इलाकासम्म पु¥याउने र जिम्मा लगाउने काममा यूवाहरु प्रयोग भएको पाइन्छ । यस्तो काम गर्नका लागि विभिन्न ठाउँका लागि विभिन्न यूवाहरु परिचालित गरिएको हुन्छ । निश्चय पनि ती यूवाहरु त्यसै त्यस्तो जोखिम लिएर काम गर्दैनन् । केही न केही आर्थिक प्रलोभनमा परेर ती यूवाहरु परिचालित भएका हुन्छन् । त्यो प्रलोभन भनेको सामान्य वा असामान्य पनि हुनसक्छन् । किनभने तिनीहरुले यूवालाई प्रयोग गर्दा कति दिने नदिने भन्ने कुराहरु विस्तारै अनुसन्धानबाट खुल्दै जाने कुरा हो । भुमिगत सशस्त्र समुहहरुको हिजोको गतिविधि अहिले बार्तामा आएर पुर्णतः बन्द नै भइसकेको वा निरन्तरता नै दिइरहेको हो भन्ने कुरामा अहिले नै हामी टुङ्गोमा पुग्न सकिरहेका छैनौं । सरकारले वार्ताको मार्फतबाट तिनीहरुलाई राष्टिूय मुलधारको राजनीतिमा ल्याउन  खोज्या मात्रै हो । एउटा समुह वार्तामा आएपनि त्यसबाट फ्याक्सन भएर गएका समुहहरु पनि केही न केही यसबाट जिविका गरेर खाऊँ भन्ने उद्देश्यले एउटा समुहबाट टुक्रिएर अर्को समुह खोली समाजमा नाजायज फाइदाहरु लिउ भन्ने तत्वहरुसँग गाँसिएका पनि धेरै हुन्छन् । सशस्त्र समुह एउटा संगठित हिसावले छुट्टै छ । र त्यसै भित्रका कार्यकर्ताहरु इन्डिभिज्वली रुपमा पनि आप्mना निहित स्वार्थहरु पुरा गर्नका लागि हातहतियारहरु ओसार पोसार गरी समाजमा अपराध गरी समाजलाई तनावमा पार्ने, समाजलाई असुरक्षित गर्ने तत्वहरु जहिले पनि हावी हुन्छ । समाज रहेसम्म ती तत्वहरु हावी हुन्छन् । वार्ता गरेर वा वार्ता नगर्दा सधैभरी यो भइरहने कुरा पनि होइन । सरकारको वार्तामा सशस्त्र समुहहरु आएर निष्कृय भएपनि त्यसपछि त्यसमा पनि कुनै न कुनै तत्व त्यस्ता धन्दामा लागि रहन्छन् । वार्ता भो अव समाजमा केही हुन्न भनेर हामीले सोच्यौं भने हुँदैन । हामी सधैभरी समाज असुरक्षित छ भनेर सोचिरहन्छौं । 
समाजलाई सुरक्षा दिने हाम्रो दायित्व हुनाले के के उपायहरु गर्न सकिन्छ हामी त्यतातिर सधैभरी क्रियाशिल रहिरहन्छौं । 
यसरी अवैध हातहतियारहरु साना देखि ठुला अपराधसम्ममा प्रयोग गर्ने गरिएको छ । संगठित अपराधका लागि पनि ती साना हतियारहरु प्रयोग हुनेगरेको छ । कसैले पैसा बोकेर एक ठाउँबाट अर्को ठाउँ गइरहेको बेला पैसा लुट्नका लागि, कसैलाई हत्या गर्नका लागि, व्यक्ति अपहरण गर्नका लागि, कसैले कसैलाई सुपारी दिएर हत्या गराउनका लागि जस्ता जघन्य अपराधहरुका लागि ती साना हतियारहरुको प्रयोग भईरहेको छ । यी सारा कार्यहरु केका लागि गरिन्छन् भने अन्ततः ठोकिने भनेको पैसामै हो । 
(द एक्सक्लुसिभ सँग प्रहरी वरिष्ठ उपरीक्षक सुरेश केसीले गरेको कुराकानीमा आधारित)


२०७१ मंसिर २१ गते आईतबार

No comments:

Post a Comment